
काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाका ज्योतिषि सुरेशचन्द्र रिजालले तीन ठूला शक्तिशाली ग्रह शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेको बताएका छन् ।
माओवादीपछि २७ वर्षमा पुनः विभिन्न मुद्दा बोकेको पार्टी घोषणा भएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत यस्तो धारणा राखेका हुन् ।ज्यातिषि रिजालले देशले अझै राजनेता खोजिरहेकाले लामिछानेले नयाँ दल खोलेका बताएका छन् ।
‘तीन ठूला शक्तिशाली ग्रहहरू शनि, शुक्र र बृहस्पति एक्लाएक्लै बलियो अवस्थामा रहेको समय पारेर नयाँ पार्टीको घोषणा भएको छ । ०५२ सालबाट माओवादीले पनि परिवर्तनका लागि भनेर विभिन्न मुद्दा उठाएर जनयुद्धको घोषणा भएको थियो । २७ वर्षपछि पुनः देशमा नयाँ पार्टीको घोषणा भएको छ । अतः देशले अझै राजनेतको खोजि गरिरहेको छ,’ उनले फेसबुकमा लेखेका छन् । पूर्वसञ्चारकर्मी लामिछानेले मंगलबार मात्र राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल खोलेका छन् ।
जनयुद्धको अर्को चमत्कार, जनमुक्ती सेना बने ‘शान्तिका नायक’, बिश्वभर माओवादीको हाई हाई !
राज्य पुनःसंरचनाका लागि भएको सशस्त्र द्वन्द्वमा होमिएका धेरै जनामध्येका उनीहरू पनि थिए । २०५२ सालदेखि १० वर्षसम्म चलेको द्वन्द्वमा दुई जोडी राजाराम पण्डित–कविता रिजाल तथा रमेश पराजुली–मेनुका सिलवाल पनि परिआए ‘मार्ने र मर्ने’ संकल्पसहित राज्यविरुद्ध लडेका थिए ।
उनीहरूलाई त्यस बेला नेपाल सरकारले मात्र होइन, अमेरिकालगायतले ‘आतंककारी’ को सूचीमा राखेका थिए । त्यस्तो ट्याग लागेमध्येका यिनै दुई जोडीले शान्ति पदक पाएका छन् ।
शान्ति प्रक्रियामा आएको डेढ दशकपछि नेपाली सेनामार्फत दक्षिण सुडानमा खटिएका उनीहरूलाई ‘विश्वशान्ति स्थापना’ मा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले पदक प्रदान गरेको हो ।
राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित शान्ति स्थापनार्थ मिसनमा तैनाथ कालीध्वज गण १० औं डफ्फाका यी दुई जोडीलाई असार ३ गते नेपालका अन्य सैनिकसँगै पदक दिएर सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । राजाराम पण्डित सहसेनानी र कविता रिजाल अमल्दार हुन् । रमेश पराजुली गुल्म कार्य हुद्दा र मेनुका सिलवाल हुद्दा हुन् ।
अवकाश प्राप्त उपरथी विनोज बस्न्यात यो घटनालाई शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण भागको रूपमा लिन सकिने मान्छन् । ‘पहिला उनीहरू माओवादीमा लागे पनि नेपाली सेनामा छिरेपछि विगतलाई बिर्सिए ।
सेनामा छिरेपछि त्यहाँको मूल्य–मान्यता र अन्तर्राष्ट्रिय छवि छ । त्यसैलाई उनीहरूले आत्मसात गरेका छन्,’ उनले भने, ‘यी पूर्वलडाकुहरू सैद्धान्तिक रूपमा भन्दा पनि तत्कालीन अवस्थामा परिवार र अन्य अवस्थाले माओवादीमा लागेको देखिन्छ । सेनामा छिरेपछि उनीहरू त्यहीअनुसार चल्न थाले ।’
सिद्धान्तअनुसार लागेका माओवादीहरू भने सेना समायोजनमा नबसेको पनि उनले बताए । नेपाली सेनाको अन्तर्राष्ट्रिय छविका कारण उनीहरूले यस्तो मौका पाएको बस्न्यातको भनाइ छ ।
सरकार–माओवादी दुवै पक्षले माओवादीका पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने र स्वैच्छिक अवकाश लिने प्रस्ताव ल्याएका थिए । २०६३ मंसिरमा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो ।
नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को नेपाल आगमन र बिदाइ तथा त्यसपछि लामो रस्साकसीपछि २०६९ सालमा आएर मात्र सेना समायोजनको काम पूरा भएको थियो ।
२०६९ भदौ २१ गते सुरु भएको समायोजन छनोट प्रक्रियामा अधिकृतका लागि ७५ सहित पदिक, अन्य दर्जाका लागि जम्मा १४ सय ६० जना पूर्व माओवादी लडाकुले सेनामा समायोजन रोजेका थिए ।
सेनामा समायोजन भएका अधिकांशले यूएनको विश्व शान्ति मिसनमा गरेर काम गरिसकेको सैनिक स्रोतको भनाइ छ । तत्कालीन माओवादी लडाकु सेनामा समायोजनमा भएपछि यमबहादुर अधिकारी अहिले सहायक रथी भइसकेका छन् । उनी माओवादी लडाकुबाट सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुग्ने व्यक्ति हुन् ।
दक्षिण सुडानमा पदक सम्मान पाउनेमा माओवादी लडाकुबाट सेनामा समायोजन भएर शान्ति स्थापना गर्न गएका दुई जोडीसँगै अर्को एक जोडी सह–सेनानी प्रमोद राउल (श्रीमान्) र सह–सेनानी ऋतु पाण्डे (श्रीमती) पनि रहेका छन् ।
यसपटक पदक पाउनेमा अर्को संयोग थियो, सेक्टर इस्टका कमान्डर तथा सिनियर नेसनल अधिकृत सहायक रथी दीपककुमार बानियाँ (बाबु) र मेडिकल अधिकृतमा कार्यरत प्राविधिक उपसेनानी डा. दिव्यप्रताप बानियाँ (छोरा) । उनीहरू दुवैले पदक पाएका हुन् ।
हुद्दाहरू रामकुमार खड्का र लक्ष्मण खड्का (जुम्ल्याहा दाजुभाइ) ले पनि एकैपटक पदक पाए । ‘यसपालि एक हिसाबले पदक पाउनेमा संयोग नै पर्यो,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।