News Portal

माकुनेलाई आफ्नै मन्त्रीहरुले टालो बनाएर फ्याँकेः गोकुल बाँस्कोटा

एनपर्दा संवाददाता
२४५ पटक

काठमाडौं ।

नेकपा एमाले नेता गोकुल बास्कोटाले नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपाललाई उनकै मन्त्रीहरुले टालो बनाएर फ्याँकेको टिप्पणी गरेका छन् ।

उनले सामाजिक संजालमा स्टाटस लेख्दै हिजो ओली को हो र उनको निर्णय मान्नुपर्ने भन्दै छाँति पिट्ने माधव आजै आफ्नै मन्त्रीहरुबाट फ्याँकिएको टालो बनेको टिप्पणी गरेका हुन् ।

‘हिजो ओली को हो र उनको निर्णय मान्नु पर्ने रु म नेता हुँ नेता, भनेर छाँती पिट्ने माधव नेपाललाई आज उनकै निर्णय उनकै मन्त्रीहरुले टालो बनाएर फाल्दिदा कस्तो लागेको होला म्यादी भित्र जादा उमेदवार बाहिर निस्कने उमेदवार मन्त्रीभित्र जादा म्यादी निस्कने दृष्य एक हप्तादेखि सदनमा देख्न पाइएकै छ,’ उनले भनेका छन् ।

नेपाली काँग्रेस नेतृत्वको सरकारले मन्त्रिमण्डल हेरफेरको तयारी भर्खरै गरिरहेको छ । तर सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीले भने यसअघि नै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरु सिफारिस गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त समय मन्त्रिमण्डल हेरफेर गर्न सहमति दिएका थिएनन् । यही समय नेता बास्कोटाले अध्यक्ष माधव नेपालको निर्णयलाई मन्त्रिहरुले अटेर गरेको भन्दै उक्त टिप्पणी गरेका हुन् ।

जनयुद्धको अर्को चमत्कार, जनमुक्ती सेना बने ‘शान्तिका नायक’, बिश्वभर माओवादीको हाई हाई !
राज्य पुनःसंरचनाका लागि भएको सशस्त्र द्वन्द्वमा होमिएका धेरै जनामध्येका उनीहरू पनि थिए । २०५२ सालदेखि १० वर्षसम्म चलेको द्वन्द्वमा दुई जोडी राजाराम पण्डित–कविता रिजाल तथा रमेश पराजुली–मेनुका सिलवाल पनि परिआए ‘मार्ने र मर्ने’ संकल्पसहित राज्यविरुद्ध लडेका थिए ।

उनीहरूलाई त्यस बेला नेपाल सरकारले मात्र होइन, अमेरिकालगायतले ‘आतंककारी’ को सूचीमा राखेका थिए । त्यस्तो ट्याग लागेमध्येका यिनै दुई जोडीले शान्ति पदक पाएका छन् ।

शान्ति प्रक्रियामा आएको डेढ दशकपछि नेपाली सेनामार्फत दक्षिण सुडानमा खटिएका उनीहरूलाई ‘विश्वशान्ति स्थापना’ मा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले पदक प्रदान गरेको हो ।

राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित शान्ति स्थापनार्थ मिसनमा तैनाथ कालीध्वज गण १० औं डफ्फाका यी दुई जोडीलाई असार ३ गते नेपालका अन्य सैनिकसँगै पदक दिएर सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । राजाराम पण्डित सहसेनानी र कविता रिजाल अमल्दार हुन् । रमेश पराजुली गुल्म कार्य हुद्दा र मेनुका सिलवाल हुद्दा हुन् ।

अवकाश प्राप्त उपरथी विनोज बस्न्यात यो घटनालाई शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण भागको रूपमा लिन सकिने मान्छन् । ‘पहिला उनीहरू माओवादीमा लागे पनि नेपाली सेनामा छिरेपछि विगतलाई बिर्सिए ।

सेनामा छिरेपछि त्यहाँको मूल्य–मान्यता र अन्तर्राष्ट्रिय छवि छ । त्यसैलाई उनीहरूले आत्मसात गरेका छन्,’ उनले भने, ‘यी पूर्वलडाकुहरू सैद्धान्तिक रूपमा भन्दा पनि तत्कालीन अवस्थामा परिवार र अन्य अवस्थाले माओवादीमा लागेको देखिन्छ । सेनामा छिरेपछि उनीहरू त्यहीअनुसार चल्न थाले ।’

सिद्धान्तअनुसार लागेका माओवादीहरू भने सेना समायोजनमा नबसेको पनि उनले बताए । नेपाली सेनाको अन्तर्राष्ट्रिय छविका कारण उनीहरूले यस्तो मौका पाएको बस्न्यातको भनाइ छ ।

सरकार–माओवादी दुवै पक्षले माओवादीका पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने र स्वैच्छिक अवकाश लिने प्रस्ताव ल्याएका थिए । २०६३ मंसिरमा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को नेपाल आगमन र बिदाइ तथा त्यसपछि लामो रस्साकसीपछि २०६९ सालमा आएर मात्र सेना समायोजनको काम पूरा भएको थियो ।

२०६९ भदौ २१ गते सुरु भएको समायोजन छनोट प्रक्रियामा अधिकृतका लागि ७५ सहित पदिक, अन्य दर्जाका लागि जम्मा १४ सय ६० जना पूर्व माओवादी लडाकुले सेनामा समायोजन रोजेका थिए ।

सेनामा समायोजन भएका अधिकांशले यूएनको विश्व शान्ति मिसनमा गरेर काम गरिसकेको सैनिक स्रोतको भनाइ छ । तत्कालीन माओवादी लडाकु सेनामा समायोजनमा भएपछि यमबहादुर अधिकारी अहिले सहायक रथी भइसकेका छन् । उनी माओवादी लडाकुबाट सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुग्ने व्यक्ति हुन् ।

दक्षिण सुडानमा पदक सम्मान पाउनेमा माओवादी लडाकुबाट सेनामा समायोजन भएर शान्ति स्थापना गर्न गएका दुई जोडीसँगै अर्को एक जोडी सह–सेनानी प्रमोद राउल (श्रीमान्) र सह–सेनानी ऋतु पाण्डे (श्रीमती) पनि रहेका छन् ।

यसपटक पदक पाउनेमा अर्को संयोग थियो, सेक्टर इस्टका कमान्डर तथा सिनियर नेसनल अधिकृत सहायक रथी दीपककुमार बानियाँ (बाबु) र मेडिकल अधिकृतमा कार्यरत प्राविधिक उपसेनानी डा. दिव्यप्रताप बानियाँ (छोरा) । उनीहरू दुवैले पदक पाएका हुन् ।

हुद्दाहरू रामकुमार खड्का र लक्ष्मण खड्का (जुम्ल्याहा दाजुभाइ) ले पनि एकैपटक पदक पाए । ‘यसपालि एक हिसाबले पदक पाउनेमा संयोग नै पर्‍यो,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...