News Portal

माधवका यी मन्त्रीको बदनामी सुरु, बाहिरियो यस्तो हर्कत !

एनपर्दा संवाददाता
३५० पटक

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एसबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोधी खतिवडाको बदनामी सुरु भएको छ । खतिवडा दलालहरूको गिरोहको चंगुलमा फसेर कर्मचारीहरूको सरुवा गर्न थालेका हुन् ।

मन्त्री खतिवडाले दलालहरूको उक्साहटमा लागेर निर्वाचन आचारसंहिता विपरीत उच्च अधिकारीहरूको सरुवा गरेको आरोप छ । उच्च अधिकारीहरूको सरुवामा ठूलो आर्थिक चलखेल भएको आरोप छ ।

निर्वाचन आयोगले पुस २६ गतेदेखि आचारसंहिता लागू गरेको छ । आचारसंहिता लागू भएको एकदिन पहिला अर्थात पुस २७ गतेको मिति राखेर कर्मचारीहरूको सरुवा गरिएको आरोपछ ।

विवादमा आउने देखेर उनले निर्णयमा भने पुस २५ गतेको मिति राख्न लगाएको कर्मचारी प्रशासन शाखा निकट उच्च स्रोतले जनाएको छ ।

एकैदिन भएका निर्णयमा लुम्बिनी प्रदेशको स्वास्थ्य सचिव परिवर्तन भने रोकिएको छ । उक्त निर्णय स्वास्थ्यको प्रस्तावमा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्छ ।

सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै रोकिदिएको छ । स्वास्थ्य आफैले गर्ने निर्णयमा भने कानूनको उलंघन गरेको छ ।

स्वास्थ्य मन्त्रालयले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको कार्यकारी अधिकारीमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा।गुणराज लोहनीलाइ पठाएको छ ।

तीन महिना अगाडि औषधि व्यवस्था विभागको महानिर्देशक बनाइएका नारायणप्रसाद ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ । ढकालको ठाउँमा भरत भट्टराइलाई ल्याएकोे छ । भट्टराई निकै जुनियर कर्मचारी हुन् ।

राष्ट्रिय क्षयरोग केन्द्रमा डा।श्रीराम तिवारीलाई पठाइएको छ । केन्द्रमा कार्यारत डा।प्रकाश साहलाई कर्णाली प्रदेश पठाइएको छ । एड्स तथा यौनरोग नियन्त्रण केन्द्रकी निर्देशक डा।सुधा देवकोटालाई केन्द्रीय कारागार पठाइएको छ । डा।देवकोटाको ठाउँमा डा।सञ्जय ठाकुरलाई ल्याइएको छ ।

संघीय मन्त्रालयले लुम्बिनी प्रदेश अस्पतालका चिकित्सक डा।राजेन्द्र खनाललाई प्रदेश स्वास्थ्य सचिव नियुक्ति गर्न सिफारीस गरेको छ । प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा।विकास देवकोटालाई संघीय स्वास्थ्य मन्त्रालय तान्न सिफारीस गरेको छ । यो निर्णय निर्वाचन आचारसंहिताले रोकिएको छ ।

फर्जी मिति राखेर निर्वाचन आचारसंहिता विपरीत कर्मचारी सरुवा गर्ने स्वास्थ्यमन्त्रीमाथि कारबाही गर्ने चौतर्फी दबाव परेको छ । वीर अस्पतालमा बिरोध सुरु भएको छ । निर्वाचन आचारसंहिता विपरीत वीर अस्पतालमा डा।गुणराज लोहनी पठाएको भन्दै बिरोध सुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयले कानून विपरीत गरिएको निर्णय हाललाई रोक्न निर्देशन दिएको बुझिएको छ । फर्जी मिति राखेर सरुवा गरेपछि डा।गुणराज लोहनी र भरत भट्टराई बाहेक अरुले पत्र बुझेका छैनन ।

माधव नेपाल नेतृत्वको नेकपा ९एकीकृत समाजवादी० निकटका स्वाथ्यमन्त्री खतिवडाले कांग्रेस निकटका उच्च कर्मचारीहरूलाई समय नपुग्दै जिम्मेवारीबाट हटाएर पैसा बुझाएका कम्युनिस्ट कर्मचारीको सरुवा गरेको आरोप छ ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...