News Portal

देउवा त् देखिनको लागि मात्र रहेछन खास प्रधानमन्त्री न प्रचण्ड रहेछन: कोइराला

एनपर्दा संवाददाता
१२३३ पटक

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारको नेतृत्वमा कांग्रेस भएपनि माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको बताएका छन् ।काठमाडौंमा बिहीबार आफूपक्षीय नेताहरूसँगको छलफलमा नेता कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार सन्चालन भएको नौ भइसकेको भए पनि कांग्रेसजन र नागरिकको तहमा त्यसको आभाष हुन नसकेको बताए ।

‘अहिलेको सरकारको नेतृत्वमा पार्टीको सभापति हुनुहुन्छ । तर सरकारको नेतृत्वमा भएको अनुभूति आफ्नै पार्टीका कार्यकर्ताले गर्न पाएको अवस्था छैन,’ बैठकमा सम्बोधन गर्दै नेता कोइरालाले भनेका छन्, ‘यो माओवादीले चलाएको सरकार भन्ने सन्देश प्रवाह भएको छ ।’नेता कोइरालाले सरकारमा पाँच दलीय गठबन्धन भएपनि नेपथ्यमा कम्युनिस्ट एकताको कुरा जोडतोडले उठिरहेको र त्यसप्रति सजग हुनुपर्ने बताए ।

उनले पार्टी विधानअनुसार चल्न नसकेको बताए । ‘देउवाजी सानो गुटको घेरामा हुनुहुन्छ । उहाँले पार्टीलाई विधानअनुसार चलाउन सक्नुभएको छैन । सरकार र पार्टीको परफरमेन्सले कार्यकर्ता र आमनागरिक असन्तुष्ट छन्,’ उनले भनेका छन् ।नेता कोइरालाले पार्टीका भ्रातृ संस्थामा नेतृत्व चयन गर्दा सभापतिले कसैसँग परामर्श नगरेको बताए ।

कोइरालाको ब्रिफिङ : कम्युनिस्ट फुटे पनि कांग्रेसका लागि कुनै क्षेत्र सुरक्षित छैन
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कम्युनिस्ट पार्टीहरू फुटे पनि कुनै पनि निर्वाचन क्षेत्र कांग्रेसका लागि सुरक्षित रहेको अनुभूति गर्ने अवस्था नरहेको बताएका छन् । काठमाडौंमा बिहीबार आफूपक्षीय पार्टीका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकमा नेता कोइरालाले यस्तो बिफ्रिङ गरेका हुन् ।

उनले ०७४ को निर्वाचनमा सबै कम्युनिस्टहरू एक हुँदा र अहिले विभाजित हुँदाको अवस्थामा पार्टीको संगठन र प्रभावमा कुनै फरक नरहेको बताए ।‘आज कम्युनिस्ट विभाजित अवस्थामा छन् । तर कुनै पनि निर्वाचन क्षेत्र कांग्रेसका लागि सुरक्षित छैन भन्ने जस्तो अवस्था छ,’ बैठकमा कोइरालाले भनेका थिए ।

प्रधानमन्त्रीलाई कोइरालाको प्रश्न : अर्बौं चलखेलका आरोपित अर्थमन्त्रीलाई किन कारबाही नगरेको ?
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दु:खद भएको बताएका छन् । उनले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदेनबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाएका छन् ।

‘अर्थ मन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेनबाट मन्त्री आरोपित छन । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ?,’ बिहीबार काठमाडौंमा आफूनिकट नेताहरुसँगको छलफलमा कोइरालाले भनेका छन् ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् । उनले निर्वाचनको मुखमा हुने यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद गर्ने र ब्यबस नै दाउमा पर्ने धारणा राखे ।

‘राष्ट्रहित र आम नागरिकको हितभन्दा कांग्रेस पार्टी र सभापति देउवा वा अरु कसैको किमार्थ हित हुनुहुँदैन । तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन, व्यवस्था नै नागरिकको कठघरामा उभिन्छ,’ नेता कोइरालाले भने ।उनले पार्टीको सरकार भएको बेला राम्रो काम गर्ने पार्टीको रूपमा जनतामाझ चिनिएर पार्टी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुनुपर्ने आफूहरूको चाहना भएको बताए ।

‘अहिले हामी सबैले माथि उठेर यतिखेर देशको चिन्ताजनक अवस्था छ भनी बुझ्नुपर्छ । बीपीले भन्नुहुन्थ्यो, ‘देश रहे न हामी रहन्छौँ राजनीति गर्छौं,’ राष्ट्रको यो संकटपूर्ण घडीमा जनताले हामीबाट आशा र भरोसा गरेका छन् ।हाम्रा अगाडिका कदमहरू ती जनताको भरोसा र विश्वास अनुकुल कसरी गर्ने ? हामी यसमा केन्द्रित हुनु आवश्यक छ,’ उनले भनेका छन् ।

कोइराला समूहले भन्यो : पार्टी विधानसम्मत चल्न सकेन
नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई विधानसम्मत चलाउन नसकेको आरोप लगाएको छ । काठमाडौंको बत्तीसपुतलीमा बिहीबार बसेको कोइराला समूहको बैठकमा बोल्ने अधिकांश नेताहरूले १४ औँ महाधिवेशनपछि पनि पार्टी विधान र विधिसम्मत ढंगले सञ्चालन हुन नसकेको बताएका हुन् ।

स्थानीय तह निर्वाचनको लामो समयसम्म पनि पार्टी सभापतिले केन्द्रीय कार्यसमितिको बैठक नराखेको भन्दै नेता कोइरालाले आफूपक्षीय नेताहरूको छुट्टै बैठक राखेका थिए । बैठकमा सहभागी नेताहरूले सभापति देउवाले पार्टीभन्दा सत्तालाई मात्रै केन्द्रमा राखेर काम गरेको आरोप लगाएका छन् ।

बैठकमा सहभागी नेता चन्द्र भण्डारीले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी र सरकारका काम कारबाहीका विषयमा छलफल भइरहेको जानकारी दिए । ‘पार्टीको महाधिवेशन भएको ६ महिना बितेको छ ।

यो बीचमा हामीले स्थानीय तहको निर्वाचन पनि सम्पन्न गरेका छौँ । पार्टीको सभापतिको नेतृत्वमा सरकार छ,’ उनले भने, ‘समग्रमा मुलुक, सरकार र पार्टीका काम कारबाहीका विषयमा हामीले समीक्षा गर्दैछौँ ।’

बैठकमा नेता कोइरालासहित पार्टीको केन्द्रीय समितिका कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरू सहभागी थिए । नेता भण्डारीका अनुसार शुक्रबार दिउँसो २ बजे पुनः बस्ने गरी बिहीबारको बैठक स्थगित भएको छ ।

‘पार्टी विधानअनुसार चलेको छैन । सभापतिजीको एकलौटी कर्मले पार्टीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ,’ बैठकमा नेताहरूले धारणा राखेको उदृत गर्दै एक नेताले भने, ‘भेलाको मुख्य माग भनेको स्थानीय चुनावको समीक्षा, केन्द्रीय समिति बैठक र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्छ भन्ने हो ।

त्यसमध्ये केन्द्रीय समिति बैठक आह्वान भइसकेको छ । अहिले नेताहरू कसैले बैठक बहिष्कार गर्नुपर्छ भन्नुभएको छ, कसैले समानान्तर समिति बनाऔँ भन्नुभएको छ, सबैले बोल्ने क्रम छ ।’

नेता भण्डारीले भने पार्टी सभापति देउवाले आफ्नै विगत सम्झिएर काम गर्नु उपयुक्त हुने बताए । ‘पार्टीको महाधिवेशन भएको ६ महिना बित्यो, विधानअनुसार हुनुपर्ने काम भएको अवस्था छैन,’ उनले भने, ‘सभापतिजीले गुटको प्रतिनिधित्व नगरेर सिंगो पार्टीको प्रतिनिधित्व गर्नुहोस् भन्ने हाम्रो आग्रह हो ।

तर, त्यस्तो हुन सकेको छैन । म त उहाँलाई हिजो सुशील कोइरालाले नेविसंघमा आफ्नो व्यक्ति राख्यो भनेर ९ महिनासम्म केन्द्रीय समिति बस्न नदिएको समयको स्मरण गर्न आग्रह गर्दछु ।’

सभापति देउवाले पार्टी सञ्चालन गर्दा एकलौटी गरेको कोइराला पक्षको आरोप छ । विधानअनुसार महाधिवेशनपछि नयाँ कार्यसमिति निर्वाचित भएको ३ महिनाभित्र कोषाध्यक्ष मनोनयन, ६ महिनाभित्र पार्टीका विभागहरूको गठन गर्नुपर्ने, नेतृत्वविहीन भएका भ्रातृ संस्थामा मनोनयन लगायत कामहरू हुन सकेका छैनन् । अहिलेसम्म चार वटा भ्रातृ संस्थामा मनोनयन हुँदा सभापति देउवाले आफू पक्षीय नेताहरूलाई सभापतिमामात्रै मनोनयन गरेका छन् ।

‘भ्रातृसंस्थामा एकलौटी भएको छ । पार्टीभित्र सबै कार्यकर्तालाई समान व्यवहार भएको छैन । हामीलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेरिएको छ,’ ती नेताले भने ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...