
काठमाडौं ।
बहुमत जुटाएर कार्यकारी अध्यक्ष बन्ने झण्डै तीन महिनादेखिको प्रयास असफल भएपछि सहमतिमै पार्टी छोड्ने निष्कर्षमा पुग्नुभएका सत्तारुढ जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग गोप्य छलफल गर्नुभएको छ ।
केही समययता उपराष्ट्रपति नन्दकिशोर पुन पासाङलाई साक्षी राखेर लगातार छलफल गरिरहनु भएका प्रचण्ड र बाबुरामले आज पनि एक घण्टा कुराकानी गर्नुभएको हो । बिहान साढे १० बजे लैनचौरस्थित उपराष्ट्रपति निवास छिर्नुभएका दुई नेता साढे ११ बजे त्यहाँबाट निस्कनुभएको उपराष्ट्रपतिका स्वकीय सचिव सुकबहादुर रोका “शरद”ले बताए ।
पछिल्लो दुई हप्तामा उपराष्ट्रपति पुनलाई साक्षी राखेर प्रचण्ड र भट्टराईले योसहित तेस्रो पटक कुराकानी गर्नुभएको हो । जसपामा अध्यक्ष उपेन्द्रसँग अन्तरसंघर्ष चर्किंदै जाँदा समाजवादी केन्द्र निर्माणका लागि भट्टराई सक्रिय भएको र त्यसको तारतम्य उपराष्ट्रपति पुनले मिलाइरहनु भएको चर्चाका बीच आजको भेटलाई चासोका साथ हेरिएको छ ।
‘अशोकजी यतै रहने हुनुभयो,तर बाबुरामलाई उचालेर पार्टीलाई विभाजनको तहमा पुर्याउने मुख्य पात्र चै उहाँ नै हो’,एक नेताले भने, ‘एमाले हुँदादेखिको उहाँको अस्थिर र ढुलमुले चरित्र हो,अहिले पनि त्यहि देखियो ।’
यता,हिजो सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा उपेन्द्र र भट्टराईबीच भएको तीन घण्टा लामो छलफलपछि हार्दिकतापूर्वक छुट्टिने सहमति बनेको जसपाका एक नेताले बताएका छन् ।
उनका अनुसार भट्टराईले पूर्वनयाँ शक्ति पार्टीका नेता/कार्यकर्ता जसपामा अन्तरघुलन हुन नसकेकाले छुट्टिने प्रस्ताव राखेकोमा उपेन्द्रले सहमति जनाएपछि आ-आफ्नो बाटो लाग्ने अवस्था बनेको हो ।ती नेताका अनुसार कानुनीरुपमा पार्टी विभाजनको सबै सम्भावना समाप्त भएपछि बाध्यतावस भट्टराईले यस्तो बाटो लिनुभएको हो ।
जसपामा उपेन्द्र र डा. भट्टराईबीच विवाद चर्किनु र विभाजनसम्मको स्थिति निर्माण हुनुमा वरिष्ठ नेता अशोक राईको भूमिका पनि जिम्मेवार रहेको केही नेताहरुको बुझाइ छ । बाबुरामलाई उचालेर निर्णायक घडीमा उनलाई साथ् नदिई ‘घर न घाट’ बनाएको आरोप अशोक राईमाथि लागेको छ ।
‘अशोकजी यतै रहने हुनुभयो,तर बाबुरामलाई उचालेर पार्टीलाई विभाजनको तहमा पुर्याउने मुख्य पात्र चै उहाँ नै हो’,एक नेताले भने, ‘एमाले हुँदादेखिको उहाँको अस्थिर र ढुलमुले चरित्र हो,अहिले पनि त्यहि देखियो ।’
एमालेमा रहेका पूर्वमाओवादी सामूहिक राजीनामा दिने मनस्थितिमा
काठमाडौंउचित जिम्मेवारी र मर्यादाक्रमलाई लिएर नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा रहेका पूर्वमाओवादी नेतामा नेतृत्वप्रति असन्तुष्टि बढेको छ।उचित जिम्मेवारी नपाएको र आफूहरूभन्दा कनिष्ठलाई मर्यादाक्रममा माथि राखिएको भन्दै पूर्वमाओवादी नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसमक्ष असन्तुष्टिसमेत जाहेर गरिसकेका छन्।
अध्यक्ष ओलीले आफूहरूका कुरा नसुनेको अवस्थामा पूर्वमाओवादी नेता पदबाट सामूहिक राजीनामा दिने मनस्थितिमा पुगेका छन्। यद्यपि, तत्काल एमाले नछाड्ने निष्कर्षमा पनि उनीहरू पुगेका छन्।एमालेको १०औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा स्थायी कमिटीका सदस्य नेतृत्वले आफ्ना कुरा नसुनेको अवस्थामा सामूहिक राजीनामा दिने निष्कर्षमा पुगेका हुन्।
एमाले उपाध्यक्ष रामबहादुर थापा, सचिवद्वय टोपबहादुर रायमाझी र लेखराज भट्ट, स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साह राजीनामा दिने निष्कर्षमा पुगेको स्रोतको दाबी छ। उनीहरूसँगै केही केन्द्रीय सदस्य पनि राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ।
सामूहिक राजीनामा दिने मनस्थितिमा
‘पार्टीमा हामीलाई ठोस जिम्मेवारी दिइएको छैन। दिइएको जिम्मेवारीअनुसार पनि काम गर्न पाएका छैनौं। पदीय मर्यादाक्रमसमेत मिलेको छैन। हामीभन्दा जुनियरलाई माथि राखेर हामीलाई अपमान गरिएको छ। पूर्वमाओवादीबाट एमालेमा आएका हामीलाई सोपिसका रूपमा मात्रै राखिएको छ। यसरी हेपिएर बस्नुभन्दा आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उचित हुने हाम्रो निष्कर्ष हो,’ असन्तुष्टमध्येका एक पदाधिकारीले भने।
पदबाट राजीनामा दिने निष्कर्षमा पुगिसकेका उनीहरूले पार्टी भने तत्काल नछोड्ने जनाएका छन्। तत्कालका लागि एमालेमै बस्ने तर अहिलेको जिम्मेवारीबाट राजीनामा दिनेमा सबैको एकमत रहेको छ।
‘पार्टी अध्यक्ष केपी शर्मा ओली अहिले कोरोना संक्रमित हुनुभएकाले छलफल गर्न पाएका छैनौं। पार्टी अध्यक्षसँग आगामी दिनमा हुने छलफलबाट हाम्रो आगामी यात्रा तय हुने छ, माग पूरा नभएको अवस्थामा हामी सबै जना आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिन्छौं,’ असन्तुष्ट ती पदाधिकारीले भने।
उपाध्यक्षमा निर्वाचित थापा तत्कालीन नेकपाको सचिवालयमा रहेका थिए। तर, तत्कालीन नेकपाको सचिवालयमा नरहेका त्यसबेलाका स्थायी कमिटी सदस्यद्वय ९हाल एमाले उपाध्यक्षद्वय० युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यभन्दा वरीयतामा तल राखिएकोमा थापाको असन्तुष्टि छ। उनलाई अहिलेसम्म पार्टीले ठोस जिम्मेवारीसमेत दिएको छैन।
थापाले आफूनिकटसँग यो विषयमा पटकपटक छलफल गरेको र राजीनामा दिनु नै राम्रो हुने निष्कर्ष सुनाएको स्रोतको भनाइ छ । थापा यसअघि बाग्मती प्रदेशको इन्चार्ज रहेका थिए। १०औं महाधिवेशनपछि भने उनलाई कूटनीतिक र राष्ट्रिय सुरक्षाको संयोजनको जिम्मेवारी दिइएको छ।
सचिव रायमाझीले पनि आफूभन्दा जुनियरलाई माथिल्लो वरीयतामा राखेर आफ्नो अपमान गरिएको गुनासो गर्दै आएका छन्। रायमाझीले महाधिवेशनमा उपाध्यक्षको दाबी गरेका थिए। तर, सहमतिको नाममा उनलाई सचिव बनाइएको थियो।आफू स्वबियू सभापति हुँदा विद्यार्थी राजनीतिमा समेत नलागेका केही नेतालाई पदीय मर्यादाक्रममा माथि राखिएकोमा उनको चर्को असन्तुष्टि छ।
महासचिव शंकर पोखरेलदेखि उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल आफूभन्दा पदीय मर्यादाक्रममा माथि रहेकोमा सचिव रायमाझीले अपमानित महसुस गरिरहेका छन्। एमालेमा सचिव रायमाझीले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको प्रमुख तथा सम्बद्ध संगठनको इन्चार्जको जिम्मेवारी पाएका छन्।
‘पहिलापहिला सार्वजनिक कार्यक्रममा समेत अध्यक्ष ओलीले मलाई लाने गर्थे, सम्बोधन गर्न समय पनि दिन्थे तर अहिले कुनै प्रकारको सोधखोज नै छैन। अहिले त मभन्दा कनिष्ठलाई माथि राखेर हदैसम्मको अपमान गरिएको छ,’ सचिव रायमाझीले आफू निकटका नेतासँग गुनासो पोख्ने गरेका छन्।
यस्तै, अर्का सचिव लेखराज भट्टको समस्या पनि उस्तै छ। सुदूरपश्चिम प्रदेशको इन्चार्ज रहेका भट्टले आफूले जिम्मेवारीअनुसारको काम गर्न नपाएका गुनासो गरिरहेका छन्। हालै सम्पन्न जिल्ला अधिवेशनका क्रममा आफ्नो भनाइ कतै सुनुवाइ नभएको उनको गुनासो रहेको छ।
‘सुरुमै सेटिङ गरेर जिल्ला कमिटीको घोषणा गर्छन् । मेरो सल्लाह नै लिँदैनन, मैले दिन खोजे पनि लागू हँुदैन। म त नाम मात्रैको प्रदेश इन्चार्ज भएको छु, यस्तो इन्चार्जको के काम ? पूर्वमाओवादीका कुनै नेतालाई जिल्लाको नेतृत्वमा आउनै दिँदैनन्,’ सचिव भट्टले गुनासो गर्ने गरेका छन्।
स्थायी कमिटी सदस्यद्वय मणि थापा र प्रभु साहको समेत यस्तै गुनासो रहेको छ। थापा अहिले एमालेमा भूमि व्यवस्था विभागको प्रमुख र साह प्रदेश २ को सह–इन्चार्जको जिम्मेवारीमा छन्। तत्कालीन नेकपाको स्थायी कमिटीमा रहेका मणि थापाले महाधिवेशनको बेला सचिवमा दाबी गरेका थिए। तर, महाधिवेशनबाट सचिवसमेत हुन नसकेका थापा जिम्मेवारी बाँडफाँटमा समेत राम्रो जिम्मेवारी नपाएको गुनासो गर्छन्।
यस्तै, साहले समेत सचिवको दाबी गर्दै आएका थिए। तर, सचिव बन्ने उनको सपना पूरा हुन सकेन। उनी पछिल्ला दिनमा आफूले राम्रो जिम्मेवारी नपाएको गुनासो गर्दै आएका छन्।
मधेस प्रदेशको इन्चार्ज हुनुपर्ने माग उनको भए पनि ओलीले सह–इन्चार्ज बनाए। पोलिटब्युरो सदस्य रहेका अन्य नेतालाई समेत मधेस प्रदेशको सह–इन्चार्ज बनाएर आफ्नो अपमान गरिएको गुनासो साहले आफूनिकटका नेतासँग गर्ने गरेका छन्।
पछिल्लो केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रदेश कमिटीको पदाधिकारी प्रस्ताव गरेका थिए। सोही प्रस्ताव बैठकले पारित ग¥यो। तर, प्रदेश पदाधिकारीमा पूर्वमाओवादी समूहका नेतालाई जिम्मेवारी नदिएको र जिल्ला अधिवेशनबाट समेत पूर्वमाओवादी समूहका नेतालाई नेतृत्वमा आउन नदिएको भन्दै उनीहरू अध्यक्ष ओलीबाट असन्तुष्ट छन्। राजधानी दैनिकमा समाचार छ।
पुर्वमाओवादी समुहको एमालेमा अस्तित्व नभएको खुलासा !
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले भित्र माओवादी विउ छाडेको बताएपछि राजनीतिक बृत्तमा तरंग भएको छ ।बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने अनुभव उनले सुनाएका थिए ।
‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डले भनेका थिए,‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’
प्रचण्डले सार्वजनिक रुपमै एमाले भित्र बिउ रोपिएको प्रसंग उठाएपछि ती बिउहरुको खोजी हुन थालेको छ ।प्रचण्डले भनेको बिउ घनश्याम भुषाल, भिम रावलहरु हुन् वा माओवादी केन्द्रकै पुरानो बिउ भन्ने प्रश्न उठेको छ ।
माओवादीको असली बिऊको एमालेकरण की एमालेको माओवादी करण ?
सर्वोच्च अदालतको फैसलापछि विभाजित भएको तत्कालिन नेपाल कम्युनिस्ट पार्टीका केही पूर्व माओवादी नेता एमालेमै छन् ।तत्कालिन नेकपा माओवादी केन्द्रका महासचिव समेत रहेका राम बहादुर थापा बादल, स्थायी समिति सदस्य लेखराज भट्ट, मणि थापा र प्रभु शाह लगायत नेताहरु एमालेमै छन् ।
यतिसम्मकी तत्कालिन एमाले विरुद्ध खरो रुपमा प्रस्तुत हुने पूर्वसांसद बालकृष्ण ढुंगेल समेत एमालेमै छन् । अदालतको फैसलापछि नेकपा माओवादी केन्द्र र नेकपा एमाले अलग अलग दलको रुपमा स्थापित भएका थिए ।
एमाले भित्रको असन्तुष्ट समुहले नेकपा एकीकृत समाजवादी नामक दल बनाएर संसद र सरकार दुवैमा छ । त्यहाँ पूर्व माओवादीका कुनै पनि नेता कार्यकर्ता छैनन् । तर, नेकपा एमालेमा भने राम बहादुर थापा बादलको नेतृत्वमा ठूलो समुह छ ।
नेकपाको सरकार रहँदा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको कोटाबाट गृहमन्त्री बनेका ‘बादल’ विभाजनको दिनसम्म मौन थिए । बादल मौन रहेपनि माओवादी नेता कार्यकर्तामा भने उनी माओवादीमै फर्कने विश्वास थियो ।
तर, नेकपा एमालेले राजधानीको दरबारमार्गमा गरेको जनसभामा बादल उपस्थित भए । दरबारमार्गबाट माओवादी केन्द्रका अध्यक्ष लगायत नेतालाई चिडिया घरमा राख्नेसम्मको अभिव्यक्ति दिए ।
हाल नेकपा एमालेको उपाध्यक्ष रहेपनि उनी बरियतामा निकै तल छन् । यसअघि ईश्वर पोखरेल भन्दा सिनियर हैसियत दाबी गरेका उनी यतिबेला हैसियतविहिन ‘उपाध्यक्ष’को रुपमा छन् ।
जनयुद्धको राप र तापबाट स्थापित भएका बादललाई एमालेका कार्यकर्ताले क्षणिक नेतृत्वमा विश्वास गरेपनि कालान्तरमा गर्ने छैनन् भन्ने कुरा एमालेको नाटकीय महाधिवेशनमै देखियो । उनले अन्य नेता भन्दा निकै कम मत पाएका थिए ।
हाल बादल एमालेमा रहेपनि माओवादी बिउ भने पक्कै हुन् । प्रचण्डको संकेत बादल समुहलाई पनि हो की भन्ने एमाले कार्यकर्ताकै आशंका छ । एमाले भित्र बादल समुहका रुपमा लेखराज भट्ट, मणि थापा र प्रभु साहहरुलाई लिइन्छ ।
उनीहरु सबै माओवादी पृष्ठभूमिका नेता हुन् । उनीहरु एमाले बनेपछि माओवादीको एमालेकरण भएको एमाले नेताको विश्लेषण छ । उनीहरुले एमालेलाई माओवादीकरण गरे भने प्रचण्डले भनेको बिउको सार्थकता हुनेछ ।
तर, एमालेकरण भएका नेताहरुको रवैयाहेर्दा त्यसको आशा गर्ने ठाउँ छैन । किन भने उनीहरुले एमालेकै नेताहरु भिम रावल र घनश्याम भुषालले जति नेतृत्वप्रति प्रश्न गर्ने आँट समेत गर्न सकेका छैनन् ।