News Portal

फेरि आयो खुसीको खबर, एमालेको अखडामा माओवादीको पुरै प्यानल बिजयी

एनपर्दा संवाददाता
३८५५ पटक

म्याग्दी ।

स्थानीय तहको निर्वाचनअन्तर्गत म्याग्दीको धवलागिरि गाउँपालिका-१ मा नेकपा माओवादी केन्द्रको प्यानल निर्विरोध भएको छ ।जिल्ला निर्वाचन कार्यालय म्यादीकाअनुसार झकबहादुर छन्त्याल वडाध्यक्ष, सत्तमाया विक दलित महिला सदस्य, सिताकुमारी सन्त्याल महिला सदस्य, केआइसिंह छन्त्याल र गुनाराम छन्त्याल वडा सदस्य निर्विरोध भएका हुन् ।

त्यसैगरी रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ मा माओवादी केन्द्रकै रश्मि विक सार्की दलित महिला सदस्यमा निर्विरोध भएका छन् ।नेपाली कांग्रेसबाट दलित महिला सदस्यको उम्मेदवार राधिका सार्कीले माओवादीको उम्मेदवारलाई समर्थन गरी उम्मेदवारी फिर्ता लिएपछि रश्मि निर्विरोध भएका हुन् ।सामाजिक सञ्जालमा प्रश्न : यौन दुराचारीलाई भोट हाल्न हात काम्दैन ?

स्थापित भन्छन्- ‘विवादमा नआउने पनि केवश स्थापित हुन्छ ?’
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकामा ‘यौन दुराचार’को आरोप लागेका केशव स्थापितलाई मेयर पदको उम्मेदवार बनाएको छ ।

एमालेले यौन दुराचारीलाई उम्मेदवार बनाएको भन्दै ‘यौन दुराचारी एमाले उम्मेदवारलाई भोट हाल्न हात काम्दैन ?’ भन्दै सामाजिक संजालमा प्रश्न गर्नेको संख्या बढिरहेका छन् ।यसअघि काठमाडौं महानगरपालिकाको मेयर हुँदा स्थापितले महानगरकै कर्मचारी रश्मिला प्रजापतिलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो ।

सन २०१८ मा ‘मि टु अभियान’ चलेको बेला रश्मिलाले आफूलाई स्थापितले घुम्न जाने र आफूसँग ‘क्वालिटी टाइम’ बिताउन प्रस्ताव गरेको र प्रस्ताव अस्वीकार गर्दा जागिरबाट निकालिएको गम्भीर आरोप लगाएकी थिइन् । त्यसैगरी, संचारकर्मी उज्वला महर्जनले पनि स्थापितले यौन दुव्र्यवहार गरेको आरोप लगाएका थिए ।

पीडितले सार्वजनिक रुपमै आफूलाई दुव्र्यवहार भएको भनिरहेका बेला स्थापितलाई एमालेले मेयरको उम्मेदवार बनाएर पुरस्कृत गरेको भन्दै एमालेभित्रै व्यापक विरोध भइरहेको छ ।

स्थापितलाई चोरको संज्ञा दिँदै एलिजा ढकाल ट्वीट गर्छन्- ‘पार्टीले उठायो भन्दैमा ‘यौन दुराचारी’ चोरलाई कसैले भोट हाल्छ ? जनतालाई विवेकहीन सोचेको छ क्या हो एमालेले ! कम्तिमा पार्टीको मान्छेलाई नि भोट हाल्नु मन लागोस् न उम्मेदवार देखेर ।’

त्यस्तै, भोजबहादुर बलयार लेख्छन्– ‘विश्वका अरु देशमा भए विवादित र गैरक्रियाकलापमा संलग्न व्यक्ति जेलमा हुन्थे तर के गर्नु हाम्रो देशमा म विवादित हुँ भन्दै छाती पिटिरहेका व्यक्ति हुने रे ? नैतिकता र संस्कार मरेको देशमा गलतकै हावी । राम जाने !’

‘स्थापित जस्ता दानवका कारण समाजमा कतिले जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुने ?’ भन्दै शिक्षा रिसाल ट्वीटरमा प्रश्न गर्छन्– ‘मान्छे यतिसम्म नि घिनलाग्ने हुन सक्छन् ।

आरोप लागेका यौन दुराचारीहरुको यस्तो रवाफ छ । मजाक बनाएर हाँसेको छ । यस्तै जगजगी छ । यस्तै दानवहरुका करण कति जिन्दगीभर मानसिक आघातमा बाँच्न बाध्य हुन्छन् । तर, यस्ता कुराको यो दुनियाँलाई के मतलव ? दिनुस् भोट !’

अमुक दलले यौन दुराचारीलाई ‘बोनस’मा मेयर पद दिएको भन्दै ट्वीटर प्रयोगकर्ता बाबाजी लेख्छन– ‘यतिबेला म मेरो ती सहपाठीलाई सम्झिँदैछु । जसले, काठमाडौंको मेयर पदका विकासप्रेमी भनेर प्रचारित एकजना उम्मेदवारले गरेको यौन उत्पीडनबारे खुलेर बोल्ने आँट गरिन्, तर अमुक दलले उनलाई ‘बोनस’मा मेयर पदको टिकट दियो । यो देश झन् उँभो लाग्दैछ, पत्याइराछु ! के नेतृत्वमा भ्याकुम भएकै हो त ?’

यौन दुराचारको आरोप लागेका एमालेका उम्मेदवारलाई बहिस्कार गरौँ भन्दै खगोल गौतम लेख्छन्– ‘हैट ! जसले गफ दियो उसले फसायो ! ओलीको गफ पत्याएर दुईतिहाइ दिँदा सरकार बनाएर देश लुटेर एसियाकै पहिलो भ्रष्ट देश बनाए ।

फेरि अर्को स्थापित नामको गफाडी यौनदुराचारी कंलकको टिका लगाएर गफ हानेर चुनाव जित्न खोज्दैछ । यस्ता यौनदुराचारी गफाडीलाई टोलमा बहिस्कार गरौं, सुरक्षित बनौँ !’

एमालेबाट मेयरको टिकट पाएर उम्मेदवारी दर्ता गरेपछि स्थापितलाई पत्रकारले ‘तपाईंलाई यौन दुराचारको आरोप लागेको छ नि’ भन्दै गरेको प्रश्नमा स्थापितले गर्वका साथ भनेका थिए- ‘म जतिको व्यक्तित्व इस्यु उठेन भने त केशव स्थापित नै भएन । विवादमा नआउने पनि केवश स्थापित हुन्छ ?’ भनेका थिए ।

यौन दुराचार गरेको विषयलाई गर्वको रुपमा लिएको भन्दै उक्त अभिव्यक्ति पछि पनि स्थापित र स्थापितलाई उम्मेदवार बनाउने एमालेको आलोचना भइरहेको छ ।

यसै विषयमा ट्वीटर प्रयोगकर्ता सरोज तिमल्सिनाले ‘पत्रकारको अगाडि यौन दुराचारी हुनुको पनि घमण्ड गर्ने केवश स्थापित जसलाई उम्मेदवारी बनाएर एमालेले कस्तो महानगर बनाउनु खोजेको ?’ भन्दै प्रश्न गरेका छन् ।

उनी लेख्छन्- ‘हुन त देशको संघीय राजधानीका बासिन्दाले विवेकको प्रयोग गर्लान्, यौन दुराचारीलाई मत नदेलान ! तर, स्थापितलाई भोट हाल्न एमालेकै महिलाको मन मान्छ ? हात काम्दैन ?’

उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिँदै
काठमाडौं । बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका दल तथा व्यक्तिहरूलाई निर्वाचन आयोगले आज निर्वाचन चिह्न प्रदान गर्दैछ ।

निर्वाचन आयोगमा स्थानीय तह निर्वाचनका लागि दर्ता भएका दलहरूले उनीहरूको आफ्नै चिह्न पाउनेछन् भने स्वतन्त्र उम्मेदवारका लागि निर्वाचन आयोगले चिह्न प्रदान गर्नेछ ।

निर्वाचन आयोगले शुक्रबार उजरी उपर छानबिन गरेर उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेको छ । नामावलीमा रहेका उम्मेदरवारहरु नै प्रतिस्पर्धामा उत्रिनेछन् । उनीहरूलाई नै आज निर्वाचन चिह्न प्रदान गर्न लागिएको हो ।उम्मेदवारहरूले निर्वान चिह्न पाएसँगै मौन अवधि सुरु हुनअघिसम्म प्रचारप्रचार गर्न पाउनेछन् । मतदान यही वैशाख ३० गते हुनेछ ।

केही ठाउँमा विरोधका बाबजुद गठबन्धन सफल भयोः कांग्रेस प्रवक्ता
काठमाडौं, १८ वैशाख । नेपाली कांग्रेसका प्रवक्ता डा।प्रकाशशरण महतले केही ठाउँमा विरोधका बीच पाँचदलीय गठबन्धन सफल भएको बताएका छन् ।आइतबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरी प्रचार विभाग प्रमुखसमेत रहेका महतले धेरैलाई गठबन्धन टुट्ने लागे पनि त्यस्तो नभएको बताए ।

उनले धेरैले दाबी गरेजस्तो कतै पनि उल्लेख्य रूपमा विद्रोह नभएको बताए । तर, जनकपुर, भरतपुर, तनहुँ, डडेल्धुराका स्थानीय तहमा गठबन्धनविरुद्ध कांग्रेसबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

स्थानीय चुनावमा कांग्रेसबाट ३० हजार ६ सय बढी उम्मेदवारी परेको पनि उनले बताए । उनका अनुसार दुई सय ६५ जना उम्मेदवार मेयरमा, तीन सय ७२ ठाउँमा गाउँपालिका अध्यक्षमा, एक सय ९४ जना उम्मेदवार उपमेयर र तीन सय ४० जना उपाध्यक्ष उठेको महतले जानकारी दिए। देशभर कांग्रेसका ६ हजार ४३ जना वडाध्यक्षका उम्मेदवार छन्।

वडा सदस्यमा पाँच हजार नौ सय ३८ जना उम्मेदवार रहेको महतले बताए।दलित महिला सदस्यमा पाँच हजार ६ सय ९१ र दुई सदस्यका लागि ११ हजार सात सय ८८ जना उम्मेदवार रहेको उनले बताए।नेता महतले देशभर विपक्षी पार्टीका कार्यकर्ताबाट निर्वाचन आचारसंहित उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको भन्दै आपत्ति जनाए ।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...