News Portal

माओवादीको शानदार जित: एमाले कांग्रेसको गठबन्धनलाई क्लिन स्विप पार्दै माओवादी विजयी

एनपर्दा संवाददाता
६१९ पटक

सल्यान ।

सल्यानको कुमाख गाउँपालिका वडा नं. ७ को वडाध्यक्षम नेकपा माओवादी केन्द्रका डम्बर शाही निर्वाचित भएका छन् ।

शाहीले ६४३ मत ल्याई निर्वाचित भएक हुन् भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कवि चन्दले ५९५ मत प्राप्त गरेका छन् । यहाँ नेपाली कांग्रेस र नेकपा एमालेले तालमेल गरेका थिए ।वडा नं ७ माओवादी केन्द्रका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार डिल्लीराज जैशीको वडा समेत हो ।

यो पनि, मतदानपछि राजेश हमालले भने- राजनीतिमा नआइएला भन्न सकिंदैन
‘काठमाडौं महानगरको मेयर बन्नुपर्छ कि क्या हो !’ अभिनेता राजेश हमालको यो अभिव्यक्तिले सानोतिनो तरंग मच्याएको थियो, सिनेवृत्तमा । पछि उनले यसलाई गम्भीरतापूर्वक नलिन र आफूले ठट्यौली गरेको स्पष्ट पारेका थिए ।शुक्रबार भइरहेको स्थानीय तहको निर्वाचनमा उनले लैनचौरस्थित कन्या हाईस्कुलको केन्द्रबाट मतदान गरेका छन् ।

बिहान मतदाताको लाममा लागेर उनले आफ्नो मत दिएका हुन् । मतदाताको लाममा उभिएका बेला सोधिएको प्रश्नमा उनले भने, ‘आगामी निर्वाचनमा तपाईंलाई कुनै भूमिकामा देख्न सकिएला, पाँच वर्षपछि ?’

जवाफमा उनी मुसुक्क हाँसे । अनि कूटनीतिक शैलीमा यसो भने, ‘भविष्यवाणी त म के गरौं ? तर सकिंदैन भन्न पनि सकिंदैन ।’‘भोट दिएपछि जनप्रतिनिधिलाई खबरदारी गरौं‘

मतदानपछि संक्षिप्त कुरा गर्दै अभिनेता हमालले भने, ‘जनमानसलाई यो भन्न चाहन्छु कि, हामीले मतदान गरेर आफ्नो कर्तव्य पूरा गरिसकेपछि जनप्रतिनिधिले सही काम गरे वा गरेनन् भनेर हरदम खबरदारी गरिरहनुपर्नेछ ।

औंला ठड्याइरहनुपर्नेछ । जनसमुदायको सहभागिता अनन्तकालसम्म जारी रहनेछ ।’अहिले धेरै कलाकर्मी प्रत्यक्ष राजनीतिमा सक्रिय छन् । यसै सन्दर्भमा उनलाई सोधियो, ‘राजनीतिमा कलाकारको जुन आकर्षण देखिएको छ, त्यसलाई कसरी लिनुहुन्छ ?’

‘राजनीतिमा लागेको व्यक्तिलाई कलाकार वा यो क्षेत्रको फलानो पृष्टभूमिको भनेर हेर्नुभन्दा पनि राजनीतिमा जाने व्यक्ति देशका नागरिक हुन्’ उनले जवाफमा भने, ‘र, हरकोही व्यक्ति राजनीतिमा जान सक्छन् । यो अधिकार सबैलाई छ ।’

कुनै पनि व्यक्तिलाई यो क्षेत्रको, त्यो क्षेत्रको भन्नुभन्दा पनि राष्ट्रको नागरिक हुन् र नागरिकको हैसियतमा राजनीति गर्ने इच्छा व्यक्त गरेका हुन् भनेर बुझ्नुपर्ने उनको प्रतिक्रिया थियो ।

सर्वदलीय बैठकमा लहानका निर्वाचन अधिकृत बेहोस, पुनः बैठकका लागि दलीय प्रतिनिधि बोलाइँदै
सिराहाको लहान नगरपालिकामा शुक्रबार भएको मतदानपछि मतगणनाका लागि शनिबार बिहान बोलाइएको सर्वदलीय बैठकको सुरुमै नेकपा एकीकृत समाजवादीबाट मेयर पदका प्रत्याशीले व्यक्तिगत ढंगले लाञ्छना लगाएपछि निर्वाचन अधिकृत बेहोस भएका छन् ।

स्थानीय तहको निर्वाचन अन्तर्गत लहान नगरपाकिाका निर्वाचन अधिकृत गोविन्दराज पोखरेल ग्रामीणस्थित भूसंरक्षण कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा बिहान सवा ८ बजेतिर बेहोस भएको सहायक निर्वाचन अधिकृत संजय साहले बताए ।

‘बैठक सुरु भएको करिब १५ मिनेटपछि नेकपा एसबाट मेयर पदका प्रत्यासी विनोदकुमार साहले निर्वाचन अधिकृतलाई व्यक्तिगत ढंगले विभिन्न लाञ्छना लगाएपछि बेहोस हुनुभयो’

सहायक निर्वाचन अधिकृत साहले भने ‘त्यसपछि बैठक रोकेर तत्काल एम्बुलेन्समा अस्पताल पुर्‍याई सामान्य उपचारपछि क्वार्टर ल्याइएको छ, उहाँको अवस्था ठीक भएपछि पुनः मतगणना सुरु गर्न सर्वदलीय बैठकका लागि दलीय प्रतिनिधिहरुलाई बोलाइँदै छ ।’

भूगोल र मतदाताको हिसावले जिल्लाकै सबैभन्दा ठूलो लहान नगरपालिकामा शुक्रबार भएको मतदानमा कुल ५६ हजार एक सय ९६ मतदातामध्ये ४१ हजार नौ सय ७७ मत खसेको थियो ।

२०७४ सालको स्थानीय तहको निर्वाचन नेकपा एमालेले मेयर, उपमेयरसहित २४ मध्ये नौ वडाध्यक्ष जितेको थियो ।यो पटक एमालेले पुनः निवर्तमान मेयर मुनि साह सुडी, उपमेयर सरियारकुमारी चौधरीलाई उम्मेदवार बनाएको छ ।

पाँच दलीय गठबन्धन अन्तर्गत नेपाली कांग्रेसका महेशकुमार चौधरी मेयर, जनता समाजवादी पार्टीका रामचलितर महतो उपमेयर उम्मेदवार छन् ।लहान नगरपालिकामा १२ स्वतन्त्रसहित २१ जना मेयर पदका उम्मेदवार छन् ।

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...