News Portal

दिनको जम्मा तीस रुपैयाँ बचत गर्नुहोस र बन्नुहोस करोडपती, ल हेरौं आईडिया सहित

एनपर्दा संवाददाता
२६४९ पटक

काठमाडौं ।

करोडपति बन्ने रहर कसलाई पो नहोला र ? तर, कसरी बन्ने भन्ने बाटोचाहीँ धेरैले नदेखेका हुन सक्छन् । त्यसैले धेरै मान्छेहरु पैसा कमाउने लालचमा नकरात्मक काम गर्न पुग्छन् । र, एकदिन नराम्रोसँग फस्छन् ।आज हामी तपाईँलाई करोडपति बन्ने सरल उपाय सिकाउँदै छौं ।

करोडपति हुने सजिलो र दिगो बाटो भनेको सानै उमेरदेखि पैसाको महत्व बुझ्ने र लगानी गर्न शुरु गर्ने नै हो । वारेन बफेटले ११ बर्षको हुँदा लगानी गर्न शुरु गरेका थिए । अहिले उनी संसारकै दोस्रो धनी ब्यक्ति भइसेका छन् ।

अब लगानी गर्न पैसा चाहियो । पैसा आउने भनेको बचत गरेर हो । तपाईं जतिसुकै कमाउनुस् । तर अर्थ राख्ने भनेको तपाइंको बचतले नै हो । अर्थात् कुनैपनि मान्छे कमाएर धनी बन्न सक्दैन, धनी बन्न त कमएको पैसा बचत गर्न सक्नुपर्छ ।

आफ्नो कमाई र दैनिक खर्चको बिवरण राख्नु बचत शुरु गर्नु पहिलाको सबैभन्दा महत्वपूर्ण कदम हो । केहि दिनलाई असहज महसुस हुने वा दैनिक खर्च बिर्सने भए पनि १०/१५ दिन पछि यो सहज लाग्न थाल्छ र बचत गर्न ठूलो मद्दत पुग्छ ।

लुगाफाटा, तरकारी, दाल चामल, घर भाडा आदिको खर्च बिवरण राखेर पछि त्यस बिवरणमा आँखा डुँलाउँदा खर्चको बिश्लेषण र पुनसंरचना गर्न सकिन्छ । यस्तो गर्दा सानो खर्च कटौटी गर्ने गोरेटो फेला पर्यो भने मात्र पनि तपाईं करोडपति बन्ने हाइवेमामा अघि बढ्न सक्नुहुन्छ ।

बचतको महत्व कस्तो हुन्छ भन्ने कुरा त बैंकहरुमा आएको पछिल्लो तरलता संकटले नै प्रष्ट पार्छ । सर्वसाधारणको निक्षेप उनीहरुले गर्ने लगानी भन्दा कम भएर नै पछिल्लो समस्या आएको हो । अर्थात्, बचत कम हुँदा आफ्नो घरपरिवार मात्र नभएर समग्र अर्थतन्त्रमा नै नकारात्मक असा पर्छ । त्यसैले बिकसित देशहरुमा स-साना नानीहरुको पनि बैंक खाता खोल्ने र बचत गर्न सिकाउने परम्परा छ ।

यसरी खर्च कटौटी गरी दैनिक ३० रुपैंयामात्र वा महिनाको ९०० रुपैंयाँ मात्र बचत गर्न सक्नु भयो भने पनि तपाईं करोडपति बन्न सक्नुहुन्छ ।तपाईं अहिले २० बर्षको हुनुहुन्छ र दैनिक ३० रुपैंयाँ बचत गर्नुभयो भने ६० बर्षको उमेरमा तपाई करोडपति बन्न सक्नुहुन्छ ।

दैनिक ३० रुपैंयाँको हिसाबले महिनामा ९०० रुपैंयाँ बचत गर्नुस् । यहि ९०० रुपैंयाँ ४० बर्षसम्म जोखिम कम हुने कुनै म्युचल फण्डमा लगानी गर्नुस् । म्युचल फण्डले सामान्यत १२/१३ प्रतिशत रिर्टन दिन्छ । यति गर्नुभयो भने तपाईंको लगानीले गुणात्मक फड्को मार्छ ।

यस्तो अवसर पाको उमेरको मान्छेको लागि पनि उत्तिकै लाभदायक छ । तर बचत भने थोरै बढाउनुपर्ने हुन्छ । जस्तो, ३० बर्षको मानिसले दैनिक ९५ रुपैंयाँ, अर्थात् महिनाको २८ सय ५० रुपैंयाँ बचत गर्नुपर्ने हुन्छ ।तपाईंलाई लगिरहेको होला कि ४० बर्ष भनेको धेरै लामो समय हो । अलि छिटो गर्ने केहि उपाय छ ?

यदि तपाईंको म्युच्युअल फण्ड राम्रो छ र १५ प्रतिशत नाफा दिन्छ भने तपाईं ३५ बर्षमा करोडपति हुन सक्नुहुन्छ । अझ म्युचल फण्डले दिने लाभांस पनि लगानीगर्दै जानुभयो भने अझै छिटो हुनसक्छ ।हाल नेपालमा ५ देखि ७ बर्षसम्मका म्युचल फण्डहरु छन् । आगामी दिनहरुमा नयाँ म्युच्युअल फण्डहरु आउने क्रम जारी नै रहन्छ ।

यहाँ ब्यवसायिक र अनुभवी मानिसहरुले अध्ययन अनुसन्धान गरेर तपाईंको पैसा लगानी गर्ने हुनाले म्युचुअल फण्डको उदाहरण दिइएको हो । यदि आफैं सेयर बजारमा लगानी गर्न चाहनुहुन्छ भने तपाईं अझै चाँडै धनी हुन सक्नुहुन्छ । तर, आफैं सेयेर बजार पस्दा जोखिम भने धेरै हुन्छ । याद राख्नुहोस्, बारेन बफेट सेयरमा लगानी गरेर विश्वको दोस्रो धनी व्यक्ति हुन सफल भएका हुन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...