News Portal

अब एमालेले जितेको कुरा कुनै पनि पत्रकारले समाचार लेख्ने अवसर पाउने छैनन्ः मेटमणि चौधरी

एनपर्दा संवाददाता
२९१ पटक

काठमाडौं।

नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता तथा सांसद मेटमणि चौधरीले अबदेखि एमाले र विजयीको बीचमा कहिल्यै भेट नहुने दाबी गरेका छन् ।

चौधरीले एमालेले जितेको कुरा कुनैपनि पत्रकारले लेख्ने अवसर नै नपाउने पनि ठोकुवा गरेका छन् । उनले एमालेले २०७४ सालमा जितेको कुरा अब कथा बन्ने र भावी सन्ततिहरुलाई सपनाजस्तै लाग्नेपनि उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले यस्तो लेखेका छन् । हेरौं उनको स्टाटस:

प्रतिगामि गठबन्धन( नेकपा एमाले, जसपा (महन्त ठाकुर) र राप्रपा बिचको गठबन्धनको शर्मनाक हार भएको छ । हारको लाज छोप्न केपिका चाकरहरू क्क्ष्लनभि नेकपा एमालेलाई ५ दलिय गठबन्धनको हुइँया मच्चाइरहेका छन् ।

याद होस दासर दासिहरूलाई- चुनावि मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एकलै होस या मिलिजुलि । मिलेरै र मिलाएरै जित्ने हो ।

एकलकाँटे तिमिहरू बरू सोँच-हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिक जस्तो किन एकलिरहेका छौ । सरकारको नेतृत्वबाट प्रतिपक्षिको भुमिकामा कसरी झर्न पुगिम ! के यो बिषयमा कहिले सिहलोकन गरेका छौ रु तिम्रा यिनै घमण्डको कारण आज बिचारा भएका छौ ।

दासहरूले के पनि भुल्नु हुँदैन भने- २०७४ सालको चुनावमा माओबादिसँग चुनावि एकता गरेको कुरा, झापामा राप्रपालाई उम्मेदवारिमा सघाएको र त्यसबाफत मत पाएको, धनुषामा राजेन्द्र महतोलाई मत बेचि अरू ठाँउबाट असुलि गरेको, नवलपरासि, रूपन्देहि र कपिलबस्तुमा गैर एमालेका नेताहरूलाई सुर्य चिन्ह दिएर अरू निर्वाचन

क्षेत्रमा स्वतन्त्रहरूका मत प्राप्ति गरेका ! उक्त सबै कार्य तिमिले बा भनेका खड्गा प्रसाद ओलिले गरेका होइन्न रु दास बन्नुर हुनुको पनि सिमा हुन्छ ! जसले सबैभन्दा बढि दलहरूसँग सहमति र अबैध संझौता गरेका छन् ! तिनैका सन्तानहरू गठबन्धनका बिरूद्दमा बिष बमन गर्नु कत्ति पनि सुहाएन क्या !

फेरि अबुझ र अल्पज्ञानिहरूलाई थाहा हुनु पर्ने हो- सँसारभरिका राजनैतिक अगतिगचभ धुर्बिकरण भइरहेको कुरा । भारतलगायत युरोपमा समेत मिल्न सक्नेहरूका बिचमा चुनावि एकता भएको कुरा । यसैले स्यालहरू- स्यालहुँइया नगरेकै राम्रो ।

राष्ट्रिय सभाको चुनावि परिणाम पछि- दासहरूले २ वटा बिषयलाई महत्त्वका साथ भुकिरहेका छन् -!। यो हार हाम्रो लागि अन्तिम हो र अबको सबै निर्वाचनमा बिजयि हुन्छौ ।

२. ५ दल मिलेर जित्ने- यत्रो फूर्ति ! अल्पज्ञानिहरूलाई के थाहा ! यो हार भर्खर शुरू भएको छ र यो हारको श्रंखला निरन्तर अघि बढ्ने छ । अब देखि नेकपा एमाले र बिजयिको बिचमा कहिल्यै भेट हुने वाला छैन । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनैछैन्न । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भाबि सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ !

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...