News Portal

माधव नेपालको अध्यक्ष पद नै धरापमा, आफूसँग १८ जना सांसद भएका प्रेम आले संसदीय दलको नेताबाट हटाउदैँ !

एनपर्दा संवाददाता
३२० पटक

काठमाडौं ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं सांसद सोमप्रसाद पाण्डेले पार्टीलाई बदनाम गराउन विभिन्न अफवाह फैलाएको आ’रोप लगाएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने, “संसदीय दलको नेता हटाउने कुनै चलखेल भएको छैन ।

तपाईंले भनेका १८ जनाभित्र म पनि पर्छु । माधव नेपाल पनि पर्नुहुन्छ । यो सबै पार्टीलाई बदनाम गराउने र गठबन्धन टुटाउने षडयन्त्र हो । पार्टी पनि फुट्दैन, गठबन्धन पनि टुट्दैन ।”

नेता पाण्डेले प्रधानमन्त्री शेरबहादुर देउवा एकीकृत समाजवादीले पठाएका मन्त्रीलाई शपथग्रहण गराउन तयार भएको पनि बताए । उनले भने, “माधव नेपालले प्रधानमन्त्रीसँग सल्लाह गरेरै पार्टीबाट नयाँ मन्त्रीको नाम पठाउनुभएको हो ।

राष्ट्रिय सभामा बजेटको टुंगो लाग्नेबित्तिकै मन्त्री साथीहरु पनि फिर्ता हुनुहुन्छ, शपथग्रहण पनि हुन्छ । म बहालवाला मन्त्री साथीहरुसँग पनि सम्पर्कमै छु । उहाँहरु पनि नकारात्मक हुनुहुन्न ।”

मन्त्री फिर्ता गर्ने निर्णयबाट पार्टी ब्याक नहुने पनि उनले बताए । पाण्डेले भने, “मन्त्री फिर्ता गर्ने सचिवालयको निर्णय स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । यसबाट पार्टी ब्याक हुँदैन । हामीले १८ दिन पर्खिसकेका छौं ।

प्रधानमन्त्रीले गठबन्धनको घटकको निर्णय मान्नुपर्छ । हामीले ठूलो जोखिम लिएर उहाँलाई प्रधानमन्त्री बनाएका हौं । प्रधानमन्त्री शपथग्रहणका लागि तयार हुनुहुन्छ । जोडकोण मिलाउन अलिकति ढिला भएको मात्र हो ।”

आगामी संघ र प्रदेशको चुनावमा गठबन्धनभित्र सिटको संख्या मिल्ला भन्ने पत्रकार धमलाको प्रश्नमा पाण्डेले थपे, हामी अहिले त्यो निर्णयको प्वाइन्टमा पुगेका छैनौं । संख्या तोकिसकिएको छैन । को उठ्दा जित्छ, उसलाई उम्मेदवार बनाउँछौं । तर प्रदेश र संघको चुनावसम्म गठबन्धन टुट्दैन ।”

महँगी बढ्नुमा व्यवस्थापकीय कमजोरी पनि देखिएको सांसद पाण्डेले औंल्याए । उनले भने, “राष्ट्रिय एवं अन्तर्राष्ट्रिय परिरिस्थतिले महँगी बढेको हो । महँगी नियन्त्रणका लागि सरकारले विशेष योजना बनाउनुपर्छ।” साथै उनले बजेटको छलफल सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोगमाथि संसदमा छलफल हुने पनि बताए ।

जनयुद्धको अर्को चमत्कार, जनमुक्ती सेना बने ‘शान्तिका नायक’, बिश्वभर माओवादीको हाई हाई !
राज्य पुनःसंरचनाका लागि भएको सशस्त्र द्वन्द्वमा होमिएका धेरै जनामध्येका उनीहरू पनि थिए । २०५२ सालदेखि १० वर्षसम्म चलेको द्वन्द्वमा दुई जोडी राजाराम पण्डित–कविता रिजाल तथा रमेश पराजुली–मेनुका सिलवाल पनि परिआए ‘मार्ने र मर्ने’ संकल्पसहित राज्यविरुद्ध लडेका थिए ।

उनीहरूलाई त्यस बेला नेपाल सरकारले मात्र होइन, अमेरिकालगायतले ‘आतंककारी’ को सूचीमा राखेका थिए । त्यस्तो ट्याग लागेमध्येका यिनै दुई जोडीले शान्ति पदक पाएका छन् ।

शान्ति प्रक्रियामा आएको डेढ दशकपछि नेपाली सेनामार्फत दक्षिण सुडानमा खटिएका उनीहरूलाई ‘विश्वशान्ति स्थापना’ मा महत्त्वपूर्ण जिम्मेवारी बहन गरेको भन्दै संयुक्त राष्ट्रसंघ (यूएन) ले पदक प्रदान गरेको हो ।

राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानस्थित शान्ति स्थापनार्थ मिसनमा तैनाथ कालीध्वज गण १० औं डफ्फाका यी दुई जोडीलाई असार ३ गते नेपालका अन्य सैनिकसँगै पदक दिएर सम्मान गरिएको नेपाली सेनाले जनाएको छ । राजाराम पण्डित सहसेनानी र कविता रिजाल अमल्दार हुन् । रमेश पराजुली गुल्म कार्य हुद्दा र मेनुका सिलवाल हुद्दा हुन् ।

अवकाश प्राप्त उपरथी विनोज बस्न्यात यो घटनालाई शान्ति प्रक्रियाको एउटा महत्त्वपूर्ण भागको रूपमा लिन सकिने मान्छन् । ‘पहिला उनीहरू माओवादीमा लागे पनि नेपाली सेनामा छिरेपछि विगतलाई बिर्सिए ।

सेनामा छिरेपछि त्यहाँको मूल्य–मान्यता र अन्तर्राष्ट्रिय छवि छ । त्यसैलाई उनीहरूले आत्मसात गरेका छन्,’ उनले भने, ‘यी पूर्वलडाकुहरू सैद्धान्तिक रूपमा भन्दा पनि तत्कालीन अवस्थामा परिवार र अन्य अवस्थाले माओवादीमा लागेको देखिन्छ । सेनामा छिरेपछि उनीहरू त्यहीअनुसार चल्न थाले ।’

सिद्धान्तअनुसार लागेका माओवादीहरू भने सेना समायोजनमा नबसेको पनि उनले बताए । नेपाली सेनाको अन्तर्राष्ट्रिय छविका कारण उनीहरूले यस्तो मौका पाएको बस्न्यातको भनाइ छ ।

सरकार–माओवादी दुवै पक्षले माओवादीका पूर्वलडाकुहरूलाई नेपाली सेनामा समायोजन गर्ने र स्वैच्छिक अवकाश लिने प्रस्ताव ल्याएका थिए । २०६३ मंसिरमा सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भयो ।

नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन) को नेपाल आगमन र बिदाइ तथा त्यसपछि लामो रस्साकसीपछि २०६९ सालमा आएर मात्र सेना समायोजनको काम पूरा भएको थियो ।

२०६९ भदौ २१ गते सुरु भएको समायोजन छनोट प्रक्रियामा अधिकृतका लागि ७५ सहित पदिक, अन्य दर्जाका लागि जम्मा १४ सय ६० जना पूर्व माओवादी लडाकुले सेनामा समायोजन रोजेका थिए ।

सेनामा समायोजन भएका अधिकांशले यूएनको विश्व शान्ति मिसनमा गरेर काम गरिसकेको सैनिक स्रोतको भनाइ छ । तत्कालीन माओवादी लडाकु सेनामा समायोजनमा भएपछि यमबहादुर अधिकारी अहिले सहायक रथी भइसकेका छन् । उनी माओवादी लडाकुबाट सेनामा समायोजन भएर सबैभन्दा माथिल्लो पदमा पुग्ने व्यक्ति हुन् ।

दक्षिण सुडानमा पदक सम्मान पाउनेमा माओवादी लडाकुबाट सेनामा समायोजन भएर शान्ति स्थापना गर्न गएका दुई जोडीसँगै अर्को एक जोडी सह–सेनानी प्रमोद राउल (श्रीमान्) र सह–सेनानी ऋतु पाण्डे (श्रीमती) पनि रहेका छन् ।

यसपटक पदक पाउनेमा अर्को संयोग थियो, सेक्टर इस्टका कमान्डर तथा सिनियर नेसनल अधिकृत सहायक रथी दीपककुमार बानियाँ (बाबु) र मेडिकल अधिकृतमा कार्यरत प्राविधिक उपसेनानी डा. दिव्यप्रताप बानियाँ (छोरा) । उनीहरू दुवैले पदक पाएका हुन् ।

हुद्दाहरू रामकुमार खड्का र लक्ष्मण खड्का (जुम्ल्याहा दाजुभाइ) ले पनि एकैपटक पदक पाए । ‘यसपालि एक हिसाबले पदक पाउनेमा संयोग नै पर्‍यो,’ सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...