News Portal

चितवनबाट आएको यो एउटै खबरले पुरै गठबन्धन तनाबमा , एमाले नेता कार्यकर्तामा छायो खुसियालि !

एनपर्दा संवाददाता
३०३८ पटक

काठमाडौं, ।

नेकपा एकीकृत समाजवादी को कम प्रभाव रहेको खैरहनी नगरपालिकामा जिल्ला सदस्यसहित ६ नम्बर वडा कमिटीनै नेकपा एमालेमा समाहित भएको छ । समाजवादीका जिल्ला सदस्य नेत्रराज ढुंगानाको नेतृत्वमा उनीहरु पुरानै घर एमालेमा फर्किएका हुन् । मंगलबार एमाले फर्कनु अघि उनीहरु र एमालेका केन्द्रीय सदस्य जेएन थपलियासहित नेताहरु छलफलमा थिए । एमाले प्रवेश गर्नेहरुमा जिल्ला सदस्य ढुंगानाका साथै वडा नम्बर ६ का वडा कमिटी अध्यक्ष यादव घिमिरे, वडा

नम्बर ८ का वडा कमिटी अध्यक्ष प्रेमबहादुर थापा मगर, केशव पौडेल, रुस्तम अन्सारी, हेम पुन, लक्ष्मण भण्डारी, खुबीराज चौधरी, कल्पना छतकुल्ली, रामकुमार उप्रेती, सीताकुमारी चौधरी लगायत छन् । उनीहरुलाई एमाले केन्द्रीय सदस्य जेएन थपलिया, खैरहनी नगरपालिकाबाट एमालेका नगरप्रमुख उम्मेदवार लालमणि चौधरी, एमाले नगर कमिटी अध्यक्ष पूर्णबहादुर डल्लाकोटीले स्वागत गरेका थिए ।

समाजवादी परित्याग गरेका खैरहनी नगर कमिटी उपसचिव समेत रहेका ढुंगानाले समाजवादीको नेतृत्व तहबाट राम्रो काम भएको अनुभव नभएपछि एमालेमा समाहित भएको बताए । समाजवादीबाट सबै नेता कार्यकर्ताहरु एमालेमा आउने उनको विश्वास छ ।

सूर्य चिन्हमा भोट माग्दै नेपाली कांग्रेसका नेताहरु !
स्थानीय तह २०७४ को स्थानीय तह चुनावमा नेपाली कांग्रेसको टिकटबाट व्यास १ को वडासदस्य चुनिएका चुडामणि दाहाल यो पटक पनि उम्मेदवार छन् ।

यो पटक वडाध्यक्षमा उठेका उनीसँग २०७४ को चुनाव चिन्ह रुख छैन ।व्यास २ का दीर्घबहादुर थापा पनि कांग्रेसका क्रियाशील सदस्य हुन् । उनी पनि वडाध्यक्षका उम्मेदवार हुन् । उनीहरु दुवै

जना रुखमा हैन, सूर्यमा चिन्हमा भोट माग्न व्यस्त छन् ।थापा र दाहालहरुले एमालेको चुनाव चिन्हमा भोट माग्नुको कारण हो, जोशी समूह र एमालेबीच तालमेल ।

नेपाली कांग्रेससँग असन्तुष्ट गोविन्दराज जोशी समूहले तनहुँमा नेकपा एमालेसँग तालमेल गरेको छ । प्रमुख, उपप्रमुख र वडाध्यक्ष पाएको पालिकामा जोशी समूहले स्वतन्त्र चुनाव चिन्ह लिने छ ।

वडा सदस्य मात्रै भएका ठाउँमा भने जोशी समूहका उम्मेदवारको पनि चुनाव चिन्ह पनि सूर्य नै छ ।त्यसैले भोट माग्दा पनि साथमै छन् ।

जोशी समूहबाट व्यास १ को वडाअध्यक्ष उम्मेदवार बनेका दाहालले भने, ‘तालमेल भएपछि त भोट माग्न परिहाल्यो । मैले चाहिँ सूर्य चुनाव चिन्ह लिएको छैन, निर्वाचन कार्यालयले के दिन्छ त्यही लिने हो ।’

वडाध्यक्ष २ का उम्मेदवार थापा कांग्रेसबाटै वडाध्यक्ष लड्न चाहन्थे । तर पार्टीले टिकट दिएन ।त्यसपछि उनले एमालेसँग तालमेल गरेको जोशी समूह रोजे र वडाध्यक्षको उम्मेदवार बने ।

उम्मेदवार बनेका मात्र हैन, तनहुँमा कांग्रेस भनेर चिनिएका र सक्रिय भएर लागेका कृष्णप्रसाद भट्टराई, सूर्य अधिकारी, नोमा थापा, केशु गुरुङ, टेकबहादुर आले, भोज बहादुर आले, पुण्यप्रसाद भट्टराई, भेषबहादुर थापा, ओमबहादुर थापा, यमबहादुर थापा, चिरन थापा, मोती थापा, तीर्थ विक, सीताराम बानियाँ लगायतले जोशी समूहमा आएर भोट मागेका छन् ।

जोशी समूहबाट व्यास नगरपालिकामा प्रमुखमा दिपकराज जोशी उम्मेदवार छन् भने उपप्रमुखमा एमालेकी बसुन्धरा घर्ती । जोशी समूहले व्यासकै चार वटा वडाध्यक्ष पाउने सहमति अनुसार वडा नम्बर १, २, १२ र १४ वडाध्यक्षमा जोशी समूहलाई समर्थन गर्ने भन्दै एमालेले उम्मेदवार उठाएको छैन ।

बन्दीपुरको उपाध्यक्षमा जोशी समूहकी फूलमती थापा र वडा नम्बर २ को अध्यक्ष मा पनि जोशी समूहकै उम्मेदवार रहेका छन् ।भानु नगरपालिकाको उपप्रमुखमा जोशी समूहका केशरबहादुर गुरुङसहित वडा नम्बर ५, ११ र १३ को वडाध्यक्षमा जोशी समूहकै उम्मेदवार छन् ।

आँबुखैरेनीमा वडा नम्बर २ र ५ को अध्यक्षमा जोशी समूहका उम्मेदवार छन् ।जोशी समूहबाट वडाध्यक्षको उम्मेदवार रहेको ठाउँमा एक जना वडासदस्य जोशी समूहकै छन् । एमालेको वडाध्यक्ष भएको वडामा दुई जना वडासदस्य जोशी समूहका छन् ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...