News Portal

एमालेका केन्द्रिय नेता तथा सफल उद्यमी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश, पाए महत्वपूर्ण जिम्मेवारी

एनपर्दा संवाददाता
३५२९ पटक

काठमाडौं ।

सफल युवा उद्यमी विष्णु कुमार श्रेष्ठ ‘विष्णु पुरुष’ राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्य बनेका छन् ।उनी नेकपा एमाले पार्टी परित्याग गरेर रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेका हुन् ।एक विज्ञप्ति सार्वजनिक गर्दै उनले नेकपा एमालेको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट अलग रहेको घोषणा गर्दै अबको यात्रा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुरु हुने बताए ।

सामान्य परिवारमा जन्मिएर पनि धेरै युवाहरुलाई रोजगारी दिन सफल भएको र अब देश निर्माणमा पनि योगदान पुर्याउन राष्ट्रिय स्वतन्त्र पार्टीमा लागेको उनले बताएका छन् । आफूलाई सफल उद्यमी भनेर चिन्ने मौका मिलेकोले अब आफ्नो लागि नभई देशको लागि समय दिनुपर्ने अवस्था आएकोले राष्ट्रिय स्वतन्त्र पार्टीको महत्वपूर्ण जिम्मेवारी केन्द्रीय सदस्य भएर काम गर्ने उनले भनेका छन् ।

यस्तै रवि लामिछानेले नेतृत्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पार्टीको नामलाई लिएर उत्पन्न विवाद किनारा लगाउँदै आयोगले सोही नामलाई मान्यता दिएको हो ।

प्रस्तावित चुनाव चिन्ह घण्टीलाई पनि आयोगले आधिकारिकता दिएको पार्टीका प्रवक्ता मुकुल ढकालले बताए ।

यो चुनाव चिन्ह अरु पार्टीले नपाएकाले आयोगले स्वीकार गरेको छ । केही स्वतन्त्र उम्मेदवारहरुले रविको पार्टीको नामले आफूहरुलाई अप्ठेरो पर्ने भन्दै आयोगमा उजुरी दिएका थिए ।

यो पनि हेर्नुहोस, ‘यो सरकार कामचलाउ मात्रै हो’ – गठबन्धनमा ६०-४० को मोडालिटी हुँदैन
मैले यो उमेरमा पनि लेख्दै आएको छु, विचार प्रवाह गरिरहेको छु । नयाँ पुस्ता भन्नेहरूले त्यत्तिको लेख्न सकुन् त ? विचार दिन पर्‍यो नि त ! उमेरले हो र राजनीति गर्ने ? विचारले हो नि राजनीति गर्ने । उमेरको कुरा बिल्कुल फाल्तु हो । अराजनीतिक कुरा हो ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल १४औं महाधिवेशन अघि सभापति शेरबहादुर देउवाको कट्टर आलोचक थिए । १४औं महाधिवेशनमा सभापतिमा उठ्ने अवस्था नरहेपछि तटस्थ बसे । पार्टी निर्वाचनमा कुनै पदमा उम्मेदवारी नदिएका उनलाई देउवाले महाधिवेशनपश्चात् केन्द्रीय सदस्य बनाए । पछिल्लो समय उनी देउवासँग नजिकिएको कांग्रेसवृत्तमा चर्चा हुने गर्छ । गठबन्धनका दलहरूबीचको छलफलमा देउवाले नेता डा. शेखर कोइरालालाई आमन्त्रण नगरी पौडेललाई गर्छन् ।

उनै पौडेलको नेतृत्वमा उच्चस्तरीय समन्वय समिति गठन गर्न देउवाले पहल गरे । सत्ता घटक दलको निर्वाचन तयारी तथा अनुगमन समितिको संयोजकको जिम्मेवारी पनि उनको काँधमा थियो । सत्ताघटक दलबीच तालमेलमा देउवा र पौडेल एक ठाउँमा छन् । स्थानीय तहको नतिजाबाट उत्साहित पौडेल संघ र प्रदेशको निर्वाचनमा पनि तालमेल हुनेमा ढुक्क देखिन्छन् । विधान विपरितका गतिविधिमा देउवाको आलोचना गर्ने उनी पछिल्लो समय उनीप्रति नरम देखिन्छन् ।

कांग्रेसको आन्तरिक पार्टी राजनीति, गठबन्धनको भविष्य, सरकारको एकवर्षे अवधि लगायत विषयमा रहेर अनलाइनखबरकर्मी बिनु सुवेदी र लिलु डुम्रेले नेता पौडेलसँग गरेको कुराकानी :

यो सरकारको करिब एक वर्षको अवधिलाई कसरी समीक्षा गर्नुहुन्छ ?
यो सरकार एकाएक आएको हो । तयारी केही पनि गर्न नपाएको अवस्थामा यो सरकार कामचलाउ मात्रै छ अझै पनि । सरकारले योजनाबद्ध तरिकाले केही काम गर्न पाएको छैन, गर्न सकेको छैन । सुरु–सुरुका दिनमा त पुनस्र्थापित भएको सरकार पनि चल्न दिइएन ।

यसका बाबाजुद सरकारले कोभिड–१९ को महामारीलाई राम्ररी नियन्त्रण गर्‍यो । अहिले महँगीको मार परेको छ, यसलाई पनि सरकारले हेर्नुपर्छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाएको त छ, तर त्यतिले पुगेको छैन भन्ने मेरो भनाइ छ ।

अनुगमन अत्यन्त प्रभावकारी बनाउनुपर्छ । ठूला व्यापारीहरूले कहाँबाट कतिमा सामान ल्याउँछन् र बजारमा कसरी बेच्छन् त्यसलाई पारदर्शी बनाउनुपर्छ । त्यसो हुँदा मूल्य अझै घट्न सक्छ ।

बिचौलियाले शोषण गर्ने प्रथालाई नियन्त्रण गर्नुपर्छ । सरकारको दायित्व नै त्यही हो । सरकारले जनताप्रतिको आफ्नो उत्तरदायित्वलाई बिर्सिनु हुँदैन, बजार नियन्त्रण गर्नुपर्छ । जनताले सुपथ मूल्यमा आफ्नो भान्सा चलाउन पाउनुपर्छ ।

एक वर्षको अवधि मूल्यांकन गर्दै गर्दा जनजीविकाको विषयमा त यो सरकार पूरै असफल भयो भनिन्छ । त्यसमा यहाँको भनाइ के छ ?
जनजीविकाको विषयमा यो सरकार पूर्ण असफल नै भएको भने होइन । केही काम चाहिं सरकारले गर्दैछ त्यसलाई हामीले अनदेखा गर्नुहुँदैन । कोभिडको क्षेत्रमा गरेको काम, बाढी नियन्त्रणको क्षेत्रमा, अहिलेको महामारी नियन्त्रणमा, मूल्य नियन्त्रणमा काम त गरेको छ ।

बजारमा हल्ला सुन्छु, आयल निगमलाई फेरि सार्वजनिक संस्थान बनाउन खोजिएको छ । त्यो गलत हो, त्यस्तो गर्नुहुँदैन । आयल निगम फेरि व्यापारीलाई दिने कुरा जनतालाई मार्नु हो । जनतालाई आवश्यक परेको बेला झन् बढ्ता नाफाखोरी चल्छ ।
तर कामहरू जसरी अलिकति छिटो–छरितो ढंगले हुनुपर्थ्यो, त्यो रूपमा भइराखेको छैन । अब सरकारलाई अलिकति प्रभावकारी बनाउनुपर्थ्यो भन्ने मेरो कुरा हो ।

तपाईंहरूले सरकारको प्राथमिकता के–के हुनुपर्छ भनेर तयार पनि गर्नुभएको थियो, त्यो अनुसार सरकार चलेजस्तो लाग्छ त ?न्यूनतम साझा कार्यक्रममा जे कुरा उल्लेख छ, त्यो अनुसार काम भइराखेको छैन । नेपालको समस्या त्यही हो, लेख्ने एउटा गर्ने अर्कै काम । लेख्या काम सबै गरिंदैन ।

सरकारले त्यति नराम्रो गरेको भन्ने त छैन, राम्रै राम्रो गर्‍यो भन्न पनि सकिएको छैन । अहिले कामचलाउ जस्तै अवस्थामा सरकार रह्यो । अबको मुख्य प्राथमिकता अर्काे चुनाव गराउने हो । स्थानीय चुनाव गरेर एउटा काम त गर्‍यो । पेट्रोलियमको मूल्य घटायो, अब चुनाव गराउँछ । तर पनि सरकारले कस्ता नीतिगत कामहरू गर्छ त्यसमा हामी सचेत रहनुपर्छ ।

बजारमा हल्ला सुन्छु, आयल निगमलाई फेरि सार्वजनिक संस्थान बनाउन खोजिएको छ । त्यो गलत हो, त्यस्तो गर्नुहुँदैन । आयल निगम फेरि व्यापारीलाई दिने कुरा जनतालाई मार्नु हो । जनतालाई आवश्यक परेको बेला झन् बढ्ता नाफाखोरी चल्छ ।

हाम्रो जस्तो तेस्रो विश्वका मुलुकमा सिस्टम राम्रो बसिनसकेकाले यहाँ राज्यले जिम्मा लिनुपर्छ भन्ने मेरो कुरा हो । संवेदनशील कुराको राज्यले नै जिम्मा लिएर जनतालाई सुविधा दिने व्यवस्था मिलाउनुपर्छ । व्यापारीलाई दियो भने त्यही आधारमा खेलहरू हुन्छन्, जनतालाई झन् धेरै समस्या हुन्छ ।

जनता र जनजीविकाको सवालमा तपाईंहरूले केपी ओलीको सरकारलाई जे भनेर आरोप लगाउनुभयो, अहिलेको सरकार नि त्यही बाटोमा हिंड्न खोजेको देखिन्छ हैन र ?

अहिले पहिले जस्तो ओम्नी काण्ड त भएको छैन । हुन खोज्या छन् भन्ने सुनिन्छ । हामीले खबरदारी गरिरहेका छौं, त्यसलाई हामी रोक्छौं । हामीले एकदमै राम्रो सुशासन गर्छौं, विकासको चुलीमा पुर्‍याउँछौं भनेको पनि हैन । प्रतिगमनलाई रोक्छौं, उपलब्धिलाई बचाउँछौं, संविधान जोगाउँछौं भनिएको हो । त्यसै अनुसार काम भइरहेको छ ।

यो सरकार बनिसकेपछि तपाईं पनि उच्चस्तरीय संयन्त्रको संयोजक हुनुभयो, तर संयन्त्रले सरकारलाई झकझक्याउने काम त गर्न सकेन नि !
उच्चस्तरीय संयन्त्रले सरकारका हरेक कामलाई हस्तक्षेप गर्ने कुरा सिद्धान्ततः म मान्दिनँ । मैले पहिलेदेखि नमानेकै कुरा हो । अर्को गैरसंवैधानिक शक्ति केन्द्र हामीले बनाउन चाहेकै छैनौं ।

यो त चुनावको लागि राजनीतिक समन्वय गर्न बनेको हो । राज्यको दैनिक काममा यसले हस्तक्षेप गर्नुहुँदैन । त्यसो हुँदा गैरसंवैधानिक शक्ति केन्द्र बन्छ । तर कहिलेकाहीं कुनै न कुनै कुरामा हामीले सरकारलाई सहयोग गर्न सुझाव दियौं । जस्तो कि पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य घटाउने कुरामा सुझाव दिइयो, सुझाव कार्यान्वयन पनि भयो ।

यो सरकार बनेपछि एमाले अध्यक्ष केपी ओलीले टालाटुली बटुलीको सरकार हो, यसको कुनै प्रभावकारिता र औचित्य रहन्न भन्नुभएको थियो । त्यस्तै भयो हैन ?

हाम्रो पनि बहुमत छैन, कसैको पनि बहुमत छैन । केपी ओलीले संसद फाल्न थाल्नुभयो, आएको परिवर्तनलाई उल्टाउन थाल्नुभयो, देशलाई प्रतिगमनतिर लैजान खोज्नुभयो त्यसलाई नियन्त्रण गर्नका लागि हामी सबै परिवर्तनको रक्षामा लाग्यौं ।

प्राप्त भएको जुन उपलब्धि छ यसलाई बचाउन, सिस्टमलाई अघि बढाउन र ओलीजीको प्रतिगमन रोक्न हामी एक ठाउँमा भएकै हो । त्यसैले यो सरकार बनेको हो । शब्द त अब जे भने पनि भयो नि !

यो गठबन्धनको आयु कहिलेसम्म हो ?
प्राप्त भएको जुन उपलब्धि छ यसलाई बचाउन, सिस्टमलाई अघि बढाउन र ओलीजीको प्रतिगमन रोक्न हामी एक ठाउँमा भएकै हो । त्यसैले यो सरकार बनेको हो । शब्द त अब जे भने पनि भयो नि !यसलाई अझै पनि अगाडि बढाउनुपर्ने देखिन्छ । मलाई लाग्छ, प्रदेश र संघको चुनावमा पनि यो गठबन्धन कायमै भएर जानुपर्छ ।

प्रदेश र संघको चुनावमा तालमेलको मोडालिटी के हुन्छ, केही छलफल गर्नुभएको छ ?
फिल्डको रियालिटीलाई हेरेर गठबन्धन गर्नुपर्छ भन्ने मेरो भनाइ छ । मानौं न कुनै क्षेत्रमा ५० हजार एमाले छन्, ५० हजार कांग्रेस छन् । त्यहाँ अर्को पार्टीलाई दिएर के गर्ने ? कांग्रेस नै प्रतिस्पर्धामा छ ।

अर्को पार्टी प्रतिस्पर्धाको नजिक भयो भने त्यसैलाई दिने हो । ग्राउन्ड रियालिटीको आधारमा सिट बाँडफाँट गर्नुपर्छ ।यति सिटको भागबण्डा भन्ने हैन । कहाँ कसको संभावना छ त्यो अनुसार हुन्छ ।

कांग्रेसले ६० प्रतिशत राख्ने अरूलाई ४० प्रतिशत दिने भन्ने कुरा पनि आएको छ, त्यो कत्तिको सम्भव देख्नुहुन्छ ?
त्यो चाहिं हुँदैन । कांग्रेसको कुरा प्रष्ट छ, जहाँ आफू जित्छौं भन्ने विश्वास छ त्यो ठाउँमा आफैं लड्छौं । माओवादीको संभावना छ भने हाम्रो भोट उसलाई थपिदिन्छौं । हाम्रो भोट थपिदिएर समाजवादी, जसपा या जनमोर्चा जित्ने संभावना छ भने हामी थपिदिन्छौं ।

उहाँहरूको बलियो उपस्थिति भएको ठाउँमा हामीले अलिकति सहयोग गर्दा उहाँहरूले जित्ने संभावना हुन्छ भने हामीले सहयोग गर्ने, उहाँहरूले पनि हामीलाई त्यही गर्ने हो । मैले बुझेको गठबन्धन त यही हो ।

तालमेलको आधार कसरी तय गर्नुहुन्छ ?
जिल्ला जिल्लाको रिपोर्टबाट थाहा हुन्छ नि ! स्थानीय तहमा पाएको मतको रेकर्डहरू पनि छ । कहाँ कसको कस्तो संगठन भन्ने थाहा छ । मोटामोटी हेर्दा थाहा पाइहालिन्छ ।कांग्रेससँग तालमेल गर्दा थोरै उम्मेदवार हुने आशंकाले गठबन्धनकै अरू दलले उपगठबन्धन बनाउने छलफल पनि थालेका छन् नि !

तालमेल गर्नैहुन्न भन्ने त कांग्रेसभित्र पनि छन् । एक्लै कांग्रेस लड्नुपर्दछ, १६५ सिटमै लड्नुपर्छ भन्नेहरू पनि छन् । १६५ मा नै लड्यौं भने १०० सीट जित्छौं, हामीले किन गठबन्धन गर्ने ? भन्ने हाम्रो पार्टीभित्र पनि छ नि त !

त्यस्तो मत हुँदाहुँदै पनि एक दलले पूर्ण बहुमत ल्याउनसक्ने अवस्था त यो निर्वाचन प्रणालीमा देखिंदैन । बहुमतको सरकार बनाउनका लागि गठबन्धनमा सहमति गरेर अहिलेदेखि नै अघि बढौं भन्ने हो । यसका लागि केही न केही सम्झौता गर्नैपर्छ ।

यस प्रणालीभित्रै रहेर एक दलले बहुमत नै ल्याउन नसक्ने अरू दलका नेताहरूले पनि भन्नुहुन्छ । यस निर्वाचन प्रणालीबाट एउटा दलले बहुमत ल्याउन नसक्ने नै हो ?

प्रत्यक्ष मात्रै चुनाव हुने हो भने एक दलले पनि बहुमत ल्याउन सक्थ्यो, तर समानुपातिकको व्यवस्था पनि छ । हामीले समावेशी र समानुपातिक पद्धति प्रयोग गरेका हौं ।

त्यसमा पार्टीले प्राप्त गरेको भोटको आधारमा सिट बाँडफाँट हुने हो । अनुपातमा बाँड्दा एउटै पार्टीले सर्लक्कै पाउँदैन, एकै दलको पूर्ण बहुमत हुन सक्दैन । त्यसकारण, अरू दलहरूलाई पनि मिलाउनुपर्ने भएको हो ।

१४औं महाधिवेशन अघि तपाईं सभापति शेरबहादुर देउवाको प्रतिपक्ष जस्तो देखिनुहुन्थ्यो । १४औं महाधिवेशन पछि मूलतः तालमेलको विषयमा तपाईं र सभापतिको मत एकै देखिन्छ । के कारणले गर्दा सभापतिकै लाइनमा देखिनुपर्ने अवस्था आयो ?

पहिले त सभापति र मेरो कुरा मिलेको थिएन । केपी ओलीले संसद भंग गरेपछि उहाँ चुनावतिर जानुपर्ने लाइनमा हुनुहुन्थ्यो । म चाहिं चुनावमा जानुहुन्न भनेर लागें । किनकी चुनाव हुन्छ भन्ने ग्यारेन्टी थिएन, बरु चुनावका नाममा पूरै कब्जा गरिदिने डर पनि थियो । त्यसबेला हामी सकिन्थ्यौं, ओलीले देशलाई जहाँ लैजान खोजेको, त्यहाँ पुर्‍याउँथे । त्यसैले विघटनको खिलाफमा म अलि बढी लागेको हुँ ।

हामी सत्ताका लागि हामी मिलेका होइनौं, व्यवस्था बचाउन मिलेका हौं ।
उहाँ (सभापति) विस्तारै तानिएर आउनुभएको हो । उहाँ पनि यही लाइनमा आइसकेपछि अघि बढ्ने कुरामा त दुई जनाको कुरा मिल्ने त भयो नि ! मिल्न त पर्‍यो नि त ! त्यति मात्रै हो ।

सरकार सञ्चालन तथा सुशासनका विषयमा पनि कुरा नमिल्ने, तर गठबन्धन गर्नुपर्छ भन्नेमा तपाईंहरू एकमत हुनु पछाडिको कारण के हो ?
हामी सत्ताका लागि हामी मिलेका होइनौं, व्यवस्था बचाउन मिलेका हौं ।गठबन्धन नभए शीर्ष तहका नेताहरू नै पराजित हुने अवस्था आउने डरले तपाईहरु व्यक्तिगत स्वार्थका लागि भए पनि तालमेल गर्नैपर्ने बाध्यतामा रहेको भनिन्छ । यसमा पनि सत्यता हो नि ?

मेरो व्यक्तिगत कुरा गर्दा यो हुँदै होइन । मेरो व्यक्तिगत कुरा हुन्थ्यो भने त संसद विघटन भएकै बेलामा चुनावमा जाऔं भन्थें होला । सजिलै चुनाव जित्न मलाई सहज पनि थियो । उहाँहरू (तत्कालीन नेकपा) त चकनाचूर भइसकेको थियो । त्यो बेला चुनाव भएको भए त म सांसद भइसक्थें ।

त्यसैले मैले आफ्नो लागि होइन, व्यवस्थाका लागि सोचेको हो । व्यवस्था स्थिर नहुँदा नेपालले विकास गर्न पाएन । व्यवस्था स्थिर भएपछि मुलुकले निकास पाउन सक्छ ।देशलाई स्थायित्व, सामाजिक न्याय र सुशासनको आवश्यकता रहेको त मैले भन्दै आएको छु । अहिलेका मूल एजेण्डा भनेकै यही हुन् । सिद्धान्त भने पनि, मुद्दा भने पनि यिनै हुन् । यिनै मुद्दामा हामी जो जो मिल्न सक्छौं मिलेर जाऔं भन्ने हो ।

गठबन्धनको विषयमा पनि पार्टीभित्र मतान्तर छ । कसरी मिलाउनुहुन्छ ?
गठबन्धन नगर्ने कुरा एकथरी साथीहरू गर्नुहुन्छ । गठबन्धनको विरोध गर्नेहरूले के उपलब्धि हासिल गरे त ? गठबन्धनको विरोध गर्नु वास्तविकतामा आधारित थिएन ।

तालमेलको विरोध गर्ने पार्टीको सही लाइन होइन । संकटबाट देशलाई बचाउनु अहिलेको आवश्यकता छ । संविधान र लोकतन्त्र बचाउनु छ । परिवर्तनलाई जोगाउनु छ । यो कुरालाई महत्व नदिनेले मात्रै गठबन्धन चाहिंदैन भन्छन् ।

गठबन्धनले जित्यो भने मात्रै देश संकटबाट बच्ने हो ?
हो । स्थानीय तहको चुनावले प्रतिगमनकारीलाई हतोत्साहित त गर्‍यो नि ! गठबन्धनको पक्षमा बहुमत आयो भने अस्थिरता ल्याउने शक्ति पछि पर्छ । षडयन्त्रकारी पछि हट्छन् । देशले स्थायित्व पाउँछ ।

संघ र प्रदेशमा पनि तालमेल भयो भने कांग्रेसको अवस्था कस्तो रहन्छ ? कांग्रेसको हैसियत तपाईंको आकलन चुनाव पछि कस्तो हुन्छ ?
कांग्रेस सबैभन्दा ठूलो पार्टी त बनिनै हाल्छ । कांग्रेस बहुमतको नजिक नजिक पुग्छ । कांग्रेसमा अन्तर्घात नगरी सबैलाई सबैले साथ दिए अझै अरू पनि आउन सक्ला ।

पार्टी सभापतिसँग तपाईंको सम्बन्ध सुधार भएपछि दलभित्रको समस्यामा बोल्नै छोड्नुभयो भन्ने आरोप पनि छ ! महाधिवेशन पश्चात् पार्टी विधान र त्यसको कार्यान्वयनको बारेमा बोल्नै छोड्नुभयो नि ?

पहिले पहिले धेरै बोल्नु थियो बोलिहालियो । अहिले बोल्न भनेर अरू साथीहरू आउनुभएको छ । उहाँहरू बोल्नुहोला नि त ! उहाँहरूले कतिसम्म गर्न सक्नुहुन्छ, हेरिरहेको छु । मैले भन्नुपर्ने, सभापतिलाई वार्निङ गर्नुपर्ने कुरा गरिरहेको छु, जथाभावी नगर्नुस् भनेको छु । दुई दिनअघि पनि पार्टी सभापतिलाई भेटेर लथालिङ्ग राख्नुभएन, भ्रातृ संस्था गठन गर्नुस् भनेको छु ।

स्थानीय तहको चुनावले प्रतिगमनकारीलाई हतोत्साहित त गर्‍यो नि ! गठबन्धनको पक्षमा बहुमत आयो भने अस्थिरता ल्याउने शक्ति पछि पर्छ । षडयन्त्रकारी पछि हट्छन् । देशले स्थायित्व पाउँछ ।विधान अनुसार हुनुपर्ने निर्णय भएको छैन । विभाग गठन ६ महिनाभित्र हुनुपर्ने हो । गठन गर्ने कार्यमा सभापति लागेको पनि देखिन्न । तपाईंको सुझाव कार्यान्वयन त भएन ?

विभाग के भो ? भ्रातृ संस्था कहाँ के भए ? के गर्न खोजेको ? धेरै पहिले नै सभापतिको अगाडि भनेको हुँ । बेला बेलामा मेरो आफ्नो कुरा त भनिरहेको छु ।

तर, अहिले भन्ने क्रममा अलिकति शैली फरक भयो होला । हिजोका दिनमा पार्टी सभापति देउवाको सम्पूर्ण रूपमा अपोजिसनमा म थिएँ । पार्टीको संस्थापन पक्षको प्रतिपक्षको भूमिका जस्तै मेरो थियो । अहिले त हामी गर्छौं भन्दै मेरो ठाउँमा अरू आएका छन् । उहाँहरू कसरी बोल्नुहुन्छ, गर्नुहुन्छ– उहाँहरूलाई नै मौका दिऔं न त भनेर हो । उहाँहरूलाई अवसर दिएको हो मैले ।

पार्टी सभापतिको १४औं महाधिवेशनपछिको कार्यकालप्रति चाहिँ तपाईं सन्तुष्ट हुनुहुन्छ ?
म सन्तुष्ट छैन । म सन्तुष्ट नभएरै सभापतिलाई नेविसंघ, तरुण दल, महिला संघ खै ? भनेर सोधेको छु । भ्रातृ संस्थाहरू किन नबनाएको प्रश्न गरेको छु ।जसलाई देउवाले पत्याए, त्यसलाई बनाएर भयो ? आम कार्यकर्ता सबैले पत्याउनु पर्‍यो नि ! आम विद्यार्थी, तरुण, किसान र आदिवासी जनजातिले पत्याउनेलाई अध्यक्ष तोक्नु पर्‍यो नि ! सभापतिले पत्याएकोले मात्रै हुन्छ ? आफूलाई जुन प्यारो लाग्छ, त्यसैलाई नियुक्त गर्दै गएर हुँदैन ।भ्रातृ संस्था सबैको तदर्थ समिति हुनुपर्‍यो । मेरो भनाइ त दिनदिनै भनिरहेको छु ।

भ्रातृ संस्थामध्ये चार वटाको अध्यक्ष तोकिएको छ । मनोनीत गर्ने क्रममा तपाईंसँग सभापतिले केही सरसल्लाह गर्नुभएन ?
अहँ, परामर्श गर्नुभएन । सकेसम्म म केन्द्रीय समितिको बैठक नछुटाउने व्यक्ति हुँ । भ्रातृ संस्था विघटनको निर्णय गर्ने त्यो दिन म सहभागी हुन सकिनँ । म नभएको बेला मिटिङ भयो । म बैठकमा भएको भए त २/४ प्रश्न गर्थें होला ।भ्रातृ संस्था भंग गरेर सबै जिम्मेवारी साथीहरूले सभापतिलाई छाडिदिए । अब मैले के गर्ने ? उहाँलाई सबैले छोडिदिएपछि सभापतिले गर्ने यस्तै हो ।

तर पश्चात् लाभको पद पाउने भएर तपाईं सभापति नरम हुनुभयो भन्ने आरोप पनि यदाकता सुनिन्छ नि ?
मैले भन्न बाँकी केही छैन । सार्वजनिक रूपमा पनि सभापतिलाई भनेको छु । भेटेर पनि भनेको छु ।त्यो भन्नेहरूको भनाइ हो । म पदको लागि कम्प्रोमाइज गर्ने मान्छे होइन । लाभको पद खोजेर म जीवनभर हिंडेको पनि छैन । राष्ट्रपति हुन खोजेको भनी केही मान्छेहरूले भन्छन् ।

म राष्ट्रपति हुन खोजेको छैन । शान्ति प्रक्रिया पछि गिरिजाबाबुले राष्ट्रपति मलाई नै बनाउन खोज्नुभएको थियो । एक नम्बरमा मेरै नाम थियो । प्रचण्ड र बाबुराम भट्टराई मलाई बनाउन तयारै थिए । राष्ट्रपतिको आश गरेको भन्ने बेकारका हल्ला हुन् ।पदका लागि राजनीति गर्न जान्दिनँ, गर्दिनँ पनि । देश र प्रजातन्त्रको भलो होस् । मैले चाहने त्यही हो ।

राजनीतिमा नयाँ पुस्ता आइरहेको छ । मूलधारका पार्टीमा पुरानै अनुहार छन् । पुरानो पुस्ताले छोडिदिएर नयाँका लागि अवसर दिए हुन्थ्यो भन्ने आशा छ । निर्वाचनमा प्रतिस्पर्धा नगर्ने सोच त बनाउनुभएको छैन नि ?

नेपालको राजनीतिमा एउटा अफवाह र नचाहिने कुरा भइरहेको छ । मिडियाले पनि मच्चाउने गर्छ । मिडिया मच्चिनमा पछाडि कुनै तत्व छ कि ? जसले यो मुलुकलाई अस्थिर बनाउन खोजेको छ ।

शेरबहादुर देउवा फेरि सभापति बनेको यस्तै नारा लगाउनेहरूको कारण हो । नयाँ पुस्ताको नारा लगाउने सभापति देउवा बनाउन सबैभन्दा जिम्मेवार छन् ।
अस्थिरतातिर लगिरहने नयाँ–नयाँ प्रयोग गरिरहने खेल हुन थालेको छ । अस्थिर बनाएर नेपाललाई छिया-छिया बनाउन हो कि ! होइन भने यस्तो अराजनीतिक कुरा हुनुहुँदैन ।

मैले यो उमेरमा पनि लेख्दै आएको छु, विचार प्रवाह गरिरहेको छु । नयाँ पुस्ता भन्नेहरूले त्यत्तिको लेख्न सकुन् त ? विचार दिन पर्‍यो नि त ! उमेरले हो र राजनीति गर्ने ? विचारले हो नि राजनीति गर्ने । उमेरको कुरा बिल्कुल फाल्तु हो । अराजनीतिक कुरा हो ।

युवा पुस्ताका नेताहरूले प्रधानमन्त्रीमा दाबी गर्न खोज्नुभएको हुनसक्छ । युवा पुस्ताबाट अघि सार्दा पार्टी र देशलाई नै लाभ होला नि ?
प्रधानमन्त्रीको दाबी गर्न त पाइयो । संसदीय समितिमा जसलाई सांसदले चुन्छन्, उही हुने त हो । त्यस्तै नयाँ नयाँ भन्नेहरूले त शेरबहादुर देउवालाई दोहोर्‍याइरहेका छन् ।शेरबहादुर देउवा फेरि सभापति बनेको यस्तै नारा लगाउनेहरूको कारण हो । नयाँ पुस्ताको नारा लगाउने सभापति देउवा बनाउन सबैभन्दा जिम्मेवार छन् ।

युवा पुस्ता अघि आऔं भन्नेले कसरी देउवालाई सभापति बनाउन जिम्मेवार भए ?
रामचन्द्र र देउवालाई एउटै बास्केटमा राखे । म रूपान्तरणको पक्षमा भएको व्यक्ति हुँ । विधान अनुसार पार्टी चल्नुपर्छ भनेर विकल्प दिएर अघि बढेको मान्छे हुँ । देउवाको विकल्पमा म रूपान्तरणको मुद्दा सहित अघि बढेको थिएँ ।

युवा पुस्ता भन्नेहरूले लिएको नाराले मलाई कमजोर बनाउने र शेरबहादुर देउवालाई बलियो बनाउने काम गर्‍यो । हामी दुईको बराबरी शक्ति थियो, त्यही पुस्ताको नाराको बलमा देउवाले शक्ति प्रयोग गरी छक्का हान्दिनुभयो ।

शेरबहादुरको विकल्प त म थिएँ नि ! विकल्पमा रहेको मलाई बाहिर निकाल्ने षडयन्त्र गरियो । रामचन्द्रलाई कमजोर बनाएर दउवालाई बलियो बनाउने काम भयो । आफूले विकल्प दिन पनि नसक्ने र म विकल्प हुनसक्ने मान्छेलाई कमजोर पार्ने काम गरे ।नयाँ पुस्ता भनेकैले देउवालाई थमौती गरेका हुन् । परिवर्तनका बढ्ता कुरा गर्नेले नै देउवालाई थमौती गरे ।

तर जे सुकै नाममा होस्, युवालाई रोक्दा त कांग्रेसलाई झन् घाटा होला नि ?
युवा आउनुहुन्न भनेकै छैन । युवा मात्रै भन्ने कुरा त हुन्न नि ! व्यावहारिकतालाई ध्यानमा राखेर काम गर्नुपर्‍यो भनेको हुँ ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...