News Portal

एमाले–माओवादी एकता, यस्तो छ सिट संख्या भागबण्डाको अंकगणित

एनपर्दा संवाददाता
४१६३ पटक

काठमाडौँ ।

विभाजित कम्युनिष्टहरुलाई एक बनाउने उद्देश्यसहित पुनः एकपटक वाम एकताको विषय चर्चामा छ । तर शीर्ष नेतृत्वका अभिव्यक्तिले एकता र सहकार्यको सम्भावना निकै न्यून देखिन्छ ।

जबजब निर्वाचन नजिकिन्छ, तितरबितर रहेका वामहरुबीचकोएकता चर्चा र चासोको विषय बन्छ । अनि यही सम्भावनालाई दलहरुले राजनीतिक स्वार्थ र बाग्रेनिङको माध्यम बनाएर फाइदा लिन्छन् ।

केहीदिनअघिनेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरेको विषय एकाएक चर्चामा आयो ।त्यसको केहिदिनमै फेरि एमालेबाटै विभाजित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफुलाई पनि प्रधानमन्त्रीकै प्रस्ताव आएको दाबी गरे ।

तर यी दुवै दाबीको आधिकारिक पुष्टि कसैले गर्न सकेनन् । ठिक वाम एकताकै चर्चा भइरहेका बेलाअन्धाधुन्ध भएका फायरिङले फेरि पनि कम्युनिष्ट मिल्ने सक्ने सम्भावना र अन्योलतालाई अलमलमै छोडेको छ ।

मुख्यतः अहिलेहुनसक्ने भनिएको एकता एमाले र माओवादीबीचको हो । आजभन्दा झण्डै पाँचबर्षअघि एकभएर तीनबर्ष पछि नै विभाजित बनेका यी पार्टीमा वाम एकताको पक्षमा बोल्ने नेताहरुको संख्या उल्लेख छ ।

वाम एकतालाई अहिलेको आवश्यकता पनि भनिएको छ । तर शिर्ष तहमा रहेका ओली–प्रचण्ड एकअर्काको अस्तित्व स्वीकार्ने सकिरहेका छैनन् । माधव नेपाल भने प्रचण्डले देखाएको बाटोमा चल्ने हालतमा छन् ।

स्थानीय तहमा काँग्रेस अनुकुल आएको मतपरिणामले काँग्रेस नेतृत्वकै गठबन्धनमा बसेर काँग्रेससँगै उनीहरु डाहा गरिरहेका छन् । झन आगामी संसदीय निर्वाचनमा हुनसक्ने भागबण्डाको विषय सबैभन्दा पेचिलो छ ।असार १७ मा गठबन्धन टुट्छ भनेर एमाले अध्यक्ष ओलीले घोषणा गरेका बेला माओवादी–समाजवादीलाई काँग्रेसले दिने हिस्सा नै अब निर्णायक हुनेछ ।

१६५ प्रत्यक्षतर्फको सिट बाँडफाँडमा माओवादी एक्लैले ४० प्रतिशत दाबी गर्ने तयारी गरेको छ । नमिले एमालेसँग तालमेल गर्न जाने धम्कीसमेत आइरहेका छन् । यसले साच्चिकै वाम एकताको प्रयास भने नभएको देखाएको छ ।

स्थानीय तहमा दलहरुले पाएको सिट संख्याकै आधारमा संसदीय निर्वाचनको भागबण्डा टुङग्याउने गठबन्धनको तयारी छ ।प्राप्त लोकप्रिय मतको आधारमा झण्डै १२० सिट दाबी गर्ने तयारी काँग्रेसको छ ।

तर माओवादीसहितका अन्य दल ८० सिट काँग्रेसलाई दिएर बाँकी रहेको ८५ आफ्नो पक्षमा राख्ने तयारी गरिरहेका छन् ।तर यसमा सचेत देखिँदै आएका देउवा गठबन्धनमा लचिलो देखिएपनि गणितमा पेचिलो बन्ने पक्कापक्की छ ।यसले फेरि वाम एकताकै आवश्यक्ता दलहरुमा पर्नेछ । तर शिर्ष नेतृत्वका एकताविरोधी अभिव्यक्ति नरोकिएसम्म वाम एकता सम्भावनामै सीमित रहनेछ ।

अघि बढ्यो वाम गठबन्धनको तयारी, सार्थक रुप लेला ?
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ ।नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ ।

नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुनस्र्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच वाम गठबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका नेताबीच छलफल सुरु भएको छ । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा एमाले र एकीकृत समाजवादीले राम्रो नजिता नल्याएको निष्कर्ष निकालिसकेका छन् ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचनभन्दा पछिल्लो निर्वाचनमा पालिका बढी विजयी भए पनि लोकप्रिय मत घटेको छ ।कम्युनिस्टहरू विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएको निष्कर्षसहित तीनै पार्टीबीच पुनः वाम गठबन्धन वा पार्टी एकता हुनुपर्ने विषयमा नेताहरू छलफल थालेका छन् ।आजको राजधानी दैनिकमा खबर छ ।

यो पनि हेर्नुहोस,संसदमा नयाँ अभ्यास : प्रतिपक्षको प्रस्ताव सत्तापक्षको समर्थनमा पारित
सोमबार प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले राखेको प्रस्ताव सत्तापक्षका सांसदको समर्थनमा पारित भएको छ ।एमालेका सांसद विशाल भट्टराईले रासायनिक मलको अभाव सम्बन्धी विषयमा प्रतिनिधिसभाको बैठक ‘स्थगनको प्रस्ताव’ ल्याएका थिए । प्रस्ताव अनुसार सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तावमाथि छलफलका लागि दुई घण्टाको समय छुट्याए ।

जसमाथि प्रतिपक्ष र सत्तापक्षका सांसदहरु समेत गरी ४८ जनाले भाग लिए । प्रतिपक्षी दलले ल्याएको प्रस्ताव भए पनि सत्तापक्षका सांसदले पनि रासायनिक मल अभावजस्तो किसानको सरोकारको विषयमा सरकारको ध्यानाकर्षण गराए, तर सदन स्थगनको प्रस्तावको विपक्षमा उभिए ।

कतिपय सांसदहरुले प्रस्ताव ल्याउनुको के अर्थ हो भनेर पनि प्रश्न उठाए । आइतबार मात्रै सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुले रासायनिक मल अभाव भएको विषय संसदमा निरन्तर उठेको भन्दै सरकारलाई यथाशक्य मल उपलब्ध गराउन सरकारलाई रुलिङ गरेका थिए ।

सुरुमा एमालेले ‘स्थगन प्रस्ताव’ भनेर दर्ता गरेको प्रस्ताव पारित हुँदा विशेष प्रस्तावका रुपमा पारित भयो । विशेष प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्षीको संयुक्त प्रस्तावको संज्ञा दिइयो ।

तर, सोमबार प्रमुख विपक्षी एमालेले यही विषयलाई लिएर प्रतिनिधिसभा बैठक स्थगनको प्रस्ताव ल्यायो । ‘स्थगन प्रस्ताव’ भन्नाले सदनमा चलिरहेको विषयलाई स्थगित गरेर जरुरी विषयमा छलफल गर्न ल्याइने प्रस्ताव हो ।

उक्त प्रस्तावमाथि छलफल गरी पारित गर्र्ने विषयमा विपक्षी र सत्तापक्षका सांसदहरु विभाजित भए । नेताहरुका अनुसार विपक्षीको प्रस्ताव पारित गर्न सत्तापक्षका सांसदहरु तयार भएनन् । यसको कारण हो– विपक्षीको प्रस्ताव पारित हुँदा सरकार अल्पमतमा छ भन्ने सन्देश जाने डर ।

प्रतिनिधिसभामा एमालेको प्रस्तावउपर छलफल सकिएपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भयो । अर्को बैठकमा स्थगन प्रस्तावलाई के गर्ने भन्ने विषयमा सभामुख सापकोटाको कार्यकक्षमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक र कानुन मन्त्री र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत छलफलमा जुटे ।

उक्त छलफलमा एमालेले स्थगन प्रस्तावलाई निर्णयार्थ पेश गर्न आग्रह गर्‍यो । तर, सत्तापक्षका सांसदहरु तयार भएनन् । प्रतिनिधिसभा नियमावलीमा पनि स्थगन प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा नियमावलीको नियम ८१ मा ‘स्थगन प्रस्तावमा छलफल गर्न सभामुखले सोही दिनको कुनै समय तोक्न सक्ने’ उल्लेख छ । यही प्रावधानमा टेकेर सभामुखले दुई घण्टा छलफल चलाए ।

छलफल चलाएपछि के गर्ने ? भन्ने सम्बन्धी व्यवस्था नियमावलीको नियम ८२ मा छ । जहाँ भनिएको छ, ‘प्रस्तावमाथिको छलफल पर्याप्त भएको लागेमा सभामुखले छलफल समाप्त भएको घोषणा गर्ने र उक्त प्रस्तावलाई बैठकमा निर्णयार्थ पेश गर्नेछ ।

अर्थात, सोमबार सभामुखले दोस्रो बैठकमा एमालेले ल्याएको र छलफल भइसकेको स्थगनको प्रस्ताव निर्णयार्थ पेश गर्नुपर्ने थियो । तर, यो प्रावधान अनुसार सत्तापक्षका सांसद एमालेको प्रस्तावलाई जस्ताको तस्तै बैठकमा निर्णयार्थ पेश गर्न दिन सहमत भएनन् । सत्तापक्ष मल अभाव भयो भन्ने विषयमा विपक्षमा उभिन पनि नसक्ने र एमालेको प्रस्ताव जस्ताको तस्तै पारित पनि नगर्ने पक्षमा उभियो ।

त्यसपछि सभामुखले मध्यमार्गी प्रस्ताव भन्दै विशेष प्रस्तावको विकल्प अगाडि सारे । सोही अनुसार सभामुख र सत्तापक्षका सांसदहरु यो विकल्पमा जाऔं भनेर प्रमुख विपक्षी एमालेलाई मनाउन सफल भए । एमालेका प्रमुख सचेतक विशाल भट्टराई लगायतले दोस्रो बैठकमा प्रस्तुत हुने प्रस्तावको मस्यौदा तयार पारे ।

सुरुमा एमालेले ‘स्थगन प्रस्ताव’ भनेर दर्ता गरेको प्रस्ताव पारित हुँदा विशेष प्रस्तावका रुपमा पारित भयो । विशेष प्रस्तावलाई सत्तापक्ष र प्रतिपक्षीको संयुक्त प्रस्तावको संज्ञा दिइयो । सभामुखले सदनमा प्रस्तुत गरेको प्रस्तावमा भनिएको छ, ‘…यस विषयमा समान किसिमको धारणा आएकोले देहाय बमोजिमको विशेष प्रस्ताव सभाको सहमतिको लागि प्रस्तुत गर्दछु ।’

विशेष प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभाले सरकारलाई रासायनिक मल कृषकलाई सहजरुपमा उपलव्ध गराउनका लागि संभाव्य सबै उपाय अवलम्वन गर्न निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधिसभामा रासायनिक मल सम्बन्धी प्रस्ताव दर्ता हुँदा र पारित गर्दाको अभ्यासले नयाँ नजिर स्थापित गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् । भन्छन्, ‘हाम्रो प्रस्तावमा सत्तापक्षकै सांसदहरु सहमत भएपछि सहज रुपमा प्रस्ताव सर्वसम्मत रुपमा पारित भयो ।’

संविधानसभाका अध्यक्ष समेत रहेका एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ स्थगन प्रस्ताव दर्ता भएर छलफल भइसकेपछि पनि देशको गम्भीर विषयमा सबै दल एक भएर पारित गर्छन् भन्ने सकारात्मक सन्देश प्रवाह भएको बताउँछन् ।

‘प्रस्ताव आएर छलफल भएपछि सभामुखले रुलिङ गर्न आवश्यक रहे नरहेको निर्णय लिन सक्छन् । सभामुखले रुलिङका लागि आवश्यक ठान्नुभयो र सबैको समर्थनमा पारित गर्ने उपाय अनुसार अगाडि बढाउनुभयो यो सकारात्मक विषय हो’ उनले भने ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...