News Portal

काँग्रेससँग सती जानुपर्छ भन्ने छैन, मतदाताको आकांक्षा वामपन्थी मिले हुन्थ्यो भन्ने नै छ : वर्षमान पुन

एनपर्दा संवाददाता
२५३ पटक

काठमाडौ।

स्थानीय निर्वाचनपछि प्रमुख राजनीतिक दलहरू मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावका लागि तालमेल र गठबन्धनको आन्तरिक कसरतमा केन्द्रित छन् । सत्तारुढ पाँच दल आउँदो चुनावमा अहिलेको गठबन्धनलाई यथावत् नै राखेर अघि जान चाहेका छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमाले यो गठबन्धन भत्काउने कसरतमा छ । ‘सत्तारुढ गठबन्धन फुट्ने त होइन ?’ धेरैको प्रश्न यही नै छ ।

यही सन्दर्भमा चुनावी तालमेल, सिट बाँडफाँडको मोडालिटी, समाजवादी केन्द्र बनाउन भइरहेको पहल तथा मन्त्री हेरफेर लगायतका समसामयिक विषयहरूमा रातोपाटीका लागि फणीन्द्र नेपाल र वीरेन्द्र ओलीले नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनसँग कुराकानी गरेका छन् । प्रस्तुत छ नेता पुनसँग गरेको कुराकानीको सम्पादित अंश:

मन्त्रीहरू हेरफेरको चर्चा हुँदै आएको थियो, अब त्यो सेलाएको हो ?
यो सरकार चुनावसम्मको लागि बनाएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेर संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि त्यसलाई बचाउने सर्तमा यो सरकार र गठबन्धन बन्यो । यो सरकारको नियमित संसद्को कार्यकाल सकाएर जाने म्यान्डेट हो ।

तर, खास गरी एकीकृत समाजवादीले ६/६ महिनाका लागि मन्त्री हेरफेर गर्ने भनेरै पठाएको रहेछ । त्यहीँ अनुसार उहाँहरूले बदल्न खोज्नु भएको हो । त्यसैले यो विषय उहाँहरूको आन्तरिक मामिला भयो ।

मेरो विचारमा चाहिँ यही मन्त्रिपरिषद्कै सेटले चुनाव गर्दा राम्रो हुन्छ । किनकि छिट्टै चुनाव हुँदैछ । होइन पार्टीको आन्तरिक मामिला भन्ने हो भने उहाँहरू (नेकपा एकीकृत समाजवादी) ले मन्त्री हेरफेर गरेमा स्वाभाविक लिनुपर्छ ।

माओवादीले चाहिँ मन्त्री हेरफेर गर्छ कि गर्दैन ?
एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने भएपछि हामीलाई पनि दबाब परेको छ, काँग्रेस र जसपालाई पनि त्यस्तै छ । यस विषयमा माओवादीमा सामान्य छलफल नभएका होइनन् । अनौपचारिक भेटघाटमा छलफल भइरहेकै छन् । तर औपचारिक रूपमा पार्टीमा मन्त्री हेरफेर गर्ने विषयमा एजेण्डा बनाएर छलफल भएको छैन ।

माओवादी केन्द्रीय समिति बैठक छिट्टै बस्दैछ । आवश्यक परे एजेण्डा बनाएर छलफल गर्नेछौँ । यदि परेन भने यसैलाई निरन्तरता दिन्छौँ ।हामीले मन्त्री बनाउनुपर्छ भनेर कुनै प्रेसर बढाएका छैनौँ । म अर्थमन्त्री भइसके । मैले १८ महिना अर्थ मन्त्रालय चलाइसकेको छु । ३/४ महिना अर्थ मन्त्रालय चलाएर धेरै काम गर्नै सकिँदैन ।

चुनाव हुन जम्माजम्मी ५ महिना बाँकी छ । यो बेलामा मन्त्री भएर परिणाम देखाउन सकिने अवस्था पनि देखिँदैन । कम्तीमा अहिले भएकै मन्त्रीलाई काम गर्न दिए परिणाम आउँथ्यो होला नि ?

त्यो त एकीकृत समाजवादीको अन्तरिक मामिला भयो । यही सरकारलाई चुनावसम्म काम गर्न दिए राम्रो हुनेथ्यो । त्यसरी नै सोचिएको पनि हो । एकीकृत समाजवादीले मन्त्री हेरफेर गर्ने भए प्रधानमन्त्रीसँग सल्लाह गरेर गर्न सक्नु हुने भयो ।

माओवादीभित्रै पनि तपाईं अर्थमन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री हुनपर्‍यो भनेर दाबी गर्नुभयो भन्ने समाचारहरू बाहिर आए नि ।
हामीले मन्त्री बनाउनुपर्छ भनेर कुनै प्रेसर बढाएका छैनौँ । म अर्थमन्त्री भइसके । मैले १८ महिना अर्थ मन्त्रालय चलाइसकेको छु । ३/४ महिना अर्थ मन्त्रालय चलाएर धेरै काम गर्नै सकिँदैन । फेरि हामी छिट्टै चुनावमा जाँदै छौँ । मेरो सोच चुनावी अभियानहरू सञ्चालन गर्ने, पार्टीको ठोस जिम्मेवारी लिएर काम गर्ने भन्ने छ । यसअघि पार्टीबाट साथीहरूलाई सरकारमा पठाउँदा म पार्टीमै काम गर्छु भनेको थिएँ ।

तत्कालीन ओली सरकारमा बसेर काम गरेकाहरू बाहिर बसेर पार्टीको काम गरौँ भनेका थियौँ । मेरो सरकारमा कुनै दाबी छैन । नारायणकाजीजीको पनि कुनै दाबी छ जस्तो लाग्दैन ।

प्रदेश र संघको चुनाव मिति कहिलेसम्म घोषणा गर्ने तयारी छ ?
प्रदेश र संघको चुनाव ढिलोमा मङ्सिरमा हुनुपर्छ भन्ने छ । किनभने यसअघि मङ्सिरमा निर्वाचन भएको हो । तर कतिपय साथीहरूको फागुनमा कार्यकाल सुरु भएकाले फागुनसम्म लैजाऔँ भन्ने छ ।

संविधानले संसद्को ५ वर्ष कार्यकाल तोकेको छ । समझदारीमा चुनावको मिति तोकिन्छ । राम्रो र उपयुक्त मिति कात्तिक वा मङ्सिर नै हो । होइन फागुन वा चैत लैजाऔँभन्दा पनि केही आपत्ति छैन ।

कानुन व्यवसायीको फरकफरक मत छ । नेताहरूमा पनि मङ्सिरलाई मान्ने कि फागुनलाई मान्ने विषयमा विचारहरू आइराखेका छन् । त्यस विषयमा धारणाहरू मात्रै आएका हुन् । मङ्सिर कि फागुनमा गर्ने भन्ने विषयमा गठबन्धनमा कुनै दल ‘रिजिड’ छैनन् ।

फागुनमै चुनाव गर्नुपर्छ भन्ने मत पनि बलियो छ ?
त्यो चर्चा छ । राष्ट्रियसभाले ऐन बनाएर फागुनलाई तोकेको छ । राष्ट्रिय सभाले आफ्नो कार्यकाल फागुनलाई मानेको हुनाले फागुनमा चुनाव गर्ने कि भन्ने चर्चा छ । तर त्यसलाई नै ठूलो विषय बनाउन आवश्यक छैन । गठबन्धन र निर्वाचन आयोगको तयारीलाई हेरेर मिति तोकिन्छ ।

गठबन्धनबाटै चुनाव धकेल्ने प्रयास भईरहेको भन्ने छ । के वास्तविकता पनि त्यस्तै हो ?
गठबन्धनबाट कसैले संस्थागत रूपमा भन्नु भएको छैन । कानुन व्यवसायीको फरकफरक मत छ । नेताहरूमा पनि मङ्सिरलाई मान्ने कि फागुनलाई मान्ने विषयमा विचारहरू आइराखेका छन् । त्यस विषयमा धारणाहरू मात्रै आएका हुन् । मङ्सिर कि फागुनमा गर्ने भन्ने विषयमा गठबन्धनमा कुनै दल ‘रिजिड’ छैनन् ।

संविधान बमोजिम चुनाव गर्नुपर्ने भएपछि गठबन्धनमा मिति तोक्ने बारेमा कुनै छलफल भएको छैन ?
सरकारले निर्वाचन कहिले गर्ने भन्ने विषयमा मोटामोटी धारणा बनाएर गठबन्धनमा छलफल गर्नेछ । त्यसमा निर्वाचन आयोगको तयारी कस्तो छ ? साधन स्रोतको अवस्था कस्तो छ ? सामान्यतया कानुनी विषयलाई हेरिनेछ ।

माओवादी कोणबाट हेर्दा हामी एक्लै लड्न सक्षम छौँ । एक्लै जित्न सक्षम छौँ । आफ्नो प्रभाव क्षेत्रमा हामी एक्लै जित्छौँ । तर, अहिलेको गठबन्धन एउटा निश्चित एजेण्डामा बनेको हुनाले र अहिले पनि ती एजेण्डा आवश्यक भएकाले गठबन्धन बनाएर जाऔँ भन्ने हो ।

अबको निर्वाचनमा तपाईंहरू पाँच दलीय गठबन्धन नै कायम राखेर जानुहुन्छ वा अन्य विकल्प सोच्नुभएको छ ?
आगामी प्रदेश र संघको चुनावमा पाँच दलीय गठबन्धन नै हुन्छ । अहिले पनि पाँच दलीय गठबन्धन छ । यो इतिहासको आवश्यकता हो । संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि, राजनीतिक स्थिरतामाथि प्रहार भएपछि, अहिलेको उपलब्धिबाट केपी ओलीपछि फर्किन खोजेपछि यो गठबन्धन बनेको हो । त्यसैले प्रदेश र संघको चुनावमा पनि पाँच दलीय गठबन्धन बनाएरै जाने सोचेका छौँ । त्यस विषयमा ‘वर्कआउट’ गरी राखेका छौँ ।

यसमा काँग्रेसले लीड गरेको हुनाले उसले कसरी सोच्छ ? काँग्रेसले गठबन्धन चाहिँदैन भन्यो, हिजोजस्तै काँग्रेसका साथीहरूले माओवादी चाहिँदैन एक्लै काँग्रेस चुनाव लड्न सक्षम छ, अरू दल हाम्रो शरीरमा झुण्डीराखेका छन्, फोहर गरिराखेका छन् भन्नुहुन्थ्यो, फेरि त्यस्तै भन्ने हो भने हामी काँग्रेससँग झुण्डिराख्ने कुरा भएन । गठबन्धन गर्न दुवै पक्ष सहमत हुनुपर्ने विषय हो ।

माओवादी कोणबाट हेर्दा हामी एक्लै लड्न सक्षम छौँ । एक्लै जित्न सक्षम छौँ । आफ्नो प्रभाव क्षेत्रमा हामी एक्लै जित्छौँ । तर, अहिलेको गठबन्धन एउटा निश्चित एजेण्डामा बनेको हुनाले र अहिले पनि ती एजेण्डा आवश्यक भएकाले गठबन्धन बनाएर जाऔँ भन्ने हो । यसमा अर्को पक्षले कसरी हेर्छ भन्ने हो । त्यसैले हेपेर, थिचेर, ह्युमिलेट गरेर माओवादी बाध्य भएर कहीँ जाँदैन । बाध्य भएर यहीँ आउँछ भनेर कसैले सोच्यो भने कसरी गठबन्धन हुन्छ र ?

स्थानीय तह चुनावको नतिजापछि काँग्रेसले निक्कै हेप्यो भन्ने तपाईंहरूको गुनासा सुनिएको थियो । प्रदेश र संघको चुनावमा पनि काँग्रेसले त्यस्तै व्यवहार देखायो भने तपाईंहरूलाई टाँस्सिएर बस्न गाह्रो होला नि ?

स्थानीय तहको चुनावको परिणामबाट हामी सन्तुष्ट छौ । यो भन्दा अझ राम्रो गर्न सकिन्थ्यो । एकातिर हाम्रा आन्तरिक कमजोरीहरू देखिए । अर्कोतिर काँग्रेसले केही चलाखी गर्‍यो । जहाँ माओवादी बलियो छ त्यहाँ एमाले लगायत दलसँग मिलेर हराउने काम गर्‍यो ।

अर्को कुरा हामी काँग्रेसभन्दा बढी सोझो भयौँ, गठबन्धनप्रति इमान्दार भयौँ । जहाँ गठबन्धन हुन्छ त्यहाँ मत हाल्यौँ । गठबन्धन नभएको ठाउँमा एक्लै लड्यौँ । जहाँ माओवादी एक्लै जित्न सक्छ, त्यहाँ पनि काँग्रेससँग सीट बाँडफाँड गर्‍यौँ ।

त्यो रोल्पा, रुकुम, सल्यान, कालिकोट, सिन्धुली जिल्लामा देख्न सकिन्छ । जुन पालिकामा हिजो माओवादीले जितेको थियो, त्यहाँ काँग्रेसले एमाले लगायत दलसँग तालमेल गरेर सके हराएको छ, नसके कमजोर बनाएको छ । काँग्रेसले एक्लै जित्ने छ भने त्यस्तो ठाउँमा माओवादी, एमाले, एकीकृत समाजवादी जसपा लगायत मिल्न नदिन गठबन्धनभित्र प्रतिस्पर्धा गर्ने भनेर प्रतिबद्धता गराएको छ । र आफू एक्लै चुनावमा निस्किएर जितेको छ । यो काँग्रेसको चलाखी हो । फेरि पनि काँग्रेसले यस्तै गर्छ भने बेठीक हुनेछ । राजनीति एक पटक मात्रै हुँदैन ।

अर्को कुरा हामी काँग्रेसभन्दा बढी सोझो भयौँ, गठबन्धनप्रति इमान्दार भयौँ । जहाँ गठबन्धन हुन्छ त्यहाँ मत हाल्यौँ । गठबन्धन नभएको ठाउँमा एक्लै लड्यौँ । जहाँ माओवादी एक्लै जित्न सक्छ, त्यहाँ पनि काँग्रेससँग सीट बाँडफाँड गर्‍यौँ ।

काँग्रेस आफैँमा मास पार्टी भएकाले केन्द्रले भनेको मात्रै पनि मान्दैन । कतिपय ठाउँमा सचेत रूपमा काँग्रेसबाट खेल्ने काम भयो । जस्तै गठबन्धनबाट एउटा उम्मेदवार उठाएको ठाउँमा काँग्रेसले स्वतस्फूर्त देखिने गरी मुख्य लिडरहरूले उम्मेदवार उठाएर जिताए । कतिपय ठाउँमा हामीलाई दिइयो तर स्वतन्त्र उठाएर जित्यो । काँग्रेसले यसरी चलाखी गरेको छ । त्यस्ता विषयमा करेक्सन हुनुपर्छ । यस्तो खालको चलाखीले गठबन्धन अघि बढ्न सक्दैन ।

अबको चुनावमा गरिने तालमेलको मोडालिटी कस्तो हुने सोच्नुभएको छ ?
अहिलेसम्म आधिकारिक रूपमा छलफल भएको छैन । सामान्यतया हिजो जितेका ठाउँमा सम्बन्धित पार्टीले लिने हुनसक्छ । माओवादीले यसअघि ३७ सीट जितेको हो । त्यो माओवादीले लिने हुनसक्छ । काँग्रेसले २३ जितेको छ त्यो काँग्रेसले लिने हुनसक्छ । एकीकृत समाजवादीले १४ सीट जितेको थियो त्यो उसैले लिने हुनसक्छ । जसपा र जनमोर्चाले जितेको उसैले लिने हुन सक्छ । एकाध ठाउँहरू फेरबदल हुन सक्छ, बाँडफाँड यसरी नै हुनसक्छ । यसक्रममा स्थानीय चुनावको मतभारहरू पनि हेरिन्छ । कतिपय ठाउँमा एउटाको मत २० हजार हुन्छ अर्काको ५ हजार हुन्छ । त्यो ५ भयो भने जित्ने हुन्छ । नभए त्यो २० हजारको कामै हुँदैन । त्यसैले वस्तुगत विश्लेषण गर्दै आवश्यकताका आधारमा तालमेल गरिन्छ ।

चुनावपछि पनि गठबन्धन गर्नैपर्छ सरकार बनाउन या चुनाव अगाडी नै गरेर बहुमत ल्याउन खुला छ,राजनीतिक रूपमा पनि र कानुनी रूपमा पनि हामी यसमा खुला छलफल गर्छौँ । यो किनभन्दा हामी हाम्रै राजनीति गरिरहेका छौँ, काँग्रेस एमालेको राजनीति गरिरहेका छैनौँ ।

देशैभरका मतलाई कता एडजस्ट गर्ने ? एकताको आवश्यकता, औचित्य र मनोविज्ञानलाई सम्बोधन गरिने छ । अहिले कुन दलले कति सीट लिने भन्नेगरी छलफल भएको छैन ।

१६५ मध्ये माओवादीले कति सिट दाबी गर्छ ?
अहिले कुनै फिक्सड छैन । एउटा नर्म्स बनाएपछि त्यो पनि निस्कन्छ तर अहिले नै त्यसमा हतार गर्नुपर्ने आवश्यकता छैन ।आगामी चुनावका लागि सत्ता गठबन्धनमा खासै सौहार्दपूर्ण वातावरण नबन्ने हो कि भन्ने आशङ्काहरू पनि छन् । यसैबेला तपाईंले एमाले नेताहरूसँग सघन वार्ता गरिरहनुभएको भन्ने खबर आएका छन् । कस्तो छलफल भइरहेको छ एमाले नेताहरूसँग ?

खुला राजनीतिमा एमालेका नेताहरूसँग कुराकानी र छलफल गर्न कुनै कानुनी वा राजनीतिक प्रतिबन्ध छैन । त्यसैगरी हामी काँग्रेससँगै सती जानुपर्छ भन्ने पनि छैन । हाम्रो राजनीति भनेको संविधान बचाउने, लोकतन्त्र बचाउने र देशलाई राजनीतिक स्थायित्व गर्दै समृद्धितिर देश लाने हो । यसको लागि हामी एक्लैले राजनीति गर्ने हो अरुको वैशाखी टेक्ने होइन । यद्यपि कुनै ठाउँमा मिल्ने आवश्यकताहरू हुन्छन्, किनभने एक्लै अहिलेको मिश्रित निर्वाचन प्रणालीमा कसैको बहुमत बन्दैन ।

वाम मतदाता, वाम बुद्धिजीवीहरूको आकांक्षा वामपन्थीहरू मिले हुन्थ्यो भन्ने छ ।
चुनावपछि पनि गठबन्धन गर्नैपर्छ सरकार बनाउन या चुनाव अगाडी नै गरेर बहुमत ल्याउन खुला छ,राजनीतिक रूपमा पनि र कानुनी रूपमा पनि हामी यसमा खुला छलफल गर्छौँ । यो किनभन्दा हामी हाम्रै राजनीति गरिरहेका छौँ, काँग्रेस एमालेको राजनीति गरिरहेका छैनौँ । यसअर्थमा को सँग कुरा गर्ने, कोसँग नगर्ने भन्ने पनि हाम्रो आवश्यकता अनुसार नै गर्छौ । त्यो चुनावकै लागिमात्रै पनि गर्दैनौ, अरू विभिन्न कम्युनिस्टहरूका विचार, राजनीति, प्रवृति, हिजोका असफलता लगायतका धेरै कुरा हुनसक्छन् । अध्यक्षले पनि सबै नेताहरूसँग कुरा गरिरहनुभएको छ । मैले गरिरहेको छु, अरू नेताहरूले गरिरहनुभएको छ,त्यसकारण यसलाई ठुलो विषय मान्न जरुरी छैन । जहासम्म गठबन्धन अघि जान्छ जाँदैन भन्ने प्रश्न छ, गठबन्धन जान्छ ।

एमाले नेताहरूसँगको कुराकानी चुनावी तालमेल वा गठबन्धन गर्ने विषय हुँदै होइन ?गठबन्धन गर्न भनेर एमालेसँग कुनै वार्ता वा कुराकानी भएको छैन ।

एमालेका तर्फबाट प्रस्ताव आएको चाहिँ हो ?
प्रस्ताव आउनु त स्वाभाविक कुरा हो किनभने उहाँहरूलाई पनि एकल बहुमत कसैको आउँदैन, गठबन्धन गर्नैपर्छ सरकार बनाउन भन्ने थाहा छ त्यो चुनाव अघि कि पछि भन्ने मात्रै हो । स्वाभाविक रूपले वाम मतदाता, वाम बुद्धिजीवीहरूको आकांक्षा वामपन्थीहरू मिले हुन्थ्यो भन्ने छ । तर अहिले एमाले वाम एकता वा गठबन्धन गर्न लचिलो,उत्तरदायी र जिम्मेवार देखिएको छैन । त्यतिमात्रै होइन, पटक पटक संसद र संविधानमाथि प्रहार गरेको व्यक्तिले सजिलै रियलाइज गर्ने,सजिलै आत्मसात् गर्ने वातावरण छैन ।

माओवादी केन्द्रको नेतृत्वमा समाजवादी केन्द्र बनाउने बहस खुवै चलेको सुनिन्छ, यसको गृहकार्य कहाँ पुगेको छ ?
हामी, माधवजी, उपेन्द्रजी र राष्ट्रिय जनमोर्चालगायत चार दल जो अहिलेको गठबन्धनमा छौ या अरू तयार साथीहरू जो हुनुहुन्छ हामी समाजवादलाई रणनीतिक कार्यदिशा मान्नेहरूबीच एउटा केन्द्र बनाऔँ भन्ने हो । त्यसो गरेर समाजवादको सन्दर्भमा बारेमा बहस गरौँ । भोलि ध्रुवीकरणतिर पनि जाऔँ भन्ने छलफल चलेको छ । त्यसमा पर्याप्त गृहकार्य पनि भएको छ छिट्टै बन्ने दिशारित अगाडी बढेको छ ।

काँग्रेससँग बार्गेनिङ बढाउन त होइन ?
यसो गर्दा चाही बार्गेनिङ प्वाइन्ट कमजोर हुन्छ । एउटै बन्दा त थोरै हुन्छ, अलग अलग भए धेरै हुन्छ । त्यसै विशुद्ध समाजवादी आन्दोलन अघि बढाउनलाई यो प्रयास गरिएको हो । समाजवादमाथि प्रतिबद्ध, समाजवादी कार्यदिशामा प्रतिबद्ध पार्टी वा नेताहरूबीच सकारात्मक बहस गरौँ भन्ने हो । आजको गठबन्धन छदैछ यो त कार्यनैतिक विषय हो, हामी जानु त समाजवादमै छ । समाजवादमा जान तयार पार्टीमा बहस गर्दै एउटा कार्यदिशाको विकास गरेर राजनीतिक कार्यक्रम बनाऔँ भन्नु राम्रो कुरा हो ।

राम्रो कुरा के भयो भने सबैले नेताहरूलाई गाली पनि गर्छन् अनि सबैले राजनीतिमै ट्रायल गर्न खोजेका छन् । युवाहरू पनि राजनीतिमा आउन खोज्या छन् । बरु राजनीतिलाई शुद्ध बनाऔँ । कहाँ कहाँ कमजोरी छन् जसलाई शुद्ध बनाउनतर्फ जाऔँ त्यो राम्रो हो ।

नेताहरूको मुखमा समाजवाद धेरै छ, तर कार्यनीति, कार्यक्रम, व्यवहार र कार्यशैली समाजवाद उन्मुख हुन सकेको छ ?
कार्यदिशाका बारेमा सामान्यतया विगतको तुलनामा स्पष्ट हुँदै गएको छ । विगतमा कयौँ मानिसहरू समाजवादी कार्यदिशा नै मान्दैन थिए । कोही जनवादी क्रान्ति नै बाँकी छ भन्ने पनि थिए । तर आज मूलत: धेरैजसो पार्टीहरू समाजवादी कार्यदिशा मान्न तयार भए । दोस्रो कुरा समाजवाद कस्तो हुन्छ हामी माओवादी केन्द्रले हिजोको रुसी र चिनियाँ समाजवादजस्तो हुँदैन । विश्वका सबै क्रान्ति र प्रतिक्रान्तिका अनुभवसहित प्रतिस्पर्धात्मक स्वीकार गरेको समाजवाद हो । पछि परेका गरिब, विपन्न परेकाहरूलाई राज्यले हेर्ने व्यवस्थासहित बिस्तारै औद्योगीकरण, राष्ट्रिय पुँजी निर्माण र रोजगारी सिर्जना गर्दै समृद्धिको लाभ विपन्न जनतामा पनि न्यायोचित वितरण गर्दै सामाजिक न्यायसहितको समाजवादमा जाने आजको कार्यक्रम हो । कार्यशैली के हुन्छ ? भन्ने पर्याप्त यो विषय उठेको छ कि समाजवादमा जाने नेताहरूको जीवनशैली, कार्यशैली, संगठन शैली र काम गर्ने तरिका मिलेन भन्ने छ त्यो कुरामा हामी गम्भीर छौँ । हामीमा पनि अहिलेका कयौँ प्रदूषण छन् त्यही भएर केन्द्र बनाएर बहस गरौँ भनेको हो । अलगअलग हुँदा सकारात्मक प्रतिस्पर्धा पनि हुन्छ एक अर्कामा । तर फेरि एकै गन्तव्यका लागि बहस पनि गरौँ भनेका हौ । एउटा मात्रै कम्युनिस्ट वा समूह हुँदा एकाधिकारको कुरा हुनसक्छ तर दुई तीनवटा भएर बहस गर्दा सही विचार आउन सक्छ र कार्यशैली पनि राम्रो हुनसक्छ, किनभने एकले अर्कोसँग प्रतिस्पर्धा गर्दै आफ्नो संगठन पनि बनाउनुपर्ने हुन्छ ।

अहिले स्वतन्त्र र नयाँ पार्टीबाट भटाभट उम्मेदवारी घोषणाको लहर चलेको छ, यसले पुराना पार्टीहरूलाई कतिको थ्रेट महसुस भएको छ ?
त्यस्तो थ्रेट महसुस भएको छैन । किनभने राजनीति भनेको विचार, दर्शन र कार्यक्रममा आधारित हुन्छ । स्वतन्त्र भनेको असन्तुष्टिलाई समेटेर सम्बोधन गर्ने । तर गन्तव्य के त ? हामी पार्टीहरूको ढंग नपुग्ला, समाजवादतिर जाने क्षमता नपुग्ला । कसैले वैज्ञानिक समाजवादतिर, प्रजातान्त्रिक समाजवादतिर भन्ला, आर्थिक समृद्धि गर्ने, अन्तर्राष्ट्रिय नीति यो । भोलि स्वतन्त्र नै स्वतन्त्र मिलेर सरकार बन्यो भने तिनको विदेश नीति के ? बेस के, गन्तव्य के हुन्छ ? भन्दा भइरहेको कुरामा प्रतिक्रियात्मक शक्ति त बन्छ,बन्ला तर प्रतिक्रियाले राज्यसत्ता चल्दैन ।

तर धक्का त लाग्ने देखियो नि ?
राम्रो कुरा के भयो भने सबैले नेताहरूलाई गाली पनि गर्छन् अनि सबैले राजनीतिमै ट्रायल गर्न खोजेका छन् । युवाहरू पनि राजनीतिमा आउन खोज्या छन् । बरु राजनीतिलाई शुद्ध बनाऔँ । कहाँ कहाँ कमजोरी छन् जसलाई शुद्ध बनाउनतर्फ जाऔँ त्यो राम्रो हो । उद्यमी, व्यवसायी, कलाकार,पत्रकार राजनीतिमै भविष्य खोज्न आउने भनेपछि राजनीति अपरिहार्य रहेछ भन्ने हो नि । किन नेता र पार्टीहरूलाई गाली गर्ने ?बरु बहस गरौँ त्यो बेटर हो । प्रतिस्पर्धा गर्नु, नयाँ विकल्प खोज्नु, विकल्प दिन खोज्नु नराम्रो होइन, राम्रो भएको छ यसले । तर स्वतन्त्र भनेको कहाँ हुन्छ ? आकाश, जमिन वा बीचमा ? कुन धरातलमा बस्छ ? धरातल हुने भए त विचार, राजनीति, संगठन, अर्थतन्त्र, परराष्ट्र नीति हुन्छ,शिक्षा स्वास्थ्य सामाजिक नीति हुने धरातल त चाहिन्छ ।

नेकपा माओवादी केन्द्रको महाधिवेशन सकिएको ६ महिना भयो । अहिलेसम्म केन्द्रीय कमिटी, स्थायी कमिटी, पदाधिकारी केही छैन, कहिले टुङ्ग्याउँदै हुनुहुन्छ यो सब ? केन्द्रीय समिति बोलाएका छौ, त्यहीँबाट टुङ्गिन्छ ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...