News Portal

चिर्वाचनमा सत्ता पक्षले हिंसा भड्कायो, हामीमाथी अन्याय भएको ठाँउमा पुनः मतदान हुनुपर्छ…

एनपर्दा संवाददाता
३१४ पटक

काठमाडौं ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनमा सत्ता पक्षले हिंसा भड्काएको आरोप लगाएको छ। एमाले अध्यक्ष ओलीले कतिपय स्थानमा पुनः मतदान गर्न निर्वाचन आयोगसँग माग समेत गरेका छन् ।

ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरीविभिन्न जिल्लाबाट उजुरी समेत गरिएको छ । यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु ।’

अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बेलुकी वक्तव्य जारी गरेर सत्ता पक्षमाथि हिंसा भड्काएको आरोप लगाएका छन्।‘सत्ता पक्षीय गठबन्धनले हाम्रा विरुद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गर्ने गरी अनावश्यक रुपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गर्यो,’ विज्ञप्तिमा भनिएको छ।

एमालेले सत्तारुढ पाँचदलीय गठबन्धनमाथि लोकतन्त्र र अग्रगमनको नाम जपेर अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहेकोसमेत आरोप लगाएको छ।एमालेले बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेका बेला रहस्यमय ढंगले सुरक्षाकर्मी हटाएर निर्वाचन बिथोल्न खोजेकोसमेत दाबी गरेको छ। केही पालिकाका प्रमुख पदका उम्मेदवारहरुलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्याइएको भन्दै एमालेले आपत्ति पनि जनाएको छ।

केपी ओली भेट्न नपाएको रामवीरको गुनासो, वामदेवलाई ख्यालठट्टा ठान्न नहुने भनाई (भिडिओसहित)
नेकपा (एमाले) का नेता तथा सांसद रामविर मानन्धरले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई अहिले भेट्न नपाएको गुनासो पोखेका छन् ।स्थानीय तहको निर्वाचनमा टिकट वितरण भएपछि आफूले अध्यक्ष ओलीलाई भेट्न नपाएको उनको गुनासो छ ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै यस्तो बताएका हुन् । तपाई बोलकोट नगएको हो कि ओलीले तपाईँलाई नबोलाउनुभएको ?

भेनर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘म चाहीँ एउटा कुरा के भन्छु भने मैले उहाँलाई फोन गरेको थिएँ, तर बैशाख १२ गतेपछि भेट्ने भन्नुभयो, तर १२ गतेपछि फोन नआएपछि म दोहोर्याएर गरेको छैन् ।’उनले वामदेव गौतम ख्यालठट्टाको मान्छे नभएको पनि स्पष्ट पारे । उनले वामदेव नेपालको राजनीतिमा भिजनरी लिडर भएको दाबी गरे ।

महन्थ ठाकुर मतदान गर्न नजाने, राजेन्द्र महतोले सर्लाही पुगे
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर मतदान गर्न नजाने भएका छन्। सर्लाहीको बलरा गाउँपालिकामा उनको मतदाता नामावली छ।

तर, स्वास्थ्य अवस्था ठिक नभएकाले उनी मतदान गर्न नजाने एक नेताले बताए। ठाकुरको मतदाता नामावली सर्लाहीमा भएपनि उनी महोत्तरी–३ बाट निर्वाचित सांसद हुन्।

यस्तै सोही पार्टीका नेता राजेन्द्र महतोले सर्लाहीको चन्द्रनगर गाउँपालिका–२ स्थित दुर्गाखोभारी जनता माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने भएका छन्।उनी त्यहाँ पुगिसकेका छन् । उनले धनुषा क्षेत्र नम्बर तीनबाट प्रतिनिधित्व गरेपनि मतदाता नामावली भने सर्लाहीको चन्द्रनगर गाउँपालिकामा रहेको हो ।

यस्तै लोसपाकै नेता अनिल झाले रौतहटको दुुर्गाभगवती गाउँपालिका २ स्थित संस्कृत उच्च माध्यमिक विद्यालयबाट मतदान गर्ने भएका छन्। उनी रौतहट क्षेत्र नम्बर एकबाट प्रतिनिधित्व गर्छन्।

आयोगको आचारसंहिताले ज्येष्ठ नागरिक र अशक्त मतदातालाई समस्या
निर्वाचन आयोगले ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग नछुट्याउँदा समस्या भएको ज्येष्ठ नागरिक केन्द्र दाङका उपाध्यक्ष हरिप्रसाद पाण्डेले बताएका छन् ।मतदातालाई पार्टीले ओसारपसार गरेमा आचारसंहिता उल्लङ्घन ठहर हुने भनेर उल्लेख गरेपछि त्यसको प्रत्यक्ष मारमा ज्येष्ठ र अशक्त नागरिक परेका हुन् ।

उनी भन्छन्, ‘निर्वाचन आयोगले आचारसंहिता बनाउँदा ज्येष्ठ नागरिक र अशक्त मतदाताको वर्ग छुट्याएर उनीहरूको ओसारपसारमा पार्टी वा नेतालाई बन्देज गर्न हुँदैनथ्यो ।चुनावको दिन सार्वजनिक बिदा हुन्छ, अन्य यातायात चल्दैन । वृद्धहरूलाई मतदानमा सहजीकरण गर्न चुनौती छ ।’

कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो सवारी साधन प्रयोग गरेर मतदातालाई ओसारपसार गर्न नपाइने आचारसंहिता लागू गर्ने र ज्येष्ठ नागरिक, अशक्त मतदाताको वर्ग पनि नछुट्याइदिएकाले उनीहरूलाई समस्या भएको उनको भनाइ छ ।सवारी साधन प्रयोग गर्ने स्थिति छैन । घरपरिवार र आफन्तको सहयोग बाहेक ज्येष्ठ नागरिकको लागि अन्य सुविधा छैन ।

उनीहरूको आवतजावतको लागि केही गर्न नसके पनि मतदानस्थलमा भने सहजीकरण गरिएको बताए । भन्छन्, ‘दिउँसो घामले समस्या हुन्छ बिहान ८ बजेदेखि ज्येष्ठ नागरिकलाई मतदान गर्ने पहिलो पङ्क्तिमा राख्ने व्यवस्था गर्न अपिल गरेका छौँ ।’

देशभर ज्येष्ठ नागरिक पहिलो प्राथमिकता राख्ने भनिएको छ । मौसमविद्हरूले निर्वाचनको दिन पानी पर्ने र हावाहुरी लाग्ने सम्भावना रहेकाले सचेत हुन भनेको छ ।

त्यसको लागि आवश्यक तयारी छैन ज्येष्ठ नागरिकहरू समस्या पर्ने हुन् कि भन्ने चिन्ता भएको उनले बताए । सामाजिक सेवाको रूपमा ज्येष्ठ नागरिक र अशक्तहरूलाई सहजीकरण गर्दिने व्यवस्था निर्वाचन आयोगले गर्नुपर्ने पाण्डेको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...