News Portal

रवि लामिछानेको पार्टीमा खुन्खार-खुन्खार मान्छे रहेको खुलासा, सबैलाई सिध्याउने ! {ल हेरौं नाम लिष्टसहित}

एनपर्दा संवाददाता
६४५४ पटक

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको उम्मेदवार तय गरेर आफ्नो दलले आगामी चुनावमा भाग लिने बताएका छन ।सञ्चारकर्म छाडेर राजनीतिमा आएका लामिछानेले मंगलबार मात्र दलको घोषणा गरेका हुन् । उनले निर्वाचन आयोग पुगेर दल दर्ताका लागि निवेदन पनि दिएका छन् ।

लामिछानेका अनुसार दलको सभापति उनी आफैं छन् । दलमा उनीसहित २१ पदाधिकारी रहेको भने पनि उनले अरु पदाधिकारीको नाम भने खुलाउन चोहनन् ।

उनले भने, ‘दल दर्ता प्रयोजनका लागि पदाधिकारीहरु राखेका छौं । देशले चिनेका होइनन्, देशलाई चिन्नेहरु छन् ।दल दर्ताका लागि निवेदन दिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लामिछानेले आफ्नो दल प्रधानमन्त्रीको उम्मेदवारसहित चुनावमा जाने बताए । उनले अघि भने, ‘प्राइमरीबाट प्रधानमन्त्रीको उम्मेदवार चुन्छौं र प्रधानमन्त्रीले आफ्नो मन्त्रीहरुको टिम बनाउँछ । त्यही लिएर हामी चुनावमा जान्छौं ।

झापा १ मा विश्वप्रकाशको भेट रविन कोइरालासँग
झापा १ मा नेपाली कांग्रेसका तर्फबाट महामन्त्री विश्वप्रकाश शर्मा नै चुनावी मैदानमा उत्रिने लगभग निश्चितजस्तो छ । चुनावको सम्भावित नतिजाबारे शर्माले तीनजनाको टीम बनाएर अनौपचारिक सर्वेक्षण शुरू गरेका छन् ।जिल्लाका नेताहरूसँगको ब्रिफिङमा शर्माले काठमाडौंबाट तीनजना सर्वेक्षक आएर फिल्डको अवस्थाबारे सुक्ष्म विश्लेषण गरिरहेको बताएका थिए ।

विगतमा दुईपटक पराजय व्यहोरेका शर्माले यसपटक नतिजा उल्टाउने योजना बनाएका छन् । जीत सुनिश्चित हुने भएमात्र उनले उम्मेदवारी घोषणा गर्नेछन् । कांग्रेसको महामन्त्री रहेको र भविष्यमा मन्त्री बन्ने सम्भावना रहेकाले यस क्षेत्रका मतदाताले यसपटक आफूलाई विजयी गराउने शर्माको विश्वास छ ।२०७४ सालको प्रतिनिधि सभा चुनावमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा माओवादी केन्द्रका सुरेन्द्र कार्की (राम कार्की)सँग पराजित भएका थिए ।

कांग्रेससँग तालमेल भए विश्वप्रकाशको क्षेत्रबाट कार्की विस्थापित हुने सम्भावना ज्यादा छ । विश्वप्रकाश र राम कार्कीमध्ये एकले झापाको कुनै अर्को क्षेत्र रोज्नुपर्नेछ । झापा १ का सडक ‘अफ्रिकन सुन्दरीका गाला जस्तै चिल्लो’ बनाउने चुनावी नारा बनाएका कार्कीले एमालेसँग गठबन्धन हुँदा शर्मालाई पराजित गरेका थिए ।

एमालेसँगको तालमेलका कारण कार्कीले ३६ हजार १ सय ७३ मत पाउँदा विश्वप्रकाशले ३३ हजार ३ सय १० मत पाएका थिए । कथंकदाचित विश्वप्रकाश शर्मा उठेनन् भने यो क्षेत्रबाट उषा गुरुङ उठ्ने सम्भावना छ । उनी यसअघि दुवै संविधान सभामा समानुपातिक सांसद थिइन् ।

चुनावमा उठे भने विश्वप्रकाशको भेट एमालेका रविन कोइरालासँग हुने सम्भावना छ । २०७० सालको चुनावमा कोइरालासँग शर्मा पराजित भएका थिए । कोइराला झापाको मेचीनगर नगरपालिकाका पूर्व मेयर पनि हुन् । देशभर कांग्रेसले राम्रो नतिजा ल्याएको समयमा विश्वप्रकाशको गृहनगरमा भने कांग्रेस पराजित बनेको छ ।

झापा क्षेत्र नम्बर १ मा पर्ने मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकामध्ये गाउँपालिकामा मात्र कांग्रेस विजयी भएको छ । मेचीनगरमा कांग्रेसको अवस्था खस्किएको छ । यसअघि १५ मध्ये ७ वडा जितेको कांग्रेस अहिले ३ वटामा खुम्चिएको छ । विश्वप्रकाशको वडा रहेको ९ नम्बरमा कांग्रेसको पराजय भएको छ । बुद्धशान्तिमा पाएको राम्रो मत विश्वप्रकाशको आधार हो ।

वाककला भएका शर्मालाई चुनाव परिचालनको कमाण्डर बनाएर समानुपातिक सूचीको अग्रस्थानमा राख्ने निर्णय भएपनि आश्चर्य मान्नुपर्ने छैन । त्यसो हुँदा राम कार्कीले गठबन्धनको तर्फबाट टिकट पाउने सम्भावना रहन्छ ।

झापा २ मा एमालेभित्र रस्साकस्सी
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा झापा २ बाट एमालेकी पवित्रा निरौला खरेल कांग्रेसका उद्धव थापालाई पराजित गरेर विजयी भएकी थिइन् ।खरेलले ४५ हजार ८ सय १७ मत प्राप्त गर्दा कांग्रेसका उद्धव थापाले ३१ हजार ५० हजार मत प्राप्त गरेका थिए । प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सभापति रहेकी खरेलले माधव नेपालको साथ छाडेर एमाले नै रोजेकी छिन् । तर अग्नि खरेलले समेत यही क्षेत्र रोजेका कारण एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने एकिन छैन ।

नेकपा एमाले प्रदेश १ कमिटी इन्चार्ज समेत रहेका देवराज घिमिरे यही क्षेत्रबाट चुनाव लड्ने तरखरमा छन् । अध्यक्ष ओलीका विश्वासपात्र घिमिरेले टिकट फुत्काउने सम्भावना प्रबल रहेको जिल्लाका एक नेताले बताए । खरेल र घिमिरेका अतिरिक्त चिन्तन पाठकले पनि यही क्षेत्रबाट चुनाव लड्न रुचि देखाएका छन् ।

प्रत्यक्षतर्फ पनि केही क्षेत्रमा महिला उठाउनुपर्ने बाध्यताका कारण एमालेबाट पवित्राले फेरि टिकट पाउने सम्भावना पनि छ । प्रत्यक्ष चुनाव जितेको र महिला भएका कारण उनको टिकट खोस्न एमालेलाई कठिन हुनेछ ।

झापा २ मा नेपाली कांग्रेसका तर्फबाट सरिता प्रसाईं बलियो दाबेदार हुन् । एमालेले खरेल र कांग्रेसले प्रसाईंलाई टिकट दियो भने यो क्षेत्रमा दुई महिलाबीच प्रतिस्पर्धा हुने सम्भावना छ । तर, दुवै महिलाले टिकट पाउने निश्चित भने छैन ।गुरुराज घिमिरेलाई २ भोटले पराजित गरेर कांग्रेसको प्रदेश १ सभापति बनेका थापा कांग्रेसका तर्फबाट फेरि उम्मेदवार बन्ने सम्भावना पनि छ ।

नेपाली कांग्रेस झापाका एक नेताका अनुसार सुधीर सिवाकोटी र केशवकुमार बुढाथोकी पनि यस क्षेत्रबाट टिकटका आकांक्षी हुन् ।प्रसाईं यसअघि राष्ट्रिय सभा सदस्य थिइन् भने सुधीर र केशवकुमार यसअघि संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

सिटौला–लिङ्देनको क्षेत्रमा मार्सी प्रवेश !
कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौलालाई पराजित गरेर २०७४ सालमा झापा ३ बाट राजेन्द्र लिङ्देन उदाएका थिए ।प्रतिनिधि सभामा राप्रपाको बिउ जोगाएका लिङ्देन गत मंसिरमा सम्पन्न महाधिवेशनबाट राप्रपाको अध्यक्ष बने । पूर्वपञ्चको पार्टीका अध्यक्ष लिङ्देन समकालीन नेताहरूका सम्बन्धमा बोलेको एउटा डायलगका कारण अहिले निकै चर्चित छन् । कांग्रेस महाधिवेशन उद्घाटनका क्रममा लिङ्देनले नेतालाई गाउँमा चोर आयो भनेर भन्ने गरेको भन्दै भाषण गरेका थिए ।

झापामा चुनाव जित्नका लागि कांग्रेस या एमाले दुवैले राप्रपाको मुख हेरेका छन् । कांग्रेसले माओवादीसँग तालमेल गर्ने सम्भावना ज्यादा रहेकाले राप्रपासँग एमालेले तालमेल गर्ने सम्भावना छ ।२०७४ सालमा ४४ हजार ६ सय १६ मत पाएर लिङ्देन विजयी भएका थिए । कांग्रेसका कृष्ण सिटौलाले ३१ हजार १ सय ७१ मत पाएका थिए ।

कांग्रेस र राप्रपा दुवैले आफ्नो अवस्था सुदृढ बनेको दाबी गरेका छन् । स्थानीय तह चुनावमा झापामा अनौठो तालमेल भएको थियो । कचनकवलमा राप्रपालाई हराउन कांग्रेस र एमाले मिलेका थिए भने ओलीको क्षेत्रमा एमाले हराउन राप्रपा र कांग्रेस मिलेका थिए । स्मरणीय छ, चितवनको भरतपुरमा एमाले र राप्रपा मिलेका थिए ।

यही क्षेत्रमा दुर्गा प्रसाईंले पनि आँखा गाडेका छन् । झापामा बी एण्ड सी मेडिकल कलेज स्थापना गरेका प्रसाईंले लामो समयदेखि चुनावको तयारी गरिरहेका छन् । प्रसाईंका अतिरिक्त हरि राजवंशीले पनि यो क्षेत्रबाट चुनाव लड्ने आकांक्षा देखाएका छन् । प्रसाईंले भने अनौपचारिक रूपमा चुनावको प्रचारप्रसार नै शुरू गरेका छन् ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...