
काठमाडौं ।
नेकपा (एमाले)बाट ओखलढुंगाको लिखु गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका मिलनकुमार विष्ट (मनिष)विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । भक्तपुर जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरी खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पठाएको हो ।
भक्तपुर जिल्ला अदालतले बैंकिङ कसुर तथा दोहोरो नागरिकता लिएको कसुरमा खोजबिनका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई पक्राउ पूर्जी पठाएको डिएसपी सुकदेव खनालले जानकारी दिए ।
उनीविरुद्ध दोहोरो नागरिकता लिएको कसुरमा पनि उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट समेत अनुसन्धान सुरु भएको छ । उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौं र ओखलढुंगाबाट दोहोरो नागरिकता लिएको उजुरी परेको छ । भ
लिखु गाउँपालिका–९ (साविकको पोकली गाविस) घर भएका उनीविरुद्ध २०७७ सालमा भक्तपुरमा मुद्दा दर्ता भए पनि फरार रहँदै आएका थिए ।
ओखलढुंगा । नेकपा एमालेबाट ओखलढुङ्गाको लिखु गाउँपालिका अध्यक्षको उम्मेद्वार बनेका मिलन कुमार विष्टले दोहोरो नागरिकता लिएको खुलाशा भएको छ । उनलाई कर्जा सुचना केन्द्रले कलो सुचीमा राखेको समेत खुलाशा भएको हो ।
उनी विरुद्ध अर्का उम्मेदवार अशोक कुमार कार्कीले दिएको उजुरीमा यस्तो गम्भिर खुलाशा भएको हो । विष्टले काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट मिलन कुमार विष्टको नाममा र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयबाट होम बहादुर विष्टको नाममा नागरिकता लिएको उजुरीमा उल्लेख छ ।
प्रमाण सहित उल्लेख भएको उजुरीमा उनलाई कर्जा सुचना केन्द्राले यही २०७८ साल फागुन १० गते कालोसुचीमा राखेको हो । उनले संचालन गरेको सिद्धिलक्ष्मी ग्रुप एण्ड फार्म हाउसले बैंकबाट लिएको कर्जा नतिरेपछि कालोसुचीमा राखिएको कर्जा सुचना केन्द्रले उल्लेख गरेको छ ।
उनको मतदाता परिचय पत्र समेत दुवैस्थानबाट जारी भएका छन् । मतदाता परिचयपत्रमा मिलनकुमार विष्टको नाममा रहेको नागरिकता नम्बर २७१७६२/०५१/९४६८ र होमबहादुर विष्टको नाममा रहेको नागरिकता नम्बर १८३५/४५४ रहेको छ । दुवै मतदाता परिचय पत्रमा उनको पारिवारिक विवरण भने एकै छ ।
नागरिक ऐन २०६३ अनुसार दोहोरो नागरिकता लिने व्यक्तिलाई १ वर्षदेखि ५ वर्षसम्म कैद वा २० हजारदेखि १ लाखसम्मको जरिवाना हुने कानुनी व्यवस्था रहेको छ ।
जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले उजुरी परेको विषयमा आफूहरु जानकार रहेको र छिट्टै प्रहरीले अनुसन्धान गर्ने बताए । ‘अहिले निर्वाचन कार्यालयमा उजुरी परेको छ । त्यसलाई आजै केही हुन्छ भन्ने होइन । तर, यो हाम्रो नोटिसमा परेको छ । कसैले जाहेरी उजुरी दिनपनि सक्छ । प्रहरीले अनुसन्धान गर्दैैछ,’ उनले भने ।
मोबाइल स्विच्ड अफ गरेर विष्ट फरार !
यता उम्मेदवारी दिएका विष्ट यतिबेला सम्पर्क विहिन भएका छन् । उनको मोबाइल नम्बर ९८५१०……१५ मा सम्पर्क गर्दा स्विच्ड अफ छ । उनी निकट व्यक्तिहरुका अनुसार उनी भूमिगत भइसकेका छन् ।