News Portal

बाहिर ठुला कुरा गर्ने भित्र भित्रै राष्ट्रघात गर्ने मानिस केपी ओली हुन : प्रचण्ड

एनपर्दा संवाददाता
८६६ पटक

काठमाडौं ।

एमसिसीमा व्याख्यात्मक घोषणाले देश दुर्घटनाबाट जोगायौँ, एसपिपीमा ओलीले राष्ट्रघात गरेः प्रचण्डनेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसीप प्रोग्राम ९एसपिपी०मा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रघात गरेको आरोप लगाएका छन्।

ललितपुरमा आयोजित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै प्रचण्डले भने, ‘एमसिसीमा अमेरिकाले १२ बुँदे घोषणालाई स्वीकार गरेको छ। अहिले त्यो घोषणा योजनाकै अंग बनेको छ। तर राष्ट्रवादी भन्नेहरुले एमसिसी जस्ताको तस्तै पास गर्न चाहेका थिए। राष्ट्रियताको संरक्षण गर्दै देशलाई दुर्घटनाबाट बचायौँ।’

एमसिसीमा १२ बुँदे सहमति नगरेको भए गठबन्धन, सरकार, सभामुख, प्रदेश सरकार गुमाउनुपर्ने अवस्थामा पुगेको भएकाले बाध्य भएको प्रचण्डको भनाई छ।उनले एसपिपीमा केपी ओली नै प्रधानमन्त्री र रक्षा मन्त्री भएको बेला सम्झौता भएको दाबी गरे।

‘केपी गुटले एसपिपी राष्ट्रघाती हामी राष्ट्रवादी भन्दै थिए। ओलीले नै राष्ट्रघात गरेका हुन्। उनले दिउँसै रात पार्न खोजे। झुटो प्रचार गरे’ प्रचण्डले भने, ‘मैले बोलेको कुरा केपी गुटको एकजनाले मेरो सदनमा पुगेर चुनौती दिन्छु भनेछन्। त्यसको केही घण्टामै पत्र नै सार्वजनिक भयो। अहिले उनीहरुले थाहा भएन भनेर झुट कुरा गरिरहेका छन्।’

सेनाले लेखेको पत्रमा रक्षा मन्त्रालय र गृह मन्त्रालयलाई बोधार्थ गरेर पठाएको बताए। ओली गुटले पत्रबारे थाहा थिएन भन्नु झुट कुरा मात्रै भएको प्रचण्डको दाबी छ।

यो पानि बेरोजगार युवाहरुका लागी खुशिको खबर: बालेनले ल्याउँदैछन् यस्तो योजना, तयार भयो मोडालिटी
काठमाडौ। युवा अवस्थामै काठमाडौँ महानगरपालिकाको मेयर बन्न सफल भएका बालेन शाहले युवाहरुका लागी गजबको योजना ल्याउँन लागेका छन्।

युवा लक्षित विशेष कार्यक्रम काठमाडौँ महानगरपालिकाको निती तथा कार्यक्रममै समावेश गरेर ल्याउँने तयारी गरिएको छ। आगामी आर्थिक बर्षका लागी काठमाडौँ महानगरपालिकाको निती तथा कार्यक्रम निर्माणका लागी तीन सदस्यीय समितीनै निर्माण भइसेकेको छ।

निती तथा कार्यक्रममा बालेनले युवाहरुका लागी आइडिया बैँक स्थापना गर्ने निती ल्याउँन लागेका छन्। युवाहरुको क्षमता र रुचिलाई पहिचान गर्न काउन्सिलिङ सेन्टर स्थापना गर्ने उनीहरुको रुचि अनुसारको तालिम दिएर सिड मनी समेत उपलब्ध गराएर उधमशिलतमा जोड्ने कार्यक्रम काठमाडौँ महानगरपालिकाले ल्याउँने भएको छ।

निती तथा कार्यक्रममा बालेनले युवाहरुका लागी आइडिया बैँक स्थापना गर्ने निती ल्याउँन लागेका छन्। युवाहरुको क्षमता र रुचिलाई पहिचान गर्न काउन्सिलिङ सेन्टर स्थापना गर्ने उनीहरुको रुचि अनुसारको तालिम दिएर सिड मनी समेत उपलब्ध गराएर उधमशिलतमा जोड्ने कार्यक्रम काठमाडौँ महानगरपालिकाले ल्याउँने भएको छ।

त्यत्ति मात्रै होइन महानगरभित्रका सरकारी काम विहानैबाट हुनेगरी नीति तथा कार्यक्रम ल्याइँदै छ। सरकारी कार्यालयमा सीसीटीभी जडान, सरकारी प्रक्रियाको अनुगमन र फिल्टर गर्न स्थानीय जनतासँग मेयरको मासिक वडा बैठकको व्यवस्था गरिने बालेन्द्रको भिजन छ।

बालेन्द्रले विहानदेखि राति १० बजेसम्म सरकारी कार्यलय खोली ट्राफिक व्यवस्थापन गर्ने बताउँदै आएका छन्। रातिको समयमा सरकारी कामसँगै व्यापार व्यवसाय सुचारु राख्दा काठमाडौंमा सुरक्षाका लागि प्रारम्भिक चरणमा १० हजार सीसीटीभी जडान गरिने बालेन्द्रको भिजनलाई नीति तथा कार्यक्रममा कसरी समावेश गर्ने भन्नेबारे समितिले काम गरिरहेको स्रोतले बतायो।

काठमाडौँको निती तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको बारेमा पनि विशेष कार्यक्रम आउँने भएको छ। प्रत्येक वडामा नियमित स्वास्थ्य जाँचका लागि डायग्नोस्टिक ल्याब सहितको स्वास्थ क्लिनिक सुरुवात गरिने शाहले चुनावअघि प्रतिवद्धता जनाएका थिए। सोही अनुसारको निती बन्न लागेको खबर छ।

प्रतिकृया दिनुहोस्

यस्ताे काेसेली बाेकेर भारतीय राजदूत श्रीवास्तव छिरे माधव नेपालको निवासमा !

काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई...

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन !

बृहत माओवादी एकता आवश्यकता छ, छैन ? मत दिनुहोस् क) छ ख) छैन कार्यकर्ता भित्र्याएर...

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको...

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

काठमाडौ। काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर...

ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला

काठमाडौं । बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक...