News Portal

भारत आफ्नो ठेगानमा बस लिपुलेक हाम्रो हो : माओवादी केन्द्र

एनपर्दा संवाददाता
२४६ पटक

काठमाडौं।

नेकपा माओवादी केन्द्रले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न आग्रह गरेको छ। माओवादी केन्द्रका नेता एवं अन्तर्राष्ट्रिय विभाग प्रमुख नारायणकाजी श्रेष्ठले आज एक विज्ञप्तिमार्फत हालै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेको भन्दै त्यसको विरोध गरेर पञ्चशीलको सिद्धान्तको अवलम्बन गर्न आग्रह गरेका हुन् ।

उनले भारतलाई नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डताको सम्मान गर्नसमेत आग्रह गरे। नेपालको सार्वभौम अधिकार एवं भौगोलिक अखण्डतामाथि हस्तक्षेप र अतिक्रमण नगर्न माग गर्दै माओवादीले त्यसबारेमा नेपाल सरकारको पनि ध्यानाकर्षण गराएको छ ।

नेपाल सरकारले तुरुन्तै यो अतिक्रमणको विरोध जनाउन र यो कार्य बन्द गराउन यथाशीघ्र कूटनीतिक पहल गर्न पनि सरकारसँग आग्रह गरेको छ। लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट सडक बनाइएकोप्रति कांग्रेसको ध्यानाकर्षण: लिपुलेक क्षेत्रमा भारतीय सरकारले सडक बनाएकोप्रति कांग्रेसले ध्यानाकर्षण गराएको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाले शुक्रबार विज्ञप्ति जारी गर्दै केही दिनअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यस्तो अभिव्यक्तिले कांग्रेसको ध्यानाकर्षण भएको जनाएका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपाली भुमि भएको भन्दै शर्मा र थापाले यसका सम्बन्धमा कांग्रेसले विगतदेखि नै संस्थागत रूपले आफ्नो धारणा र अडान स्पष्ट रूपमा राख्दै आएको बताएका छन् ।कांग्रेसले विगतदेखि नै संस्थागत रूपले राख्दै आएको धारणा र अडानमा पार्टी प्रस्ट र दृढ रहेको भन्दै उनीरूले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

यी हुन् धारणा :१ लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भू–भाग हो ।२ नेपालको भोगाधिकार यी भूगोलमा कायम हुनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।

३ कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्दछ ।

४ नेपालको संसद्ले सर्वदलीय एकतासाथ संविधान संशोधनमार्फत पारित गरेको नेपालको नक्सा सुगौली सन्धिपछिको नेपाल थियो, हो र त्यसको कार्यान्वयन हुनुपर्छ भन्ने विषय राजनीतिक दलहरू एवं नेपाल सरकारसमेतको साझा अभिमत हो भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।

५ दुई राष्ट्रबीचको सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा हुनुपर्दछ । १८१६ को सुगौली सन्धिको दस्ताबेज दुवै राष्ट्रको साझा स्विकारोक्तिको तथ्य हो भन्नेमा हामी प्रस्ट छौँ ।

६ नेपाल–भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कूटनीतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमतिविपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।

७ दुबै छिमेकी राष्ट्रसँग नेपालको पुरानो र ऐतिहासिक सम्बन्ध रही आएको छ । यस अर्थमा सीमासम्बन्धी कुनै पनि प्रश्नको हल ऐतिहासिक तथ्यका आधारमा उच्चस्तरीय कूटनीतिक माध्यमबाट खोजिनुपर्दछ भन्ने विषयमा नेपाली कांग्रेस प्रस्ट छ ।

एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने :नेकपा एमालेले कोभिड–१९ को नियन्त्रण, रोकथाम र उपचारका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउने भएको छ ।

यसका लागि शनिबार पार्टीको केन्द्रीय प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्ने र ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

बिहान १० बजे बालुवाटारमा पुगेर एमालेले ध्यानाकर्षण गराउन लागेको हो । पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै जाँदा एमालेले सरकारलाई ध्यानाकर्षण पत्र मार्फत प्रभावकारी रुपमा कोरोना नियन्त्रणमा पहल थाल्न आग्रह गर्न लागेको हो ।

प्रतिकृया दिनुहोस्

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

काठमाडौं। नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको...

सत्ता गठबन्धनकाे पक्षमा ३८ साँसद, गणेशप्रसाद तिमिल्सिनालाइ राष्ट्रिय सभा अध्यक्षबाट आउट !

काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका...

स्थानीय चुनाव अर्को वर्षको चैतसम्म गर्न सकिन्छ, तीनै तहको चुनावमा पाँच दल मिल्छौं : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैत महिनासम्म...

राष्ट्रियसभाको परिणामले अवको चुनावमा एमालेको बहुमतमा आउने प्रष्ट संकेत देखियाे: शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनले जिते पनि नेकपा एमाले...

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

काठमाडौं । एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । समाजवादीका केन्द्रीय...