News Portal

बालेन शाहको अर्को बोल्ड निर्णय: काठमाण्डौमा भीक माग्न निषेध, अटेर गर्नेलाई कारबाही (बिज्ञप्ती सहित)

एनपर्दा संवाददाता
७३५ पटक

काठमाडौ।

काठमाडौं महानगरभित्रका क्षेत्रमा भिक्षा माग्न निषेध गरिएको छ। काठमाडौं महानगरपालिकाले एक सूचना निकालेर महानगर क्षेत्रभित्रका सडक, गल्ली, पार्क, बस बिसौनी, सरकारी कार्यालय परिसर, सार्वजनिक गाडी र अन्य सार्वजनिक ठाउँमा भीक माग्न निषेध गरेको हो।

साधु, सन्त, जोगी वा भिक्षुलाई सनातनदेखि चली आएको परम्परअनुसार घर घरमा पुगी भिक्षा माग्न वा धार्मिक तथा सांस्कृतिक कार्यका लागि भिक्षा माग्न भने रोक नलगाइने सूचनामा उल्लेख छ।

साधुसन्तबाहेक बालबालिकालाई गीत गाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम र ज्याला दिइ भीक माग्न वा भीक माग्न दुरुत्साहन नगर्न नगराउन आग्रह गरिएको छ।

असहाय, बिरामी, बेवारिसे, अशक्त लगायतले पनि सडकमा भीक माग्न नपाउने भएका छन्। यस्ता व्यक्तिका लागि काठमाण्डौ महानगरपालिकाले मानव सेवा आश्रमसँग सहकार्य गरी व्यवस्थापन गर्दै आएको महानगरले जनाएको छ।

एमालेमा भूकम्प: गोकर्ण बिस्टको नाकैमुनिबाट अध्यक्ष सहित सिंगाे गाउँनै माओवादीमा प्रवेश
जिल्लाको चन्द्रकाेट गाउँपालिका वडा नं. ८ मा एउटा सिंगाे वस्तिका सबै मतदाताहरु नेकपा ( माअाेवादी केन्द्र ) मा प्रवेश गरेका छन । साविक काे तुराङ्ग कालावगर, खुस्काेट, गेखुङ्ग घैयार का ३० घर परिवार नेकपा एमाले पार्टी परित्याग गरि माअाेवादी केन्द्रमा प्रवेश गरेका हुन ।

बिहिबार एक कार्यक्रमका बिच नेपाल दलित एकता समाज तुराङ्ग का अध्यक्ष कुम वहादुर सुनारकाे नेतृत्वमा अनेम संघ वडा सदस्य देवि विक, निर्मला विक लगायत,रुक वहादुर विक, रमेश विक, टंक वहादुर विक, धन वहादुर विक, मनमाया विक, पर्शुराम विक, पवन विक, चक्र वहादुर विक, मन वहादुर विक, राधिका विक, जुना विक, पुर्णकला विक, कमल विक, तुल्सि विक, ईन्द्रकला विक, मनिकला विक समेत ले एमाले पार्टी परित्याग गरि माअाेवादीमा प्रवेश गरेक छन ।

यसैगरी गेखुङ्ग घैयारवाट प्रेम पाैडेल, मन वहादुर पाैडेल, अर्जुन पाैडेल र यम वहादुर पाैडेल समेत एमाले परित्याग गरि माअाेवादी प्रवेशकाे घाेषणा गरेका छन ।कार्यक्रममा प्रवेशी हरुलाई नेपाल कम्युनिष्ट पार्टी ( माअाेवादी केन्द्र ) का लुम्विनि प्रदेश समितिका सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि युवराज के सी, चन्द्रकाेट गाउँपालिका समितिका अध्यक्ष टंक वहादुर क्षेत्रीले स्वागत गरेका थिए।

कार्यक्रम तुराङ्ग वडा कमिटिकाे सह सचिव गणेश प्रसाद अर्याल काे संचालन, कमिटिका अध्यक्ष दधिराम सापकाेटाकाे अध्यक्षता एवं समितिका सचिव यज्ञलाल अर्याल ( लक्ष्मण ) काे स्वागत मन्तव्य मा सम्पन्न भएकाे थियाे ।पार्टीका चन्द्रकाेट पालिका उपाध्यक्ष वावुराम वाेहाेरा, पालिका सदस्य भिम राना, कृष्ण प्रसाद श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

यो पनि हेर्नुहोस२५ जनाको ‘क्राइटेरिया’ : संसद बैठकको हकमा के हुन्छ ? परिस्थितिको आँकलन र विषयको गाम्भिर्यता हेरेर निर्णय गर्छौ : संसद सचिवालय

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको छ । संक्रमण बढेपछि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा गृह मन्त्रालयले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाउने नियम लागू गरेको छ ।तैपनि कतिपय राजनीतिक दलहरुले यो नियमको पूर्ण पालना गर्नुको साटो बेवास्ता गरिरहेका देखिन्छन् ।

आइतबारको सीसीएमसीको यस्तो सिफारिस कार्यन्वयन गर्न गृहले सोमबार रातिबाटै लागू गर्न प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी प्रधान कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र मातहतका विभाग तथा निकायहरुलाई पत्राचार गरिसकेको छ ।

गृह मन्त्रालयले सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक, तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यहि प्रकृतिको कार्यक्रम नगर्न भनेको छ ।

गृहले सार्वजनिकस्थलहरुमा २५ जनाभन्दा बढि भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन आवश्यक व्यवस्था गर्न सम्बन्धित सवै निकायलाई भनेको छ ।यो नियमले मन्त्रिपरिषदको बैठक बस्न कुनै बाधा नपुग्ने भएपनि संघीय संसद र प्रदेशसभा बैठकहरुलाई भने प्रभाव पार्ने देखिएको छ ।

किनभने मन्त्रिपरिषद बैठकमा २५ जनामात्रै सदस्य छन् । तर यो नियम संसद बैठकका हकमा लागू हुन्छ कि हुदैन त ? यसबारे स्पस्ट पारिएको छैन । किनभने प्रतिनिधिसभामा मात्रै २७५ मा ४ जना कारवाहीपछि पनि २७१ जना सांसद छन् ।

त्यसमाथि संसद सचिवालयका कर्मचारीहरु, मर्यादापालक गर्दा ३ सय भन्दा बढी हुन पुग्छन् ।२५ जनाभन्दा बढी मानिस एकै ठाउ भेला हुन नपाउने नियम संसदमा कार्यान्वयन हुन्छ त भनेर रातोपाटीले संसद सचिवालयका सहायक प्रवक्ता तथा सूचना अधिकारी दशरथ धमलालाई प्रश्न गरेको छ ।

यो प्रश्नमा धमलाले यअसघि बढ्दो संक्रमणलाई मध्यनजर गर्दै २८ गतेलाई बोलाइएको प्रतिनिधिसभा बैठक माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताए । त्यस्तै उनले पुस २७ गतेलाई बोलाइएको राष्ट्रियसभाको बैठक पनि माघ ३ गतेसम्मलाई स्थगित गरिएको बताए ।

‘यसअघि हामीले बढ्दो संक्रमणको अवस्थालाई मध्यनजर गरेर दुवै सभाका बैठकहरु केही समयलाई पछि सारेका छौ ।यो अवगत भएकै विषय हो’, धमला भन्छन्, ‘विगतमा संसदमा कतिपय विषयहरुबारे छलफल गर्नुपर्ने अवस्थामा लकडाउनको अवधिमा पनि स्वास्थ्य मापदण्डको पालना गरेर संसद चलाएका छौ ।’

उनले अन्तर्राष्ट्रियस्तरमा पनि यो अभ्यास भइरहेको बताए । ‘त्यसैले आवश्यकताका आधारमा संसदको प्रक्रिया अघि बढ्छ ।परिस्थितिको आँकलन गर्छौ, विषयको गाम्भिर्यता हेर्छौ, त्यो अनुसार निर्णय गर्न सकिन्छ’, उनले २५ जनाको क्राइटेरिया लागू नै हुँदैन भनेर आफुले भन्न भने नसक्ने बताए ।

यसअघि दलहरूका अधिवेशनका कारण सर्दै आएको प्रतिनिधिसभा बैठक पुस २८ गतेलाई बोलाइएकोमा कोरोना संक्रमण तीव्र भएपछि माघ ३ गतेसम्मलाई सारिएको थियो ।

यसैबीच अब बस्ने संसद बैठकअघि सवै सांसदहरुलाई अनिवार्य कोरोना परीक्षण गरेरमात्रै संसदमा प्रवेशको व्यवस्था मिलाउने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।

‘संसदजस्तो ठाउँबाटै कोरोना फैलियो भने राम्रो सन्देश जाँदैन, त्यसैले अबको संसद बैठकअघि सबै माननीयहरुको कोरोना परीक्षणपछि मात्रै बैठकमा प्रवेश गर्ने व्यवस्था मिलाइन्छ’,सचिवालयका एक अधिकारीको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

प्रचण्ड सरकार पाँच बर्ष नै टिक्न पर्छ अनि मात्र बिकास हुन्छ स्थानीय तहलाई सजिलो हुन्छ: बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले केन्द्र सरकार अस्थीर हुँदा स्थानीय सरकारलाई पनि काम...

सरकारबाट बाहिरियो जनमत पार्टी, राजीनामा बुझाउन खानेपानी मन्त्री बालुवाटारमा

काठमाडौं, । खानेपानी मन्त्री अब्दुल खान राजीनामा बुझाउन बालुवाटार पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल...

रबीकै क्षेत्रबाट चुनाव लड्ने पुर्व राष्ट्रपति भण्डारीको घोषणा, जसरी पनि जिताउन केपीनै मैदानमा पुग्ने तयारी !

काठमाडौं । भण्डारी राष्ट्रपति बन्नुअघि एमालेको उपाध्यक्ष पदमा थिईन् । अहिले उनी राष्ट्रपतिको कार्यकाल समाप्त...

पासपोर्ट बनाउनु भएको छ?आयो यस्तो सुचना, सबैले पढ्नै पर्ने…

काठमाडौं । राहदानी विभागले पासपोर्ट बनाएर घरमा राख्नका लागि मात्र नबनाउन सेवाग्राहीलाई आग्रह गरेको छ।...

एमालेमा अर्को विद्रोहको संकेत, बोल्ड डिसिजनको लागि मिति नै तोकियो…

काठमाडौं । तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गरेको दुई साता नबित्दै नेकपा...