News Portal

ओलीलाई अर्को झड्का: एमालेका उपाध्यक्षलाई टीका लगाएर नेपालले गराए समाजवादीमा प्रवेश

एनपर्दा संवाददाता
४२१ पटक

काठमाडौं ।

एमाले ललितपुरका पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

समाजवादीका केन्द्रीय सदस्य तथा ललितपुर सहइञ्चार्ज अमृतनाथ तिमल्सिनाका अनुसार बिहीबार बिहान एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सिलवाललाई टीका लगाएर पार्टी प्रवेश गराएका हुन् ।

सिलवालले एमाले ललितपुरको आठौं अधिवेशनमा अध्यक्षमा दाबी गरेको थिए ।

उनी हाल बागमती प्रदेश कमिटी सदस्य छन् । सिलवाल ३ जेठ ०७७ मा जिल्ला कमिटी उपाध्यक्ष निर्वाचित भएका थिए ।उनी साविकको गोदावरी गाविसका दुई कार्यकाल अध्यक्षसमेत भएका थिए ।

०७३ सालको स्थानीय निर्वाचनमा गोदावरी नगरपालिकाको मेयरमा उम्मेदवार भएका सिलवाल नेपाली कांग्रेसका नेता गजेन्द्र महर्जनसँग पराजित भएका थिए ।

यो पनि,राजावादी उम्मेदवारलाई प्रदेश १ मा ६६ मतभार बोनस, कसले दियो मत ?
राष्ट्रियसभाको बुधबार सम्पन्न निर्वाचनमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले ६६ मतभार बोनस पाएका छन् ।

राप्रपाका तर्फबाट राष्ट्रियसभा उम्मेदवार बनेका झापाका अम्मरबहादुर विष्टले पार्टी बाहिरका एक प्रदेशसभा सदस्य र एक स्थानीय तहका उम्मेदवारको भोट पाएका हुन् ।

राप्रपाका प्रदेशसभा सदस्य १ जना र स्थानीयतर्फका जनप्रतिनिधि ४ जना रहेका छन् ।जसमा राप्रपाका मतदाता तथा गौरीगन्ज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ मतदानमा सहभागी भएनन् ।

काठमाडौंमा छोरीको वैवाहिक समारोह भएपछि उनी मतदानमा सहभागी नभएका हुन् ।तर, विष्टलाई पार्टी बाहिरबाट एक प्रदेशसभा सदस्य र एक स्थानीय तहका जनप्रतिनिधिले भोट दिएपछि उनको मतभार धेरै आएको हो ।

उनले पाउनुपर्ने मतभार पार्टीका एक जना अनुपस्थित हुँदा ३ स्थानीय तहका जनप्रतिनिधि र एक प्रदेशसभा सदस्यगरी १०२ मतभार थियो । तर उनले १६८ मत भार पाए ।

अर्थात उनले पार्टी बाहिरबाट ६६ मतभार बढी पाए । राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ कायम हुन्छ ।

विष्ट भने आफू पराजित हुँदाहुँदै पनि काँग्रेस कम्युनिस्टले माया गरेको प्रतिक्रिया दिन्छन् ।उनले भने, ‘कसले हाले थाहा भएन तर स्थानीय साथीहरुले माया गर्नुभयो होला नि !’, उनले भने, ‘मैले त के भन्नुपर्यो भने गौरादहका प्रदेश सांसद हिक्मत कार्की र उपमेयर गीता भेटवालले हाल्नु भयो ।’

राप्रपाले अन्य प्रदेशमा उम्मेदवार खडा नगरेपनि प्रदेश १ मा भने उम्मेदवार खडा गरेको थियो ।

यस्तै अन्य प्रदेशमा उम्मेदवार नभएकाले राप्रपाले मतदान प्रक्रियामा सहभागी नहुने निर्णय नै गरेको थियो । अम्मरबहादुर विष्ट झापाका चर्चित राप्रपा नेता हुन् ।

झापामा राप्रपाका चर्चित तीन नेताहरुमा राजेन्द्र लिङदेन, राम थापा र अम्मरबहादुर विष्ट तीनजनाको नाम आउँछ । लिङदेन अहिले पार्टीको केन्द्रीय अध्यक्ष छन् भने थापा प्रदेश १ का अध्यक्ष छन् । विष्टचाहिँ हालै केन्द्रीय कमिटीमा मनोनित भएका नेता हुन् ।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...