News Portal

माओवादीको महासचिव, उपाध्यक्ष कमिटिको लाग्यो टुंगो, आज घोषणा हुने ! ( हेर्नुहोस लिस्टसहित)

एनपर्दा संवाददाता
२९७५ पटक

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछ । महाधिवेशनपछि पटक–पटक सर्दै आएको केन्द्रीय समितिको बैठक आज बस्न लागेको हो ।गत १९ पुसमा सम्पन्न केन्द्रीय समितिको पहिलो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको थियो । तर हालसम्म अध्यक्षबाहेकका अन्य पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।

आज केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो, स्थायी समितिको चयन र कार्यविभाजन गर्ने बैठकको कार्यसूचीमा उल्लेख छ ।गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने व्यवस्था गरेको छ ।

त्यस्तै, केन्द्रीय सदस्यको सङ्ख्या २९९ रहने र त्यसमा थप १५ प्रतिशत सदस्य मनोनयन गर्ने व्यवस्था छ । साथै थप २५ प्रतिशत वैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था छ ।मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गर्न बाँकी छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक बस्दै
नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्ने भएको छ। आइतबार बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने गरी बैठक बोलाइएको माओवादी केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

बैठकमा वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा पनि हुनेछ। साथै पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो चयन र कार्यविभाजन लगायत विषयमा छलफल हुनेछ।

माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अध्यक्ष मात्रै चयन गरेको थियो भने अरु पदाधिकारी चयन भएका थिएनन्। अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत चयन भएका थिए।

महाधिवेशनले केन्द्रीय कमिटीलाई पदाधिकारी चयन गर्न सक्ने अधिकार दिएको थियो। त्यसपछि पटकपटक बैठक बसे पनि पदाधिकारी चयन हुन सकेको छैन।

पदाधिकारीअन्तर्गत वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष चयन हुन बाँकी छ। माओवादीमा मनोनीत र वैकल्पिक केन्द्रीय सदस्य चयन गर्न पनि बाँकी छ।

माओवादी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाउने गृहकार्यमा
नेकपा माओवादी केन्द्रमा पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो सदस्य र बाँकी रहेको केन्द्रीय सदस्य टुंगो लगाउने गरी गृह कार्य सुरु भएको छ ।पार्टीको ८ औ महाधिवेशन सकिएको पाँच महिनापछि पार्टीको सम्पूर्ण कमिटी छिनोफानो गर्नेगरी नेताहरु जुटेका हुन् । माओवादी ८ औ महाधिवेशन पुस ११ गतेदेखि ८ दिनसम्म चलेको थियो ।

आगामी असार १५ गते केन्द्रीय समिति बैठकबाट सम्पूर्ण पार्टी कमिटी र जनवर्गीय संगठनको टुंगो लगाउनेगरी पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरु गृहकार्यमा जुटेको पूर्व स्थायी समिति सदस्य लीलामणि पोखरेलले बताए । ‘स्थानीय तह चुनावलगतै २० गते केन्द्रीय समिति बस्ने भनिएको थियो ।

स्थानीय तहका प्रमुख/उपप्रमुखको प्रशिक्षण भएकाले बैठक रोकियो’ रातोपाटीसँग कुरा गर्दै पोखरेलले भने, ‘अब असार १५ गते केन्द्रीय समिति बैठक अघि नै पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र बाँकी केन्द्रीय समिति टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ ।’

स्थानीय तह चुनाव अघि पदाधिकारीसहित स्थायी समिति, पोलिटब्युरो र जनवर्गीय संगठनको कमिटी टुंगो लगाउन खोजेपनि थप विवाद हुने भएकाले रोकिएको थियो ।अब आगामी प्रदेश र संघको चुनाव अघि नै पदाधिकारीसहित पार्टी कमिटी र जनवर्गीय संगठनका सबै कमिटीले पूर्णता पाउनेगरी गृहकार्य थालिएको छ ।

माओवादीमा पार्टी पदाधिकारी ९ देखि १५ जनासम्म बनाउने गृहकार्य थालिएको छ । अन्य पदमा खासै विवाद नभएपनि महासचिवको बन्नेमा भने चर्को विवाद देखिएको छ । महासचिवका मुख्य दावेदारको रुपमा जनार्दन शर्मा र वर्षमान पुन देखिएका छन् ।

अरु नेताहरुले महासचिवमा दाबी गरेपनि अन्य पदमा व्यवस्थापन गर्न सक्ने अवस्था भएको शान्त देखिएका छन् । ‘महासचिवमा जनार्दन जी र वर्षमानजी मुख्य दावेदारको रुपमा हुनुहुन्छ ।

उहाँहरुलाई मिलेर आउनुस् जो भएपनि पार्टीकै महासचिव हुन्छ भनेकै छौ’ एक पूर्व स्थायी समिति सदस्यले भने, ‘तर, उहाँ (जनार्दन र वर्षमान) अहिले मिलेर आउन सक्नु भएको छैन ।महासचिवमा सर्वसम्मत नभएमा चुनाव गरेर भएपनि टुंगो लगाउने भन्नेछ ।’ महासचिवमा सहमति नभए आन्तरिक चुनाव गरेर भएपनि जानेमा प्रचण्ड आफै समेत पुगेका छन् ।

स्थानीय चुनावदेखि एमसीसीबारे छलफल हुने
आगामी केन्द्रीय समिति बैठकमा स्थानीय तह चुनावको विषयमा समीक्षा हुने भएको छ । २०७४ सालको चुनाव र गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावको तुलना गरेर समीक्षा हुने भएको छ ।पार्टीबाट रामबहादुर थापासहित नेताहरु एमाले प्रवेश भएको विषयमा समेत पार्टीमा कस्तो असर पर्यो भन्ने विषयमा समेत छलफल हुने भएको छ ।

पार्टीमा अन्तर्घात गर्नेहरुको विषयमा नेताहरुले गृहकार्य थालेका छन् । पार्टीका उम्मेदवारविरुद्ध कुनै नेता उभिएको पाइएमा कारवाही हुने भएको छ । यस्तै मधेस प्रदेशमा माओवादी पाँचौ दल भएपछि त्यसको नेताहरुले गम्भीर समीक्षा गर्ने भएका छन् ।यदि पार्टीकै नेता दोषी देखिएमा कारवाही समेत गर्ने अवस्थामा प्रचण्ड पुगेका छन्। यसअघि स्थागित भएको एमसीसीका विषयमा एजेण्डाको रुपमा राखिने भएको छ ।

जसपाभित्र फेरि सुरु भयो विवाद – जसपाभित्रको खटपटले विधान अधिवेशन अन्योलमा
जनता समाजवादी पार्टी नेपाल (जसपा)मा फेरि विवाद ब्युँतिएको छ । स्थानीय चुनावसम्मका लागि थाती राखिएको विवाद फेरि बाहिर आएको हो ।पार्टीभित्रका विवाद मिलाउन असार १ गते विधान अधिवेशन गर्ने सहमति भएको थियो तर त्यो अधिवेशन हुने कि नहुने भन्नेमै अन्योल देखेपछि संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षका नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।

जसपाको अन्तरिम विधानमा दुई जना अध्यक्ष रहने प्रावधान राखिएको छ । विधान अनुसार दुई जना अध्यक्ष राख्नु पर्‍यो या यसलाई संशोधन गर्नुपर्‍यो भनेर आवाज उठेपछि जसपामा एक जना अध्यक्षमात्र राख्ने गरी विधान संशोधन गर्न विधान अधिवेशन गर्ने निर्णय भएको थियो । तर विधान अधिवेशन नै हुने छाँटकाँट देखिएको छैन ।

अध्यक्ष भट्टराई पक्षले पार्टीमा दुई जना अध्यक्ष रहनुपर्ने तर्क गर्दै आएको छ भने जसपा अध्यक्ष उपेन्द्र यादव एक जना अध्यक्षको पक्षमा छन् ।विधानमा रहेको दुई अध्यात्मक प्रणालीलाई संशोधन गर्न विधान अधिवेशन आयोजना गर्ने भनिए पनि अधिवेशन नै अन्योलमा परेको छ ।

चुनावअघि जसपाभित्र नेतृत्व तथा संगठन संरचना लगायतको विषयमा विवाद उत्पन्न भएको थियो । जसपाको अन्तरिम विधानमा उल्लेख भए अनुसार दुई जना अध्यक्ष हुनुपर्ने माग पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले गरेका थिए ।पार्टीमा कुनै पनि निर्णय सामूहिक नेतृत्वबाट हुनुपर्ने साथै बैठकहरू पनि विधानअनुसार हुनुपर्ने माग बाबुराम भट्टराईको थियो ।

अध्यक्ष भट्टराई पक्षले आफ्ना माग पूरा गर्न दबाब सिर्जना गर्ने उद्देश्यले पार्टीभित्र हस्ताक्षर अभियानसमेत चलाएको थियो । अध्यक्ष भट्टराई पक्षले बहुमत सदस्यको हस्ताक्षर संकलन गरिसकेपछि त्यसको दबाबमा अध्यक्ष उपेन्द्र यादवले कार्यकारिणी समिति र केन्द्रीय समितिको बैठक बोलाएका थिए ।

अध्यक्ष यादवले पार्टीमा अर्को अध्यक्ष नथप्ने तर पार्टीमा सामूहिक निर्णय गर्ने पद्धति संस्थागत गर्न अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष भट्टराई र वरिष्ठ नेता अशोक राईलाई राखेर हेडक्वाटर निर्माण गरे ।

पार्टीको कुनै पनि निर्णय यी तीन जनाको सहमतिमा हुने भनिएको थियो । त्यसका साथै, स्थानीय तहको चुनावका लागि वितरण गर्ने मनोनयन पत्र (टिकट) मा हस्ताक्षर गर्ने जिम्मेवारी वरिष्ठ नेता अशोक राईलाई दिइएको थियो । बाँकी विषय चुनावपछि पार्टीमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको थियो ।

तर अध्यक्ष यादवले पार्टीको बैठक बोलाएका छैनन् । त्यही बैठक बोलाउन अध्यक्ष भट्टराई पक्षका नेताहरुले माग गर्न थालेका छन् । अध्यक्ष भट्टराई पक्षका नेताहरुले पार्टीमा सामूहिक निर्णय गर्ने सहमति भए पनि अध्यक्ष यादवले स्थानीय चुनावदेखि पार्टीका अन्य गतिविधिमा एकलौटी गरेको आरोप लगाएका छन् ।

‘चुनाव सकिएको यत्रो दिन भइसक्दा पनि पार्टीमा समीक्षा बैठक बसेको छैन,’ अध्यक्ष भट्टराई पक्षका एक नेताले भने, ‘सबै दलले समीक्षा गरिसके, तर हाम्रो पार्टीका अध्यक्षज्यूले बैठकसमेत बोलाउन चाहनु भएको छैन ।’नेतृत्व चयन, पार्टी समायोजन लगायतका काममा चुनावपछि छलफल गर्ने भनिए पछि बैठक नै नबोलाइएको भट्टराई पक्षका नेता बताउँछन् ।

पार्टीका महासचिव रामसहाय यादवले केन्द्रीय समितिको बैठकले असार १ गते विधान अधिवेशन गर्ने निर्णय गरेको थियो तर चुनावले गर्दा सो कार्यतालिका प्रभावित भएको बताए ।‘यद्यपि, असार १ मा अधिवेशन गर्ने कुरा अहिलेसम्म छँदैछ, यदि सार्ने कुरा हुन्छ भने बैठक बसेरै त्यसबारे निर्णय हुन्छ,’ उनले भने ।

पार्टीको बैठक बस्ने तयारी भइरहेको बताउँदै उनले प्रदेश तथा जिल्लाबाट चुनावी समीक्षाको प्रतिवेदन आइसकेपछि केन्द्रमा बैठक बस्ने तय भएको र सोही अनुसार तयारी चलिरहेको बताए ।

‘पार्टीमा अब कुनै विवाद छैन, चुनावअघि बसेको कार्यकारिणी तथा केन्द्रीय समितिको बैठकबाट सबै समस्या समाधान गरिसकेको बताउँदै उनले यदि कुनै असन्तुष्टि छ भने त्यसलाई पार्टीको बैठकमार्फत समाधान गर्न सकिन्छ,’ उनले भने ।

तर पार्टी प्रचार विभागका प्रमुख डम्बर खतिवडाले पार्टीमा देखिएको प्रमुख समस्या समयमै बैठक नबस्नु नै रहेको बताए । उनले भने, ‘केन्द्रीय समितिको बैठकले असार १ मा विधान अधिवेशन गर्ने निर्णय ग¥यो, आज २६ गते भइसक्यो, त्यसको तयारी बैठक बस्नुपर्ने हो तर अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।’यो छाँटकाँटले असार १ गते हुने भनिएको विधान अधिवेशन होलाजस्तो आफूलाई नलागेको उनले बताए ।

प्रतिकृया दिनुहोस्

प्रचण्डको अर्को चमत्कार, स्वतन्त्रबाट जितेका अध्यक्ष नै माओवादीमा प्रवेश !

काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना नवनिर्वाचित जनप्रतिनिधिहरूका लागि राखेको प्रशिक्षण कार्यक्रममा बागी उठेर जितेका...

भर्खरै मन्त्रीपरिषदले गर्‍यो महत्त्वपूर्ण निर्णय, पुरै देशभर लागू हुने !

काठमाडौँ । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा...

अर्थमन्त्री शर्माको लागि ज्यान दिन्छु भन्दै अर्थसचिवमा आए कृष्णहरी….

काठमाडौं । अर्थ मन्त्रालयको सचिवको जिम्मा कृष्णहरि पुष्करले पाएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई...

बजाजको नयाँ अफरः यो पोष्ट सेयर गर्दा १ लाख देखि १० लाख नगद पाउने जति (धेरै सेयर तेति धेरै नगद)

काठमाडौ । बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । अहिले पढिरहेको फेसबुक पोस्ट...

माधव नेपालले संन्यास लिए हुन्छः योगेश भट्टराई (भिडिओ)

काठमाडौ । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई संन्यास...