News Portal

एमाले-समाजवादी एकता : केपी ओली सहित एमालेको समर्थनमा राष्ट्रपति झलनाथ खनाल, प्रधानमन्त्री माधव नेपाल !

एनपर्दा संवाददाता
८०५२ पटक

काठमाडौं ।

केही दिनदेखि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाईसमेत प्रधानमन्त्रीको अफर गरेको खबर सार्वजनिक भइरहेका छन् ।अहिले फेरि एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउने प्रस्ताव आफू नेताहरुमार्फत पुर्याएका नेताहरुले बताएका छन् ।

ओलीले खनाललाई राष्ट्रपति बनाउने प्रस्तावसहित आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा सत्तँ गठबन्धन टुटाएर बाम तालमेल गरेर अघि बढ्न आग्रह गरेका स्रोतको दा’बी छ ।खनाल भने कम्युनिष्ट शक्ति एक हुनुपर्ने पक्षमा आफू रहेपनि ओलीको प्रस्तावलाई स्वीकारेर अघि बढिहाल्ने अवस्थामा आफू नरहेको बताइरहेका छन् ।

ओलीले विभिन्न प्रलोभन देखाएर अन्तिम अवस्थामा धो’का दिएको धेरै उदाहरणहरु रहेको भन्दै खनालले अहिले संवेदनशील बनेर अघि बढ्नुपर्ने समय आएको भनेका छन् ।आगामी प्रदेश र संघको चुनावमा एमाले र एमाले वि’रो’धी गठबन्धन मात्रै चुनावमा जाने भएकाले तयारीमा जुट्न नेता कार्यकर्तालाई उनले निर्देशन दिँदै आएका छन् ।

तर, एमालेका दोस्रो तहका नेताहरु भने भित्रभित्रै वाम गठबन्धन गर्नुपर्ने भन्दै माओवादी नेतालाई भेट्न थालेका छन् ।एमालेबाट महासचिव शंकर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेता घनश्याम भुसाल लगायत वाम गठबन्धनको पक्षमा देखिएका छन् । माओवादीबाट वर्षमान पुन, शक्तिबहादुर बस्नेत लगायत नेताहरु एमालेका नेताहरुको सम्पर्कमा रहेर भेटघाट जारी राखेका छन् ।

एमाले नेताहरु पार्टी एकता तत्काल गर्न सम्भव नभए पनि वाम गठबन्धन बनाएर प्रदेश र संघको चुनावमा जानुपर्ने मत राख्न थालेका छन् । स्थानीय चुनावबाट तेस्रो शक्तिका रुपमा कायम रहेसँगै माओवादी यतिबेला निर्णायक बनेको छ ।उसले जता गठबन्धन गर्यो, उतै बलियो हुने स्थिति छ ।

माओवादीको बार्गेनिङ पावर बढेसँगै एमाले नेताहरुले नै अग्रसरता लिएर कहिले प्रचण्डलाई प्रधानमन्त्रीको अफर, कहिले माधवकुमार नेपाललाई प्रधानमन्त्रीको अफरका साथ निवास धाउने गरेका छन् । तर, स्थानीय चुनावपछि एमालेलाई ‘डाउन साईज’ गर्न सफल भएको भन्दै प्रचण्ड र माधवले,

यही गठबन्धनलाई कायम राखेर प्रदेश र संघको चुनावमा उसलाई थप कमजोर पार्ने रणनीति बनाइरहेका छन् ।एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने आगामी प्रदेश र संघको चुनावमा वाम गठबन्धन बनाएर जानुपर्ने बताउँछन् । विगतमा केपी ओलीलाई एक्ल्याउन काँग्रेससँग अप्राकृतिक गठबन्धन बनाएकाले त्यसबाट देशको उन्नति नहुने गुरुङको भनाइ छ ।

तर, नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले एमालेसहितको वाम गठबन्धन हुँदै नहुने दाबी गर्छन् ।यसअघि चुनावमा एमालेसँग वाम गठबन्धन गरेको स्मरण गर्दै नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य हरिबोल गजुरेलले त्यसमा टेकेर केपी शर्मा ओलीले पद, प्रतिष्ठा प्राप्त गरेको बताए । नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव बेदुराम भुसालले वाम गठबन्धन एमालेहरुले चलाएको हल्लामात्र भएको बताएका छन् ।

यो पनि हेर्नुहोस,कार्यालयहरू तयार नहुँदै इम्बोस्ड प्लेट अनिवार्य, नजोडे कारबाही
संघीय सरकारले बाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सूचित गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले तोकिएका सवारीले इम्बोस्ड प्लेट जान नगरेमा कारवाही गर्ने चेतावनी दिएको छ ।तर, सरकारले तोकेको कार्यतालिका बमोजिम इम्बोस्ड नम्बर प्लेट जडानका लागि प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरु तयार छैनन् ।

प्लेटको गुणस्तर कमजोर भएको, पर्याप्त जनशक्ति र पूर्वाधार नभएको र यातायातको प्रणालीलाई इम्बोस्ड नम्बरसँग नजोडिएको भन्दै प्रदेश सरकार अन्तरगतका यातायात कार्यालयहरुले इम्बोस्ड प्लेट जडानमा उदासिनता देखाएका छन् ।

तर, इम्बोस्ड प्लेट छपाइको जिम्मा लिएको ठेकेदार कम्पनी टाइगर डेकाटोरको थप म्याद सकिन लागेपछि भुक्तानीका लागि दबाबमा परेको यातायात विभागले प्लेट जडान नगरे सवारी धनीलाई नै कारवाही गर्ने चेतावनीसहित सूचना प्रकाशित गरेको प्रदेशका सवारी कार्यालयहरुको दाबी छ ।

एक सवारी कार्यालयका प्रमुखका अनुसार विभागले चेतावनीयुक्त सूचना निकालेपनि सबैलाई तत्काल नम्बर प्लेट दिन सकिने अवस्था छैन । अहिलेसम्म स्वेच्छिक रुपमा अनलाइन फारम भरेर आउनेहरुलाई मात्रै कार्यालयहरुले इम्बोस्ड नम्बर प्लेट जडानको सेवा सेवा दिइरहेका छन् ।

‘विभागले आगामी असारसम्म तोकिएका सवारीमा प्लेट जडान नगरे साउनबाट कारवाही थाल्ने चेतावनी दिएको छ, यसका कारण यातायात कार्यालयमा एकाकएक भीड बढ्यो भने चाप थेग्न नसकेर दिइरहेको सेवा पनि दिन सकिंदैन,’ ती अधिकारीले भने । अब दैनिक सवारीको कोटा संख्या तोकेर सेवा दिन थालिने उनले बताए ।

उनका अनुसार अहिलेसम्म इम्बोस्ड नम्बर प्लेटलाई यातायातको मूल प्रणालीले चिन्ने गरी सफ्टवेयर नै बनेको छैन । ठेकदार कम्पनीकै सफ्टवेयरमा भर परेर इम्बोस्ड नम्बर वितरण भइरहेको ती अधिकारीको दावी छ ।

‘अघिल्लो दिन जोडर अफरोडमा गएका सवारीको प्लेट भोलि पल्टै खसिरहेको छ,’ उनी भन्छन्,’प्लेट खसेर आएकाहरुलाई फेरि पुरानै दरमा शुल्क तिरेर नम्बर प्लेट लिनुस् भन्नुपरेको छ, यस्ता समस्या रहिन्जेल प्लेट जोडेर के काम ?’

गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौंका कार्यालय प्रमुख दीपक पोखरेल भने विभागको निर्देशन कार्यान्वयन गर्न प्रदेश सरकारसँग छलफल हुने बताउँछन् ।

‘संघीय सरकारको निर्णय कार्यान्वयन गर्न के गर्न सकिन्छ प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयसँग छलफल गर्छौं,’ उनले भने,’संघीय सरकारको निर्देशन पालना गर्छौं, तर सहज वातावरण बन्नुपर्छ ।’

यातायात व्यवस्था विभागले शुक्रबार असारभित्रमा तोकिएका सबै सवारीमा इम्बोस्ड प्लेटको जडान गराउन बाग्मती र गण्डकी प्रदेशका यातायात कार्यालयलाई निर्देशन दिएको छ ।कात्तिक २२को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड जडानको तालिका सार्वजनिक गरेको थियो ।

राजपत्रअनुसार १ मंसिर २०७८ बाट बागमती, गण्डकी, लुम्बिनी, कणर्ाली र सुदूरपश्चिम प्रदेशमा नयाँ दर्ता हुने सवारीमा अनिवार्य इम्बोस्ड प्लेट जडान हुनुपर्ने थियो ।

१ फागुन २०७८ देखि सवारी नामसारी गर्दा पनि इम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने भनिएको थियो । त्यस्तै १ जेठ २०७९ देखि सवारी दर्ता प्रमाणपत्र (ब्लुबुक) नवीकरण गर्दा पनि जोड्नुपर्ने व्यवस्था भएको थियो । तोकिएको समयअघि नै जोड्न चाहे त्यस्तो सुविधा पनि पाइने राजपत्रमा उल्लेख थियो ।

अब यी तोकिएका सबै सवारीले इम्बोस्ड जोड्नुपर्ने भएको छ । तर, अहिले सम्बन्धित कार्यालयसँग ठूलो संख्यामा इम्बोस्ड जडान गर्न आउनेलाई सेवा दिने क्षमता पनि बबनिसकेको कार्यालयहरुको दावी छ ।

तर, यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे कार्यालय र सेवाग्राहीले इम्बोस्ड प्लेट जडान गर्न आनाकानी गरेकाले कारवाही गर्नुपर्ने अवस्था आएको बताउँछन् ।कार्यालयहरुलाई पर्याप्त पूर्वाधार दिइएको भन्दै उनले उनीहरुले लट नम्बर अनुसार अनिवार्य गर्दै लगेर इम्बोस्ड प्लेट कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।

‘प्लेट जडानका लागि विभागको सूचनाअनुसार हुनुपर्छ,’ महानिर्देशक घिमिरे भन्छन्,’पूर्वाधार तयार भइसकेका बाग्मती र गण्डकी प्रदेशमा यो राजपत्रको सूचनाअनुसार कार्यान्वयन हुन्छ ।’

अहिलेसम्म इम्बोस्ड प्लेट जडानका लागि प्रोत्साहित मात्रै गरिएपनि पनि अनिवार्य गर्दै लगिने उनको भना इछ । मोटरसाइकलमा प्लेट जडानको प्रविधिका कारण खस्ने समस्या देखिएपनि अब ‘वेल्डिङ’ गर्न दिने गरी कानुनी व्यवस्था गरेर समाधान गरिने घिमिरेको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...