News Portal

गठबन्धन भन्दा दुई तिहाइ बढी मत प्राप्त गर्दै एमाले उमेदवार विजयी

एनपर्दा संवाददाता
४९०७ पटक

काठमाडौं।

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका एमालेले जितेको छ । केही समय अघि आएको नतिजा अनुसार एमालेका लोप्साङ छोम्पेल विष्ट गाउँपालिका अध्यक्ष विजयी भएका हुन् । उनले ६८९ मत प्राप्त गरे । गठबन्धन दलबाट प्रमुख पदका उमेदवार नेकपा (एकीकृत समाजवादी) का देवबहादुर गुरुङले १ सय ८५ मतमात्र प्राप्त गरे ।

उपाध्यक्षमा पनि एमाले विजयी भयो । एमालेकी छिरिङ ल्हामो गुरुङले ६ सय ४१ मत प्राप्त गरिन् । गठबन्धनबाट नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २ सय २५ मत मात्र प्राप्त गरिन् ।

७७ मतदान केन्द्रमा निर्वाचन स्थगित
देशभरका ७७ मतदान केन्द्रमा झडप र विवादका कारण निर्वाचन स्थगित भएको छ । निर्वाचन आयोगले गएराति प्रकाशित गरेको विवरण अनुसार ४३ वटा मतदानस्थलमा निर्वाचन रोकिएको हो ।

निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेईओसी)का अनुसार २८ वटा स्थानीय तह र १६ जिल्लामा कुनै न कुनै रुपमा निर्वाचन प्रभावित भएको छ । लुम्बिनी र गण्डकी प्रदेशका कुनै पनि मतदान केन्द्रमा निर्वाचन स्थगित भएको छैन ।

केही मतदानस्थल (ठाउँ)मा एकभन्दा बढी मतदान केन्द्र बनाइएको हुन्छ । त्यसैले एक ठाउँमा झडप भएका कारण त्यस मतदानस्थलमा रहेका सबै केन्द्रमा मतदान स्थगित भएको हो ।

निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ, ‘उक्त स्थानहरूमा आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले मतदान केन्द्रमा पुनः मतदान हुने मिति र समय यथाशीघ्र तोकी सूचना प्रकाशन गरी पुनः मतदान गराउनेछन् ।’

अहिलेसम्मको प्रारम्भिक विवरण अनुसार, ६४ प्रतिशत मतदान भएको भन्दै आयोगले विभिन्न ठाउँमा मतगणना शुरु भएको जनाएको छ । ‘मतदान केन्द्रबाट मतगणना स्थलसम्म मतपेटिका ढुवानी कार्य जारी रहेको’ विज्ञप्तिमा भनिएको छ, ‘मतपेटिका संकलन भइसकेपछि मतगणना सुरु गरिनेछ ।

काभ्रेको बनेपामा एमालेको सुरूआती अग्रता
काभ्रेको बनेपा नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ।शनिबार बिहानबाट सुरू भएको मतगणनामा एमालेका मेयर उम्मेदवार रत्‍नकुश रञ्जितकारले १६३ मतका साथ अग्रता लिइरहेका छन्।

उनलाई कांग्रेसका उम्मेदवार शान्ति रत्‍न शाक्यले पछ्याइरहेका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाक्यले १३९ मत पाएकी छन्।उपमेयरमा पनि एमालेकी बिमला सापकोटा दाहालले १६२ मतसहित अग्रता लिएकी छन्। दोस्रो गठबन्धनका तर्फबाट रघुबर चौ प्रधानले १०९ मत ल्याएका छन्।

दाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गतेदाङको तुलसीपुर उपमहानगरको मतगणना जेठ ३ गते मात्रै हुने भएको छ। उपमहानगरको वडा नम्बर १७ को मतदान नभएकाले जेठ ३ गते मात्रै मतदान हुने भएको हो।तुलसीपुर उपमहानगर वडा नम्बर १७ नेकपा एमालेका अध्यक्षका उम्मेदवार लबरु चौधरीको निधन भएपछि मतदान स्थागित भएको थियो।

सोही वडा अध्यक्षमा लबरु चौधरीका छोरा प्रदीप चौधरी उम्मेदवार हुने निधो भएपछि जेठ ३ गते मतदान हुने भएको छ। जेठ ३ गतेको मतदान सकिएपछि मात्रै उपमहानगरको मतगणना हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

तुलसीपुर उपमहानगर मेयरमा सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका नेता गेहेन्द्र गिरी र उपमेयरमा नेकपा एकीकृत समाजवादीका नेता जोगबहादुर राना उम्मेदवार छन्।

एमालेबाट मेयरमा टिकाराम खड्का र उपमेयरमा स्यानी चौधरी उम्मेदवार छन्। मेयरमा गिरी र खड्काबीच र उपमेयरमा राना र चौधरीबीच कडा प्रतिष्पर्धा हुने भएको छ।उपमेयर राना र चौधरी तत्कालिन एमालेमा हुँदा एउटै पार्टीमा थिए।

बुटवल उपमहानगरपालिकामा मतगणना जारी, काँग्रेसको सुरुवाती अग्रता
बुटवल उपमहानगरपालिकाको मतगणना जारी रहेको छ । प्राप्त पछिल्लो मतगणनाअनुसार मेयरमा काँग्रेसका खेलराज पाण्डेयले सुरुवाती अग्रता बनाएका छन् ।यस्तै एमालेका बाबुराम भट्टराई पछिपछि छन् ।शुक्रबार सम्पन्न मतदानको आवश्यक प्रक्रिया पुरा भएपछि बुटवलमा मतगणना सुरु गरिएको हो।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...