News Portal

एमालेलाई पत्तासाफ गर्दै धुनिवेंसी नगरपालिका मेयरमा एकीकृत समाजवादी विजयी

एनपर्दा संवाददाता
६०८ पटक

काठमाडौं ।

धादिङको धुनिवेंसी नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका बालकृष्ण आचार्य विजयी भएका छन्। आचार्यका प्रतिद्वन्द्वी एमालेका राजाराम पाण्डेले ६५९२ मत ल्याएका छन् । उनी दोस्रो कार्यकालका लागि मेयरमा पुन निर्वाचित भएका हुन् ।

यस्तै उपमेयरमा काँग्रेसका सुरज उप्रेतीले ८३८७ मत ल्याएर विजयी भएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मन्दिरा श्रेष्ठले ६४७० मत ल्याएर पराजित भएकी छिन् । काँग्रेस,माओवादी र एकीकृत समाजवादीको तालमेलमा आचार्यले मेयर जितेका हुन् ।

ओलीलाई गठबन्धनको धक्का : बालकोटदेखि जन्मघरसम्म भत्कियो ‘लाल किल्ला’
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पाँच दलीय गठबन्धनले झट्का दिएको छ । ०७४ को स्थानीय तह निर्वाचनमा सबै पदमा सबैभन्दा बढी जितेको एमाले यसपटक दोस्रो हुने दिशामा देखिएको छ ।

एमालेले अहिलेसम्म जितेको र अग्रता लिएको पालिकाको संख्या हेर्दा दोस्रो हुने निश्चित जस्तै छ । यता ओलीसँग जोडिएका ठाउँहरुका लाल किल्ला भत्काउँदै गठबन्धनले विजयको झण्डा गाडिरहेको छ । जन्मघर तेह्रथुमको इवा, गृहनगर बालकोटमा पर्ने सूर्यविनायक वडा नम्बर ४ र दमकमा ओलीको प्रतिकुल परिणाम देखिएको छ ।

ओलीको घर रहेको सूर्यविनायक नगरपालिका– २ बालकोटमा काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी छ । काँग्रेसका कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे। यो वडामा अघिल्लो निर्वाचनमा पनि नेपाली काँग्रेसले विजयी हासिल गरेको थियो । ओलीको गृहनगरमा एमाले यसपटक पनि काँग्रेसलाई रोक्न सकेन । सूर्यविनायकमा पनि काँग्रेस जित नजिक छ ।

काँग्रेस निशान ढुङ्गेल ६ हजार १७७ मतसहित अग्रता लिइरहेका छन् । एमालेका बासुदेव थापा ५ हजार ६०२ का साथ पछ्याइरहेका छन् । ओलीलाई आफ्ना निर्वाचन क्षेत्र समेत रहेको गृहनगर झापाको दमक नगरपालिकामा पनि गठबन्धन भारी बनेको छ ।

पाँचदीय गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी थपिएर दमकमा ओलीमाथि दबाब बढाएको अवस्था छ । महागठबन्धनबाट राप्रपाका राम थापाले ७ हजार २०१ मतका साथ अग्रता बनाएका छन् ।

एमाले उम्मेदवार गीता अधिकारीले ६ हजार ३२४ मतका पाएकी छिन् । ओलीको गृहनगर दमकमा एमाले करिब हजार मतान्तरले पछाडि परेको छ । यता जन्मघर रहेको तेह्रथुमको आठराई गाउँपालिकाको नजिता पनि ओलीका लागि प्रतिकुल आएको छ । आठराईमा अध्यक्षमा काँग्रेसका दिलकुमार पाहीम निर्वाचित भएका छन् ।

पाहीमले ४ हजार ६९२ मत ल्याएर एमालेका रामचन्द्र थपलियालाई पराजित गरेका हुन् । थपलियाले ४ हजार ८ मत मात्रै ल्याए । काँग्रेस, माओवादी र एकीकृत समाजवादीसहितको गठबन्धनले ६८४ मतान्तरसहित आठराईको ‘लाल किल्ला’ भत्काएको छ ।

आठराइको उपाध्यक्षमा पनि गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बली राज ईङनाम निर्वाचित भएका छन् । ईङनामले ४ हजार ८० मत ल्याउँदा एमालेकी रुपादेवी कन्दङवाले ४ हजार ७० मत ल्याइन् ।

ओलीको जन्मघरको पालिकामा १० मतले भएपनि माओवादीले उपाध्यक्ष हात पारेको छ । ओलीको जन्मघरको गाउँपालिका मात्र होइन वडामा पनि माओवादी–समाजवादीको सहयोगमा काँग्रेसले विजयको झण्डा गाडेको छ ।

आठराई गाउँपालिका–४ इवामा काँग्रेसका खगेन्द्र गुरुङ ६९३ मतसहित विजयी भएका छन् । एमालेका नरेन्द्र कुमार ईङनामले ५६३ मत मात्र पाए । गठबन्धनको सहयोगमा काँग्रेसले ओलीको जन्मघरको वडामा १३० मतान्तरका साथ जित हात हासिल गरेको छ ।

ओलीले आफ्नो जन्म गाउँ भनेर प्रचार गरेको ठाउँमा जित हात पार्नुलाई गठबन्धनले प्रतिष्ठाका रुपमा लिइएको देखिन्छ । तत्कालीन प्रधानमन्त्री ओलीले ०७६ फागुनमा ११ मा इवा पुगेर आफ्नो ६९ औं जन्म दिवस मनाउन थिए ।

आफ्नो जन्म उत्सवमा ओलीले इवाका नागरिकलाई सारी, पछ्यौरी, भादगाउँले टोपी, ज्याकेट र डायरी बाँडेका थिए । ओलीले नेपालको नक्सासहितको केक काटेर जन्मदिवस बनाएको भन्दै आलोचनाको विषय समेत बनेको छ ।

तामझामका साथ जन्मघरमा जन्म दिवस बनाएका फर्किएका ओलीलाई दुई वर्षपछि इवाबाट सुखद नतिजा आएन । विगतमा एमालेले जित्दै आएको ठाउँमा काँग्रेस र कम्युनिष्ट शक्ति मिल्दा भत्किन पुगेको छ ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...