
सर्लाही ।
नेपाली कांग्रेस सर्लाहीमा नेतृत्व परिवर्तनको परिणाम देखिएको छ । यहाँ सांसद अमरेशकुमार सिंहको चरम गुटबन्दीले झण्डै सकिने अवस्थामा पुगेको कांग्रेसमा अहिले जागरण आएको छ ।
जिल्ला सभापतिमा सुरेन्द्र प्रसाद सिंहको टिम र प्रदेश उपसभापतिसमेत रहेका यसैजिल्ला प्रदेश सांसद वीरेन्द्र सिंहको सहकार्यमा कांग्रेस नयाँ उचाइँमा पुगेको हो । चुनाव नजिकिँदै गर्दा सही नेतृत्वका कारण सर्लाही कांग्रेसमा दिनहुँ प्रवेशको लहर चलेको थियो ।
केन्द्रीय नेतादेखि मेयर, वडाध्यक्ष र सामान्य कार्यकर्तासम्म कांग्रेसको नयाँ नेतृत्वसँग प्रभावित भएर प्रवेश गरेका थिए । त्यहीँ प्रवेशको लहर र नेतृत्वको दुरदर्शीताले सर्लाही जिल्लामा कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनमा दुई तिहाइ मत ल्याउने रिपोर्ट बाहिरिएको छ ।
‘सत्यसँग नलड्ने, शक्तिसँग नझुक्ने’ नीतिका साथ जिल्ला सभापति सिंहले टिकट वितरणमासमेत देखाएको दुरदर्शिताकै सर्लाहीको २० मध्ये १२ पालिकामा कांग्रेसको जित सुनिश्चित रहेको एक सर्वेक्षण देखाएको हो । ५ वटा पालिकामा एकदमै कडा प्रतिस्पर्धा र ३ वटामामात्रै अलि समान्य देखिएको सर्वेक्षणको रिपोर्टले बताएको छ ।
पोलिटिकल एनालाइसिस एण्ड रिसर्च सेन्टर नामक संस्थाको उक्त रिपोर्ट अनुसार गएको अधिवेशनमा सभापति सिंहको टिम विजयी भइसकेपछी सर्लाही कांग्रेसका आम नेता कार्यकर्ताका साथै जनता माझ पार्टी लोकप्रिय भएको र पार्टीप्रति जनताको विश्वास बढेको बताइएको छ ।
यो निर्वाचन देशभक्ति र देशघातीबीचको संघर्ष हो एमालेले बिजयको झण्डा फर्फराउँदैछ : रामबहादुर थापा
नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले स्थानीय निर्वाचन आत्मसमर्पणवादी र देशभक्तहरुबीचको लडाइँका रुपमा रहेको बताएका छन् ।नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभामा बोल्दै उपाध्यक्ष थापाले स्थानीय निर्वाचनले राष्ट्रिय राजनीतिमा देखिएका २ विचारधारालाई मूल्यांकन गर्नुपर्ने बताए ।
एकातिर देशभक्तहरु र अर्कोतिर देशघातीहरुबीचको संघर्ष हो ।यो निर्वाचनले आत्मसमर्पणवादी र देशभक्तमध्ये एउटालाई रोज्नुपर्छ । इतिहासले भन्छ जनता नै शक्तिका स्रोत हुन् । जनताले देशभक्तलाई नै जिताउनेछन्, उनले भने ।
बादलले एमालेले जनतालाई नधम्क्याउने बताएका छन् ।‘म तपाईंहरुलाई धम्क्याउन आएको होइन । फकाउन पनि आएको होइन । निर्वाचनमा हाम्रा सहयात्रीलाई घुर्क्याउन आएको पनि होइन । म त जनताको पक्षमा काम गर्नेलाई मत माग्न आएको हुँ, उनले भने ।
बैशाख ३० गते पछि कांग्रेस, माओवादी र माधववालालाई लाईट बालेर खोज्नुपर्छ, देश पुरै एमालेमय हुन्छ : केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा अहिलेको अलच्छिनी परमादेशी सरकारलाई वैशाख ३० गते एमालेले उखेलेर फाल्ने बताएका छन् । ‘म देशका विभिन्न ठाउँका सभामा पुगेँ, जनतालाई गठबन्धनको कुनै मतलब छैन,’
बुटवलको चुनावी सभालाई आइतवार सम्बोधन गर्दै उनले भने, ‘चिन्ता नगरी सूर्य चिह्नमा मतदान गरी एमालेलाई विजयी गराउन जनता आतुर छन् ।’ उनले स्थानीय तहबाटै विजयी यात्रा शुरू गर्ने बताए ।
‘अहिले हामीले जितेनौँ भने प्रादेशिक र संघीय सरकारले पठाउने योजना पर्दैनन्, स्थानीयबाटै विजय यात्रा शुरू गर्नुपर्छ । अब कुनै अलमल पर्नु पर्दैन,’ उनले भने, ‘पाँच होइन १० दलीय गठबन्धन छ भन्ने जनताले मतलब नै राखेको छैन ।’ अहिले पञ्चमुखी गठबन्धन जस्तो एमाले नभएको उनको भनाइ छ । उनले विगतमा जस्तै बुटवललाई लालकिल्ला कायम राख्न आग्रह गरेका छन् ।