News Portal

भरतपुरका तीन वडामा २०७४ मा देवी ज्ञवालीको भन्दा कम मत, देवी ज्ञवाली भन्छन्- त्यतिबेला मलाई आएको मत भुइँकटहरमा गएजस्तो छ

एनपर्दा संवाददाता
९६३ पटक

काठमाडौं ।

भरतपुर महानगरपालिकाको वडा नम्बर १, २ र ३ मा गत निर्वाचनमा नेकपा एमालेका मेयर पदका उम्मेदवार देविप्रसाद ज्ञवालीले पाएको भोट माओवादी केन्द्रकी रेनु दाहालको भन्दा १ हजार ६ सय ७८ ले बढी थियो।

यसपालि यी तीन वडाको मतगणना सकिँदा एमालेका विजय सुवेदीको अग्रता ५० मात्रै भयो।सुवेदीले ३ हजार ९ सय ४४ मत ल्याउँदा दाहालले ३ हजार ८ सय ९४ ल्याइन्।

अघिल्लो निर्वाचनको तथ्यांक केलाउँदा एमालेका लागि भरतपुर महानगरका यी तीन यस्ता वडा हुन् ती वडाको भूमिका कांग्रेस-माओवादीसहितको गठबन्धनलाई ६, ७ र ८ नम्बरमा क्षतिपुर्ति तिर्न महत्वपूर्ण हुन्छ। कांग्रेसको गढ मानिने वडा नम्बर ६,७ र ८ मा गत निर्वाचनमा कांग्रेस-माओवादीकी साझा उम्मेदवार दाहालले ज्ञवालीले भन्दा १ हजार ५३१ भोट बढी ल्याएकी थिइन्।

बीचमा रहेको वडा नम्बर ४ मा दाहालले ६५ भोटले र ५ मा ज्ञवालीले ५६ भोटले अग्रता लिएका थिए।ज्ञवाली आफूले ती वडामा बढाएको मत यसपालि कांग्रेसका बागी जगन्नाथ पौडेलले काटिदिएको हुनसक्ने बताउँछन्। झट्ट हेर्दा देखिन्छ पनि त्यस्तै। जगन्नाथको चुनाव चिन्ह भुइँकटहरमा यी वडामा गरेर १ हजार ५ सय ७२ भोट खसेको छ।

nic
वडा नम्बर १ र २ मा ११ प्रतिशत भोट ल्याएका जगन्नाथले ३ मा २० प्रतिशत ल्याए। वडा नम्बर ४ को प्रारम्भिक गणनामा उनको भोट अझै बढी देखिएको छ। गणनामा सहभागी एक कर्मचारीकाअनुसार यो वडामा भुइँकटहरमा २५ प्रतिशत मत आइरहेको छ।

जगन्नाथले पाइरहेको मतको असर गठबन्धनलाई त परेको छ नै, त्योभन्दा बढी असर एमालेलाई परिरहेको छ। एमाले फुटेको बेलामा बनेको गठबन्धनले भरतपुरमा एमालेलाई ठूलो मतान्नतरले पराजित गर्ने आँकलन गरेको थियो। एमालेले जगन्नाथले कांग्रेसको भोट काट्ने र त्यसको फाइदा आफूलाई हुने ठानेको थियो।

तर अहिलेसम्मको भोटको ट्रेन्ड हेर्दा मतान्तर फराकिलो पार्ने गठबन्धनको चाहना र भुइँकटहर सहयोगी हुने एमालेको आँकलन दुबै गलत देखिन्छ।गठबन्धन र एमाले दुवैतर्फका नेताहरू अहिले भरतपुरका धेरै मतदाता भएका १०, ११ र १२ नम्बर वडा र पश्चिम चितवनमा आफ्नो भोट बढी आउने र जित्ने दाबी गरिरहेका छन्।

गत निर्वाचनमा वडा नम्बर ९ देखि १५ सम्म ज्ञवालीले, १६ देखि २० सम्म दाहालले अग्रता लिएका थिए। २१, २२ र २३ मा ज्ञवालीको, २४ देखि २९ सम्म दाहालको भोट बढी आएको थियो। अन्तत: दाहालले ज्ञवालीलाई २०३ भोटले हराएकी थिइन्।

निर्वाचन परिणाम : सचेत मतदाताको विवेक प्रदर्शन
अहिले स्थानीय तह निर्वाचनको जे–जस्तो परिणाम आइरहेको छ, यसबाट जनताले ‘हाम्रा’ मान्छेलाई भन्दा ‘राम्रा’ मान्छेलाई विश्वास गरेको देखिन्छस्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरू पनि स्थानीय छन्, चुन्ने जनता पनि स्थानीय नै हुन् । उम्मेदवार र मतदाताको स्वार्थ पनि स्थानीय नै हो ।

सबै तह र तप्काका स्थानीयताको संयोजनले नै स्थानीय तहको विकास सम्भव हुन्छ । यो स्थानीयताको संयोजनबाट जुन उम्मेदवार छनोट गरिन्छ, त्यही उम्मेदवार नै स्थानीय जनताको रोजाइ र स्थानीय विकासको संवाहक बन्छ ।

मतदान नै स्थानीय जनताको भाग्य र भविष्य निर्माण गर्ने अधिकार हो । यसलाई ध्यान दिइएन, यसको दुरुपयोग भयो र कुनै लहडमा अमूल्य मत खेर फालियो भने स्थानीय तहको भविष्य अन्धकार हुन पुग्छ ।

यसको दूरदर्शिताको बोध मतदानअघि नै मतदातामा हुनु जरुरी छ । स्थानीय निर्वाचनमार्फत जनताका भइपरी आउने काम र समस्या समाधानका लागि निरन्तर खट्न सक्ने उम्मेदवार नै जनताले रोज्ने हुन् ।

अहिले स्थानीय तहमा चुनिएका प्रतिनिधि स्थानीय जनता र तिनका समस्यासँग परिचित छन् । उनीहरूका आनीबानी, स्वभाव, चरित्र, हैसियत, सेवा र सहयोगबाट स्थानीय जनता पनि परिचित छन् ।

उनीहरूले आजसम्म गरेका काम गराइको शैली र सहयोग स्थानीयबीच छर्लंग छ । तसर्थ, उम्मेदवारमध्ये जनस्तरमा उपयुक्त उम्मेदवार जनताले छनोट गर्ने अवसरलाई स्थानीयले चिनिसके । यो अवसरलाई स्थानीयस्तरको दीर्घकालीन भविष्य निर्माणमा लगाउन जनता जागरुक भई मतदान गरेका छन् ।

आवधिक चुनाव पाँच–पाँच वर्षमा आउँछ । अहिलेको निर्वाचन पनि आगामी पाँच वर्षसम्मका लागि हो । पाँच वर्ष एक सिंगो आवधिक विकास निर्माणको चरण हो । काम गर्नेका लागि उदाहरणीय काम गरेर देखाउन सकिने एक लामो समयावधि पनि हो ।

यो कालखण्डमा स्थानीय जनताको भाग्य र भविष्य निर्माण गर्न सकिने आधार पनि तयार पार्न सकिन्छ ।तसर्थ स्थानीयस्तरका आवश्यकता र उपलब्ध स्रोतसाधनको समुचित उपयोग गर्न सक्ने उम्मेदवार जनताको नजरमा पर्ने गरेको छ ।

राजनीतिक दलले स्थानीय जनताको घरआँगनमा सिंहदरबार पुर्‍याइदिएको बताइसकेका छन्, वास्तवमा घरआँगनमा सिंहदरबार पुग्यो–पुगेन, स्थानीय जनप्रनिनिधिको काममा निर्भर हुन्छ । त्यसका लागि इमानदार र उपयुक्त जनप्रतिनिधि छनोट गर्नुपर्छ ।

स्थानीय जनताको घरदैलोमा जनमुखी शासन व्यवस्था लिएर जाने असल प्रतिनिधिको आवश्यकता हुन्छ । स्थानीय निर्वाचनमा स्थानीय जनताले चयन गर्ने प्रतिनिधि नै असल प्रतिनिधि हो । त्यसैले, समयसापेक्ष स्थानीय चासो र जनभावना कदर हुन जरुरी हुन्छ ।

त्यसलाई कुन हिसाबले उम्मेदवारबाट सम्बोधन भइरहेको छ, यसमा जनता चनाखो बन्नुपर्छ । उम्मेदवारले उठाएका मुद्दा समयसापेक्ष छन्–छैनन्, सम्भव छ–छैन जस्ता विषयमा पनि जनताले ध्यान पुर्‍याउनुपर्छ ।

यसपटकको निर्वाचनमा पनि उम्मेदवार जनताको सेवा गरिरहेका छौँ र पुनः सेवाका लागि तयार छौँ भनी जनतासामु उभिएर मत माग्दै थिए । तिनको छनोट भइसकेको छ ।मतगणना जारी नै भए पनि जनताको छनोट मतपेटिकामा सुरक्षित छ । छिटै त्यसको परिणाम सार्वजनिक पनि हुने नै छ ।

जनताको अपेक्षा, भावना र मर्मको रक्षाका लागि उम्मेदवारमा जनमतको कदर गर्ने संस्कृति चाहिन्छ । आफूले जिते मात्र चुनावी परिणाम स्विकार्ने नियत बोकेका दल वा उम्मेदवारका विषयमा मत हाल्नुअघि नै सोच्नुपर्छ ।

निर्वाचनमा मतदाता नामावली रहेको स्थानमा मात्रै उम्मेदवारी दिन पाइने व्यवस्था छ । यसको अर्थ हो, स्थानीय व्यक्तिले मात्र सम्बन्धित ठाउँको प्रतिनिधि हुने मौका पाउँछन् ।

विदेशमा स्थायी वा वैकल्पिक बसोबास भएका, सन्तान र सम्पत्ति अन्त कतै राखेका, आफू पनि चुनावको समयमा मात्र झुल्किने व्यक्ति जनताको प्रतिनिधि बन्न योग्य छैन, विवेक प्रयोग गर्ने मौका पनि यही हो ।

जनताले पक्कै पनि मतदानअघि नै यसमा ध्यान पुर्‍याएका होलान् । अहिले स्थानीय तह निर्वाचनको जेजस्तो परिणाम आइरहेको छ, यसबाट जनताले नेताका ‘हाम्रा’ मान्छेलाई भन्दा ‘राम्रा’ मान्छेलाई विश्वास गरेको देखिन्छ । खासगरी जनताले निर्वाचनमार्फत दिएको फैसला शिरोपर गर्नु दल र उम्मेदवारहरूको दायित्व हो ।

निर्वाचनको प्रारम्भिक नतिजा हेर्दा आर्थिक मामिलामा अनुशासित, सामाजिक रूपमा विभेद नगर्ने, समाजमा असहिष्णुता फैलाउने गतिविधिमा संलग्न नभएको, अशक्त, फरक क्षमता भएका, महिला, अशिक्षित, गरिब, बेरोजगारजस्ता सबै वर्गप्रति सद्भाव, सम्मान र सहानुभूति राख्ने उम्मेदवारलाई मतदाताले प्राथमिकता दिएको देखिन्छ ।

विदेशी वा धनीका अगाडि लत्रिने, रीतिरिवाज, परम्परा, भाषासंस्कृति, पेसाप्रति सम्मान नगर्ने, पारिवारिक र सामाजिक झगडामा रमाउनेलाई जनमत नदिने पुरानै परम्परा हो । यो परम्परालाई पनि हाम्रा आममतदाताले ध्यानमा राखेको प्रस्ट हुन्छ ।उचाल्न नसकिने मालाको अभिनन्दन, खोज्ने, खर्चिलो र भड्किलो तामझाम मन पराउने नेता आफूलाई जनताको सेवक होइन, मालिक सम्झिन्छन् ।

पढाइ लेखाइ, सम्पत्ति, बल, अभिजात वर्गसितको उठबसको धाक, मतदातालाई आर्थिक प्रलोभनमा पार्न खोज्ने, आफूले जितेमा कतै जागिर लगाइदिने वा ठेक्कापट्टाको आश्वासन बाँड्ने उम्मेदवारको नियत खराब भएको मतदाताले सजिलै बुझ्न सक्छन् ।

त्यसैले, यसपटकको निर्वाचनमा पनि त्यस्ता उम्मेदवार पाखा लाग्दै गएको अहिलेसम्म घोषित परिणामले संकेत गरिरहेको छ ।अहिलेसम्मको प्रारम्भिक नतिजामा स्वतन्त्रदेखि नयाँ–नयाँ अनुहारप्रति आममतदाताको आकर्षण देख्दा भन्न सकिन्छ, मतदाताले यसपटकको स्थानीय तह निर्वाचनमा आफ्नो विवेकको भरपूर प्रयोग गरेका छन् । (आचार्य लेक्चरर हुन्)

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...