
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले २१ सदस्यीय केन्द्रीय कार्यसमिति सदस्यको नाम सार्वजनिक गरेको छ । शुक्रबार निर्वाचन आयोगले दर्ताको प्रमाणपत्र दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले एक विज्ञप्ति जारी गरी केन्द्रीय समितिका २१ जनाको नाम सार्वजनिक गरेका हुन् ।
लामिछानेको नेतृत्वमा २१ सदस्यीय केन्द्रीय कमिटी बन्नेछ । जसमा प्रवक्ता बाहेक पदाधिकारी हुने छैनन् ।पार्टीको पहिलो बैठकबाट ढकाललाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । प्लेन तदर्थ समितिको बनाएको राष्ट्रिय स्वतन्त्र पार्टीले भातृ संगठन पनि नबनाउने नीति लिएको छ ।
उक्त पार्टीमा कार्यकर्ता नभई सदस्य मात्रै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले एक वर्षपछि पार्टीले महाधिवेशन गर्नेछ । महाधिवेशन नभएसम्म सभापति र प्रवक्ता बाहेकका पदाधिकारी हुने छैन ।
केन्द्रिय सदस्यहरुको सुचि
नाम पद १) रवि लामिछाने सभापति २) डा.मुकुल ढकाल प्रवक्ता
३) डोल प्रसाद अर्याल सदस्य४) कविन्द्र बुर्लाकोटी सदस्य५) दीपकराज बोहरा सदस्य६) विपिन कुमार आचार्य सदस्य७) महेश्वर घिमिरे सदस्य८) वसुमाया तामाङ्ग सदस्य९) उपेन्द्र पाण्डे सदस्य१०) इश्रा मुल्ला मिया सदस्य
११) गणेश पराजुली सदस्य१२) सोबिता गौतम सदस्य१३) कुसुम महर्जन सदस्य१४) विष्णु कुमार श्रेष्ठ सदस्य१५) रामकृष्ण कुमार श्रेष्ठ सदस्य१६) डा.प्रभात अधिकारी सदस्य१७) गीता रेग्मी सदस्य१८) डा.राकेश यादव सदस्य१९) प्रमिला कुलुजु सदस्य२०) रविना घिमिरे सदस्य२१) एलिजा गुरुङ्ग सदस्य
एमालेमा भूकम्प: गोकर्ण बिस्टको नाकैमुनिबाट अध्यक्ष सहित सिंगाे गाउँनै माओवादीमा प्रवेश
जिल्लाको चन्द्रकाेट गाउँपालिका वडा नं. ८ मा एउटा सिंगाे वस्तिका सबै मतदाताहरु नेकपा ( माअाेवादी केन्द्र ) मा प्रवेश गरेका छन । साविक काे तुराङ्ग कालावगर, खुस्काेट, गेखुङ्ग घैयार का ३० घर परिवार नेकपा एमाले पार्टी परित्याग गरि माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन ।
बिहिबार एक कार्यक्रमका बिच नेपाल दलित एकता समाज तुराङ्ग का अध्यक्ष कुम वहादुर सुनारकाे नेतृत्वमा अनेम संघ वडा सदस्य देवि विक, निर्मला विक लगायत,रुक वहादुर विक, रमेश विक, टंक वहादुर विक, धन वहादुर विक, मनमाया विक, पर्शुराम विक, पवन विक, चक्र वहादुर विक, मन वहादुर विक, राधिका विक, जुना विक, पुर्णकला विक, कमल विक, तुल्सि विक, ईन्द्रकला विक, मनिकला विक समेत ले एमाले पार्टी परित्याग गरि माअाेवादीमा प्रवेश गरेक छन ।
यसैगरी गेखुङ्ग घैयारवाट प्रेम पाैडेल, मन वहादुर पाैडेल, अर्जुन पाैडेल र यम वहादुर पाैडेल समेत एमाले परित्याग गरि माअाेवादी प्रवेशकाे घाेषणा गरेका छन ।कार्यक्रममा प्रवेशी हरुलाई नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का लुम्विनि प्रदेश समितिका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि युवराज के सी, चन्द्रकाेट गाउँपालिका समितिका अध्यक्ष टंक वहादुर क्षेत्रीले स्वागत गरेका थिए।
कार्यक्रम तुराङ्ग वडा कमिटिकाे सह सचिव गणेश प्रसाद अर्याल काे संचालन, कमिटिका अध्यक्ष दधिराम सापकाेटाकाे अध्यक्षता एवं समितिका सचिव यज्ञलाल अर्याल ( लक्ष्मण ) काे स्वागत मन्तव्य मा सम्पन्न भएकाे थियाे ।पार्टीका चन्द्रकाेट पालिका उपाध्यक्ष वावुराम वाेहाेरा, पालिका सदस्य भिम राना, कृष्ण प्रसाद श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यो पनि हेर्नुहोस२५ जनाको ‘क्राइटेरिया’ : संसद बैठकको हकमा के हुन्छ ? परिस्थितिको आँकलन र विषयको गाम्भिर्यता हेरेर निर्णय गर्छौ : संसद सचिवालय
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । संक्रमण बढेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम लागू गरेको छ ।तैपनि कतिपय राजनीतिक दलहरुले यो नियमको पूर्ण पालना गर्नुको साटो बेवास्ता गरिरहेका देखिन्छन् ।
आइतबारको सीसीएमसीको यस्तो सिफारिस कार्यन्वयन गर्न गृहले सोमबार रातिबाटै लागू गर्न प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरिसकेको छ ।
गृह मन्त्रालयले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ ।
गृहले सार्वजनिकस्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न सम्बन्धित सवै निकायलाई भनेको छ ।यो नियमले मन्त्रिपरिषदको बैठक बस्न कुनै बाधा नपुग्ने भएपनि संघीय संसद र प्रदेशसभा बैठकहरुलाई भने प्रभाव पार्ने देखिएको छ ।
किनभने मन्त्रिपरिषद बैठकमा २५ जनामात्रै सदस्य छन् । तर यो नियम संसद बैठकका हकमा लागू हुन्छ कि हुदैन त ? यसबारे स्पस्ट पारिएको छैन । किनभने प्रतिनिधिसभामा मात्रै २७५ मा ४ जना कारवाहीपछि पनि २७१ जना सांसद छन् ।
त्यसमाथि संसद सचिवालयका कर्मचारीहरु, मर्यादापालक गर्दा ३ सय भन्दा बढी हुन पुग्छन् ।२५ जनाभन्दा बढी मानिस एकै ठाउ भेला हुन नपाउने नियम संसदमा कार्यान्वयन हुन्छ त भनेर रातोपाटीले संसद सचिवालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलालाई प्रश्न गरेको छ ।
यो प्रश्नमा धमलाले यअसघि बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २८ गतेलाई बोलाइएको प्रतिनिधिसभा बैठक माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताए । त्यस्तै उनले पुस २७ गतेलाई बोलाइएको राष्ट्रियसभाको बैठक पनि माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताए ।
‘यसअघि हामीले बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गरेर दुवै सभाका बैठकहरु केही समयलाई पछि सारेका छौ ।यो अवगत भएकै विषय हो’, धमला भन्छन्, ‘विगतमा संसदमा कतिपय विषयहरुबारे छलफल गर्नुपर्ने अवस्थामा लकडाउनको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद चलाएका छौ ।’
उनले अन्तर्राष्ट्रियस्तरमा पनि यो अभ्यास भइरहेको बताए । ‘त्यसैले आवश्यकताका आधारमा संसदको प्रक्रिया अघि बढ्छ ।परिस्थितिको आँकलन गर्छौ, विषयको गाम्भिर्यता हेर्छौ, त्यो अनुसार निर्णय गर्न सकिन्छ’, उनले २५ जनाको क्राइटेरिया लागू नै हुँदैन भनेर आफुले भन्न भने नसक्ने बताए ।
यसअघि दलहरूका अधिवेशनका कारण सर्दै आएको प्रतिनिधिसभा बैठक पुस २८ गतेलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि माघ ३ गतेसम्मलाई सारिएको थियो ।
यसैबीच अब बस्ने संसद बैठकअघि सवै सांसदहरुलाई अनिवार्य कोरोना परीक्षण गरेरमात्रै संसदमा प्रवेशको व्यवस्था मिलाउने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।
‘संसदजस्तो ठाउँबाटै कोरोना फैलियो भने राम्रो सन्देश जाँदैन, त्यसैले अबको संसद बैठकअघि सबै माननीयहरुको कोरोना परीक्षणपछि मात्रै बैठकमा प्रवेश गर्ने व्यवस्था मिलाइन्छ’,सचिवालयका एक अधिकारीको भनाइ छ ।