
काठमाडौं। नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका छन् ।
राष्टपति विद्यादेवी भण्डारीसमक्ष ओहादाको प्रमाणपत्र बुझाएपछि राजदूत श्रीवास्तवले पहिलो भेटवार्ता प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । त्यसपछि उनको दोस्रो भेट माधव नेपालसँग गरेका हुन् ।
राजदूत श्रीवास्तवसँगको भेटवार्ताबारे जानकारी दिँदै अध्यक्ष नेपालले फेशबुकमा लेखेका छन्-“नवनियुक्त भारतीय राजदूत महामहिम नवीन श्रीवास्तव आज वेलुकी शिष्टाचार भेटका निम्ति नीजि निवास कोटेश्वरमा आउनुभयो । उहॅालाई नेपालमा स्वागत गर्दै उहॅाको सफल कार्यकालका लागि शुभकामना व्यक्त गरियो । भेटमा नेपाल भारत-सम्बन्ध र अहिले हाम्रो समाजमा भोगिरहेका समस्याका विविध विषयमा कुराकानी भयो । २०७९ असार १८ गते शनिवार “
ओलीसँग सँगै दारु खाएको छु, चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो : खगेन्द्र संग्रौला
बोल्न र लेख्न नडराउने हक्की स्वभाव भएका नेपालको प्रगतिशील साहित्यकार, कथा र नाटक विधामा विशेष कलम चलाउने खगेन्द्र संग्रौलाले आफुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगै बसेर ‘दारु’ मादत पदार्थ खाएको बताएका छन् । उनले ‘ग्यालेक्सी फोके’ टिभीको कार्यक्रम ‘जिबेट’मा पत्रकार निमेष बन्जाडेसँग अन्तर्वार्ता दिने क्रममा यस्तो बताएका हुन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहले निरंकुशता लाद्नु अघिको समयमा हरि रोकाय र आफु ज्ञानेन्द्रले देशमा निरंकुशता लाद्ने तयारी गरेकोले गर्दा देशमा ठुलो संकट आउने देखेपछि प्रजातन्त्र र लोकतन्त्रबाट प्राप्त अधिकारलाई कसरी जोगाउने भन्ने विषयमा पार्टीले के गर्ने ? आफुहरुले के गर्ने ?
छलफल गर्न गएको तर केपी शर्मा ओलीमा कुनै गम्भिरता नदेखिएको बरु २ घण्टा जति बस्तासँगै ‘दारु’ मादत पदार्थ पिएको बताए । केपी शर्मा ओलीसँग उनको त्यो नै पहिलो र अन्तिम भेटघाट भएको समेत बताए ।
उनकै शब्दमा– उहाँ (केपी शर्मा ओली)सँग एक पटक मात्रै भेट भएको छ । जम्मा ! यो चाहि महाराज ज्ञानेन्द्रको त्यो अलिकति खुकुलो शासन छ नि ! अघिल्लो है, निरंकुशता सुरु हुनुभन्दा अगाडिको खुकुलो शासनमा हरि रोकाया र म उनकहाँ गा छौं, एक बेलुका भेट्न, भट्न भन्दा पनि मार्गदर्शन लिन गएको के है, देशमा ठुलो संकट भो,
राजाले निरंकुशता लाद्ने भए, अब चाहि हाम्रो प्राप्त प्रजातन्त्र र लोकतन्त्रको अधिकारहरुको रक्षाको निम्ति हामीले के गर्ने ? पार्टीले के गरिरहेको छ ? हामीले के गर्ने भन्ने हामी लाइन लिन गएका थियौं के है, एक बेलुका दुई घण्टा जस्तो बसियो अनि ‘दारु’ खाइयो…उहाँ (केपी शर्मा ओली)सँग चिन्ता पनि केही देखिएन्, बिचमै पत्रकारले उहाँ
(केपी शर्मा ओली)ले ‘दारु’ खानु हुन्छ ? भन्ने प्रश्न गरेपछि उनले थपे, ‘दारु’ मात्रै होइन, बढो रमाइलो छ, हरि रोकाया र म यहाँ बस्यौं बिचमा ‘भ्यास सिक्सनाएन’ टेबुलमा थियो । उहाँ (केपी शर्मा ओली) त्यहाँ बस्नु भा थियो, बिचमा एउटा पोद्रे दराज थियो, उहाँ चाहि तपाईको बिस पच्चिस मिनेट आधा घण्टाको अन्तररालमा यसो उठेर त्यहाँ चाहि ‘ट्रिपल फाइभ’ लिएर यसो खानु हुन्थ्यो ।
हरि रोकायाले यसो मलाई कोट्याएर हाउ केटोले त एक्लै पो खायो हाउ ‘उनी हाँसे’ त्यो बेला उहाँ (केपी शर्मा ओली) चुरोट पनि राम्रै खानु हुन्थ्यो, ‘दारु’ पनि राम्रै खानु हुन्थ्यो । हामी लगभग दुई घण्टा बस्यौं, दुई घण्टा बस्दा के लाग्यो भन्दा,
हामी त्यो अब उहाँ (केपी शर्मा ओली)बाट के अपेक्षा गरेर हामी गएका थियौं, हाम्रो अपेक्षा नै गलत रहेछ भन्ने महसुश भो के, उहाँ (केपी शर्मा ओली)सँग चिन्ता पनि थिएन्, चिन्तन पनि थिएन् के, खाली ‘दारु’ खाइयो बसियो । खगेन्द्र संग्रौलाले ‘ग्यालेक्सी फोके’ टिभीको कार्यक्रम ‘जिबेट’मा पत्रकार निमेष बन्जाडेसँग गरेको अन्तर्वार्ताको अंश