News Portal

६ महिना देखी १ बर्ष भित्रमा सडकबाटै राजतन्त्र र हिन्दू राष्ट्र घोषणा गर्छौं : लिङ्देन

एनपर्दा संवाददाता
४११ पटक

काठमाडौं ।

अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनले राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै संघ संगठन र पार्टीहरूलाई एकताबद्ध गरेर लैजाने बताएका छन्।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****राप्रपा बाहिर भएका राजसंथा र हिन्दू राष्ट्र चाहिन्छ भन्ने सबै व्यक्ति, समूह, संघसंगठन र पार्टीहरूलाई एकताबद्ध गरेर एउटा राष्ट्रिय शक्तिको निर्माण गर्ने छौँ।

र, त्यो शक्तिको आधारमा हामीले निर्वाचनको तयारी गर्दै सडक संघर्षको पनि प्रारम्भ गछौँ। जहाँबाट छिटो हुन्छ त्यतैबाट राजसंस्था स्थापना गछौँ’, लिङ्देनले भने। उनले राप्रपाको कमिकमजोरी सच्चाएर कांग्रेस, कम्युनिस्ट पार्टीको विकल्पमात्र होइन, जनताको मन जित्ने पार्टी बनाउने बताए।

‘राप्रपाको ३१ वर्षको इतिहासमा खिइँदैखिइँदै कमजोर हुँदै आउने क्रममा अहिले सर्वाधिक कमजोर अवस्थामा छ’, उनले भने, ‘यो राष्ट्रिय पार्टीको रूपमा समेत छैन। विभाजित हाम्रो पार्टी फेरि हामीले एकीकण गर्‍यौँ। एकीकरण गरेको दुुई वर्ष वित्दा पनि हाम्रा नेताहरूले पार्टीमा सुधार र विकासका कुनै संकेतहरू देखाउनु भएन। यो बीचमा ठूलाठूला राष्ट्रिय मुद्दाहरू र घटनाहरू भए त्यस्तो अवस्थामा राप्रपा कहाँ छ भन्ने थाहा भएन। त्यस्तो अकर्मण्य मात्र भएन, बरु उहाँहरू झगडा गरेर बस्नुभयो।’

नेतृत्व परिवर्तनका अनेकौं आयाम र उपलब्धिभित्र हिजोका दिनसम्म अघिल्ला महाधिवेशनमा एउटा नेताको कार्यकर्ता र मान्छे भएर जाने गरिए पनि आजबाट सबै राप्रपाका मानिस भएर जाने उनले बताए।

‘आजबाट कुनै गुट छैन कोही कसैको मानिस होइन सबै राप्रपा हुन्। हामी व्यवहारत: पनि त्यसै हिसाबले अघि जान्छौं,’ उनले भने, ‘राप्रपाका तमाम नेता कार्यकर्ताको शिर झुकाउने कुनै काम हुन दिइने छैन।’

नविन राप्रपा निर्माणमा एक साथ मिलेर अघि बढ्ने भन्दै आफूहरुले नेतृत्व परिवर्तनका लागि उम्मेदवारी दिएको र त्यसमा सफलता हासिल भएको उनले बताए।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****

एकीकृत समाजवादीको सचिव हुँ तर सदस्यता लिएको छैन् : रामकुमारी झाक्री
नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाक्रीले आफु अहिले पनि एमाले नै हुँ जस्तो लाग्ने बताएकी छिन् । उनले हिमालय टिभीको कार्यक्रम यक्ष प्रश्नमा पत्रकार राजेन्द्र बाँनियासँगको अन्तर्वार्तामा यस्तो बताएकी हुन् ।

एमाले छोडेर नयाँ पार्टी बनाएर आए पनि नेकपा एकीकृत समाजवादीको अहिले सम्म सदस्यता नलिएको र अहिले पनि एमाले नै हुँ जस्तो लाग्ने उनले बताएकी छिन् । बालुवाटारमा प्रधानमन्त्रीसँग पदको लागि नगएको अरु कामको लागि गएको र प्रचण्डसँग पनि आफनो कामले भेटेको बताएकी छिन् ।

माधव नेपालले मन्त्री फिर्ता गर्नको लागि बालुवाटारमा गएर नाम बुझाएको कुरा आफुले मिडियामा थाहा पाएको र समाजवादी पार्टीमा आफुहरु अल्पमत परेकोले निकाल दिदा नि हुने उनले बताईन ।

८ जना मिलेर माधव नेपालको घरमा गइ सम्झाएर आएको र माधव नेपालले केही निर्णय कार्यान्वयन गर्ने नसकेकोले मेरो बेइज्जती भो अल्पमतमा परे भन्दै शेरबहादुर र प्रचण्डसँग गएर भनेको उनले बताएकी छिन् ।

उनले भनिन– ‘म चाही अब फरकेर पार्टीको काम मै लाग्छु, म अहिले समाजवादीको सचिव हो । सदस्यता चाही लिएको छैन् । किन भने सदस्य नै छापेको छैन् मेरो पार्टीले ।

सबै मान्छेको ध्यान चार जना मन्त्री माथि भएको काम पनि चार जनाले मात्रै गर्नुपर्ने र चुनावको समिक्षा गर्न बसेको बैठकले मन्त्री फिर्ता गर्ने निणर्य गरेको चुनावमा राम्रो परिणाम नआउनु पनि मन्त्रीको कारणले भन्दै निष्कर्ष निकालेको बताएकी छिन् ।

जिवनमा अब मन्त्री भन्ने यस्तो मन्त्री हुन जस्तो लाछ कि छैन ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन, ‘होईन यो भन्दा अझ शक्तिशाली अझै काम गर्न सक्ने, अझै लडन सक्ने हिसाबले हुने हो ।

उनेले भनिन, ‘अहिले पनि एमाले नै हुँ जस्तो लाग्छ, के को माइतिघर ?
अब समाजवादी पार्टीलाई नम्बर १ बनाउनको लागि तयारी गर्ने र चुनाव लडने हिम्मत भएकोले संघको चुनावमा जहाँबाट भए पनि लडने र जहिले पनि टिममा काम गरेको हुनाले एक्लै एमालेमा नजाने निणर्य गरेको उनले बताएकी छिन् ।

उनले भनिन्, ‘एमालेलाई हामीले गलत एजेण्डामा उसलाई गर्ने गरी गरिम । त्यहाँ हामीलाई कारवाही नि भयो । निस्केर हिडिम त्यहाँ हामी हुनु र नहुनुको अर्थ थिएन् एमालेमा उनले भनिन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...