News Portal

‘गठबन्धनकै कारण कांग्रेसजस्तो अलोकप्रिय पार्टीले यति धेरै सिट जित्यो’, वाम गठबन्धन जरूरी छ: पृथ्वीसुब्बा गुरूङ (भिडिओ)

एनपर्दा संवाददाता
१०३७ पटक

काठमाडौं ।

नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अग्रगमनका लागि वाम गठबन्धन जरूरी रहेको बताएका छन्। शुक्रबार सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै गुरूङले एमालेका आमकार्यकर्ता र शुभचिन्तक पनि अहिलेको सत्ता गठबन्धन भत्काएर वाम गठबन्धन गर्नुपर्ने पक्षमा रहेको बताए।

‘वाम गठबन्धन गर्नुपर्छ भन्ने मेरो मत हो। पार्टीका आमकार्यकर्ता र शुभचिन्तकले यो गठबन्धन रहन दिनुभएन भनेका छन्। यो गठबन्धनकै कारण कांग्रेसजस्तो अलोकप्रिय पार्टीले यति धेरै सिट जितेको छ,’ उनले भने,‘म पार्टीको बैठकमा यो कुरा राख्छु। नेतृत्वले पनि पहल लिनुपर्छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले पनि यो परिस्थितिलाई मूल्यांकन गर्न सक्नुपर्छ।’

अहिलेको परिस्थितिमा एमालेको पनि कमजोरी भयो कि भनेर प्रश्न उठेको उनले बताए।पोखरा महानगरको मेयरमा पराजित हुनुमा आफूलाई आरोप लगाउनु गलत रहेको गुरूङले बताए।‘यो चुनावलाई कोतपर्वको रूपमा प्रयोग गर्न चाहने शक्ति छन् भने मेरो भन्नु केही छैन। पोखरामा मात्रै हामीले चुनाव हारेको भए पो आन्तरिक कारण खोज्ने हो,’ उनले भने,‘हामीले त भरतपुर, विराटनगर, काठमाडौं, ललितपुरमा सबै हारेका छौं। उपमेयर जित्दा मेयर किन हार्ने भयो। एकपटक निधार खुम्च्याएर सोच्न पर्छ होला। पोखरामा पहिलाभन्दा कम मत आएको होइन। लोकप्रिय मत मात्र घटेको हो।’ एकले अर्कालाई आक्षेप लगाएर मात्रै उम्किने नहुने भन्दै उनले पोखरा हार्दा आफूलाई पीडा भएको बताए।

गण्डकी प्रदेशमा एमालेले विरासत जोगाएको गुरूङको दाबी छ।स्थानीय तहको निर्वाचन र अब एमालेले लिनसक्ने रणनीतिबारे हामीले एमाले उपमहासचिव गुरूङसँग भिडिओ कुराकानी गरेका छौं।

यस कुराकानीका मुख्य अंश:-यो चुनावमा गण्डकी प्रदेशमा हामीले विगतको विरासत जोगाएका छौं। पहिला हामीले ३४ पालिका जितेका थियौं। अहिले ३५ जित्यौं। कांग्रेसको पहिला १० सिट बढी थियो। अहिले कांग्रेसको १ मात्रै बढी छ। सातै प्रदेशमा विरासत धान्ने हामी मात्रै हो।

-हामी सबैभन्दा ठूलो लोकप्रिय शक्ति हुँदाहुँदै पनि हारेका छौं। नकारात्मक परिणामलाई रोक्ने हो भने वाम गठबन्धन चाहिन्छ। लडाइँ लड्दा आफू मात्रै बलियो भएर हुँदैन त्यसका लागि शत्रुलाई पनि कमजोर बनाउनु पर्छ। शत्रुलाई विभाजन गर्नुपर्छ।

-पहिला पनि दुई नेता बस्नै नसक्ने अवस्थामा थिए। हामीले पार्टी एकता गरेको हो। शेरबहादुर देउवासँग प्रचण्ड र माधवकुमार नेपाल मिल्दा, केपी ओलीले प्रचण्ड र नेपाललाई प्रधानमन्त्री मान्न नसक्ने अनि केपी ओलीलाई प्रचण्ड र नेपालले मान्न नसक्ने भन्ने हुँदैन। राजनीतिमा सधैँ एउटै शत्रु र मित्र हुँदैन।

-हामी एक्लैले सबैको सामना गरेको हो। बाध्यता भएर जे-जे पर्‍यो-पर्‍यो भनेर जानुभन्दा शत्रुलाई कमजोर बनाएर जानु बुद्धिमतापूर्ण हुन्छ भन्ने हो। कोर्स परिवर्तन गर्नुपर्छ भन्ने कुरा उठेको छ। त्यसको लागि पहल हुन्छ। अबको कोर्स वामपन्थी शक्तिले परिवर्तन गर्नुपर्छ। हामी त घेराबन्दीमा परेको हो। अरूले पनि चेत्नुपर्छ।

-यो हाम्रो लागि अपेक्षित भएन। हामीलाई सत्ता गठबन्धन बाहिरका पनि अरू हाम्रैविरूद्धमा लागेका थिए। हामीले जति अनुमान गरेका थियौं त्यति आउँछ जस्तो त लागेको थिएन। गठबन्धन भएन एक्लै-एक्लै लडियो भने ६७ प्रतिशत जनमत हामीसँग छ भन्ने थियो। कहीँ गठबन्धन भयो, कहीँ भएन भने पनि हामीले ५० प्रतिशत जित्न सक्छौं भन्ने थियो। एकदमै धेरै बिग्रिँदा २९ प्रतिशत भन्ने थियो तर त्यो भन्दा त माथि नै भयो।

-गठबन्धनको जालझेल, तिकडम, षडयन्त्र र पैसाको खोला बगाएको र कर्मचारीको सेटिङ गरेको प्रहरी प्रशासनलाई दुरूपयोग गरेको र हाम्रो अन्तरविरोधमा व्यापक रूपमा खेलेको यो सबै परिस्थिति हेर्दा अहिले मत जति छ त्यो राम्रो हो। पपुलर मत घटेको छैन तर सिट संख्या धेरै घटेको छ। अहिलेको जस्तै गठबन्धन रहिरहने स्थिति रह्यो भने हामीले जनमतको संरक्षण गर्न सक्ने रहेनछौं भन्ने महसुस गरेका छौं।

-हामीले हार्नुको आन्तरिक कारण पनि हो। यति धेरै अन्तरघात र अनुशासनहीनता देखिएला भन्ने थिएन। धेरै मान्छे प्रवेश गरायौं। पार्टीको सदस्यता संख्या बढेको थियो। तर नेकपाकालमा हामी सक्रिय भएनौं। पार्टी संगठन व्यवस्थित र संगठित हुन सकेन। त्यहाँभित्र अराजकता र अनुशासनहीनता देखा पर्‍यो। शत्रु पक्षसँग साँठगाँठ गर्ने प्रवृत्ति बढ्यो। यी सबैका बीचमा जति मत आयो, त्यो सकारात्मक छ।

-यो निर्वाचनमा जे परिणाम आयो, त्यसलाई ढाकछोप गरेर मात्रै हुन्छ र? फेरि मंसिरमा संघ र प्रदेशको चुनाव लड्नु छ। त्यो बेलासम्म हामीले आफैंभित्रका समस्या र बाहिरका समस्या समाधान गर्नुपर्छ। वस्तुवादी हुनुपर्छ, आग्रह र पूर्वाग्रह राखेर हुँदैन।

-सत्ता गठबन्धन भइरहनु मुलुकको अग्रगमनको लागि घातक छ। मुलुकको स्वाधीनता कायम राख्न र सुशासन कायम राख्न यो गठबन्धन ठीक छैन। खाली सत्ता मात्रै भन्ने प्रवृत्ति रहेसम्म सत्ता गठबन्धन फस्टाउन सक्दैन। यसलाई भत्काउन पर्छ भन्ने निष्कर्ष हो। जनमत छ भनेर पार्टी प्रवेश गराएर मात्रै हुने रहेनछ।

-गठबन्धन त भत्काउनै पर्ने देखियो नि। कसरी भत्काउने भन्दा सबैलाई थाहा छ। अहिले त बिरालो र मुसा अनि बिच्छी, सर्प र भ्यागुता एकै ठाउँमा बसेजस्तै छ। समावेशी र पहिचानको मुद्दा बोक्ने र यथास्थितिवादी त्यहीँ छन्। अग्रगामी र यथास्थितिवादी एकै ठाउँमा हुन सक्दैनन्। समाजवादलाई आफ्नो गन्तव्य भनेका वामहरूलाई त्यहाँबाट तान्नुपर्छ। त्यो गर्‍यो भने गठबन्धन भत्किन्छ।

-वाम गठबन्धन बनाउन नेतृत्वले प्रयास गर्नुपर्‍यो। सत्ता गठबन्धनमा भएका दलहरूले पनि प्रयास गर्नुपर्छ। कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूलाई धेरै शोषण गर्‍यो। अन्य दललाई थोरै दिएर आफूले धेरै लिएर अपमान गरेको छ। अहिले उनीहरू पनि खुसी छैनन्।

-सहकार्य गरौं भन्ने हाम्रो प्रस्ताव हुन्छ। गठबन्धनले वामपन्थीहरूको पहिचान गुमेको छ। मार्क्सवादी र लेनिनवादीहरू सबैभन्दा धेरै देशभक्त र लोकतन्त्रावादी हुन्छन्। अरूलाई हराउन आफैं हारेको गठबन्धनमा किन बस्ने भन्ने हो। तत्काल जे फाइदा भएको छ त्यो दूर भविष्यका लागि घाटा छ। त्यसका लगि कांग्रेससँगको गठबन्धन छोड्न पर्छ।

-हामीले कहिल्यै पनि कार्यकर्तालाई भ्रममा राख्दैनौं। हामीले जनता हाम्रो पक्षमा रहेकाले जतिसुकै गठबन्धन भए पनि हार्दैनौं भनेका थियौं। तर अहिले पनि शर्मनाक हार भएको छैन। उनीहरूको गठबन्धन ब्रेक हुनसाथ के हालत हुन्छ सबैलाई थाहा छ।

प्रतिकृया दिनुहोस्

चुनावको म्यान अफ द म्याच बनेका रवि लामिछाने, सबैलाई पछार्दै बनाउदै छन् नयाँ रेकर्ड !

काठमाडौं । मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा लगभग आइसकेको छ। स्याङ्जा...

कुवेतको KSCC कम्पनीमा नेपालीको माग, तलब नै १ लाख ४० हजारसम्म

काठमाडौं । कुवेतको राम्रो कम्पनी KUWAIT BRUCKNER CONSTRUCTION CONTRACTING CO (KSCC) कम्पनीमा नेपालीको लागी बैदेशिक...

धुर्मुशले रुँदै भनेः डन्डीमा खिया लाग्यो होला तर इमान्दारितामा दाग लागेको छैन {साथ दिनलाई शेयर गरौं}

चितवन । चितवनमा क्रिकेट रंगशाला निर्माणको नेतृत्व गरेका सिताराम कट्टेल धुर्मुशले रंगशालाको डण्डीमा खिया लागेपनि...

अब सजिलै जाने होइन त क्यानडा, आयो खुसीको खबर !

काठमाडौ । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानाडा अध्ययन सम्बन्धि गोरेटो कन्सल्टेन्सीले महत्वपूर्ण जानकारीमुलक...

बिदेशबाट फर्केका युवालाई दुख दिने एयरर्पोटको जतिसुबै ठुलो कर्मचारी भए पनि कारवाही हुन्छ, कसैलाई छाडिदैन : मन्त्री किराँती

काठमाडौ। यो निगमका कर्मचारीले कति घिचेका? अब दैनिक रिपोर्ट चाहियो, काम गर्न नसके राजिनामा दिनु:...