
काठमाडौ।
नेकपा एकीकृत समाजवादीले मन्त्रीहरू हेरफेरको निर्णय अब दिनमा होइन घण्टामा कार्यान्वयन हुनुपर्ने निर्णय गरेको छ । सचिवालयको मंगलबारको बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सचिवालय र स्थायी कमिटीको निर्णय बिनासर्त लागू हुनुपर्ने बताए ।
खतिवडाले मन्त्रीहरूले पार्टी निर्णय मान्नका लागि कुनै सर्त राख्न नपाउने भन्दै स्थायी कमिटी बैठकको निर्णय नै अन्तिम सर्त हुने बताए । उनले भने, ‘पार्टीको निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने एकमात्र सर्त हो, अरु व्यक्तिगत सर्तको अर्थ हुन्न । अब यो निर्णय केही दिनमा होइन केही घण्टामा लागू हुनुपर्छ ।’
नेकपा एसका मन्त्रीहरूले आफूहरू हट्नका लागी पाँचवटा सर्त माधव नेपाल समक्ष राखेकोमा खतिवडाले सर्तको अर्थ नहुने बताए ।
२०७९ जेठ २२ मा सचिवालय बैठकले गरेको निर्णय कार्यान्वयन हुन सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाको अरुची, असहयोगका कारण मन्त्री बन्नेको सूची एकीकृत समाजवादीले बुझाउँदा पनि प्रधानमन्त्री देउवाले नियुक्तिका लागि अगाडि नबढाएको भन्दै नेताहरूले आक्रोश व्यक्त गरेका छन् ।
मन्त्री हेरफेरको खास कारण भने खुलेको छैन । सरकारमा रहेका मन्त्रीहरुको दौडधुप पछि प्रचण्ड र देउवा उनीहरुलाई तत्काल हटाउन राजी नदेखिएपछि एकीकृत समाजवादीमा भाँडभैलो भएको छ ।
त्यसको असर भने पार्टीभित्र परिरहेको छ । त्यहीकारण असार ८ गते दिउँसो ३ बजेको सत्ता गठबन्धनको बैठकभन्दा अघि एकीकृत समाजवादीको सचिवालय बैठक बसेको थियो र उक्त निर्णय गरेको हो । गठबन्धनको बैठकमा मन्त्रीहरु हेरफेर गर्ने विषयमा टुंगिएको हो कि होइन भन्ने प्रष्ट खुलेको छैन ।
तर, राति मन्त्री तथा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीले सामाजिक सञ्जालमा राखेको एउटा अभिव्यक्तिले पनि एकीकृत समाजवादीभित्र ठूलै रडाँको मच्चिन थालेको हो कि भन्ने संकेत गरेको छ ।
२०७९ असार ८ गते राति झाँक्रीले आफ्नो ट्वीट ह्याण्डिलमा आफू मुस्कुराएको तस्विरसँगै एउटा भनाई राखेकी छिन् ।
ह्यासट्गायसहित अंग्रेजीमा लेखेर झाँक्रीले भनेकी छिन्, ुुस्ट्रगल फर एक्जिस्टेन्स’ अर्थात अस्तित्वको लागि संघर्षुु । मन्त्री झाँक्रीको यो सांकेतिक लेखाईले एकीकृत समाजवादीभित्र के कस्तो खिचडी पाकिरहेको छ रु भन्ने प्रश्न पनि उठाएको छ ।
स्थानीय चुनावको मत परिणामपनि एकीकृत समाजवादीभित्र दुईधार देखिएको छ र तुलनात्मक रुपमा कमजोर भएको विश्लेषण पनि भइरहेको छ । एमालेसँग एकता गर्नुपर्छ वा वाम एकतामा जानुपर्छ भन्ने बलियो मत पनि एकीकृत समाजवादीमा देखिन थालेको छ । यो मत आइरहेकै बेलामा २०७९ असार १० गते पोलिटव्युरो र ११ गते केन्द्रीय कमिटीको बैठक बस्दैछ ।
उक्त बैठकमा यी विषयको अलवा पार्टी निर्णय विपरीत गठबन्धन सरकारको मन्त्री टिक्नका लागि झाँक्रीसहितका मन्त्रीहरुले खुमलटार र बालुवाटारमा गरेको दौडधुपको विवषयमा गम्भीर प्रश्न उठ्ने संभावना रहेको छ । त्यही आलोचनाको शिकार हुनुपर्ला भन्ने डरले पनि कतै झाँक्रीले अस्तित्वका लागि संघर्ष भनेर ट्वीट गरेकी त होइनन् रु भन्ने पनि देखिएको छ ।
अहिले प्रधानमन्त्री शेरवहादुर देउवा र प्रचण्डले जे जे भन्यो त्यसैमा हो मा हो भन्दै चुनावी सरकारसम्म टिक्ने र चुनावमा माधव नेपालका अहिलेका मन्त्रीहरू सबै माओवादी केन्द्रमा समाहित हुनेगरी वार्ता चलिरहेको स्रोत बताउछ ।