News Portal

फेरि मेरो काँधमा ठुलो जिम्मेवारी आएको छ अब जनतालाई आस मात्र हैन काम गरेर देखाउँनु छ : प्रचण्ड

एनपर्दा संवाददाता
३७० पटक

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका नवनिर्वाचित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले फेरि आफ्नो काँधमा निकै ठुलो भारी आएको महसुस भइरहेको बताएका छन् । अध्यक्षमा निर्वाचित भएपछि केन्द्रीय कमिटी

बैठकलाई सम्बोधन गर्दै उनले आफूलाई अध्यक्षमा प्रस्ताव गर्ने, समर्थन गर्ने र सर्वसम्मत स्वीकार गर्ने केन्द्रीय कमिटी सदस्यलाई धन्यवादसमेत दिएका छन । उनले आफू लामो समय पार्टी नेतृत्वमा

रहेको र विभिन्न घटनाक्रमको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै इतिहासका गम्भीर मोडमा गम्भीर भूमिका खेल्ने अवसर पाएको चर्चासमेत गरेका छन । उनले भने, ‘यति लामो समय, यति धेरै

राजनीतिक घटनाक्रम र उतारचढावबाट गुज्रिएर अहिलेसम्म सक्रिय राजनीतिमा कायमै रहँदा भिन्न भूमिकामा जानु पर्दैन र भन्ने लाग्छ । तर देशलाई एउटा राजनीतिक बिन्दुमा लैजाने आवश्यकता, पार्टीलाई

अझै सुदृढ गर्ने आवश्यकता महसुस गर्दा आफू अझै केही समय सक्रिय हुनुपर्ने बाध्यता रहेको उनले बताएका छन । कतिपयले प्रचण्ड नभए यो पार्टी के होला ? भन्ने प्रश्न गर्ने गरेको उल्लेख गर्दै उनले

यो प्रश्न नै गलत रहेको बताएका छन । माओवादी एउटा विचार रहेको र यो विचार कुनै व्यक्तिसँग नभई सिंगो कम्युनिस्ट आन्दोलनको इतिहाससँग जोडिएको उनको भनाइ थियो ।

ओलिले आउने चुनाबमा १० सिट ल्यादैनन, जमानत जाेगाउन धाै छ : नेता नेपाल
सर्वोच्च अदालतले नेकपाको नाम विवादको फैसला टुंगो लगाउँदै २३ फागुनमा पूर्व एमाले र पूर्व माओवादी ब्युँताएपछि वर्तमान एमालेभित्र पेलाईमा परेको माधव नेपाल समूहले नयाँ पार्टी गठनको प्रक्रिया अघि बढाएको छ ।

नेपाल पक्षका २ निकट कार्यकर्ताले दुई दल दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । युवा नेता जीवन राई अध्यक्ष रहेको नयाँ दलको नाम नेपाल कम्युनिस्ट पार्टी एकीकृत राखिएको छ ।

उनी माधव पक्षमा रहेका अनेरास्ववियूका पूर्व विद्यार्थी नेता समेत हुन् । गत वैशाख ७ गते दल दर्ताको निवेदन परेपनि दर्ता हुने क्रममा रहेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

नयाँ दल दर्ता गर्दा पार्टीको नाम ‘नेकपा एकीकृत’ र चुनाव चिन्ह ‘कलम’ प्रस्ताव गरिएको छ ।राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशबाट उमेदवार बनेका खिमलाल देवकोटाले कलम चिन्ह लिएर चुनाव जितेका थिए । नयाँ बन्नसक्ने पार्टीको चुनाव चिन्हलाई नै ध्यान दिएर देवकोटाले कलम चिन्ह मागेको स्रोतको दाबी छ।

पार्टीको उपाध्यक्षमा कल्पना गुरूङ र महासचिवमा विनोदकुमार खुलाललाई तोकिएको छ । त्यस्तै सचिवमा ऐन विक्रम कुँवर र कोषाध्यक्षमा सुशील खनाल छन् । आयोग उच्च स्रोतले पनि नयाँ दल दर्ताका लागि राईले केन्द्रीय समिति सहित निवेदन दिएको पुष्टि गरेको छ। यतिबेला आयोगमा पार्टीको विधान, घोषणापत्र, केन्द्रीय कमिटी बैठकका माइन्यूट, पदाधिकारीको हस्ताक्षरको सनाखत लगायतको अध्ययन भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...