News Portal

प्रेम आलेको एकपछि अर्को एक्शन, बद्मासहरुको भागाभाग हुनै लाग्दा गरे राजिनामा दिने कुरा

एनपर्दा संवाददाता
१४१६ पटक

काठमाडौं।

पछिल्लो समय पूर्व र बहालवाला संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्रीको जुहारी चलेको छ । दुवै जनाले एकले अर्कालाई आरोपप्रत्यारोप लगाइरहेका हुन् ।

यसैबीच, बहालवाला मन्त्री प्रेम आलेले आफूमाथि लागेको आरोप पुष्टि भए एक सेकेन्ड पनि पदमा नबस्ने घोषणा गरेका छन् । तत्कालिन मन्त्री योगेश भट्टराईले लगाएको आरोप निराधार भएको आलेको भनाई छ ।

आफूले काठ तस्करी गरेको भन्दै भट्टराईले एक अन्तर्वार्तामा लगाएको आरोप साँचो भए वा कुनै प्रमाण भेटिए आफू तत्कालै राजिनामा दिन तयार भएको उनको दाबी छ ।

आलेले भट्टराईमाथि माओवादी युद्ध चर्किदा खरखजानासहित २ नम्बरी गरेर अहिले काठमाण्डौमा घर बनाएको आरोप लगाएका छन् । ‘जतिबेला माओवादी युद्ध चर्किएको थियो । माओवादी साथीहरु भूमिगत हुनुहुन्थ्यो ।

सेना र माओवादीको बीचमा वार भइरहेको थियो । भट्टराई खरखजानासहित २ नम्बरी गर्नुहुन्थ्यो’, उनले भने । ‘उहाँ ताप्लेजुङबाट लुरुलुरु काठमाडौं आएको त हो नी । त्यही खरखजाना बेचेर काठमाडौंमा घर बनाउनु भएको छ।’

‘उहाँ त हतियार खरखजानाको तस्करी गर्नुहुन्थ्यो । हाम्रो पार्टीका आदर्णीय नेता पूर्व प्रधानमन्त्री माधव नेपाल प्रधानमन्त्री हुँदाखेरि उहाँ मातहतको मन्त्रीलाई तपाईंले काम गर्न सक्नु भएन भन्दाखेरि उहाँले तपाईं हतियारको तस्करी गर्ने भन्दाखेरि उहाँ चुप लाग्नु भयो ।’

मन्त्री आलेले भट्टराईले तातोपानी नाकाबाट हतियारको तस्करी गर्ने गरेको आरोप समेत लगाए । रोलेक्स घडी र रक्सीको बोतल बिदेशबाट ल्याएको भन्ने आरोप लागेका आलेले विमानस्थलमा रहेको सीसीटिभी चेक गर्न र सो कुरा प्रमाणित भए राजिनामा दिने बताएका छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...