News Portal

काठमाडौंमा एमालेको सुरूआती अग्रता, वडा नम्बर १ मा एमालेको प्यानलै विजयी

एनपर्दा संवाददाता
६६४७ पटक

काठमाडौं।

काठमाडौंको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएको छन्।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन्।यसैबीच वडा नं १ को मत गणना सकिएको छ। वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ।

काभ्रेको बनेपामा एमालेको सुरूआती अग्रता
काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।शनिबार बिहानबाट सुरू भएको मतगणनामा एमालेका मेयर उम्मेदवार रत्‍नकुश रञ्जितकारले १६३ मतका साथ अग्रता लिइरहेका छन्।

उनलाई कांग्रेसका उम्मेदवार शान्ति रत्‍न शाक्यले पछ्याइरहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाक्यले १३९ मत पाएकी छन्।उपमेयरमा पनि एमालेकी बिमला सापकोटा दाहालले १६२ मतसहित अग्रता लिएकी छन्। दोस्रो गठबन्धनका तर्फबाट रघुबर चौ प्रधानले १०९ मत ल्याएका छन्।

दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गतेदाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते मात्रै हुने भएको छ। उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुने भएको हो।तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो।

सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ। जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर उपमहानगर मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका नेता जोगबहादुर राना उम्मेदवार छन्।

एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार छन्। मेयरमा गिरी र खड्काबीच र उपमेयरमा राना र चौधरीबीच कडा प्रतिष्पर्धा हुने भएको छ।उपमेयर राना र चौधरी तत्कालिन एमालेमा हुँदा एउटै पार्टीमा थिए।

बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता
बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् ।यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् ।शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो।

प्रतिकृया दिनुहोस्

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...

भरतपुरका तीन वडामा २०७४ मा देवी ज्ञवालीको भन्दा कम मत, देवी ज्ञवाली भन्छन्- त्यतिबेला मलाई आएको मत भुइँकटहरमा गएजस्तो छ

काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गत निर्वाचनमा नेकपा एमालेका...

प्रचण्डकाे इलाकामा एमालेले गाड्याे विजयकाे झण्डा, माओवादीको लाल किल्ला गर्लम्मै ढल्यो

काठमाडौं । स्था नेकपा एमालेले चितवनको माडीमा मेयर पद जितेको छ। माओवादी केन्द्रका ऋषि काफ्लेलाई...

एमालेलाई पत्तासाफ गर्दै धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादी विजयी

काठमाडौं । धादिङको धुनिवेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यका...

प्रचण्डको गृहजिल्लामा माओवादीको पुरै प्यानल बिजयी, देशभर तहल्का !

काठमाडौ । चितवनमा माओवादी केन्द्रले खाता खोलेको छ । इच्छाकामना गाँउपालिका १ मा गठबन्धनका तर्फबाट...