News Portal

फेरी एकैपटक २० वडामा एमालेको प्यानल नै विजयी, देशभर खुसियाली !

एनपर्दा संवाददाता
१७१५ पटक

काठमाडौं।

काठमाडौंको दक्षिणकाली नगरपालिका-१ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका उम्मेदवार जयन्द्र लामालाई पराजित गर्दै एमालेका जय थापामगर वडाध्यक्ष विजयी भएका हुन् ।

एक हजार ९ मत पाएका पाएर वडाध्यक्ष जित्दा लामाले ८०५ मत मात्रै पाए । सबै वडा सदस्य पनि एमालेकै उम्मेदवार विजयी भएका छन् ।मेयरमा पनि एमालेकै अग्रता छ । कांग्रेसका मोहन बस्नेतले ९१० मत पाउँदा एमालेका श्रीराम आचार्यले ९१३ मत पाएका छन् ।

उपमेयर भने कांग्रेसको अग्रता छ । कांग्रेसका उम्मेदवार बसन्ती तामाङले ७७८ मत ल्याउँदा एमालेका इन्दिरा न्यौपानेले ८६४ मत ल्याएकी छन् । यसअघि काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा ८४५ मतसहित बिजयी हुँदा कांग्रेसका उम्मेदवार ४५३ मतमा रोकिएका थिए । मेयरमा एमालेका मिठाराम अधिकारीले ७७८ मत पाएका छन् भने कांग्रेसका बिनोद चालिसेले ४२८ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकी अनिता लामा ८१२ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी उम्मेदवारले ४५३ मत पाएका छन् ।यो नगरपालिकामा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता कायम गरेर हुन् । अहिले पनि बुढानिलकण्ठ नगरपालिकामा मतगणना चलिरहेको छ ।

बुढानिलकण्ठ नगरपालिकामा मेयर पदका लागि नेकपा एमालेबाट मिठाराम अधिकारी, नेपाली कांग्रेसबाट विनोद चालिसे नेकपा माओवादी केन्द्रबाट डम्बर प्रसाद अधिकारी, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट सिता राम विश्‍वकर्माले उम्मेदवारी दिएका छन् ।

फेरी एकैपटक १० वडामा माओवादी केन्द्रको पुरै प्यानल बिजयी, देशभर खुसियाली !
स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक हुने क्रम जारी छ । यसै क्रममा माओवादी केन्द्रले देशभर १० ठाउँमा बिजय हात पारेको छ । अहिले सम्म हामीलाई प्राप्त भए अनुसार माओवादीले जितेका स्थानीय तहहरु यसप्रकार छन

१- रुकुम पश्चिमको सानीभेरी १ मा माओवादी केन्द्रको प्यानलै विजयी
रुकुम पश्चिमको सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणना अनुसार वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका छन् । उनले ५ सय ६१ मत प्राप्त गर्दा उनका प्रतिद्धन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरे ।

त्यस्तै पालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मतसहित अग्रता कायम गरेका छन् । उनका प्रतिद्धन्द्धी कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ ।

उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।सानीभेरी १ सँंगै रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रले जीतको सुरुवात गरेको छ । मुसीकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ । अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन् ।

२- कुमाख–१ को वडा अध्यक्षमा माओवादीका राना निर्वाचित
सल्यान — जिल्लाको कुमाख गाउँपालिका १ मा माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका डिल्ली राना विजयी भएका छन् । उनले ६ सय ८ मत ल्याएका छन् ।

कुमाख गाउँपालिकाका निर्वाचन अधिकृत रामहरी रिजालका अनुसार रानाका प्रतिद्वन्द्वी रहेका कांग्रेसका प्रेमबहादुर बुढाथोकीले ४ सय ८० मत ल्याएका थिए । १ सय २८ मतको फरक पार्दै राना विजयी भएका हुन् । यस्तै महिला, दलित महिला र दुई खुला सदस्यमा पनि माओवादी केन्द्रका विजयी भएका छन् । कुमाख गाउँपालिकामा कांग्रेस र एमालेले गठबन्धन गरेका थिए ।

कांग्रेसका अध्यक्ष पदका उम्मेदवार मानबहादुर बुढाथोकीले ५ सय ५८ मत र माओवादी केन्द्रका अध्यक्ष पदका उमेदवार डिल्लीराज जैसीले ५ सय १७ मत ल्याएका रिजालले जानकारी गराए । त्यस्तै उपाध्यक्ष पदमा माओवादी केन्द्रकी धनसरा मल्लले ५ सय ५८ र एमालेका उम्मेदवार लालबहादुर रानाले ४८० मत ल्याएका छन् ।कुमाख गाउँपालिका १ मा कुल मतदाता १ हजार ७ सय ३९ रहेकामा १ हजार २ सय १४ मत खसेको थियो ।

३- रामारोशन- १ को अध्यक्षमा माओवादी केन्द्र विजयी
अछाम — अछाम रामारोशन गाउँपालिका मलातिकाकोट -१ को वडा अध्यक्षमा माओवादी केन्द्रका चक्रबहादुर साउदको प्यानल विजयी भएको छ ।

साउदले ५ सय १९ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस र नेकपा (एकीकृत समाजवादी) गठबन्धनले वडा अध्यक्षमा १ सय ६८, नेकपा (एमाले)ले ३ सय ८० मत प्राप्त गरेका छन् ।उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि नेकपा (माओवादी केन्द्र) ५ सय १० र उपाध्यक्षमा ४ सय ५९ मत ल्याएर अग्रता कायम गरेको छ ।

४- हुम्लाको ताजाँकोट १ मा माओवादी विजयी, पालिकामा पनि माओवादीकै अग्रता
हुम्लाको ताजाँकोट १ मा माओवादी केन्द्रको उम्मेदवार विजयी भएको छ । अध्यक्षसहित पुरै प्यानल विजयी भएको हो । पालिकामा माओवादी केन्द्रले सुरूवाती अग्रता लिएको छ । दुई वडाको मतगणना हुँदा माओवादीले अग्रता लिएको हाे ।

४ सय ५७ मत गणना गर्दा अध्यक्ष लालकेश जैशी २सय ३७ मत पाएका छन् भने एमालेका अजमल बुढा १ सय ६१ मत प्राप्त गरेका छन् । १ सय ६ मतले माओवादी केन्द्र लालकेशको अग्रता छ ।

उपाध्यक्षमा कांग्रेसका सुरेन्द्र थापाले २ सय ३६ र एमालेकी उपाध्यक्ष रूपचन्दा ऐडीले ७४ मत ल्याएकी छन् । कांग्रेसकै बागी तिलक बहादुर शाहीले १ सय १० मत प्राप्त गरेका छन् ।

५- राप्ती गाउँपालिका – ९ मा माओवादीका मगर विजयी
दाङ — स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका – ९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी भएका छन् ।राप्ती गाउँपालिका वडा नम्बर ९ मा ७१४ मत खसेकामा मगरले ३ सय ५८ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेश चुहानले १ सय ९८ मत प्राप्त गरेका थिए । उनी यसअघि पनि सोही वडामा अध्यक्ष निर्वाचित भएका थिए । राप्तीमा माओवादी र जनमोर्चाले गठबन्धन गरेका थिए ।६- सल्यानको खुमाख गापा ७ मा पनि माओवादी केन्द्रको पुरै प्यानल बिजयी

कुमाख गाउँपालिकाको दोस्रो मतपरिणाम पनि माओवादी केन्द्रको पक्षमा:
काङ्ग्रेस एमाले गठबन्धनलाई तोद्डै नेकपा(माओवादी केन्द्र) का ७ नम्बर वडाध्यक्ष डम्बर शाही सहितको पुरै प्यानल विजयी भएको छ। हार्दिक बधाई एवं शुभकामना ! रमेश मल्ल, प्रचण्ड स्वकीय सचिवको फेसबुक बाट ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...