News Portal

हजाराै नेता कार्यकर्तासहित एमाले प्रवेश गर्दै नेता अशोक राई…!

एनपर्दा संवाददाता
७३६० पटक

काठमाडौं ।

नेकपा एमालेका पूर्व उपाध्यक्ष अशोक राई जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई फेरि एमाले प्रवेश गर्न इच्छुक भएको अडियो बाहिरिएको छ ।

आफ्ना पुर्व प्रवक्ता तथा हाल नेकपा एमालेका युवा नेता रामप्रसाद रिजालसँग कुरा गर्दै वरिष्ठ नेता राईले आफुले एमाले पार्टी बनाएको र आफु एमालेमा फर्किन सम्भव भएको बताएका छन् ।

रिजालसँग भएको कुराकानीमा वरिष्ठ नेता राईले भनेका छन्” एमाले मैले बनाएको हो। आफुले एमाले नछोडेको तर साथीहरुलाई राम्रो घर बनाऊ भनेर परदेश हिडेको मात्रै बताएका छन् ।”

वरिष्ठ नेता अशोक राईले नेकपा एमाले छाडेर संघीय समाजवादी पार्टी खोले र पछि उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालसँग एकीकरण गरेका थिए ।

नेकपा एमालेमा रहँदा पार्टी उपाध्यक्ष समेत रहेका राईले सात बर्ष पहिले आफू भन्दा धेरै जुनियर नेता उपेन्द्र यादवसँग पार्टी एकता गरेपछि उनी समस्यामा परेका थिए । उनीसँगै एमालेबाट संघीय समाजवादी पार्टी हुँदै फोरममा पुगेका नेताहरु राईसँग असन्तुष्ट बनेर पहिल्यै नै एमालेमा फर्किसकेका छन्।

एक्लै चुनाव लडेको भए हामीले अत्याधिक सिट जितिथ्यो, गठबन्धनको भर पर्दा धेरै सिट गुमाउनुपर्‍योः माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनको भर पर्दा कम सिट जितेको बताएका छन् ।

पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई ज्ञापन गर्न सुर्खेत आएका नेता नेपालले पत्रकार सम्मलेनमा बोल्दै गठबन्धनको सहारामा जित्ला भन्ने भावले पार्टीले कम कसरत गरेकै कारण धेरै सिट गुमाउनु परेको बताए ।उनले एक्लै चुनावमा होमिएको भए धेरै सिट जित्ने दाबीसमेत गरे ।उनले मतदातामा चुनाव चिन्हको अस्पष्टताले सिट गुमाउनु परेको समेत बताए ।

‘निर्वाचन प्रणालीमा पनि त्रुटि प्रकट भए । यसको सुधार हुनुपर्छ । प्रहरी, प्रशासन र निर्वाचन आयोगको भूमिकाप्रति गम्भीर आरोप छन् ।पैसाको चरम दुरुपयोग गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । वस्तुजस्तो किनेर देश लुट्ने प्रवृत्ति राम्रो होइन ।’

यद्यपि स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीले गर्व गर्न लायक सफलता प्राप्त गरेको नेपालको दाबी छ ।‘सत्तागठबन्धन दलहरूबीच प्रदेश र संघको निर्वाचनमा पनि तालमेल हुन्छ’, उनले भने, ‘चुनावी समीक्षाबाट आत्मालोचना भएकोले आगामी निर्वाचनमा पनि तालमेल हुने भएको हो ।’

म कुनै प्रलोभनमा पर्दिनँ
माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी निर्वाचनसम्म गठबन्धन कायम गरिने बताएका छन् ।कार्यकर्ता तथा पार्टीका नवनिर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिनका लागि सुर्खेत आएका अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धन भए जसरी नै अब हुने प्रदेश र संघको निर्वाचनसम्म गठबन्धन कायमै रहने बताएका हुन् ।

नेपालले आफू र आफ्नो पार्टी कुनै प्रकारको प्रलोभन तथा लालचमा नपर्ने पनि प्रस्ट पारे ।अहंकारी र षडयन्त्रकारीहरूले विभिन्न खालका भ्रम फैलाइरहेको भन्दै उनले आफूलाई कुनै लालच नभएको प्रस्ट पारे ।उनले आगामी आर्थिक वर्षको बजेट चुनावमुखी नभएको पनि बताए । ‘बजेट चुनावको समयमा आएको हो तर चुनावमुखी होइन,’ उनले भने ।

एमालेले प्रमुख वा अध्यक्ष गुमाएका स्थानीय तह
धनुषा – लक्ष्मिनिया गाउँपालिका, कमला नगरपालिका, धनौजी गाउँपालिका, नगराइन गाउँपालिका, बटेश्वर गाउँपालिका सिराहा – लक्ष्मीपुर पतारी गाउँपालिका,उदयपुर : त्रियुगा नगरपालिका सर्लाही – हरिवान नगरपालिका रौतहट – इशनाथ नगरपालिका, चन्द्रपुर नगरपालिका, फुतुवा विजयपुर नगरपालिका, माधवनारायण नगरपालिका,

काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका दोलखा : शैलुङ गाउँपालिका सिन्धुपाल्चोक – मेलम्ची नगरपालिका,भोटेकोसी अछाम : ढकारी गाउँपालिका दैलेख : महावु गाउँपालिका, दुल्लु नगरपालिका, चामुण्डा बिन्द्रासैनी नगरपालिका, मुगु : खत्याड बर्दिया : गुलरिया नगरपालिका कपिलबस्तु : शिवराज नगरपालिका,

नेकपा एस अध्यक्ष वा प्रमुख गुमाएका पालिकाहरु
रौतहट : गुजरा नगरपालिका काठमाडौं : शंखरापुरा नगरपालिका नुवाकोट : तादी कालीकोट : शुभकाली गाउँपालिका जाजरकोट : कुसे नगरपालिका डोल्पा : ठूलो भेरी नगरपालिका विस्तृत तलको तालिकामा हेर्नुहोस्:

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...