News Portal

ओली ‘बा’ जस्तो राजनेता हिजो पनि जन्मेको थिएन अब फेरि जन्मिन गार्हो छ नेपालमाः रामप्रसाद रिजाल

एनपर्दा संवाददाता
१६९८ पटक

काठमाडौं ।

नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालले अध्यक्ष केपी शर्मा ओली जस्तो ‘राजनेता’ हिजो पनि नजन्मिएको र अब फेरि जन्मिन नेपालमा गार्हो रहेको बताएका छन् ।

आज उनी (रामप्रसाद रिजाल)ले बालकोटमै पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग भेटघाट गरेपछि ‘क्याप्सन’मा ‘राजनेता केपी बा संग वहां को निवास बालकोटमा आशीर्वाद लिदै आज म’ लेखेको तस्बिर भाइरल भएपछि दैनिक न्यूज नेपालको प्रश्नमा यस्तो बताएका हुन् । उनले केपी शर्मा ओलीसंगै नेकपा एमालेका प्रभावशाली नेतासहित बिभिन्न संगठनमा आबद्ध व्यक्तिहरुसंग पनि भेटघाट गरेका थिए ।

उनले भने– नेपालमा केपी ‘बा’ जस्तो राज नेता हिजो पनि जन्मेको थिएन अब फेरि पनि जन्मिन गार्हो छ नेपालमा । उहाँ (केपी शर्मा ओली) यो देशको राजनेता भनेपनि, केपी ‘बा’ भनेपनि, कम्युनिस्ट आन्दोलनको महानायक भनेपनि, उहाँ (केपी शर्मा ओली) हो यो देशको हिरो । त्यस कारणले मैले उहाँ (केपी शर्मा ओली)लाई ‘बा’ सम्म मानेर केपी ‘बा’ भनिसकेपछि मैले आशीर्वाद लिएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसंग आशीर्वाद लिएको तस्बिर सामाजिक संञ्जालमा भाइरल भइरहेको छ नि ?
ए त्यो ‘बा’ भएपछि ‘बा’लाई एसो आशीर्वाद लिन त पाईन्छ होला नि हौं ? ‘बा’ भन्ने अनि आशीर्वाद लिन नपाएर पनि हुन्छ हामीले, हैन ? अब मुख्य कुरा के छ भने केपी ‘बा’ भनेको यो देशको ‘बा’ हो हाम्रो मात्र होइन, किन भने उहाँले देशको नेतृत्व गरेको हो । अहिले केपी ओली प्रधानमन्त्रीबाट हटिसकेपछि हेर्नु त ! भद्रगोल ।

त्यस कारण यो देशको राजनेता भनेपनि, केपी ‘बा’ भनेपनि, कम्युनिस्ट आन्दोलनको महानायक भनेपनि, उहाँ (केपी शर्मा ओली) हो यो देशको हिरो । त्यस कारणले मैले उहाँ (केपी शर्मा ओली)लाई ‘बा’ सम्म मानेर केपी ‘बा’ भनिसकेपछि मैले आशीर्वाद लिएको हो ।

कतिपयले धेरै नै आलोचना गरिरहेका छन् नि ?
होइन यस्तो हो । संसारमा अब मान्छेहरु, हाम्रो देश बिग्रनुको दुईवटा कारण एउटा मान्छे लोभ गर्ने हरेक कुरामा होइन, गोजिमा पैसा छ भोग लागेको छ, भोक–भोकै हिड्ने खर्च नगर्ने ‘ग्यास्ट्रिक’ हुने अनि ‘नेगेटिभ क्या नेगेटिभ’ अरुको राम्रो चाहदै नचाहने, हरेक कुरो चाहि हामी ‘माइनस–माइनस’ पनि ‘प्सल’ हुन्छ ।

‘नेगेटिभ’बाट पनि हामीले ‘पोजेटिभ’ बनाउन सक्छौं हामी तर के छ भने यहाँ इष्या र डाह, अब हेर्नुस्, अब नभेटदा खेरि वस्था गरेन सम्मान गरेन नेताको भन्छन्, अल्लि टाढा हुदा खेरि मतलबै गरेन पार्टीको अध्यक्ष प्रमुख भैइसकेको मान्छे भनेर हरेक नेतालाई अब सम्मान गर्दा चाकडी गरो भन्छन् भनेदेखि यहाँ सम्मान गर्दा पनि गार्हो छ, सम्मान नगर्दा पनि गार्हो छ । त्यस कारणले अब मैले चाहि उहाँ (केपी शर्मा ओली)लाई ‘बा’ समान सम्झेर केपी ‘बा’लाई चाहि ढोगेकै हो ।

कहिले प्रचण्ड–माधबसंग हुदा ओली पत्तासाफ हुन्छन् भन्ने कहिले ओली पक्षमा हुदा प्रचण्ड–माधब पत्तासाफ हुन्छन् भन्दै हिड्नु हुन्छ रामप्रसाद रिजाल प्रवृति चाही के हो ?

मेरो मुख्य कुरो के हो भने नि ! हेर्नुस् पत्रकार सर, अब के छ भने सत्य तितो हुन्छ, म हिजो अलमल रछु, आँखामा पट्टि बाधेर माधब नेपालकोपछि लागेको रैछु । माधब नेपालले के भन्थे, ‘एक व्यक्ति एक पद’ कि ओलीले प्रधानमन्त्री छोड्नु पर्यो कि पार्टी अध्यक्ष छोड्नु पर्यो भनेको होइन ? अहिले माधब नेपालले नेतृत्व गरेको पार्टीमा एउटा व्यक्तिले ९ वटा पद पाएका छन् । बिधि र पद्धतिको कुरो गर्ने माधब नेपालले पार्टीलाई परिवार वादी बनाएका छन् । उहाँ माधब नेपालका त्यहाँ भाई, बुहारी, भान्जा, पिए देखि काम गर्नेलाई पनि त्यहाँ केन्द्रिय कमिटिमा राखेका छन् ।

त्यस कारणले यो माधब नेपलाको पार्टी पार्टी होइन, यो परिवारवादको हो । अब यो देशको नेतृत्व गर्ने भनेको नेकपा एमाले हो । र त्यसको अध्यक्ष राजनेता केपी शर्मा ओलीको यो देशमा बिकल्प छैन् । केपी शर्मा ओलीबिना यो देशको आर्थिक समृद्धि तपाई कल्पनै नगर्नु । यतिको राजनेता हिजो पनि जन्मिएको थिएन, अब फेरि पनि जन्मिन गार्हो छ नेपालमा ।

ओली ‘बा’ जत्तिको राजनेता जन्मिन हार्यो छ । हजुर नेपालमा । कुनै पनि देशको अध्यक्ष, प्रधानमन्त्री भएको मान्छेकोमा तपाई जानुस्, र केपी ‘बा’कोमा जानुस् कति उहाँ (केपी शर्मा ओली)लाई सम्मान छ त्यहाँ उहाँको कोठामा । एउटा कोठो घरै भरिएको छ । म छक्क परे, तिन छक्क परे, मैले फोटो पनि खिचेको छु, तपाईलाई चाहिन्छ भने मेसेज गरेर पठाईदिन्छु ।

बालकोटमा केपी शर्मा ओलीसंगै को–को संग भेटघाट गर्नु भो ?
होइन त्यहाँ (बालकोटमा) मैले आज भेट्न चाहि ‘बा’लाई नै भेट्न गाको । उहाँ (केपी शर्मा ओली)ले पूर्वनिधारित कार्यक्रम अनुसार म सुनसरीबाटै आएको आको हो । ‘बा’लाई नै भेट्न आको के, हिजो भेट्ने कार्यक्रम थियो । हिजो होलीले गर्दा स्थगित भएर म आज गाको । त्यहाँ ‘बालकोट’मा पूर्वमन्त्री चौधरी, मद्यमा अर्याल लगायत केन्द्रिय नेताहरु, मेयर, उपमेयरहरु, संसदहरु, लगायत पार्टीका बिभिन्न संघठनका प्रमुखहरुको बाक्लो उपस्थिति थियो आज ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...