News Portal

फेरी पनि प्रचण्डले भने एमालेमा बिउ रोपेर आएका छौं, केही समयपछि त्यो फल्छः (भिडियो)

एनपर्दा संवाददाता
४१८ पटक

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले तीन वर्षसँगै रहँदा आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् ।

बुधबार पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले भित्रका हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरैर लैजान सकिने अनुभव पनि आफूले प्राप्त गरेको उनले बताए ।

‘एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने रहेछ,’ प्रचण्डको भनाइ छ, ‘तपाईंहरुलाई लाग्दो हो सकिनेरैनछ । सक्कियो, विग्रियो नि त भन्ने लाग्न सक्छ । तर, त्यहाँ बिउ रोपिएको छ । हामी माओवादीले बिउ रोपेर आएका छौं । हेर्नुहोला केही समयपछि त्यो फूल्छ, फल्छ ।’

प्रचण्डले एमालेभित्र केपी ओली नहुने हो भने हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिने प्रचण्डको भनाइ छ । ‘एमालेभित्र केपी ओली प्रवृत्तिको नेतृत्व हुँदा विद्रोह गर्नुपर्यो,’ उनको भनाइ छ, ‘त्यो नेतृत्व नहुने हो भने अरु हजारौंलाई समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ । एमाले भित्रका हजारौं नेता र कार्यकर्ताको नेतृत्व गर्न सकिन्छ ।’माओवादी अध्यक्ष प्रचण्डले सबै माओवादीबीच एकता आवश्यक रहेको पनि बताए ।

वैद्यले इन्कारे, बाबुराम मझधारमा
माओवादी केन्द्रले एकताको आह्वानसँगै पूर्वमाओवादी नेताहरुसँग संवाद थालेका छन् । वैद्य र विप्लवसँग कष्णबहादुर महरा तथा विप्लव समूहमा बिद्रोह गरेर नयाँ पार्टी खोलेका धर्मेन्द्र बास्तोलालगायतसँग वर्षमान पुन निरन्तर संवादमा छन् ।

तर वैद्यले एकता इन्कार गरेको र विप्लवले आउँदो असोजमा हुने महाधिवेशनपछि मात्र चित्र स्ष्ट हुने जवाफ दिएको एक नेता बताउँछन् ।पार्टी एकताको प्रस्ताव अस्वीकार गरेकोबारे अनलाइनखबरको जिज्ञासामा वैद्यले भने, ‘माओवादी केन्द्रसँग फेरी एकता असम्भव छ । उहाँ (प्रचण्ड) संसदीय व्यवस्थाको रक्षक भएर हिँड्ने अनि कसरी हुन्छ हामीसँग पार्टी एकता ?’ प्रचण्डले गरेको राजनीतिक गल्ति स्वीकार नगरेको र गर्ने सम्भावना पनि नभएकाले पार्टी एकता असम्भव भएको वैद्यको भनाइ छ ।

बास्तोलाले भने प्रचण्डबाट भएको पार्टी एकताको पहल सकारात्मक भएको बताएका छन् । ‘यो राम्रै कुरा हो’ उनले भने, ‘राजनीतिमा सम्भावना नहुने भन्ने कुरै हुँदैन ।’

प्रचण्ड, जसपाबाट अलग हुने तयारीमा रहेका बाबुराम भट्टराईसँग पनि निरन्तर छलफललमा छन् । जसपामा संघीय परिषद अध्यक्षसमेत रहेका डा. भट्टराईसँग प्रचण्ड स्वयमले तीन पटक छलफल गरिसकेको एक नेताले बताए ।भट्टराई एकता भन्दा मोर्चा बनाएर सकारात्मक देखिएको भन्द उनले भने, ‘उहाँ मोर्चाका नाममा एउटै चिह्न लिएर चुनावमा जान तयार देखिनुभएको छ ।’

उपराष्ट्रपति निवासमा प्रचण्ड र बाबुरामबीच छलफल
नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ।जसपाभित्र विवादका कारण पार्टी विभाजनसम्म पुग्न लागेका बेला भट्टराईले बिहीबार बिहान उपराष्ट्रपति निवासमा प्रचण्डसँग भेटघाट गरेका हुन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनका स्वकीय सचिव सुकबहादुर रोकाले प्रचण्ड र भट्टराईबीच बिहान साढे १० बजेदेखि १ घण्टा छलफल भएको जानकारी अनलाइनखबरलाई दिए। भेटमा भएको कुराकानीबारे भने आफूलाई थाहा नभएको रोकाले बताए ।

उपराष्ट्रपति निवासमै प्रचण्ड र भट्टराईले यसअघि दुई पटक छलफल गरिसकेका छन् । पूर्व माओवादीहरुबीच एकताको प्रयास गरिरहेका प्रचण्डले भट्टराईलाई पार्टीमै ल्याउने कोसिस गरिरहेको र त्यो सम्भव नभए समाजवादी केन्द्र बनाएर भए पनि सँगै राख्ने प्रयत्न भइरहेको माओवादी केन्द्र निकट स्रोतले बतायो ।भट्टराई पनि माओवादीसँग पार्टी एकता भन्दा पनि समाजवादी केन्द्र बनाएर एउटै मोर्चामा रहन सहमत छन् ।

सबै माओवादी एकजुट हुन आवश्यक छ, आ-आफ्नो कमजोरी स्वीकारौं : प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै माओवादीबीच एकता आवश्यक रहेको बताएका छन् ।विप्लव नेतृत्वको पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका नेताहरु ओमप्रकाश पुन लगायतलाई स्वागत गर्न बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले वैज्ञानिक समाजवादको लक्ष्यमा पुग्न सबै माओवादी एकजुट हुन आवश्यक रहेको बताए ।

उनले ओम प्रकाश पुन लगायतका नेताहरु माओवादी केन्द्रमा फर्किंदा अन्यलाई राम्रो सन्देश गएको बताउँदै उनले भने ‘वैज्ञानिक समाजवादको दिशातिर पु¥याउन सबै माओवादी धाराहरु एकजुट हुन आवश्यक छ ।’

क्रान्तिको खोजी गर्ने मोहन वैद्य र नेत्रविक्रम चन्द (विप्लव)को नियतप्रति आफ्नो शंका नभएको तर चाहनाले मात्रै क्रान्ति नहुने प्रचण्डको भनाइ छ । ‘माओवादी धारा त्यसमा पनि क्रान्तिको खोजी गर्न जाने मोहन वैद्य, विप्लवको क्रान्तिकारी नियतप्रति मेरो कहिले नै शंका भएन,’ प्रचण्डले भने, ‘तर, क्रान्ति चाहनाले मात्रै हुने कुरा होइन ।

क्रान्ति क्रान्तिकारीले मात्रै गर्ने होइन, सही विचारमा लाखौं जनतालाई गोलबद्ध गरेर जनताले गर्ने कुरा हो ।’सबैले आ–आफ्नो कमजोरी स्वीकार गर्ने आँट गरौं भन्दै प्रचण्डले वैद्य, विप्लव लगायतलाई पुनर्विचार गर्न आग्रह गरे । ‘हामी एक ठाउँमा अपिल उभिएर जनतालाई अपिल गर्ने हो भने मलाई विश्वास छ कि अधिकांश जनताले साथ दिने छन्,’ उनले भने ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...