News Portal

विश्व इतिहासका एक उज्ज्वल शासक जसले एक मुठी सास रहेसम्म देशका लागि लडिराख्ने बाचा गरे…

एनपर्दा संवाददाता
३१५ पटक

काठमाडौं ।

विश्वको महाशक्ति राष्ट्र रुससंग निकै सानो राष्ट्र युक्रेनले आज एक हप्ताभन्दा बढी देखि युद्ध लडिरहेको छ। देश जनता नै आफ्नो पहिलो रोजाई भन्दै त्यहाका राष्ट्रपतीले आफ्नो अन्तिम श्वास रहुनजेलसम्म देश र जनताको लागि लडिरहने बताएका छन।

युक्रेनले रूसी आक्रमणको सामना गरिरहेको छ। मिडिया रिपोर्ट अनुसार युक्रेनमा हजारौं बढीले ज्यान गुमाइ सकेका छन्। रूसी सेनाहरू पूर्वी, दक्षिणी र उत्तरी सीमानाका बिनदुहरूमा युक्रेन छिरेका छन्।

रूस र युक्रेनबीच विगत आठ वर्षदेखि तिक्तता देखिँदै आएको छ। सन् २०१४ मा रूसले छिमेकी देशमा राजनीतिक उथलपुथलको फाइ’दा उठाउँदै युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपमा सैन्य नियन्त्रण कायम गर्न थालेको थियो।

युक्रेनको सेना र रूसी समर्थित विद्रोहीबीच पूर्वी युक्रेन दाेनबासमा भने कहिल्यै युद्ध समाप्त भएन। युद्धमा अहिलेसम्म करिव १४ हजार मानिसहरूकाे मृत्यु भएकाे छ ।

भोलाेदिमिर जेलेन्स्कीले युक्रेनको राष्ट्रपतिमा निर्वाचित हुनु अघि टिभीमा राष्ट्रपतिको भूमिका निभाएका थिए। सायद त्यतिबेला उनलाई थाहा थिएन कि एक दिन उनी वास्तवमै युक्रेनको राष्ट्रपति बन्नेछन्।

जेलेन्स्की त्यो समयमा अभिनेता र स्ट्यान्ड अप कमेडियन थिए। उनी युक्रेनको सबैभन्दा लोकप्रिय कलाकारमध्ये एक हुन्। उनले अन्य कलाकारसँग मिलेर सन् १९९७ मा कमेडी ग्रुप ‘क्वार्टल ९५’ बनाएका थिए।

यो समूहले टेलिभिजन कार्यक्रमहरू उत्पादन गरेको थियो। उनले आफ्नो एउटा कार्यक्रममा विद्यालय शिक्षकको भूमिका निभाएका थिए। सो कार्यक्रममा शिक्षक एक दिन युक्रेनको राष्ट्रपति बन्नुपर्ने देखाइएको थियो।

सन् २०१९ को चुनावमा आश्चर्यजनक जित निकाल्दै जेलेन्स्की युक्रेनको राष्ट्रपतिमा निर्वाचित भएका थिए। जेलेन्स्कीको जीवन र करियर अन्य अन्तर्राष्ट्रिय नेताहरूको तुलनामा सामान्य छ।उनले पदभार ग्रहण गरेपछि धेरै संकटको सामना गर्नुपरेको छ।

तर, उनले साहसका साथ यी संकटहरूको सामना गरिरहेका छन्। जेलेन्स्की विवाहित हुन् र उनकी पत्नीको नाम ओलेना जेलेन्स्की हो। दुबैका सन्तान पनि छन्।

उनले २००० मा किभ राष्ट्रिय आर्थिक विश्वविद्यालयबाट कानुनमा डिग्री गरेका छन् । सन् २०१८ मा अचानक राजनीतिमा प्रवेश गरेका उनी ‘जनताको सेवक’ पार्टीबाट राष्ट्रपतिको लागि उम्मेदवारी घोषणा गरे।

राष्ट्रपति बनेदेखि जेलेन्स्कीको अमेरिकासँगको सम्बन्ध निकै राम्रो रहेको छ।यद्यपि जेलेन्स्कीले राष्ट्रपति बनेपछि रूसी राष्ट्रपतिसँग सुरुमा कूटनीतिक सम्बन्ध राख्ने प्रयास गरे पनि सफल भएनन्। उनले युक्रेनमा भिक्टर मेदवेदचुकलगायत रूस समर्थक राजनीतिक समूहहरू विरुद्ध कडा कदम चालेका थिए ।

यो पनि हेर्नुहोस, समाज बदलियो, नारीलाई हेर्ने दृष्टिकोण बदलिएन
पूर्व सहकर्मीको एउटा पंक्ति– ‘मलाई तिम्रो गृहमन्त्री होइन, आफ्नै प्रधानमन्त्री बन्नु छ ।’पंक्तिमा दुई वस्तुगत अवस्था प्रस्तुत छ । एक, नारी अझै पनि पुरुषसँग निर्भर छन् । दुई, आजका नारी स्वतन्त्र र सक्षम छन् ।

हाम्रा संरचनाहरुले नारीलाई अझै विभेद गर्छ । पुरुषको तुलनामा कमजोर सावित गर्न खोज्छ । तर, आजको नारी स्वीकार्न तयार छैन । किनकी, आजका नारी हरेक दृष्टिकोणले समान हैसियत राख्दछन् । समाजले मात्र हो अझै पनि कमजोर भन्न रुचाउँने !

नारी कमजोर नै हुन् या कमजोर बनाइन्छन् ? यदि, कोहीबाट कमजोर बनाइन्छ भने किन ? कसले ? परिस्थितिले ? या, अरु महिलाले ? वा पुरुषले ? कि, आफैले आफैलाई ? यस्ता अनेक प्रश्नका जवाफ सहज छैनन् । तर, सामाजिक मूल्यमान्यताले भूमिका खेल्छ भन्नेमा मत मिल्न सक्ला !

‘राम्रो पढ्छु, आफ्नो खुट्टामा उभिन्छु । पुरुषमा निर्भर हुन्न ।’ नारी सशक्तिकरणले ठूलो आकार लिइसक्दा पनि बोलिने र सुनिने यो नै हो । यसले नारी आफै पनि अझैसम्म कजोर महसुस गर्दैछन् भन्ने तथ्य बोल्छ ।

छोरी जन्मे दुःख मान्ने समाज छोरा जन्मदा युद्ध जिते झै हर्षबढाइँ गर्छ । अर्थात, समाज विभेद रुचनाउँछ । र, नारीमाथि सधैं विभेद गर्छ । त्यसैले त भनिन्छ– ‘समाज बदलियो तर नारीलाई हेर्ने दृष्टिकोण बदलिएन ।’

किन यस्तो हुन्छ ? भन्ने प्रश्नको जवाफ नारीप्रति हेर्ने पुरुषवादी दृष्टिकोण कारक हो भन्नु पर्छ । सामाजिक मूल्यमान्यता, संस्कार र संरचनागत विभेदले नारीलाई कजोर देखाउँछ । त्यसभित्र संकुचित र संकीर्ण पितृसतात्मक मनोभाव पर्छ ।

समाजले आधुनिकताको पगरी गुथिसक्यो । त्यसैले समाज परिवर्तन भयो भनियो । नयाँ व्यवस्थासँगै लैङ्गीक विभेद पनि अन्त्य भएको मानियो । तर, नारीलाई गरिने विभेद यथावत छ । त्यसैले त भनिन्छ– ‘समाज बदलियो तर नारीलाई हेर्ने दृष्टिकोण बदलिएन ।’
०००

कुनै पुरुषले कुनै नारीलाई चाडै प्रेम आभास गराए समाजले भन्छ– ‘केटो क्या खत्रा रैछ । त्यो केटीलाई छिनभरमै पट्यायो ।’यदि, कुनै नारीले पुरुषलाई प्रेम व्यक्त गरे मात्र पनि समाजले कुरा काट्छ– ‘केटी त क्या चालू रैछे । केटालाई प्रपोज गरि यार !’

आजको व्यवस्थामा कमजोर र बलियोको मापक शारीरिक वा लैङ्गिक अवस्था होइन । आर्थिक, सामाजिक वा अन्य दक्षता निर्भर हुन्छ । तर, हाम्रो समाजले लैङ्गिकताकै आधारमा कमजोर र बलियो सावित गर्न खोज्छ ।

पुरुषको गुण खोजिन्न । तर समाज ३२ लक्षणयुक्त नारी चाहन्छ । नारी सुन्दरतामा आधारित सौन्दर्य व्याख्या– कोकिल कण्ठ स्वर ! मृग नयनी आँखा, बारुली कम्मर, कलेटी परेको ओठ आदि इत्यादी ।

के सबै नारीमा प्रस्तुत ब्याख्या मेल खान्छ त ? यो सम्भव हुँदैन । यी त केवल नारीलाई कमजोर देखाउन रचिएका विभेद हुन् । अर्थात नारी सौन्दर्यमा आधारित व्याख्या नै विभेदकारी छ ।

‘छोरी जस्तो हुँदैन बुहारी, आमा जस्तो हँदैन सासू’ अर्थात नारीले नारीप्रति बनाउने धारणा ! बुहारीलाई पनि छोरी जस्तै, सासूलाई पनि आमा जस्तै माया र सम्मान नगर्दा यस्ता धारणा बन्छन्, बनेका हुन् ।

आफ्नी बुहारी कसैकी छोरी र आफ्नी छोरी कसैको बुहारी भनेर बुझ्न सकेको भए छोरी र बुहारी, आमा र सासूप्रति यस्तो धारणा बन्दैनथ्यो । अथार्त, नारीप्रति यसरी पनि विभेद भइरहेको छ । त्यो पनि नारीबाटै ।

हाम्रो समाजले धनी केटा खोजेर शुख दिन छोरी अन्माएर पठाउँछ । तर, दुःख गर्न बुहारी भित्र्याउँछ । छोरीले दुःख पाउँदा रुने आमा बुबा बुहारीले शुख पाउँदा मात्तिएको ठान्छ । छोरीका लागि शुख खोज्नेहरु घर भित्रने बुहारीले पनि दुःख पो पाउलान् किन भनेर सोच्दैनन् । ‘छोरीले धेरै पढ्नु पर्छ, नत्र अरूले हेप्छ’ भन्नेहरु बुहारी पढाउँदा टाउकोमा टेक्छ’ भन्ने सोचबाट निर्देशिन हुन्छन् । नारीमाथि विभेदको यो एउटा पाटो हो ।

छोरालाई फुक्काफाल छोड्ने समाजले छोरीलाई सामाजिक बन्धनको घेरामा राख्छ । छोराले छानी–छानी श्रीमती रोज्ने सुविधा पाउँछ । तर छोरी, जीवन साथी रोज्ने सुनौलो र नैसर्गिक अधिकारबाट पनि बञ्चित हुन्छ । छोरा पुर्खौली विर्तामा हक राख्छ । तर छोरी, दाइजोमा चित्त बुझाउँछ । छोरा उमेर पुगेपछि परदेश जाने हक राख्छ । तर, छोरी उमेर पुगेपछि पराईघर जाने बाध्यतामा फस्छ । छोराले पढ्नुपर्छ भनेर हौसला पाउँछ । तर छोरी, अर्काको घर स्याहार्नेले किन पढ्नु पर्यो भनेर विभेद खेप्छ ।

मुख्य कुरा त-छोरी जन्मे दुःख मान्ने समाज छोरा जन्मदा युद्ध जिते झै हर्षबढाइँ गर्छ । अर्थात, समाज विभेद रुचनाउँछ । र, नारीमाथि सधैं विभेद गर्छ ।

भनिन्छ– ‘नरनारी एक रथका दुई पाङ्ग्रा ।’ प्रस्तुत धारणालाई आधार मान्ने हो भने एक पाङ्ग्राले मात्र रथ चल्दैन भन्ने सत्य स्वीकार्न सक्नुपर्ने हो । यदि, दुबै पाङ्ग्रा समान भएनन् भने रथ गुड्दैन भनेर पनि बुझ्नुपर्ने हो । अर्थात नारी कजमोर हुनु भनेको घर कमजोर हुनु हो । पुरुष कमजोर हुनु पनि घर नै कमजोर हुनु हो । यत्ति कुरा बुझे त विभेत हुन्नथ्यो सायद ।

हामी, नारी–पुरुष बराबर भन्छौं । बराबर हुनुपर्छ पनि भन्छौं । तर, हामीले भन्ने र गर्ने कुराको तादम्यता मिलेको छैन । त्यसैले विभेदलाई प्रसय दिइरहेको छ । सोही विभेदले हामीलाई मानव विकासको एउटा चरणभन्दा धेरै पछि छोडिएका छौं ।

व्याख्याले मात्र होइन, व्यवहारले पनि नारी र पुरुष बराबर भनेर पल–पल प्रमाणित भइरहेको छ । पुरुषले गर्न नसकेका असंख्यक कामहरु नारीको चाहनामा सम्भव भएका छन् । तर, अझै पनि हामी ‘एउटा छोरा त चाहिन्छ’ भनिरहेका छौं । हामीमा ‘छोरी नै पुगिसरी’ भन्ने भाव नै पैदा हुँदै ।

हामीलाई सन्तान होइन, वंशको निरन्तरता चाहिको छ । बुढेसकालको सहारा होइन, अंशको हकदार चाहिएको छ । हामीलाई कसैको बुहारी बन्ने छोरी होइन, कसैको ज्वाइँ बन्ने छोरा चाहिएको छ ।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...