News Portal

माधव नेपाल बिनाकाे एमाले, पहिलाे पटक मै पत्तासाफ…

एनपर्दा संवाददाता
३७४ पटक

काठमाडौं ।

नेकपा एमालेमा कुनैबेला माधवकुमार नेपाल र केपी शर्मा ओली एउटै गुटमा थिए । नेपालले ओलीलाई सबैभन्दा निकट राखेर इतर समूहका बामदेव गौतम र झलनाथ खनालको चुनौतीहरु सामना गरेका थिए ।

यसकारण पनि माधव नेपालले ओलीलाई सबैभन्दा बढी बुझेका र झेलेका मानिन्छ ।

ओलीलाई चिनेकैले माधव नेपालले योजनावद्ध रुपमा कमजोर बनाउँदै लान सकेका छन् । दुई तिहाईको सरकार बनाएर शक्तिशाली बनेका ओलीलाई अहिलेको कमजोर हालतमा ल्याउन माधव नेपालले नै मुख्य भूमिका खेल्दै आएका छन् ।

१२ माघको राष्ट्रियसभाको १९ सिटको प्रतिष्पर्धामा माधव नेपालले नेकपा एमालेको विगतको ८ सिटमध्ये ७ सिट फुत्काइदिएका छन् । प्रदेश १ मा सोनाम ल्याल्जेन शेर्पाबाहेक एमालेका कुनैपनि उम्मेदवार विजयी भएनन् ।

१८ सिटमा सत्ता गठबन्धनका घटक दलका उम्मेदवारहरु विजयी भए । यसबाट ओलीलाई फेरि अर्को धक्का भएको छ ।

ओलीलाई माधव नेपालले कर्णाली प्रदेशमा एमालेमा रहँदै धक्का दिएका थिए । प्रकाश ज्वालासहित ४ सांसदले फ्लोर क्रस गर्दा माधव नेपालकै भूमिका थियो ।

जसका कारण कर्णालीमा एमालेले सरकार गठन गर्नका लागि चालेको कदम असफल भयो ।

विभिन्न प्रदेशहरुमा एकपछि अर्को गर्दै एमाले नेतृत्वको सरकार ढल्यो । एमाले सरकारमा सहभागी भएकोमा हट्न पुग्यो ।

राष्ट्रियसभाको उपनिर्वाचनमा खिमलाल देवकोटालाई जिताउन माधव नेपालले एमालेमा हुँदै नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रसँग भित्री गठबन्धन बनाएका थिए ।

जसका कारण एमाले उम्मेदवार रामबहादुर थापा बादल पराजित भएका थिए । कलम चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले बाजी मार्दा नेपाल झन् उत्साही भए ।

माधव नेपालले ओलीविरुद्ध चार्तुयता प्रदर्शन गर्दै प्रधानमन्त्रीबाट नै हटाउन भूमिका खेले । शेरबहादुर देउवा प्रधानमन्त्री बने । ओलीले गरेका कतिपय नियुक्तिहरु धमाधम देउवा सरकारले खारेज गर्यो ।

राजदूतहरु फिर्ता बोलाइए । अब ओलीको पालामा भएका संवैधानिक निकायको नियुक्तिमात्र बाँकी छ । यो विषय पनि अदालतमा विचाराधीन छ ।

अब माधव नेपालको आँखा राष्ट्रियसभाको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनातर्फ गएको छ । तिमिल्सिना ओलीका विश्वासपात्र हुन् ।

संवैधानिक निकायमा हुने नियुक्तिमा राष्ट्रिय सभा अध्यक्ष पनि संवैधानिक परिषदको सदस्यका हैसियतले भूमिकामा हुनसक्छन् । यसकारण पनि माधव नेपालको ध्यान उक्त पदमा गएको बुझिएको छ ।

संवैधानिक परिषद्मा प्रधानमन्त्री पदेन अध्यक्ष हुन्छन् । प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष र प्रमुख प्रतिपक्षी दलका नेता सदस्य हुन्छन् । उपसभामुख पद खाली छ ।

संवैधानिक परिषद्मा कसैको पनि बहुमत छैन । काँग्रेसबाट प्रधानमन्त्री देउवा रहेका १, एमालेसँग ओली विपक्षी दलका नेता रहेको र तिमिल्सिना उनीनिकट नै रहेकाले २ जना, माओवादीबाट निर्वाचित सांसद अग्निप्रसाद सापकोटा सभामुख रहेका छन् ।

यस हिसाबले प्रचण्डसँग १ सिट छ । प्रधानन्यायधीशमा चोलेन्द्र शमशेर जबरा छन् । उनी प्रचण्ड र माधव नेपालसँग सन्तुष्ट छैनन् । उपसभामुखमा सत्ता गठबन्धनबाट ल्याउने तयारी भइरहेको छ ।

अब सत्ता गठबन्धनले संवैधानिक निकायमा बहुमत बनाउने गरी राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाविरुद्ध महाभियोगको पूर्वतयारी गरेको बुझिएको छ । विशेषगरी माधव नेपालको तारोमा तिमिल्सिना पर्नसक्छन् ।

राष्ट्रियसभाको अध्यक्ष र उपसभामुखमा नेकपा एस र जसपाको दाबी छ । यसरी सत्ता गठबन्धनबाट संवैधानिक परिषदमा आफ्नो बहुमत बनाउने गरी तयारीहरु भइरहेका छन् । माधव नेपालले यसरी ओलीलाई फेरि अर्को धक्का दिन खोजेका छन् ।

प्रतिकृया दिनुहोस्

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...

भरतपुरका तीन वडामा २०७४ मा देवी ज्ञवालीको भन्दा कम मत, देवी ज्ञवाली भन्छन्- त्यतिबेला मलाई आएको मत भुइँकटहरमा गएजस्तो छ

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गत निर्वाचनमा नेकपा एमालेका...

प्रचण्डकाे इलाकामा एमालेले गाड्याे विजयकाे झण्डा, माओवादीको लाल किल्ला गर्लम्मै ढल्यो

काठमाडौं । स्था नेकपा एमालेले चितवनको माडीमा मेयर पद जितेको छ। माओवादी केन्द्रका ऋषि काफ्लेलाई...

एमालेलाई पत्तासाफ गर्दै धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादी विजयी

काठमाडौं । धादिङको धुनिवेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यका...

प्रचण्डको गृहजिल्लामा माओवादीको पुरै प्यानल बिजयी, देशभर तहल्का !

काठमाडौ । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट...