News Portal

योगेशले बन तस्कर भनेपछि मन्त्री आले एक्सनमा, योगेश मन्त्री हुँदाको अर्को काण्डमा छानबिन गर्दै !

एनपर्दा संवाददाता
२१३ पटक

काठमाडौं ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले अहिले चर्चाको शिखरमा छन् । आफ्नो मन्त्रालय अन्तरगतका विभिन्न विकृति र विसङ्गतिका विरुद्धमा मन्त्री आले मैदानमै एक्सनमा उत्रिन थालेका छन् । मैदानमै उत्रिएर विभिन्न विसङ्गतिका विरुद्ध खरो अभिव्यक्ति दिँदै उनी चर्चामा आएका छन् ।

पछिल्लो समय तत्कालीन अवस्थामा योगेश भट्टराई मन्त्री हुँदा नारायणहिटी दरबारमा क्यान्टिन चलाउन बतास समूहलाई स्वीकृति दिएको भन्ने चर्चा चलेका बखत योगेशले मन्त्री आलेलाई बन तस्करको आरोप लगाएपछि मन्त्री आलेले योगेश भट्टराई मन्त्री हुँदा भएको अनियमितताको विषयमा छानबिन गर्न समिति नै बनाएका छन् ।

योगेश भट्टराई मन्त्री भएका बखत कोरोना संक्रमण फैलिएपछि विदेशमा अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश ल्याउने क्रममा उद्धार उडानमा अनियमितता भएको आशंका सहित आलेले समिति गठन गरेका हुन् ।

मन्त्री आलेले बिहीबार सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन गरेका छन् । समितिमा प्रेमनाथ ठाकुर र टेकनारायण पौडेल सदस्य रहेका छन् । समितिलाई १० दिनमा प्रतिवेदन दिन भनिएको छ ।

मन्त्री आले सँग पूर्व मन्त्री तथा एमाले नेता योगेश भट्टराई रुष्ट बनेका बेला आले एक्सनमा उत्रीएका हुन । कोरोनाको पहिलो र दोस्रो लहरमा विदेशमा फसेका नेपालीलाई स्वदेश ल्याउनका लागि सरकारले उद्धार उडान गरेको थियो । त्यसमा नेपाल एयरलाइन्सका र हिमालय एयरलाइन्सले चार्टर फ्लाइट बाट नेपालीलाई नेपाल फर्काइएको थियो ।

ती चार्टर फ्लाइटमा अनियमितता भएको हल्ला तत्कालीन अवस्थामै भएका थिए । त्यसको छानबिन गर्नका लागि अहिले मन्त्री आलेले समिति गठन गरेको जनाइएको छ ।

कुनै हालतमा कांग्रेसले एक सिटमा पनि प्रचण्ड र माधव नेपाल सँग गठबन्धन गर्दैन : थापा
नेपाली काग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा काग्रेसले एक सिट पनि कुनै पार्टी सँग गठबन्धन नगर्ने बताएका छन् । केहि दिन अघि मात्रै माओवादी केन्द्रको ८ औँ महाधिवेशनमा पुगेर काग्रेस सभापती समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन कायम रहने भन्दै अझै पर सम्म गठबन्धन चलोस् भन्ने आफ्नो धारणा

सुनाएका थिए तर थापाले भने देउवाले भनाइलाईनै चुनौती दिँदै यस्तो बताएका छन् । काग्रेस महामन्त्री थापाले वडा सदस्य देखी केन्द्र सम्म पनि काग्रेसले प्रचण्ड , माधव नेपाल वा अरु कसैलाई छोड्न नसक्ने बताएका छन् । काग्रेस आफ्नो खुट्टामा आफैँ उभिन सक्षम रहेको भन्दै थापाले कम्युनिष्टको वैशाखी टेकेर काग्रेस उभिन नपर्ने जिकिर

गरेका छन् । थापाले आउने चुनावमा कांग्रेसको एक्लै बहुमत ल्याउनुपर्छ भन्ने सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको पनि बताएका छन् ।डा। शेखर कोइराला पक्षीय नेताहरुको भेलामा महामन्त्री थापाले आउने चुनावमा कांग्रेसले वडादेखि केन्द्रसम्म एक्लै चुनाव लडेर वहुमत ल्याउनुपर्छ भन्ने आफ्नो समूहको धारणा

रहेको समेत बताए । उनले भने – आउने चुनावमा पार्टीलाई पहिलो बनाउने होला । पार्टीको ४० प्रतिशत जनमतलाई पाखा पारेर उहाँको उद्देश्य कसरी पूरा हुन्छ रु हामी गठबन्धनको पक्षमा छैनौ, वडादेखि केन्द्रसम्म कांग्रेस एक्लै लड्नुपर्छ भन्ने हाम्रो समूहको विचार हो । यसमा हामी प्रष्ट हुनुपर्छ । महामन्त्री थापाले विधि र विवेकको

परीक्षामा समेत सभापति शेरबहादुर देउवा कमजोर देखिएको बताएका छन् ।छाटो समयको अवधिका महत्वपूर्ण निर्णय हेर्दा सभापति देउवाको विधि र विवेकको परीक्षामा कमजोर उनले देखिएको बताए ।

उनले भने — बागमती प्रदेश सरकार विस्तारमा पनि एकपक्षीय भयो । मन्त्री कसरी छानियो रु यो विषयमा पनि पार्टीमा छलफल भएन । १६ जिल्लाको अधिवेशन सरेको कुरा मिडियाको समाचार पढेर थाहा पायौँ । महत्त्वपूर्ण निर्णय हरुमा हामीलाई इग्नोर गर्न खोजिएकाले यो समीक्षा बैठक राख्न जरुरी भयो ।

यहाँ सभापतिको मात्रै होइन हाम्रो पनि समीक्षा गरौँ । उनले बामगतीमा सरकार विस्तार, बाँकी रहेका १६ जिल्लाको अधिवेशन लगायतका महत्वपूर्ण निर्णयमा देउवाले विवके नपुर्‍याएको आरोप लगाए ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...