News Portal

पाँचवटा लुते मिलेर केहि फरक पर्नेवाला छैन, चुनाव एमोलेले जितीसक्यो : डा दिक्षित

एनपर्दा संवाददाता
३५९ पटक

काठमाडौं ।

आसन्न निर्वाचनहरुमा पाँच दलीय गठबन्धन मिलेर प्रमुख प्रतिपक्षीदल नेकपा एमालेलाई हराउँने भन्दै काग्रेस , माओवादी केन्द्र , नेकपा एस लगायतका दलहरु लागीरहेका बेला साच्चै उनीहरुले एमाले हराउँलान् या एमालेले चाँही हराउँला भन्ने चर्चा सुरु भएको छ ।

नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षितले एमाले हराउँन भनेर बनेको गठबन्धनधारीहरुलाई मुखभरीको जवाफ फर्काएका छन् । कामको होइन नाममात्रको गठबन्धन भन्दै डा दिक्षितले अहिलेको गठबन्धनले एमाले हराउँन नसक्ने जिकिर गरेका छन् ।

ओटिभी नेपाल डटकमको स्थानिय निर्वाचन विशेषमा कुराकानी गर्दै डा दिक्षितले पाँच दलीय गठबन्धनलाई लुतेहरुको गठठन्धनको संज्ञा दिएका छन् । पाँचवटा लुतहरुको गठन्धनले एमालेलाई केहि फरक नपर्ने ठोकुवा पनि उनले गरेका छन् । एमालेलाई एक्लै सिहसँग डा दिक्षितले तुलना गरेका छन् ।

गठबन्धन भन्नेहरुले लोकतन्त्रको मर्ममानै प्रहार गरिरहेको भन्दै डा दिक्षितले गम्भिर असहमती प्रकट गरेका छन् । गठबन्धन भनेर भोटमाग्न आउँनलेलाई मत नदिन पनी डा दिक्षितले सबै देशबासीलाई अपील गरेका छन् । के का लागी गबठन्धन ? सत्ताका लागी ? भाग खानका लागी ? होइन भने विचारनै नमिल्नेका विचमा अरु के कारणले गठबन्धन हुन सक्छ ? डा दिक्षितले प्रश्न गरेका छन् ।

नेपाली काग्रेस पतनको बाटोमा गएको जिकिर पनि डा दिक्षितले गरेका छन् । विपी कोइरालाले एउटा आदर्श र सिद्धान्त बोकेर स्थापना गराएको पार्टी आज शेरबहादुर देउवाले पत्तन बनाएको भन्दै डा दिक्षितले काग्रेस पतन हुन दुखको कुरा भएको बताए । टाउको काट् ने र काटिनेको विचमा अचम्मको गठबन्धन बनेको पनि उनले भनेका छन् ।

गठबन्धन भनेर आउँनेलाई भोट दिनै नहुने पनि डा दिक्षितले भनेका छन् । विचारनै नमिल्ने पार्टीहरुका विचमा गठबन्धन गरेर आउँनेलाई कसरी भोट दिने ? यस्ता पार्टीले चुनाव जिते पनि झनै भद्रगोल हुनो दाबी पनि उनले गरका छन् । गठबन्धन नेताका विचमा भए पनि जनताका विचमा नहुने भन्दै उनले गठबन्धनवालालाई जनताले चुनावमा देखाइदिने बताए ।

ओटिभी नेपाल सँगकै कुराकानीमा डा दिक्षितले चुनाव एक हिसाबले एमालेले जितिसकेको दाबी गरे । एमाले अध्यक्ष केपी ओलीले देशव्यापी अभियान संचालन गरेर एमालेको पक्षमा ठूलो माहोल बनाइसकेको भन्दै उनले ओलीको कन्फिडेन्सलेनै एमालेले चुनाव जित्ने तर्क उनले गरे ।

मनोवैज्ञानिक रुपमा एमालेले चुनाव जितिसकेको छ । अरु पाँचवटा लुतेहरु एक्लै चुनाव जित्न सकिँदैन भनेर रोएर बसेका छन् तर केपी ओली पाँच दलमात्रै होइन निर्वाचन आयोगमा दर्ता भएका जती सबै दल मिलेर आउँ भनेर च्यालेन्ज दिइरहेका छन् अनी एमालेले नजितेर कसले जित्छ चुनाव ? डा दिक्षितले प्रश्न गरेका छन् ।

अहिलेको अवस्थामा कित केपी ओलीको पक्षमा कित राजेन्द्र लिंदेनको पक्षमा माहोल देखिएको पनी डा दिक्षित बताएका छन् । अरुलाई मन परोस नपरोस आफ्नो ठाउँमा छ कित केपी ओली आफ्नो कार्यक्रम दिएका जनतामा पुगेको छ कित राजेन्द्र लिंदेन पुगेको छ । लिंदेनले सम्म एक्लै चुनाव जित्छु भनेर भनेको छ तर पाँच दलका हुत्तिहाराहरुले त्यो आँट गर्न सकेनन् । डा दिक्षितले भने ।

जनतामा आफ्नो कार्यक्रम लिएर आएको केपी ओली या लिंदेनलाई भोट हालौँ तर पाँच दल मिलेर आयौँ भन्नेहरुलाई भोट हाल्दै नहालौँ डा दिक्षितले अपील गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको हालत देखेर आफुलाई दया लागेको पनि उनले भनेका छन् । आफ्नी छोरी रेणु दहाललाई मेयर बनाउँन मात्रै प्रचण्डलाई गठबन्धन चाहिएको पनि दिक्षितले आरोप लगाएका छन् ।

स्थानिय तहको निर्वाचन , गठबन्धन लगायतका समसामयिक बिषयलाई केन्द्रमा राखेर नागरिक समाजका अगुवा एवं वरिष्ठ चिकित्सक डा सुन्दरमणी दिक्षित सँग ओटिभी नेपाल डटकमले गरेको भिडियो कुराकानी हेर्नुहोस्

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...