News Portal

भरतपुरमा भुइकटर र सुर्य सुस्ताए, रेनुको हसिया हथौडा जितको लागि दौडियो (हेर्नुहोस ताजा अपडेट)

एनपर्दा संवाददाता
६००८ पटक

चितवन।

चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । उनले आइतबार बिहानसम्म २५८१ गन्दा ९८० मत पाएकी छन् ।

यस्तै एमालेबाट मेयर उम्मेदवार बिजय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् ।यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११०१ तथा राप्रपाकी हिमला गुरुङले १०१९ मत पाएकी छन् ।

ललितपुरमा चिरिबाबु दोब्बर मतले अगाडि
ललितपुर महानगरको मेयरमा भइरहेको मत गणनामा गठबन्धनका उम्मेदवार चिरिबाबु महर्जनले प्रतिस्पर्धीलाई दोब्बरले अग्रता बनाएका छन् ।पछिल्लो मतगणना अनुसार महर्जनले ८२३ मत पाउदा एमालेका हरिकृष्ण व्याञ्जनकारले ३८१ मत मात्रै पाएका छन् ।ललितपुर महानगरमा शनिबार दिउँसोबाट सुरु भएको मतगणना अत्यन्तै सुस्त छ ।

जीतपुर सिमरामा गठबन्धनका उम्मेदवारको अग्रता कायमै
जीतपुर सिमरा उपमहानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ ।सिमरास्थित नेपाल राष्ट्रिय माविमा भएको मतगणनामा गठबन्धनका उम्मेदवार राजन पौडेल ३ हजार ७०१ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेकी सरस्वती चौधरीले २ हजार २४६ मत ल्याएकी छिन् ।

त्यस्तै उपप्रमुखमा गठबन्धन तर्फकी उम्मेदवार मेघा शाहीले ३ हजार ५५२ मत ल्याएकी छिन् भने एमालेका उम्मेदवार भोला अधिकारीले २ हजार ४२० मत ल्याएका छन् ।मतगणनामा तेस्रो स्थानमा रहेको लोसपाका प्रमुखका उम्मेदवार सञ्जयकुमार साहले १ हजार २६८ र उपप्रमुखमा विपि मोक्तानले १ हजार १७२ मत ल्याएकी छिन् ।

उपमहानगरको हालसम्म वडा नं २३, २४ र वडा नं १ को मत परिणाम सार्वजनिक भइसकेको छ भने वडा नं २ र २२ गणना भइरहेको छ ।वडा नं २४ र १ मा नेपाली काँग्रेसका वडाध्यक्ष विजयी भएका छन् भने वडा नं २३ मा नेकपा एमालेले खाता खोलेको छ ।

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार सिंह अगाडि
वीरगञ्ज महानगरपालिकामा गठबन्धनको तर्फबाट नगरप्रमुखका उम्मेदवार राजेशमान सिंहले १ हजार ५०७ मत ल्याएका छन् उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजयी सरावगीले ६६८ मत ल्याएका छन् ।

उपप्रमुखमा गठबन्धनका उम्मेदवार ईम्तियाज आलमले एक हजार १२ मत ल्याएका छन् भने एमालेसँग गठबन्धन गरेको लोसपाका उपप्रमुखका उम्मेदवार पुरुषोत्तमलाल झाले १६० मत ल्याएका छन् ।

तेस्रो स्थानमा रहेका राप्रपाका प्रमुख उम्मेदवार गिरीश गिरीले ४१, उपप्रमुखकी उम्मेदवार विना जयसवालले ५५ मत ल्याएकी छिन् ।महानगरमा पछिल्लो तीन हजार ७६ मत गणना हुँदा प्रमुखमा ८१६ र उपप्रमुखमा एक हजार ६४३ मत बदर भएको छ ।

काँग्रेससहित गठबन्धनतले जितेका पालिका
– कोन्जो तेन्जिङ लामाले नार्पा भूमि गाउँपालिकाबाट विजय हासिल गरेका छन् । नार्सो गाउँपालिकाबाट धनबहादुर गुरुङ, घरपझोङ गाउँपालिकाबाट मोहन सिंह लालचन, गन्यापधुरा गाउँपालिकाबाट इन्द्र बहादुर कार्की र रेसुंगा नगरपालिकाबाट खिलध्वज पन्थी विजयी भएका छन् ।

– एकीकृत समाजवादीबाट काइके र छार्का ताङसोङ गाउँपालिकाबाट अंगद कुमार राना र सेनाङ गुरुङले विजय हासिल गरेका छन् । – माओवादी केन्द्रका नारा सिं रोकाया जगदुल्ला गाउँपालिकाबाट विजयी भएका छन् ।

एमालेले जितेका पालिका
–चामे गाउँपालिकामा लोकेन्द्र बहादुर घले, सेफोक्सुण्डो गाउँपालिकामा धावा धावा गुरुङ विजयी भएका छन् । – डिस्याङ गाउँपालिकामा कान्छा घले तथा लो–घेकर दामोदरकुण्ड गाउँपालिकामा लोप्साङ छोम्पेल विष्ट विजयी भएका छन् ।

–लोमङ्थाङ गाउँपालिकामा टसी न्हर्बु गुरुङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रिङजीन नामगेल गुरुङ विजयी भएका छन् । स्थानीय तह निर्वाचनको सम्पूर्ण अपडेट रातोपाटीले पलपलमा अपडेट गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...