News Portal

फेरि भत्कियो एमालेकाे चर्चित गढ, माओवादीका रिमबहादुरको सानदार जित !

एनपर्दा संवाददाता
७०६ पटक

दाङ ।

दाङको राप्ती गाउँपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका रिमबहादुर सुनारी मगर बिजयी भएका छन् ।यो वडामा कुल ७१४ मत खसेको थियो । यहाँ माओवादी केन्द्रं र राष्ट्रिय जनमोर्चाका बीचमा चुनाबी तालमेल भएको थियो ।

माओबादी केन्द्रका अध्यक्षमा निर्वाचित मगरले ३५८ प्राप्त गरि निर्वाचित भएका हुन ।यो वडामा नेपाली काँग्रेसका उम्मेदवारले १९८, नेकपा एमालेका उम्मेदनवारले ७६ , स्वतन्त्र उम्मेदवारहरु गुलाफको फूल १७ र छाता चुनाब चिन्हले जम्मा १ मत प्राप्त गरेका थिए ।

सुरुवाति परिणाममा स्वतन्त्र र बागीको दबदबा
काठमाडौँ — देशभर स्थानीय तह निर्वाचनको मतगणना जारी छ । देशभरको परिणाम हेर्दा मूलतः ठूला दलहरू नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच प्रतिस्पर्धा देखिन्छ । तर, मतगणनाको सुरुवाति परिणाम हेर्दा केही महत्त्वपूर्ण स्थानीय तहमा बागी र स्वतन्त्र उम्मेदवारले पाएको परिणामले चुनावी परिणामलाई थप रोचक बनाएको छ ।

पार्टीमा टिकट नदिएको असन्तुष्टि र दलीय व्यवस्थाप्रतिको निराशालाई एजेन्डा बनाएका स्वतन्त्र उम्मेदवारले सुरुवाती परिणाममा सत्तारुढ गठबन्धन र अन्य दलका उम्मेदवारमाथि दबदबा बनाएका छन् ।काठमाडौं, धनगढी, जनकपुर र बर्दिवाससहित नगरहरूमा स्वतन्त्र र बागी उम्मेदवारले पाएको मतले तरङ्ग सिर्जना गरेको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले निरन्तर अग्रता बनाएका छन् । अप्रत्याशित रूपमा बनेको उनको लोकप्रियताले दलहरूलाई चुनौती दिएको छ ।

यो समाचार तयार पार्दासम्म सार्वजनिक परिणामअनुसार साहले १९५ मत पाएका छन् भने पाँचदलीय गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले १३५ र नेकपा एमालेका केशव स्थापितले १११ मत पाएका छन् ।

उता सुदूरपश्चिमको राजधानी धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवाति गणनामा दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् । उनले ७७ मत प्राप्त गर्दा पाँच दलीय गठबन्धनबाट कांग्रेस उम्मेदवार नृपबहादुर वडले ३५ मत पाएका छन् । यहाँ नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दको ५ मत मात्रै छ ।

त्यस्तै, महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलादकुमार क्षेत्रीेले अग्रता बनाएका छन् । यहाँ नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पछ्याइरहेका छन् । पछिल्लो परिणामअनुसार क्षेत्रीले ३४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार टेकबहादुर बलम्पाकीले २५६ मत पाएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले १५६ मत पाएका छन् ।

स्वतन्त्र उम्मेदवारबाहेक बागी उम्मेदवारहरूले समेत कतिपय ठाउँमा अग्रता लिएका छन् । जनकपुर उपमहानगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साह सुडीले दोब्बरभन्दा धेरै मतले अग्रता लिएका छन् ।कांग्रेसको उपमहानगर सभापति रहेका उनी सत्ता गठबन्धन दलबीच चुनावी तालमेल हुँदा मेयर पद कांग्रेसले नपाएपछि राजीनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार साहले २३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लालकिशोर साहले ३४ मतमात्रै प्राप्त गरेका छन् । यहाँ नेकपा एमालेका शिवशंकर साहले ९५ मत पाएका छन् ।

काभ्रेको धुलिखेल नगरपालिकाको मेयरमा कांग्रेसका बागी उम्मेदवार विदुरबहादुर बस्नेतले अग्रता लिएका छन् । गठबन्धन दलबीच चुनावी तालमेल गर्दा मेयर पद नेकपा एकीकृत समाजवादीको भागमा परेपछि बस्नेतले असन्तुष्टि जनाउँदै उम्मेदवारी दिएका थिए । सुरुवाती गणनामा बस्नेतले निरन्तर अग्रता बनाएका छन् ।

पछिल्लो परिणामअनुसार बस्नेतले ६६५ मत पाएका छन् भने नेकपा एमालेका अशोककुमार श्रेष्ठले ६२८ र गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार दयासागर श्रेष्ठले २६ मत पाएका छन् ।

दाङका ४/४ पालिकामा माओवादी र कांग्रेसको अग्रता, १ मा एमाले
दाङ — दाङ जिल्लाको ९ पालिकामध्ये कांग्रेस र माओवादी केन्द्रले चार/चार पालिकामा अग्रता लिएका छन् भने एमाले एक पालिकामा मात्र अगाडी छ ।२०७४ मा दुई उपमहानगरपालिका, एक नगरपालिका र तीन गाउँपालिकासहित ६ पालिका जितेको एमालेले यसपटक एक पालिकामा मात्रै अग्रता लिइरहेको छ ।

घोराही उपमहानगरपालिकाका साथै बंगलाचुली, राजपुर र राप्ती गाउँपालिकामा माओवादी केन्द्रको अग्रता छ । लमही नगरपालिकाका साथै बबई, दंगीशरण र शान्तिनगर गाउँपालिकामा कांग्रेसको अग्रता छ । गढवा गाउँपालिकामा भने एमालेको अग्रता छ ।

२०७४ मा राजपुर, राप्ती र शान्तिनगर गाउँपालिका जितेको कांग्रेस चार पालिकामा अग्रता लिइरहेको छ । कांग्रेस अहिले एक्लै निर्वाचन लडेको पालिकामा अग्रता लिइरहेको छ । त्यतिबेला बंगलाचुली गाउँपालिका मात्रै जितेको माओवादी यसपटक चार पालिकामा अग्रता लिन सफल भएको छ । घोराही, बंगलाचुली र राप्तीमा गठबन्धनमा सहभागी भएर माओवादीले अग्रता लिएको छ भने राजपुरमा एक्लै प्रतिस्पर्धा गरेर पनि अग्रता लिइरहेको छ ।

घोराहीको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेल १ सय ७२ मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेबाट नरुलाल चौधरीले १ सय ४५ मतका साथ पछ्याइरहेका छन् । चौधरी २०७४ मा मेयरमा निर्वाचित भएका थिए । घोराहीमा कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ । उपमेयरमा गठबन्धनबाट कांग्रेसका भूपबहादुर डाँगी १ सय ८० मतका साथ अग्रस्थानमा छन् । एमालेबाट हुमा कुमारी डिसीले १ सय ४० मतका साथ पछ्याइरहेकी छन् ।

बंगलाचुलीको अध्यक्षमा माओवादी केन्द्रका सुवास पुन २ सय ५० मतका साथ अग्रस्थानमा छन् । उनी कांग्रेससँगको गठबन्धनका उम्मेद्वार हुन् । एमालेका भेषराज खत्रीले २ सय १६ मतका साथ पछ्याइरहेका छन् । उपाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका भक्तबहादुर जिसी २ सय ५९ मतका साथ अग्रस्थानमा छन् । एमालेकी सरस्वता कुमारी घर्ती २ सय ११ मतका साथ पछ्याइरहेकी छिन् ।

राजपुरको अध्यक्षमा २ सय ८६ मतका साथ माओवादी केन्द्रका चक्रबहादुर खड्का अगाडि छन् । एमालेका कुलराज गिरी २ सय ४० मतका साथ दोस्रो र कांग्रेसका शरदकुमार बुढाथोकी १ सय ११ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा पनि माओवादी केन्द्रकै पुष्पा यादव २ सय ९३ मतका साथ अग्रस्थानमा छन् । एमालेकी सिता यादवले २ सय ३५ मतका साथ पछ्याइरहेकी छिन् । कांग्रेसकी धनपतीदेवी यादव १ सय १४ मतका साथ तेस्रो स्थानमा छन् । उनी २०७४ को निर्वाचनमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

लमही नगरपालिकाको मेयरमा कांग्रेसका जोगराज चौधरीले अग्रता लिएका छन् । उनले २ सय १५ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका वसन्तराज शर्माले १ सय ६८ मतका साथ पछ्याइरहेका छन् । एमालेका दण्डीराम चौधरी १ सय ४६ मतका साथ तेस्रो स्थानमा छन् ।

लमहीको उपप्रमुखमा भने एमालेकी सुशीला शर्मा १ सय ४८ मतका साथ अग्रस्थानमा छन् । माओवादी केन्द्रकी गंगा पाण्डेले १ सय २३ मतका साथ पछ्याइरहेकी छिन् भने कांग्रेसकी लक्ष्मी योगी १ सय २२ मतका साथ प्रतिस्पर्धा गरिरहेकी छन् ।

राप्तीमा पनि माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको गठबन्धनबाट माओवादीका प्रकाश विष्ट अगाडि छन् । अध्यक्षमा विष्टले १ सय ६७ प्राप्त गरेका छन् भने कांग्रेसका जगदम्बाकुमारी चौधरी १ सय १६ मतका साथ दोस्रो स्थानमा छिन् । चौधरी २०७४ मा उपाध्यक्ष निर्वाचित भएकी थिइन् । एमालेका जगतप्रसाद पोख्रेल ३८ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा गठबन्धनबाट जनमोर्चाका केशवराज खनालले १ सय १३ मतका साथ अग्रता लिएका छन् भने एमालेकी कमलापती चौधरीले ३४ मतका साथ पछ्याइरहेकी छिन् ।

बबई गाउँपालिकामा पनि ६ सय ४५ मतका साथ कांग्रेसका कुलबहादुर खत्री क्षेत्रीले अध्यक्षमा अग्रस्थान हासिल गरेका छन् । एमालेका भुवनेश्वर पौडेल ५ सय २१ मतका साथ दोस्रो स्थानमा छन् । पौडेल २०७४ मा अध्यक्षमा निर्वाचित भएका थिए । माओवादी केन्द्रका भिमबहादुर वली ३ सय ११ मतका साथ तेस्रो स्थानमा छन् ।

उपाध्यक्षमा पनि कांग्रेसकी बमकुमारी खड्का ५ सय ९७ मतका साथ अग्रस्थानमा छन् । एमालेकी सावित्रा विश्वकर्मा ५ सय १२ मतका साथ दोस्रो स्थानमा छन् । उनी पनि २०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रकी अञ्जु घर्ती ३ सय ३२ मतका साथ तेस्रो स्थानमा छिन् ।

दंगीशरणको अध्यक्षमा ५ सय ९६ मतका साथ कांग्रेसका शम्भु गिरी अग्रस्थानमा छन् । एमालेका मेघनाथ शाह ३ सय २२ मतका साथ दोस्रो र माओवादी केन्द्रका मनिराम चौधरी १ सय १ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा कांग्रेसकै पिमाकुमारी चौधरी ५ सय ५० मतका साथ अगाडि छन् । उनी २०७४ मा पनि उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । एमालेकी बुधनी चौधरी ३ सय ४३ र माओवादी केन्द्रकी निर्मला वली १ सय ९ मतका साथ प्रतिस्पर्धा गरिरहेका छन् ।

यसैगरी शान्तिनगर गाउँपालिकाको अध्यक्षमा पनि कांग्रेसका प्रमोद बस्नेत ४ सय ६९ मतका साथ अग्रस्थानमा छन् । माओवादी केन्द्रका मोहनलाल वली ४ सय १७ मतका साथ दोस्रो र एमालेका विष्णुबहादुर केसी २ सय ५३ मतका साथ तेस्रो स्थानमा छन् । उपाध्यक्षमा कांग्रेसकी प्रेमाकुमारी बुढाथोकी ४६१ मतका साथ अग्रस्थानमा छिन् । माओवादी केन्द्रकी राधिका परियार ४ सय २२ मतका साथ दोस्रो र एमालेकी कमला भण्डारी २ सय ५० मतका साथ तेस्रो स्थानमा छिन् ।

तुलसीपुर उपमहानगरपालिकामा भने जेठ ३ गते मात्रै मतगणना हुने भएको छ । तुलसीपुर १७ मा एमालेबाट वडा अध्यक्षका उम्मेद्वार लबरु चौधरीको बिरामी भएर मृत्यु भएपछि उक्त वडाको निर्वाचन निर्वाचन जेठ ३ गते सरेको छ । त्यहाँ उनका छोरा प्रदिप चौधरीले उम्मेद्वारी दिएका छन् । जेठ ३ मा वडाको मतदान सकेर मात्रै मतगणना थालिने भएको छ । अन्य १८ वडामा भने शुक्रबार नै मतदान भइसकेको छ ।

गढवा गाउँपालिकामा भने एमालेले अग्रता लिएको छ । एमालेका सहजराम अहिरले अध्यक्षमा २ सय १६ मतका साथ अग्रता लिएका छन् । माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेलले २ सय ३ मतले पछ्याइरहेका छन् । कांग्रेसका सर्वजीत डिसीले ६६ मत प्राप्त गरेका छन् । अहिर २०७४ मा पनि अध्यक्षमा निर्वाचित भएका थिए । उपाध्यक्षमा एमालेकै सीताकुमारी चौधरी २ सय १५ मतका साथ अग्रस्थानमा छिन् । काँग्रेसकी शारदाकुमारी चौधरी ५९ मतका साथ दोस्रो र नेकपा एकिकृत समाजवादीकी शान्ति चौधरी ३६ मतका साथ तेस्रो स्थानमा छिन् । शान्ति २०७४ मा एमालेबाट उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गढवामा माओवादी केन्द्र र एकिकृत समाजवादीको गठबन्धन छ ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...