News Portal

एमालेलाई जिरो पार्न यसरि मिल्यो भागबन्डा, १६५ सिट कांग्रेस १०० अरुलाई, चुनाव मंसिर १० भित्रै

एनपर्दा संवाददाता
६६५३ पटक

काठमाडौं, ।

सत्ता गठबन्धनले प्रदेश र संघको निर्वाचनमा पनि तालमेल कायम राख्ने निश्कर्ष निकालेको छ । भर्खरै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धनले तालमेल गरेको थियो । चुनावमा सफलता मिलेको भन्दै यसलाई आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनसम्म कायम राखिने गठबन्धनका शीर्ष नेताहरुले निश्कर्ष निकालेका छन् ।

पछिल्लो समय बालुवाटारमा बसेको गठबनधनको बैठकमा सिट बाँडफाँडबारे पनि छलफल भएको बुझिएको छ ।प्रत्यक्षतर्फ १६५ सिटमा कांग्रेसले १०० सिट लिने र बाँकी ६५ सिटमा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाबीच बाँडफाँड गर्न आग्रह गरेको छ ।

स्रोतकाअनुसार माओवादी केन्द्रले भने ४०–५० सिट मागेको छ । उता, जनता समाजवादी पार्टीले भने १० सिट मागेको छ।माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले १५ सिटमा दाबी गरेको बुझिएको छ । जनमोर्चालाई भने २ सिट दिने सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा दशैं, तिहारलगत्तै चुनाव गर्ने पक्षमा उभिएका छन् । उनले आफूनिकट मन्त्रीहरुसँगको छलफलमा पनि प्रतिनिधिभाको निर्वाचन आगामी मंसिर १० गतेभित्रै गर्नुपर्ने धारणा राखेका छन् । चुनाव एकै चरणमा गर्ने प्रधानमन्त्री देउवाको तयारी छ ।

यो पनि हेर्नुहोस,स्थानीय चुनावबारे ओलीको समीक्षा : आफ्नै नेताबाट पार्टी जोगाउने चुनौती थपियो
एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई आफ्नै नेताहरूबाट जोगाउने चुनौती रहेको बताएका छन् । स्थानीय निर्वाचनमा नेताहरूले गरेको अन्तर्घात नै पार्टी पराजयको मुख्य कारण भएको उनको निष्कर्ष छ । उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको निर्वाचन विभागले पनि कम्तीमा सयवटा पालिका अन्तर्घातकै कारण गुमाउनुपरेको प्रारम्भिक विश्लेषण गरेको छ ।

चुनावको औपचारिक समीक्षाअघि केन्द्रीय कार्यालयले सबै जिल्लाबाट सात सय ५३ वटै पालिकाको निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदन माग गरेका वेला अध्यक्ष ओलीले निर्वाचनमा पार्टीको पराजयसँग मुछिएका नेताहरूको भूमिकाबारे निर्मम समीक्षा गर्ने संकेत गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालयमा पदाधिकारी, केही केन्द्रीय सदस्य र २२ जनसंगठनका नेताहरू सहभागी मोर्चा संगठनको बैठकमा एमाले अध्यक्ष केपी ओलीले भने–जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् ।

हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ । आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी जोगाउने भन्ने चुनौती थपिएको छ ।

केन्द्रीय पदाधिकारी, केही केन्द्रीय तहका नेता र २२ जनसंगठनका नेता सहभागी मोर्चा संगठनको बिहीबारको बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र एउटाले अर्कोलाई हराउन खोज्दा पार्टीले हारेको र एमालेलाई आफ्नै नेताहरूबाट बचाउने चुनौती थपिएको बताए ।

‘जनताले एमालेलाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौँ । तर, समस्या हामीभित्रै देखिएको छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने, ‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुवैले हार्ने स्थिति बन्यो ।’

चुनावअघि एमाले केन्द्रीय कमिटी बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यलाई भूगोलमा केन्द्रित हुन निर्देशन दिएको थियो । तर, भूगोलमा पुगेका नेताहरू आफ्नो पालिकामा केन्द्रित नभएको र पार्टीले अगाडि सारेको उम्मेदवार हराउन केन्द्रित भएको रिपोर्ट आएको संकेत ओलीले बैठकमा गरेका थिए ।

‘नेताहरूबीच मेल भएन, टिम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ,’ चुनावी पराजयको प्रारम्भिक समीक्षा संकेत गर्दै बैठकमा ओलीले भनेका थिए ।

केन्द्रीय कार्यालय, स्थायी समिति र केन्द्रीय कमिटीको बैठकमा निर्वाचनको समीक्षा गर्नुअघि एमाले केन्द्रीय निर्वाचन विभागले सबै पालिकाको मत संकलन गर्ने, विश्लेषण गर्नेलगायतको काम गर्दै आएको छ ।

उपमहासचिव विष्णु रिमाल प्रमुख रहेको सो विभागले कम्तीमा सयवटा पालिका अन्तर्घातकै कारण गुमाउनुपरेको प्रारम्भिक विश्लेषण गरेको छ । निर्वाचन परिणाम आएका सबै पालिकामा विज्ञहरूको सहयोगमा पार्टीका तर्फबाट उम्मेदवार बनेका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्यतर्फ प्राप्त मतलाई निर्वाचन विभागले भिन्नाभिन्नै तरिकाले विश्लेषण गरिरहेको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले बताए ।

एमालेले त्यसरी विश्लेषण गर्दा सबैभन्दा धेरै ‘पपुलर मत’ पार्टीलाई आएको दाबी गर्दै आएको छ । सबैतिरबाट समीक्षा प्रतिवेदन आइसकेपछि समीक्षा बैठक बोलाउने एमालेको तयारी छ ।

चुनावपछि पहिलोपटक गत ११ जेठमा बसेको संसदीय दलको बैठकमा पनि ओलीले कांग्रेस र माओवादीमा नभएको अन्तर्घात एमालेमा खतरनाक ट्रेन्डका रूपमा देखिएको भन्दै विस्तृतमा समीक्षा गर्ने बताएका थिए ।

‘कांग्रेसमा, माओवादीमा नभएको अन्तर्घात पार्टीमा देखियो, पार्टीभित्र देखिएको यस्तो खतरनाक ट्रेन्डको गम्भीर ढंगले विस्तृतमा समीक्षा हुनेछ,’ बैठकमा ओलीले भनेका थिए ।

बैठकले निर्वाचनमा महानगर, नगर र पालिकाहरूमा प्रमुख पदका उम्मेदवार हराउने खतरनाक अराजक प्रवृत्ति देखापरेको निष्कर्ष निकाल्दै त्यसबारे विस्तृतमा समीक्षा गर्ने निष्कर्ष निकालेको थियो ।

स्थानीय तहको निर्वाचनमा दुई सय पाँच पालिका प्रमुख जितेर एमाले दोस्रो भएको छ । निर्वाचनअघि अध्यक्ष ओलीले सत्तारुढ पाँचदलीय गठबन्धनलाई पराजित गरेर पहिलो दल बन्ने दाबी गरे पनि एमालेले अघिल्लो निर्वाचनभन्दा ९१ वटा प्रमुख पद कम जितेको छ ।

तीन सय २९ प्रमुख जितेर पहिलो दल बनेको कांग्रेसले एमालेलाई एक सय २४ प्रमुख पद बढी जितेर उछिनेको छ ।अघिल्लो निर्वाचनमा दुई महानगर र सात उपमहानगर जितेको एमालेले यसपटकको निर्वाचनमा महानगरतर्फ प्रमुखविहीन भएको छ भने तीन उपमहागरको मात्र प्रमुख र उपप्रमुखको पद जितेको छ ।

यद्यपि, ६ महानगरमध्ये काठमाडौं, विराटनगर, पोखरा र ललितपुरमा भारी मतान्तरसहित उपमेयर जितेको छ भने तीन उपमहानगरमा प्रमुख र उपप्रमुख दुवै तथा थप चार उपमहानगरमा उपप्रमुख जितेको छ ।

महानगर र उपमहानगरका उपमेयरले भारी मतले जितेपछि पालिकाको प्रमुख पद गुमाउनुको प्रमुख कारण अन्तर्घात भएको निष्कर्षनजिक एमाले पुगेको छ । त्यसमाथि विस्तृतमा पार्टी बैठकबाट समीक्षा गर्ने एमालेको तयारी छ ।

संयन्त्रका संयोजक भानुभक्त ढकालको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्ष विष्णु पौडेल, जनसंगठनका इन्चार्ज र सहइन्चार्जहरू तथा जनसंगठनका अध्यक्षहरू सहभागी थिए ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...