News Portal

एमाले नै एक नम्बरको पार्टी बन्ने सुरेन्द्र केसीको ठोकुवा, कांग्रेस मृत्युशैयामा पुगेको भनाई (भिडिओसहित)

एनपर्दा संवाददाता
५६५ पटक

काठमाडौं, ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीले स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) नै पहिलो दल बन्ने दाबी गरेका छन् । हिजो (शुक्रबार) राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिले कांग्रेसलाई गठबन्धन गरेर जाँदा धेरै नै ठूलो घाटा लागेको बताए । उनले कांग्रेसलाई त मृत्युशैयामा पुगेकोसम्म भन्न भ्याए । उनले भने,”कांग्रेस त अब मृत्युशैयामा छ । उ त सबै ठाउँमा चुनाव जित्ने पार्टी हो नि, किनभने चुनाव जित्ने पालो उसको थियो । वामहरुले बेईमानी गरे । उनीहरुलाई दण्डित गर्नुपरेको थियो ।”

केसीले स्थानीय तहको निर्वाचनले नै संघीय चुनावको आँकलन गर्न सकिने बताए । उनले कुराकानीको क्रममा पत्रकार ऋषि धमलालाई तपाईँ प्रचण्डको पत्रकार हो भनेर प्रश्न गरेका थिए । पत्रकार धमलाले केसीलाई तपाईँ केपी ओलीको प्रवक्ता हो भनेर सोधेको अवस्थामा उनले उल्टै धमलामाथि यस्तो प्रतिप्रश्न गरेका हुन् ।

काभ्रेको बनेपामा एमालेको सुरूआती अग्रता
काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।शनिबार बिहानबाट सुरू भएको मतगणनामा एमालेका मेयर उम्मेदवार रत्‍नकुश रञ्जितकारले १६३ मतका साथ अग्रता लिइरहेका छन्।

उनलाई कांग्रेसका उम्मेदवार शान्ति रत्‍न शाक्यले पछ्याइरहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाक्यले १३९ मत पाएकी छन्।उपमेयरमा पनि एमालेकी बिमला सापकोटा दाहालले १६२ मतसहित अग्रता लिएकी छन्। दोस्रो गठबन्धनका तर्फबाट रघुबर चौ प्रधानले १०९ मत ल्याएका छन्।

दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गतेदाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते मात्रै हुने भएको छ। उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुने भएको हो।तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो।

सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ। जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर उपमहानगर मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका नेता जोगबहादुर राना उम्मेदवार छन्।

एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार छन्। मेयरमा गिरी र खड्काबीच र उपमेयरमा राना र चौधरीबीच कडा प्रतिष्पर्धा हुने भएको छ।उपमेयर राना र चौधरी तत्कालिन एमालेमा हुँदा एउटै पार्टीमा थिए।

बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता
बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् ।यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् ।शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...