News Portal

८ पालिकामा सत्ता गठबन्धन विजयी, एमाले एक्लैले जित्यो ६ पालिका (सूचीसहित)

एनपर्दा संवाददाता
३८७ पटक

काठमाडौं, ।

सत्ता गठबन्धनले जारी मतगणनाको प्रारम्भिक नतिजाअनुसार ८ पालिकामा जीत हासिल गरेको छ । जसमा एक नगरपालिका समेटिएको छ भने बाँकी सबै गाउँपालिका हुन् । नतिजा आएका हिमाली जिल्लाका अधिकांश पालिकामध्ये काँग्रेसले ५ पालिकामा जित हासिल गर्दा माओवादी केन्द्रले एक र एकीकृत समाजवादी पार्टीले ३ पालिका जितेको छ ।

एकीकृत समाजवादीले जितेका डोल्पाका दुबै पालिका निर्विरोध भएको हो । यस्तै एमालेले एक्लै ६ पालिका जितेको छ। शुक्रबार सम्पन्न स्थानीय निर्वाचनमा पाँच दलीय सत्ता गठबन्धनको महानगरपालिका र उपमहानगरपालिकासहित विभिन्न स्थानीय तहहरुमा गठबन्धन रहेको छ ।

मतगणनाको प्रारम्भिक रुझान अनुसार काँग्रेस पहिलो पार्टी बन्ने देखिएको छ । काँग्रेस हालसम्म मतगणना भएकामध्ये १७० भन्दा बढी पालिकामा अग्रस्थानमा रहेको छ भने एमाले १०० भन्दा बढी पालिकामा अघि रहेको छ ।

यस्तै माओवादी ६० को हाराहारीका पालिकामा अग्रस्थानमा हुँदा जसपा, राप्रपा, एकीकृत समाजवादी लगायतका दलहरुले पनि केही सिटमा अग्रता राखेका छन् । हालसम्म १४ स्थानीय तहको नतिजा सार्वजनिक हुँदा दलहरुले जितेका पालिका यसप्रकार छन् :

काँग्रेससहित गठबन्धनतले जितेका पालिका
– कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिकाबाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिकाबाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँपालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिकाबाट खिलध्वज पन्थी विजयी भएका छन् ।

– एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालिकाबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् । – माओवादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालिकाबाट विजयी भएका छन् ।

एमालेले जितेका पालिका
–चामे गाउँपालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँपालिकामा धावा धावा गुरुङ विजयी भएका छन् । – डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

–लोमङ्थाङ गाउँपालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । स्थानीय तह निर्वाचनको सम्पूर्ण अपडेट रातोपाटीले पलपलमा अपडेट गर्दै आएको छ ।

स्थापितलाई उम्मेदवार किन बनाइयो ?: रश्मिला प्रजापति
चुनावको बेला मीटु कुरा उठाउनु भन्दा पनि एमालेले यौन दुराचारको आरोप लागेको व्यक्तिलाई किन उम्मेदवार बनायो ? प्रश्न यो हो । यौन दुराचारीलाई राजनीतिक दलहरुले पार्टीभित्रै कारवाही गरेको विश्वमा धेरै उदाहरण छन् ।

तर हाम्रो देशमा भने उल्टै पुरस्कृत गरिँदो रहेछ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावमा मीटु आयो भन्नुभएको छ । उहाँले तथ्य नबुझी कुन नैतिकताले स्थापितको पक्षपोषणमा बोल्नुभएको हो ? एमाले ठुलो पार्टी भएर पनि नैतिकता छोडेर हिँडेको देख्दा अचम्म लागेको छ ।

अर्को, उहाँसँगै उपमेयरकी उम्मेदवार भएकी सुनिता डंगोल, जसले शिक्षित युवाहरुको प्रतिनिधि हुँ भनिरहँदा आफै मीटु अभियान बुझ्नु भएको रहेनछ । अथवा पद बचाउनका लागि आरोपितलाई काखी च्याप्ने अभिव्यक्ति दिनु भएको हो ? यदि पुरुषले पद र शक्तिको दुरुपयोग गरेर कुनैपनि महिलालाई यौन दुव्यर्वहार गरेको छ भने दुर्व्यवहार विरुद्ध बोल्ने अभियान हो मीटु ।

सर्वसाधारणले स्थापित विकृत मान्छे रहेछ भनेर बुझेका छन् । एकजना किशोरीको प्रश्नको सामना गर्न नसकेर ‘यो बैनीले वेश्यावृत्ति गर्छ’ भनेर लेख्न लगाइदिऊँ भनेर खुलेआम बोल्छन् । सार्वजनिक ठाउँमा धम्की दिनेले उसको अफिसमा कस्तो व्यवहार गर्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।

पार्टीका महिला लगायत सञ्चारिकाकी पूर्व अध्यक्ष निर्मला शर्माले पनि दुराचारीको बचाउ गर्नुभएको छ । यो जति लज्जाशरणम्को अर्को कुरा के हुन्छ होला ? महिला भएर यौन दुराचारीको आरोप लागेको व्यक्तिको संरक्षणमा लागेर के सन्देश दिन खोजिएको हो ?

मीटु को सन्दर्भमा सन् २०१७ मा नै मैले आफ्नो कुरा उठाएकी छु । सुरुको दिनदेखि मेरो एउटै कुरा छ । उहाँलाई फसाउन कसैले मलाई प्रयोग गरेको भए मेरा भनाइहरु बाझिन्थे । बरु स्थापितले फरक फरक कुरा बोल्नुभएको छ । घरी पागल भनेर मानसिक औषधी निःशुल्क पाइन्छ भन्नुभएको छ ।

उहाँ मेयर छँदा महानगरपालिकाबाट मलाई कहिले भ्रष्टाचार गरेर निकालेको भन्ने, कहिले काम नगरेर निकालेको भनेको छ । सत्य कुरा सधैं एउटै हुन्छ । मैले र उज्जलाले स्थापित नाम कोड गरेर लेख्यौ । तर अरुले कोड नगरी हिंसा दुव्र्यहार भएको कुरा लेखेका थिए ।

हामीले बोलेका बेला उहाँ बागमती प्रदेशको मन्त्री हुनुहुन्थ्यो । त्यतिबेला पनि यस्तो मान्छेलाई मन्त्री बनाउने ? भनेर हामीले प्रश्न गरेको हो । उहाँलाई सिध्याउने अभियान हाम्रो होइन । सचेतनाको लागि आवाज उठाएको हो ।

हाम्रो समाजमा मलाई हिंसा भयो भनेर बोल्न गाह्रो छ । बोलिहाले पनि पीडितमाथि नै जाइ लाग्छन् । आरोपितले हो निर्दोषको प्रमाण दिने । मैले कमेन्ट हेरेर बस्ने हो भने फस्ट्रेड हुन्छ । एमालेका कार्यकर्ता र स्थापितका मानिसहरुबाट जे मन लाग्यो, त्यही सामाजिक सञ्जालमा लेखिरहनु भएको छ ।

यति तुच्छ शब्द र तथानाम गाली गरिएको छ । तर म कत्ति पनि आत्तिएकी छैन । तिनीहरुको असंवेदनशीलता देखेर छक्क परेकी छु । उनीहरुको घरका दिदीबहिनीको अवस्था कस्तो होला ? के महिलाले बोल्नै नपाउने यो देशमा ?

प्रतिकृया दिनुहोस्

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

काठमाडौं। काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका...

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

दाङ । दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर...

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

काठमाडौं, । नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर...

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

काठमाडौं, । भरतपुर महानगरपालिकामा नेकपा (माओवादी केन्द्र) की उमेद्वार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लागेको...

हामी माथी ठुलो षडयन्त्र भयो, जनताले राम्रो ठाउमा भोट हाल्न जानेनन् : बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा), नेपालका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईले...