
काठमाडौ ।
पूर्वपंचहहरुको पार्टी राप्रपामा पछिल्लो केहि दिन यता रडाको मच्चिएको छ । कमल थापाको विरासतलाई भत्काएर राप्रपाको अध्यक्षमा निर्वाचित भएका राजेन्द्र लिंदेन पछिल्लो समय घेरबन्दीमा पर्दैै गएका छन् ।
राप्रपामा विभागिय प्रमुहरुको राजिनामाको लहरनै चलेको छ । सामाजिक विभाग प्रमुख ज्वाला संग्रौलाले राजिनामा दिएको केहि समयमै खेलकुद विभाग प्रमुख दमन बस्नेतले पनि राजिनामा दिएका छन् । राजिनामाकौ लहरै चल्न थालेकै बेला अध्यक्ष राजेन्द्र लिंदेनकी श्रीमतीको मोवाइलमा एउटा गोप्य म्यासेज आयो जुन म्यासेजले अहिले राप्रपामा ठूलो हल्लाखल्ला मच्चीएको छ ।
आन्तरिक विवादलाई लिएर एक नेताले मन मिल्ने अर्का नेतालाई पठाएको म्यासेज झुक्किएर अध्यक्ष राजेन्द्र लिङ्ग्देनकी श्रीमतीको मोबाइलमा पुगेको थियो ।त्यहि म्यासेजका कारण राप्रपामा हल्लाखल्ला मच्चिएको छ । श्रमतीको मोवाइलमा आएको म्यासेज आफ्नै आँखाले देखेपछि लिंदेनले तत्काल एक्सन लिएका छन् ।
गत मंसिरमा बसेको राप्रपा केन्द्रीय कार्य समितिको पहिलो बैठकले समान विधारधारा भएका व्यक्ति,पार्टी,धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न महामन्त्री धवल समशेर राणाको नेतृत्वमा वार्ता समितिसमेत गठन गरेको थियो ।
समितिमा राजाको पालाका माननीय ऋषिबाबु परियार र नेता दिलविकास राभण्डारी सदस्य थिए । तर, समितिमा संयोजक राणाको एकलौटी चल्न थालेपछि हैरान भएका भण्डारी र परियार राजीनामा दिने मनस्थितिमा पुगे ।
यसैबीच केही दिनअघि परियारले पूर्वसांसद सीता लुइंटेललाई आफूले वार्ता समितिबाट राजीनामा दिन लागेको म्यासेज गर्न खोज्दा झुक्किएर अध्यक्ष लिङ्ग्देनकी श्रीमती सीता लिङ्ग्देनलाई पुग्यो । लगत्तै लिङ्गदेनको खबर आयो, ‘माननीयज्यू कहाँ हुनुहुन्छ,माइन्युट लिएर आउनु त १’ त्यसपछि नेताहरु बुद्धिमान तामाङ्ग,धवल समशेरसहित बसेर लिङ्गदेनले वार्ता समिति नै भंग गरिदिए ।
अबदेखि यो वार्ता समिति विघटन भन्नुपर्नेमा विसर्जन गरिएको छ भन्ने माइन्युट गरेर दिलविकासलाई अपमानजनक ढंगले निकालिएको राप्रपा स्रोतको भनाइ छ । जानकार स्रोतका अनुसार राप्रपामा आउन चाहेका लेनिन बिष्टको पूर्व बालसेना समूह, पशुपति खड्का,कमल थापाको राप्रपा नेपाल र चुरे भावरका नेताहरु महामन्त्री राणाकै कारण रोकिएका हुन् ।
त्यस्तै, अभियन्ता बनेर चर्का भाषण गर्दै हिंडिरहेका ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र शाही’लाई पनि राप्रपामा भित्र्याउन हुँदैन भन्ने मत थियो रे राणाको । नेपालगन्जमा भाषण गर्न जाँदा शाहीलाई कुटाई खानबाट आफूले बचाएकाले उनीजस्ता अराजकलाई पार्टीमा ल्याउन हुँदैन भन्ने राणाको अडान थियो भनिन्छ ।
त्यसका बाबजुद वार्ता समिति सदस्य राजभण्डारीको जोडबलमा शाही राप्रपामा छिरेको स्रोत बताउँछ । अहिले उनै राजभण्डारी र पूर्वमाननीय परियारलाई ‘तह लगाउन’ वार्ता समिति नै ‘बिसर्जन’ गरिनुमा ‘म्यासेज काण्ड’ ले मुख्य भूमिका खेलेको राप्रपाका नेताहरु बताउँछन् ।
एमालेमा भूकम्प: गोकर्ण बिस्टको नाकैमुनिबाट अध्यक्ष सहित सिंगाे गाउँनै माओवादीमा प्रवेश
जिल्लाको चन्द्रकाेट गाउँपालिका वडा नं. ८ मा एउटा सिंगाे वस्तिका सबै मतदाताहरु नेकपा ( माअाेवादी केन्द्र ) मा प्रवेश गरेका छन । साविक काे तुराङ्ग कालावगर, खुस्काेट, गेखुङ्ग घैयार का ३० घर परिवार नेकपा एमाले पार्टी परित्याग गरि माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन ।
बिहिबार एक कार्यक्रमका बिच नेपाल दलित एकता समाज तुराङ्ग का अध्यक्ष कुम वहादुर सुनारकाे नेतृत्वमा अनेम संघ वडा सदस्य देवि विक, निर्मला विक लगायत,रुक वहादुर विक, रमेश विक, टंक वहादुर विक, धन वहादुर विक, मनमाया विक, पर्शुराम विक, पवन विक, चक्र वहादुर विक, मन वहादुर विक, राधिका विक, जुना विक, पुर्णकला विक, कमल विक, तुल्सि विक, ईन्द्रकला विक, मनिकला विक समेत ले एमाले पार्टी परित्याग गरि माअाेवादीमा प्रवेश गरेक छन ।
यसैगरी गेखुङ्ग घैयारवाट प्रेम पाैडेल, मन वहादुर पाैडेल, अर्जुन पाैडेल र यम वहादुर पाैडेल समेत एमाले परित्याग गरि माअाेवादी प्रवेशकाे घाेषणा गरेका छन ।कार्यक्रममा प्रवेशी हरुलाई नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का लुम्विनि प्रदेश समितिका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि युवराज के सी, चन्द्रकाेट गाउँपालिका समितिका अध्यक्ष टंक वहादुर क्षेत्रीले स्वागत गरेका थिए।
कार्यक्रम तुराङ्ग वडा कमिटिकाे सह सचिव गणेश प्रसाद अर्याल काे संचालन, कमिटिका अध्यक्ष दधिराम सापकाेटाकाे अध्यक्षता एवं समितिका सचिव यज्ञलाल अर्याल ( लक्ष्मण ) काे स्वागत मन्तव्य मा सम्पन्न भएकाे थियाे ।पार्टीका चन्द्रकाेट पालिका उपाध्यक्ष वावुराम वाेहाेरा, पालिका सदस्य भिम राना, कृष्ण प्रसाद श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यो पनि हेर्नुहोस२५ जनाको ‘क्राइटेरिया’ : संसद बैठकको हकमा के हुन्छ ? परिस्थितिको आँकलन र विषयको गाम्भिर्यता हेरेर निर्णय गर्छौ : संसद सचिवालय
कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । संक्रमण बढेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम लागू गरेको छ ।तैपनि कतिपय राजनीतिक दलहरुले यो नियमको पूर्ण पालना गर्नुको साटो बेवास्ता गरिरहेका देखिन्छन् ।
आइतबारको सीसीएमसीको यस्तो सिफारिस कार्यन्वयन गर्न गृहले सोमबार रातिबाटै लागू गर्न प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरिसकेको छ ।
गृह मन्त्रालयले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ ।
गृहले सार्वजनिकस्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न सम्बन्धित सवै निकायलाई भनेको छ ।यो नियमले मन्त्रिपरिषदको बैठक बस्न कुनै बाधा नपुग्ने भएपनि संघीय संसद र प्रदेशसभा बैठकहरुलाई भने प्रभाव पार्ने देखिएको छ ।
किनभने मन्त्रिपरिषद बैठकमा २५ जनामात्रै सदस्य छन् । तर यो नियम संसद बैठकका हकमा लागू हुन्छ कि हुदैन त ? यसबारे स्पस्ट पारिएको छैन । किनभने प्रतिनिधिसभामा मात्रै २७५ मा ४ जना कारवाहीपछि पनि २७१ जना सांसद छन् ।
त्यसमाथि संसद सचिवालयका कर्मचारीहरु, मर्यादापालक गर्दा ३ सय भन्दा बढी हुन पुग्छन् ।२५ जनाभन्दा बढी मानिस एकै ठाउ भेला हुन नपाउने नियम संसदमा कार्यान्वयन हुन्छ त भनेर रातोपाटीले संसद सचिवालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलालाई प्रश्न गरेको छ ।
यो प्रश्नमा धमलाले यअसघि बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २८ गतेलाई बोलाइएको प्रतिनिधिसभा बैठक माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताए । त्यस्तै उनले पुस २७ गतेलाई बोलाइएको राष्ट्रियसभाको बैठक पनि माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताए ।
‘यसअघि हामीले बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गरेर दुवै सभाका बैठकहरु केही समयलाई पछि सारेका छौ ।यो अवगत भएकै विषय हो’, धमला भन्छन्, ‘विगतमा संसदमा कतिपय विषयहरुबारे छलफल गर्नुपर्ने अवस्थामा लकडाउनको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद चलाएका छौ ।’
उनले अन्तर्राष्ट्रियस्तरमा पनि यो अभ्यास भइरहेको बताए । ‘त्यसैले आवश्यकताका आधारमा संसदको प्रक्रिया अघि बढ्छ ।परिस्थितिको आँकलन गर्छौ, विषयको गाम्भिर्यता हेर्छौ, त्यो अनुसार निर्णय गर्न सकिन्छ’, उनले २५ जनाको क्राइटेरिया लागू नै हुँदैन भनेर आफुले भन्न भने नसक्ने बताए ।
यसअघि दलहरूका अधिवेशनका कारण सर्दै आएको प्रतिनिधिसभा बैठक पुस २८ गतेलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि माघ ३ गतेसम्मलाई सारिएको थियो ।
यसैबीच अब बस्ने संसद बैठकअघि सवै सांसदहरुलाई अनिवार्य कोरोना परीक्षण गरेरमात्रै संसदमा प्रवेशको व्यवस्था मिलाउने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।
‘संसदजस्तो ठाउँबाटै कोरोना फैलियो भने राम्रो सन्देश जाँदैन, त्यसैले अबको संसद बैठकअघि सबै माननीयहरुको कोरोना परीक्षणपछि मात्रै बैठकमा प्रवेश गर्ने व्यवस्था मिलाइन्छ’,सचिवालयका एक अधिकारीको भनाइ छ ।