News Portal

समाजवादी प्रवेशको लहर, मेयरका उम्मेदवारसहित २४ नेता एकीकृत समाजवादीमा प्रवेश

एनपर्दा संवाददाता
३२१ पटक

काठमाडौँ ।

स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जिवन’ सहित २४ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेको भातृ संगठन अनेमसंघ र प्रेस चौतारी परित्याग गरेकाहरुलाई शुक्रबार पार्टी कार्यालय सातदोवाटोमा केन्द्रीय कमिटिका उपमहासचिव जगन्नाथ खतिवडा लगायतका नेताहरुले स्वागत गरेका हुन् ।

स्वागत गर्दै उपमहासचिव खतिवडाले प्रगतिशील राजनीतिक परिवर्तन, संविधान संसद र राष्ट्रियता जोगाउने पक्षधरको ध्रुवीकरणको उपयुक्त गन्तव्य एकीकृत समाजवादी भएको बताए ।

विभिन्न पार्टी छोडेर एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर बढेको बताउँदै खतिवडाले रुपान्तरण सहितको पुनर्गठनले मात्रै कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने बताए ।

आफ्नै कारणले नेकपा एमाले पतनको दिशामा गएको बताउँदै खतिवडाले अहिले संसदको चौथो दलको रुपमा रहेको एकीकृत समाजवादी निर्वाचनबाट एमालेभन्दा ठूलो दल बन्ने दावी गरे ।

कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले दक्षिणपन्थी विसर्जनमा भार्सिएको राजनीतिक दलहरुबाट देशलाई मुक्ति दिन एकीकृत समाजवादीको विकल्प नभएको बताए ।

नीति कार्यक्रम र कार्यान्वयन शैलीले आफूहरु भिन्न ढंगबाट अघि बढ्ने भएकाले स्वतन्त्र रुपमा आफ्नो क्षमताले स्थापित व्यक्तिहरु एकीकृत समाजवादीमा आकर्षित भएको बताए ।

केन्द्रीय सदस्य उमेश शर्मा बजगाईले एकीकृत समाजवादी पार्टीले संविधान र कम्युनिष्ट आन्दोलनको मर्म अनुसार समाजवादी कार्यक्रम लागू गर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिकृष्ण थापाले कम्युनिष्ट आन्दोलनको मूलधार विद्रोहको इतिहासबाटै निर्माण भएको बताउँदै नयाँ इतिहास निर्माण गर्ने गरी आफूहरु अघि बढेको बताए ।

जिल्ला कमिटिद्धारा आयोजित कार्यक्रममा प्रवेश गरेकाहरुलाई उपयुक्त जिम्मेवारी दिइने जिल्ला कमिटि सचिव सुदर्शन मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...